पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्धारा पद तथा गोपनियताको शपथ ग्रहण

<p>काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष भुवनसिंङ गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । गुरुङले बिहीबार नेपाल राष्ट्र बैंककाे पोखरा शाखाका का.मु. निर्देशक अमर अधिकारी समक्ष सपथ लिएका हुन् । वित्तीय संस्थाको हालै सम्पन्न एक्काइसौं वार्षिक साधारण सभाले संस्थापक समुहबाट सञ्चालक समितिमा भुवनसिं गुरुङ, डा. दीर्घमान गुरुङ, शोभा गुरुङ र रेसमलाल पौडेललाई [&hellip;]</p>

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष भुवनसिंङ गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । गुरुङले बिहीबार नेपाल राष्ट्र बैंककाे पोखरा शाखाका का.मु. निर्देशक अमर अधिकारी समक्ष सपथ लिएका हुन् ।

वित्तीय संस्थाको हालै सम्पन्न एक्काइसौं वार्षिक साधारण सभाले संस्थापक समुहबाट सञ्चालक समितिमा भुवनसिं गुरुङ, डा. दीर्घमान गुरुङ, शोभा गुरुङ र रेसमलाल पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो ।

संस्थाको हाल तनहृ्ं, लमजुङ, रुपन्देही, काठमाण्डौं, स्याङजा एवं कास्की समेतमा गरी १३ वटा शाखा कार्यालय सञ्चालनमा आईसकेको छ । साथै, निकट भविष्यमा नै चितवनको नारायणगढ शाखा समेत सञ्चालनमा आउने तथा आ.व. २०७५/७६ मा थप अन्य शाखाहरु समेत खोलिने बताइएको छ ।

Share News