काठमाडौं । अल्फा बिटाले आगामी साउन १६ गते बुधवारको दिन अल्फा बिटा अष्ट्रेलियन शैक्षिक मेला अयोजना गर्ने भएको छ । यस मेलामा अष्ट्रेलियाका २५ भन्दा बढि कलेज तथा विश्वविद्यालयले सहभागिता जनाउँदै छन् ।

उक्त मेला बिहान १० बजे देखि अल्फा बिटा कमप्लेक्सको चौथो तल्ला शिव तथा कृष्ण सदनमा हुने अल्फा बिटाका कार्यकारी निर्देशक द्विराज शर्माले जानकारी गराएका छन् । साथै, यस मेलामा अष्ट्रेलियाका २५ भन्दा बढि कलेज तथा विश्वविद्यालयले सहभागिता जनाउँदै छन् । माछापुच्छ्रे बैंककाे प्रमुख प्रायाेजनमा हुन गइरहेको यस मेलामा करिब १५०० देखि २००० विद्यार्थीले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
वैदेशिक शिक्षामा जाने सोचमा रहेका विद्यार्थीहरुले यस मेलामा सहभागिता भई कलेज तथा विश्वविद्यालयका प्रतिनिधीहरुबाट नै सम्पूर्ण जानकारी तथा प्रक्रियाहरु बुझ्न सक्नेछन् । त्यस दिन मेलामा सहभागी हुने विद्यार्थीहरुका लागि अल्फा बिटाले प्रदानगर्दै आएका हरेक सेवाहरुमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कम्पनीका सिनियर मार्केटिङ्ग अफिसर रुपेन्द्र गिरीले जानकारी गराएका छन् । साथै, मेलामा सहभागी हुने विद्यार्थीहरुले आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको छ ।
इच्छुक विद्यार्थीहरुले यस लिङ्कमा गएर आफ्नो नामदर्ता गर्न सक्नेछन् ।