काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं वार्षिक उत्सवको अवसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजन गरी सम्पन्न गरेको छ । बैंकले वातावरण संरक्षण गरी हरियाली कायम गर्न सहयोग पुग्ने उदेश्यले शनिबार मीनभवन नजिकको वागमती नदीको किनारामा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

गत चार वर्ष अघिदेखि बैंकले यस क्षेत्रमा नियमित रुपमा वृक्षहरुको सुरक्षा, सरसफाई तथा थप वृक्षरोपण कार्यक्रमहरु आयोजना गरी आएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान, खेलकुद लगायत वृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा अध्यक्ष शम्भुप्रसाद पौड्यालले सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।