लालिगा खेल्ने ९ जना खेलाडी आइतबार विश्वकपको लागि भिड्दै

<p>काठमाडौं । विश्वकप फाइनल खेलमा स्पेनीस लालिगाबाट व्यवसायिक खेल खेल्ने ९ जना खेलाडी पुगेका छन् । क्रोयोसिया र फ्रान्सका राष्ट्रिय ९ जना खेलाडीहरु स्पेनीस लालिगाबाट रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको म्याड्रिड लगायत फुटबल क्लबबाट फुटबल खेल्दै आइरहेका छन् । रियल म्याड्रिडबाट खेल्ने क्रोयोसियाका लुका माड्रिक, कोभाकिच, फ्रान्सका राफेल भारान विश्वकप फाइनलमा एक अर्का विरुद्ध उत्रिने छन् [&hellip;]</p>

काठमाडौं । विश्वकप फाइनल खेलमा स्पेनीस लालिगाबाट व्यवसायिक खेल खेल्ने ९ जना खेलाडी पुगेका छन् ।

क्रोयोसिया र फ्रान्सका राष्ट्रिय ९ जना खेलाडीहरु स्पेनीस लालिगाबाट रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको म्याड्रिड लगायत फुटबल क्लबबाट फुटबल खेल्दै आइरहेका छन् ।

रियल म्याड्रिडबाट खेल्ने क्रोयोसियाका लुका माड्रिक, कोभाकिच, फ्रान्सका राफेल भारान विश्वकप फाइनलमा एक अर्का विरुद्ध उत्रिने छन् ।

यसैगरी बार्सिलोनाबाट खेल्ने फ्रान्सका सामुयल उमटिटि, ओसामाने डेम्बेले र क्रोयोसियाका इभान राकेटिक कपका लागि एक अर्का विरुद्ध भिड्नेछन् ।

यस्तै एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रीजम्यान, लुका हर्नान्डेज र सिमे भार्सेल्जिको रहेका छन् ।
खेल नेपाली समय अनुसार आइतबार बेलुकी ८४५ बजे शरु हुनेछ ।

Share News