काठमाडौं । लक्ष्मी बैंकले आफ्नो थप पाँच नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको थुलुङ्ग दुधकोसी, ताप्लेजुङ्गको पाथिभरा याङ्गवारक गाउँपालीका र सिधिङ्गवा गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा गरी सो मात्राको शाखा संचालनमा ल्याएकोे हो ।
यी शाखा सहित बैंकको शाखा संख्या ९४, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग र ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ बनाउने विश्वास राखेको छ ।
शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने छ । साथै, शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बैंकले जनाएको छ ।