ग्लोबल आइएमई बैंकका ग्राहकलाई ग्राण्डी हस्पिटलमा विशेष छुट

<p>काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्राण्डी ईन्टरनेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र ग्राण्डी [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्राण्डी ईन्टरनेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख गणेश अवस्थी र ग्राण्डी ईन्टरनेशनल हस्पिटलका बजार व्यवस्थापन एंव व्यवसाय विकास प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट/क्रेडिट कार्ड लिएका बैैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७.५ प्रतिशत छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

Share News