सिद्धार्थ इन्स्योरेन्सको एकैसाथ ६ वटा शाखा सञ्चालनमा

<p>काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले मंगलबार(आज) एकैसाथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारको क्रममा कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, वाराको निजगढ, मोरङ्गको विराट चोकमाशाखा सञ्चालन गरेको छ । यसै क्रममा इनरुवा शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर राजन मेहता र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक दीपक धूतले संयुक्त रुपमा [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले मंगलबार(आज) एकैसाथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारको क्रममा कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, वाराको निजगढ, मोरङ्गको विराट चोकमाशाखा सञ्चालन गरेको छ ।

यसै क्रममा इनरुवा शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर राजन मेहता र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक दीपक धूतले संयुक्त रुपमा गरेका थिए ।

त्यसैगरी, नीजगढ शाखाको उद्घाटन नीजगढन गरपालिकाका मेयर सुरेशकुमार खनाल र कम्पनीका बरिष्ठ प्रबन्धक बद्रीबहादुर अधिकारीले संयुक्त रुपमा गरेका छन् ।  यसबाट बीमाको पहुँचलाई आम नागरिकसम्म पुर्याउन सहयोग मिल्ने र उद्योगी व्यवसायीहरुले छिटो छरितो एवं प्रभावकारी बीमा सेवा प्राप्त गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

यी शाखा विस्तार सँगै कम्पनीको ६१ वटा शाखा तथा २ वटा एक्सटेन्सन काउण्टर भएको छ । अब सातै प्रदेशमा आफ्नो शाखा सञ्जाल मार्फत बीमा सेवा विस्तार गरी गुणस्तरीय एवं प्रभावकारी रुपमा कृषि तथा पशुपन्छी सहित सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्नेछ ।

साथै, कम्पनीले गत आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।

Share News