टोयोटाको एक्सचेन्ज मेला सम्पन्न, २०० भन्दा बढी ग्राहकको सहभागिता

<p>काठमाडौं । विश्व प्रख्यात मोटर कम्पनी टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले “टोयोटा एक्सचेन्ज मेला” सम्पन्न गरेको छ । कम्पनीले यहि जेठ २६ र २७ गते काठमाडौंको नक्साल बेङक्वेटमा उक्त मेलाको आयोजना गरी सम्पन्न गरेको हो । उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिदका साथै साट्ने [&hellip;]</p>

काठमाडौं । विश्व प्रख्यात मोटर कम्पनी टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले “टोयोटा एक्सचेन्ज मेला” सम्पन्न गरेको छ । कम्पनीले यहि जेठ २६ र २७ गते काठमाडौंको नक्साल बेङक्वेटमा उक्त मेलाको आयोजना गरी सम्पन्न गरेको हो ।

उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिदका साथै साट्ने व्यवस्था गरिएको थियो । ग्राहकको पुरानो गाडीको सही मुल्यांकन गरि आवश्यकता अनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो ।

उक्त एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउट्लेट पनि राखिएको थियो । यसैगरि गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मुल्यांकन जस्ता आकर्षक अफरहरुको पनि व्यवस्था थियो ।

टोयोटाले समयानुकुल र आवश्यकता अनुरुप यस्ता प्रकारका ग्राहकमुखी मेलाहरु भविष्यमा पनि आयोजना गर्दै जाने कुरा कम्पनीका महाप्रबन्धकले बताएका छन् ।

उक्त मेलामा २०० जना भन्दा बढी ग्राहकको सहभागिता रहेको थियो भने १० गाडीे एक्सचेन्ज तथा बिक्रि भएको थियो ।

Share News