
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको बिक्री नभएको संस्थापक र सर्वसाधारण समूहको गरी १ लाख ६१ हजार १२४ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । शिलवन्दी बोलपत्र पेश असार ३ देखि सुरु भई असार १० गतेसम्म तोकिएको छ ।
कम्पनीको संस्थापकतर्फ २ हजार १७७ र सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६ कित्ता हकप्रद लिलामी हुने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीले चुक्तापुँजी बढाउन गत बैशाख ५ देखि जेठ ८ गतेसम्म निष्कासन गरेको थियो । आवेदन नपरेको हकप्रद सेयर लिलामी गर्न लागेको हो ।