सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाले गरे सपथ ग्रहण

<p>काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रतनलाल केडियाले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष सपथ लिएका छन् । केडियाले सोमबार(आज) पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । नवनियुक्त अध्यक्ष केडिया लामो समयदेखि उद्योग व्यवसायको क्षेत्रमा क्रियासिल रहेका छन् । केडियालाई साउन ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको १३६ औं बैठकले सर्व [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रतनलाल केडियाले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष सपथ लिएका छन् । केडियाले सोमबार(आज) पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

नवनियुक्त अध्यक्ष केडिया लामो समयदेखि उद्योग व्यवसायको क्षेत्रमा क्रियासिल रहेका छन् । केडियालाई साउन ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको १३६ औं बैठकले सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेको थियो ।

Share News