अब कृषि विकास बैंकबाटै डिम्याट खाता खोल्न सकिने

<p>काठमाडौं । अब कृषि विकास बैंक लिमिटेडको जुनसुकै शाखाबाट हितग्राही (डिम्याट) खाता खोल्न सकिने भएकाे छ । उक्त निक्षेप सदस्यका लागि बैंकले सडियस एण्ड क्लियरिङ्ग लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौताबाट यस बैंक तथा अन्य कम्पनीका सेयरधनीहरुले समेत कृषि विकास बैंकमा हितग्राही खाता खोली सेवाको उपभोग गर्न सक्ने छन् । साथै, ग्रामिण क्षेत्र समेत [&hellip;]</p>

काठमाडौं । अब कृषि विकास बैंक लिमिटेडको जुनसुकै शाखाबाट हितग्राही (डिम्याट) खाता खोल्न सकिने भएकाे छ । उक्त निक्षेप सदस्यका लागि बैंकले सडियस एण्ड क्लियरिङ्ग लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौताबाट यस बैंक तथा अन्य कम्पनीका सेयरधनीहरुले समेत कृषि विकास बैंकमा हितग्राही खाता खोली सेवाको उपभोग गर्न सक्ने छन् । साथै, ग्रामिण क्षेत्र समेत पुँजी बजारमा प्रत्यक्ष सहभागी भै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउने बैंकको अपेक्षा छ ।

सो सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला र सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले हस्ताक्षर गरेका छन् ।

Share News