एउटालाई मात्र हाेइन ५ वटा गन्तव्यलाई समेट्छाैं- महेशबाबु तिमल्सिना

<p>विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श तथा सहजीकरण सेवा उपलब्ध गराउने नेपालका धेरै कन्सल्टेन्सीहरु मध्येको बिश्वासिलो नाम हो कंगारु एजुकेशन फाउण्डेसन । काठमाडौको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सात वटा शाखा कार्यालयहरु साथै अस्ट्रेलियामा दुई वटा र बंगलादेशको ढाकामा एक शाखा कार्यालय छ । नेपालमा शैक्षिक परामर्श सेवा [&hellip;]</p>

विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श तथा सहजीकरण सेवा उपलब्ध गराउने नेपालका धेरै कन्सल्टेन्सीहरु मध्येको बिश्वासिलो नाम हो कंगारु एजुकेशन फाउण्डेसन । काठमाडौको पुतलीसडकमा केन्द्रिय कार्यालय रहेको कंगारु ऐजुकेशन फाउण्डेशनको नेपालमा सात वटा शाखा कार्यालयहरु साथै अस्ट्रेलियामा दुई वटा र बंगलादेशको ढाकामा एक शाखा कार्यालय छ । नेपालमा शैक्षिक परामर्श सेवा दिने कन्सल्टेन्सीहरुलाई संस्थागत गर्ने र यो व्यवसायलाई उद्योगको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने धेरै कम व्यक्तिहरू मध्येका एक हुन महेशबाबु तिमल्सिना । उनी नेपाल शैक्षिक परामर्श संघका बरिष्ठ उपाध्यक्ष पनि हुन् । उनकै नेतृत्वमा संचालित कंगारु ऐजुकेशन फाउण्डेशनले अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा निजी कलेजहरुको बैदेशिक शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले कंगारु एजुकेशन फेयर आयोजना गर्दैछ । यहि आउँदो साउन १६ गते बुधबार कंगारु एजुकेशन फाउण्डेशनको केन्द्रीय कार्यालय, एबी कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभाहलमा र साउन १८ र १९ गते शाखा कार्यालय चिप्लेढुगां पोखराको कार्यालय परिसरमा आयोजना हुने उक्त एजुकेशन फेयरका बिषयमा कंगारु एजुकेशन फाउण्डेशनका तिमल्सिनासंग विकास वहसका लागि गरिएको कुराकानी:

कंगारु एजुकेशन फेयरको तयारी कस्तो भइरहेको छ ?

कंगारु एजुकेशन फाउण्डेसनले आगामी साउन १६ का दिन केन्द्रीय कार्यालय, एबी कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभाहलमा रसाउन १८ र १९ गते शाखा कार्यालय चिप्लेढुगां पोखराको कार्यालय परिसरमा आयोजना गर्न लागेको कंगारु एजुकेशन फेयरको तयारीका लागि म लगायत मेरा कंगारु टिम अहोरात्र खटिरहेको छ । मेलामा आउनुहुने हरेक विद्यार्थी र अभिभावकले साँचो अर्थमा सहभागी हुनुको औचित्य महसुस गर्ने गरी मेलाको व्यवस्थापकीय तयारी गरेका छौं ।

कंगारुको यो एजुकेशन फेयर गर्नुको मुल उदेश्य के हो ?

स्थापनाकालदेखि नै नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्य अध्ययनको लागि जाने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आइरहेको कंगारुले विद्यार्थीहरुलाई सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो । मेलामा अस्ट्रेलिया, न्यूजल्याण्ड, अमेरीका, क्यानडा र यूरोपका गरी २६ वटा भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको पनि सहभागिता रहने छ । उक्त मेलामा आउने सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्ष रुपमा विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरी सत्य तथ्य, जीवनशैली, छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौटदेखि लिएर परिपक्व डकुमेन्टेसन मार्फत् भर्ना र भिसाका सम्बन्धमा पनि परामर्श लिन सक्ने छन । मेलामा आउन चाहने जो कोही विद्यार्थी तथा अभिभावकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिनुका साथै आकर्षक गिफ्ट हयाम्पर पनि व्यवस्था गरिएको छ ।

यो पटक आफ्नै कार्यालय परिसरमा आयोजना गर्न लागिएको मेला के अर्थमा विशेष छ ?

कंगारुको मेला के अर्थमा विशेष छ भने हामीले एक मात्र गन्तव्यलाई नभई ५ वटा गन्तव्यलाई समेटेका छौं । व्यक्तिको रोजाई र क्षमता एउटै देशको शिक्षालाई नहुन सक्छ । तसर्थ उहाँहरुलाई मिल्दो र चाहनाअनुसारको विविधता मेलामार्फत पस्कने जमर्को गरेका छौं । मेलामा आइडीपी तथा सिद्धार्थ बैकको पनि सहभागिता रहने छ । अङ्ग्रेजी भाषा परीक्षा आइइएलटी.एस तथा शैक्षिक कर्जा सम्बन्धी जानकारी लिएर समेत सहभागीहरु लाभान्वित हुन सक्ने छन् । यसर्थ भाषा परीक्षा सम्बन्धी कौतुहलता तथा शैक्षिक कर्जा सम्बन्धी जिज्ञासाको समाधानका लागि यो शैक्षिक मेला अझै प्रभावकारी हुने छ भन्ने मलाई लागेको छ । सम्बन्धित संस्थाका विदेशबाटै आएका प्रतिनिधिसँगको अन्तरकृयाले विद्यार्थीहरुले सही तथा त्रुटि रहित जानकारी पाउनुहुनेमा पनि हामी ढुक्क छांै ।

कंगारुले यस किसिमको छुट्टै शैक्षिक मेला गर्नुको कारण के हो ?

विगत एघार बर्षदेखि विद्यार्थीहरुको वैदेशिक शिक्षा सम्बन्धी आवश्यकतालाई सहजीकरण गरिरहेको संस्था कंगारु एजुकेशनले यसअघि थुप्रै शैक्षिक मेलाहरुमा भाग लिई सकेको छ । केही मेलामा सह–आयोजकको जिम्मेवारी निभाएकोले हामीमा मेला सम्बन्धी पर्याप्त अनुभव छ । सोही अनुभवलाई आधार बनाई हाम्रा सेवाहरु लिन चाहनु हुने विद्यार्थी र अभिभावकले हामीले प्रतिनिधित्व गर्ने विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरुलाई भेटी आफ्ना करिअर सम्बन्धी सम्पूर्ण पाटाहरुलाई नियाल्ने र एकिन गर्ने थलोको रुपमा विकसित गर्ने उद्देश्यका साथ कंगारुले आफ्नो छुट्टै मेला गर्न लागेको हो । हाम्रा परामर्शदाताहरु त सदैव सेवा दिन तयार नै छन् तर वर्षमा एक दुई चोटि हुने विदेशी प्रतिनिधिको उपस्थितिले मेलालाई थप गहन र प्रभावकारी बनाउने कुरामा हामी विश्वस्त छौं । कंगारुको यस मेलालाई एक डिपार्टमेन्टल स्टोरको रुपमा सम्झेर आफ्ना लागि उपयुक्त विषय, शिक्षण संस्था र सेवाहरुको छनोट अनि उपभोग गर्नका लागि म सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई आग्रह गर्दछु ।

विदेशमा उच्च शिक्षा अध्ययनका निम्ति जान चाहने बिद्यार्थीलाई कंगारुले के कस्ता सेवाहरु उपलब्ध गराउँदै आएको छ ?

कंगारुले मूलत भाषा तथा शैक्षिक परामर्श सम्बन्धी सेवाहरु प्रदान गर्दछ । वैदेशिक अध्ययनका लागि भाषा परीक्षा,आइइएलटीएसको तयारी कक्षा सँगै सुरु हुने विद्यार्थीहरुको हामीसँगको यात्रामा कलेज छनोट,भर्ना प्रक्रिया, छात्रावृत्ति आवेदन, भिसा डकुमेन्टेसन, अन्तर्वार्ता तयारी, भिजा आवेदन हुँदै भिजाको निर्णयसम्म अघि बढ्छ । यात्रा प्रबन्ध, यएरपोर्ट पिकअप तथा अन्य परि आउने समस्यामा हाम्रो साथ विद्यार्थी आफ्नो अध्ययन गन्तव्य पुगेसम्मै कायम रहिरहन्छ । गन्तव्यका रुपमा भने हामीले अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरीका,क्यानडा,युरोपका विश्वविद्यालय तथा कलेजलाई प्रबर्द्धन गर्दै आएका छौ ।

विद्यार्थीले शैक्षिक परामर्श सेवाका लागि कंगारुलाई नै किन रोज्नु पर्ने ?

कंगारुका परामर्शदाताले टीआईटीआई, क्युईएस, न्युजिल्याण्ड ट्रेनेड एजेन्टस, युएएटीसी, ब्रिटिस काउन्सिल सर्टिफाइट काउन्सिलर लगायतका हरेक परीक्षामा समावेश भई अन्तराष्ट्रिय सर्टि्फिकेसन प्राप्त गरेका छन् । हामी विद्यार्थी अभिभावकहरुलाई ग्राहकको रुपमा नलिई परिवारको सदस्यका रुपमा मानी आत्मीय र यथाशक्य छिटो सेवा प्रदान गर्दछौं । यिनै कारणले वैदेशिक अध्ययनका लागि विद्यार्थीहरुले कंगारुलाई रोज्न म अनुरोध गर्न चाहन्छु ।

अन्त्यमा अन्तराष्ट्रिय स्तरको शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई तपाई के भन्न चाहनु हुन्छ ?

विद्यार्थीहरुले भर्ना र भिसामा मात्रै हैन करिअरमा पनि ध्यान दिएर जाने देश, शिक्षण संस्था तथा विषय छान्नु पर्दछ । यसमा कंगारु एजुकेशन फाउण्डेशनका परामर्शदाताले आफ्नो ज्ञान र सीपले भ्याएसम्म सहयोग गर्ने छन् । तपाई हाम्रो साझा प्रयासले एक दिन नेपाल पनि त्यस्तै विकसित र व्यवस्थित बनाउनु आवश्यक छ । जुन देशमा तपाईले आफ्नो उर्वर युवावस्थामा ज्ञान सञ्चित गर्ने र सीप सिक्ने अवसर पाउनु भएको छ । बैदेशिक शिक्षा पुरा गरेपछि आफ्नो देश फर्कन पनि अनुरोध गर्दछु ।

Share News