जनसेवी लघुवित्तको नाफा ४४२ प्रतिशतले वृद्धि, छिट्टै साधारण सेयर जारी गर्दै

<p>काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा ६० लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले अघिल्लो वर्षको तुलनामा ४४२ प्रतिशतले बढी मुनाफा कमाउन सफल भएको छ । अघिल्लो वर्ष आव २०७३/०७४मा संस्थाले १३ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाले आव २०७४/०७५को अन्त्यसम्ममा ४१ करोड ८५ [&hellip;]</p>

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा ६० लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले अघिल्लो वर्षको तुलनामा ४४२ प्रतिशतले बढी मुनाफा कमाउन सफल भएको छ ।

अघिल्लो वर्ष आव २०७३/०७४मा संस्थाले १३ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाले आव २०७४/०७५को अन्त्यसम्ममा ४१ करोड ८५ लाख रुपैयाँ कर्जा लगानी रहेको थियो । साथै, सो अवधिमा संस्थाले १२ करोड २८ लाख रुपैयाँ बचत रकम संकलन गरेको छ ।

त्यसैगरी, संस्थाले चालु आव २०७५/०७६ मा ५ जिल्ला थप गरी १५ जिल्लामा ३२ वटा शाखा कार्यालयहरु मार्फत सेवा विस्तार गर्ने बताएको छ । साथै, संस्थाले बचत तथा कर्जा सेवा प्रवाह गरी २ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताएका छन् ।

हाल संस्थाको चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ रहेको छ । संस्थाले यसै वर्षमा सर्वसाधारणमा सेयर जारी गरी पुँजी १४ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।

Share News