काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १० लाख ५७ हजार ३१० कित्ता प्रवद्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ६० प्रतिशत प्रवद्धकको र ४० प्रतिशत सर्बसाधारणको भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४५ रुपैयाँ रहेको छ ।
