प्रभु इन्स्योरेन्सको अध्यक्षमा पुनः कुसुम लामा, सञ्चालक समितिमा ६ जना नियुक्त

<p>काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः सुश्री कुसुम लामालाई सर्वसम्मतीले चयन गरेको छ । साथै, कम्पनीको सञ्चालक समितिमा ६ जना नियुक्त भएका छन् । कम्पनीको संस्थापक समुहबाट ३ र सर्वसाधारण समूहबाट ३ गरी ६ जना नयाँ सञ्चालकको रुपमा निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको विशेष साधारण सभाले इन्स्योरेन्सको संस्थापक समुहबाट कुसुम लामा, कृष्णबहादुर [&hellip;]</p>

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः सुश्री कुसुम लामालाई सर्वसम्मतीले चयन गरेको छ । साथै, कम्पनीको सञ्चालक समितिमा ६ जना नियुक्त भएका छन् । कम्पनीको संस्थापक समुहबाट ३ र सर्वसाधारण समूहबाट ३ गरी ६ जना नयाँ सञ्चालकको रुपमा निर्वाचित भएका छन् ।

हालै सम्पन्न कम्पनीको विशेष साधारण सभाले इन्स्योरेन्सको संस्थापक समुहबाट कुसुम लामा, कृष्णबहादुर कुँवर र अशोक खड्गी तथा सर्वसाधारण समुहबाट राजेन्द्र मल्ल, रणकेशव प्रधान र राजगोपाल राजभण्डारीलाई निर्वाचित गरेको हो ।

कम्पनीमा कर्मचारी सञ्चय कोषको तर्फबाट जितेन्द्र धितालले प्रतिनिधित्व गरेका छन् । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम चुक्ता पुँजी १ अर्ब पुर्याउनको लागि ४६ प्रतिशत हकप्रद सेयर निष्काशनको तयारीमा रहेको छ ।
कम्पनीले भविष्यमा ग्राहकहरुलाई स्तरीय सेवा दिने तथा सेयरधनीहरुलाई अधिकतम प्रतिफल दिने लक्ष्य लिएको छ ।

Share News