सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क संकलनमा वृद्धि, ८३१.५७% प्रतिफल दिन सफल

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा करिब ३० प्रतिशत बढी बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा इन्स्योरेन्सले १ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७३/७४ को तुलनामा करिब ३० प्रतिशत बढी हो । सोही अवधिमा कम्पनीले १ अर्ब १८ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा करिब ३० प्रतिशत बढी बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा इन्स्योरेन्सले १ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७३/७४ को तुलनामा करिब ३० प्रतिशत बढी हो ।

सोही अवधिमा कम्पनीले १ अर्ब १८ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताएका छन् । क्षेत्रीका अनुसार हालसम्म कम्पनीले लगानीकर्ताहरुलाई लगानीको ८३१.५७ प्रतिशत प्रतिफल दिई सकेको छ ।

Share News