काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रिमियम एक अर्ब नाघेको छ । कम्पनीले गत आर्थिक बर्ष २०७४।७५ मा एक अर्ब ९२ करोड रुपैंया प्रिमियम संकलन गरेको हो । कम्पनीले हालसम्म देशभर ४२ वटा शाखाका २३५ जना कर्मचारी मार्फत सेवा प्रवाह गरिरहेको छ ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले आगामी दिनमा कम्पनीलाई अझै शसक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले एक अर्बको प्रिमियम संकलन गरेर नयाँ उचाई प्राप्त गर्न अहोरात्र खटिने कर्मचारीहरु धन्यवाद दिँदै अझै शसक्त ढंगले काम गर्न सुझाव पनि दिए ।