राष्ट्रिय बीमा कम्पनीको १२० प्रतिशत बोनस सेयर बीमा समितिमा अड्कियाे, हिसाव किताव क्लियर नभएकाे अाराेप

<p>काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले २०७४ फागुन १० गते १२० प्रतिशत बोनस सेयर घोषणा गरेको थियो । आर्थिक बर्ष २०६८।६९ सम्मको मुनाफाबाट १२० प्रतिशत बोनस सेयर वितरण गर्ने कम्पनीको प्रस्तावलाई अझै पनि बीमा समितिले स्वीकृति दिएको छैन् । बाेनस प्रस्ताव स्वीकृत नभएपछि कम्पनीको पुँजी वृद्धि योजनामै धक्का मात्रै लागेको छैन, १२० प्रतिशत सेयरको आशमा सेयर [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले २०७४ फागुन १० गते १२० प्रतिशत बोनस सेयर घोषणा गरेको थियो । आर्थिक बर्ष २०६८।६९ सम्मको मुनाफाबाट १२० प्रतिशत बोनस सेयर वितरण गर्ने कम्पनीको प्रस्तावलाई अझै पनि बीमा समितिले स्वीकृति दिएको छैन् ।

बाेनस प्रस्ताव स्वीकृत नभएपछि कम्पनीको पुँजी वृद्धि योजनामै धक्का मात्रै लागेको छैन, १२० प्रतिशत सेयरको आशमा सेयर खरिद गरेका लगानीकर्ता पनि मारमा परेका छन् ।

बीमा कम्पनीका चाटर्ड एकाउन्टेन्ट अब्दस अन्सारीले राष्ट्रिय बीमा संस्थानसँगको हिसाब किताब फरफारक नभएकाले बोनस सेयरले समितिबाट स्वीकृति नपाएको बताए । कम्पनीले आर्थिक बर्ष २०६८।६९ सम्मको मुनाफाबाट सो मात्रामा बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो ।

कम्पनीले ०६८।६९ पछिको कुनै पनि आर्थिक वर्षको वित्तीय विवरणको लेखा परिक्षण गराएको छैन। हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको छ । १२० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ५८ करोड ६५ लाख रुपैयाँ पुग्ने थियो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले वित्तिय विवरणको लेखा परिक्षण नगरेको तथा बीमा संस्थानसँगको हिसाब किताब समेत फरफारक नगरेकाले बोनस सेयर सम्बन्धी निर्णयले स्वीकृति नपाएको बताए । उनले हिसाब किताब फरफारक तथा लेखा परिक्षणको रिपोर्ट आउने वित्तिकै बोनस सेयर सम्बन्धी निर्णय कार्यान्वयनको बाटो खोलिदिने पनि स्पष्ट पारे ।

‘हर हिसाब, सम्पति तथा दायित्वको मिलान नभएसम्म बोनस सेयर नदिन भनेका छौंं’, अध्यक्ष चापागाइँले भने । समितिले कम्पनीलाई कर्मचारीको तलब भत्ता, उपदान तथा नियमित खर्च बाहेकका अतिरिक्त खर्च समेत नगर्न भनेको छ । बीमा संस्थानले आफ्नो लेखा परिक्षण नगराउँदा कम्पनीमा समेत त्यसको नकारात्मक असर परेको हो ।

Share News