काठमाडौं । विश्व फुटबलको महाकुम्भ सुरु हुन ७ दिन मात्रै बाँकी रहदाँ विश्व फुटबल समर्थक यति बेला मनपर्ने देशको जर्सी किन्नमा व्यस्त रहेका छन् । यसैबीच स्पेनिस अनलाइन मार्काले गरेको अध्ययनमा नाइजेरियाको जर्सी नम्बरमा परेकाे छ ।

अनलाइन भोटिङको आधारमा गरिएको सर्वेक्षणमा सबैभन्दा धेरै भोट नाइजेरियाको जर्सीले पाएको हो । कालो हरियो रंग मिसिएको सो जर्सी लोकप्रिय बनेको हो ।
यसैगरी गाढा निलो रंगमा रहेको फ्रान्सको जर्सी २ नम्बरमा परेको छ ।

रातो सेतो रंगको कोठा रहेको क्रोयोसियाको जर्सी ३ नम्बरमा परेको छ ।

चार पटककको विश्व विजेता जर्मनीको जर्सी चौथो स्थानमा परेको छ ।

सेतो कलरमा रहको इरानको जर्सी ५ नम्बरमा परेको छ ।

रातो कलरमा रहेको युरोकप विजेता पोर्चुगलको जर्सी छैंटौ नम्बरमा परेको छ ।

सेतो कलरमा रातो निलो कलर रहेको दक्षिण कोरियाको जर्सी ७ औं स्थानमा परेको छ ।

आकाशे र सेतो कलरको धर्को रहेको अर्जेन्टिनाको जर्सी ८ औं नम्बरमा परेको छ ।

सेतो र निलो रंगमा रहेको आइल्याण्डको जर्सी ९ औं स्थानमा परेको छ ।

५ पटक विश्व विजेता बनेको ब्राजिलको पहेँलो रंगको जर्सी १० नम्बरमा परेको छ।
