आइएमएस मोटर्सकाे स्याङयोङ गाडी खरिदमा ५ लाख रुपैयाँ छुट, अभियान भोलिदेखि शुरू

<p>काठमाडौं । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुपअन्तर्गतको आईएमएस मोटर्सले यहि जेठ २८ गते(भोलि)देखि अन्बिटेबल डिस्काउन्ट अभियान शुरु गर्दैछ । यस अभियान अबधिभर, आइएमएस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा बजेट पुर्वकै मुल्यमा न्युनतम ५ लाख रुपैयाँको छुट दिने जनाएको छ । त्यस्तै, यस कोरियन लक्जरी एसयूभी ब्राण्ड, स्याङयोङले ग्राहकलाई एक्सचेन्ज सुविधा, [&hellip;]</p>

काठमाडौं । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुपअन्तर्गतको आईएमएस मोटर्सले यहि जेठ २८ गते(भोलि)देखि अन्बिटेबल डिस्काउन्ट अभियान शुरु गर्दैछ ।

यस अभियान अबधिभर, आइएमएस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा बजेट पुर्वकै मुल्यमा न्युनतम ५ लाख रुपैयाँको छुट दिने जनाएको छ ।

त्यस्तै, यस कोरियन लक्जरी एसयूभी ब्राण्ड, स्याङयोङले ग्राहकलाई एक्सचेन्ज सुविधा, सरल फाइनान्सीङ, ३ वर्ष निशुल्क सर्भिसिङ्ग, ३ वर्षे वारेन्टी, चालु आर्थिक वर्षको निःशुल्क सवारी करका साथै निःशुल्क एक्सोसरिज प्रदान गर्ने भएको छ ।

मोटर्सको सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक, सुदिप आचार्यले भने “अहिलेको नयाँ वित्तीय नीतिले अटोमोबाइलमा ४० प्रतिशतसम्मको अन्त शुल्क बढाएको हुँदा, हामीले ग्राहकहरुलाई ध्यानमा राखेर यो अभियान शुरु गर्न लागेका हौँ ।” त्यस्तै, आचार्यकाअनुसार यो छुट साङयोङ गाडीको सिमित स्टकको पूर्वनिर्धारित मूल्यमा लागु हुनेछ ।

Share News