
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले असार १७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ३५ प्रतिशत अर्थात २२ करोड ४४ लाख ९७ हजार रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन साउन २० गते बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । बैंशाख ३० गतेसम्म कायम रहेका सेयरधनी मात्र हकप्रद सेयरका लागि आवेदन दिन योग्य हुने भएका छन् ।
हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर ८६ करोड ५१ लाख रुपैयाँ पुग्ने छ । हाल सिद्धार्थको चुक्तापुँजी ६४ करोड १४ लाख रुपैयाँ छ ।