राष्ट्रिय बीमा संस्थान अब कम्पनी मोडेलमा

<p>काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थालाई कम्पनी मोडेलमा सञ्चालन गर्ने भएको छ । नयाँ बीमा प्राधिकरण ऐनअनुसार संस्थानलाई कम्पनी मोडेलमा सञ्चालन गर्ने अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । “नियामक राष्ट्रिय बीमा प्राधिकरण गठन भएपछि संस्थान राख्दा अनुपयुत्त हुने देखेर कम्पनी मोडेलमा लैजान खोजेको हो” उनले भने । व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कम्पनी मोडेलमा [&hellip;]</p>

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थालाई कम्पनी मोडेलमा सञ्चालन गर्ने भएको छ । नयाँ बीमा प्राधिकरण ऐनअनुसार संस्थानलाई कम्पनी मोडेलमा सञ्चालन गर्ने अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।

“नियामक राष्ट्रिय बीमा प्राधिकरण गठन भएपछि संस्थान राख्दा अनुपयुत्त हुने देखेर कम्पनी मोडेलमा लैजान खोजेको हो” उनले भने । व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कम्पनी मोडेलमा संस्थानलाई परिणत गरेपनि तत्काल निजी लगानी नहुने स्पष्टपारे ।

सरकारले निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेड सञ्चालनमा ल्याइसकेको छ । यस्तै राष्ट्रिय बीमा प्राधिकरण ऐन आएपछि संस्थानले गर्दै आएको निर्जीवन बीमा कारोबार कम्पनीमार्फत हुने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

Share News