एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार

<p>काठमाडौं । यस साता एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको १५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा कुमारी बैंकको अग्रस्थानमा छ । बैंकको ३ लाख ९० हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यस [&hellip;]</p>

काठमाडौं । यस साता एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको १५ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा कुमारी बैंकको अग्रस्थानमा छ । बैंकको ३ लाख ९० हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । यस साता २अर्ब ११ करोड ८८ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५८.४४ प्रतिशत बढी हो ।

गत साता १८४ कम्पनीको १ अर्ब ३३ करोड ७३ लाख ३३ हजार बराबरका ४२ लाख ५४ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२.४१ अंकले घटेर अन्तिम दिन १हजार १९१. ९८ अंकमा पुगेको छ । रासस

Share News