काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले आगामी साउन १६ गते कंगारु एजुकेशन फेयर आयोजना गर्न लागेको छ । फाउण्डेशनले विधार्थीहरुलाई बैदेशिक शिक्षा सम्बन्धी सहि सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले उक्त एक दिने कंगारु एजुकेशन फेयरको आयोजना गर्न लागेको हो ।

उक्त एजुकेशन फेयर बिहान बिहान १० बजेदेखि ५ बजेसम्म फाउण्डेशनको केन्द्रीय कार्यालय, एबि कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभा हलमा आयोजना हुने छ । यस शैक्षिक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजीलेण्ड र यूरोपका विभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागीता रहने कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) महेशबाबु तिमल्सिनाले बताए ।
उक्त शैक्षिक मेलामा आउने सम्पूर्ण विद्यार्थी अभिभावकहरुले विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरुसँग प्रत्यक्ष भेट गरि अन्तरक्रिया गर्न र सत्य तथ्य जानकारी लिन पाउनेछन् । त्यस देशको जिवनशैली, कलेज विश्वविद्यालय छनौट, छात्रवृत्ति देखि लिएर परिपक्व डकुमेन्टेसन मार्फत भर्ना र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिने बताइएको छ ।
यो शैक्षिक मेलामा आउने विद्यार्थी र अभिभावकहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने विद्यार्थीलाई विशेष अफर र गिफ्ट हयाम्पर प्रदान गरिने बताइएको छ ।
मेलामा आइ.डी.पी र सिदार्थ बैक पनि सहभागी हुन लागेकाले, अग्रेजी भाषा परीक्षा रजिष्टेसन, आइएलटिएस तथा शैक्षिक कर्जा, बिप्रेषण सेवा सम्बन्धी जानकारी लिएर विद्यार्थी र अभिभावकहरु लाभन्वित हुन सक्नेछन् । यस फाउण्डेशनको नेपालमा सातवटा शाखा कार्यालयहरु साथै अस्ट्रेलियामा दुईवटा र बंगलादेशको ढाकामा एक शाखा कार्यालय रहेको सीईओ महेशबाबु तिमल्सिनाले बताए ।