काठमाडौं । महालक्ष्मी विकास बैंक र एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा महालक्ष्मीका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनएलजीका कामु प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।