काठमाडौं । सनराइज बैंक लिमिटेडको ग्राहक शान्ती काउचाले स्वास्थ्य बीमा अन्तर्गत पाइन् ३५ हजार ०९४ रुपैयाँ बराबरको रकम पाएकी छिन् । कलंंकी शाखाकी ग्राहक काउचाले बैंकको “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत उपचार खर्च बमोजिम सो मात्राको रकम पाएकी हुन् ।

बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले काउचालाई उक्त रकम प्रदान गरेकी हुन् । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।
साथै, बैंकले नारायणगढ शाखाका ग्राहक विक्रम अधिकारीलाई उपचार खर्च ७६ हजार ८२७ रुपैयाँ तथा राधा श्रेष्ठलाई उपचार खर्च ४ हजार ०२२ रुपैयाँ र राजबिराज शाखाका ग्राहक रामअवतार यादवलाई ४२ हजार १११ रुपैयाँ बराबरको रकम प्रदान गरेको छ ।
बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।