
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक तथा आधारभूत सेयरधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न भनेको छ । कम्पनीले चुक्तापुँजीको १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनलाई हकप्रद वापतको रकम ३५ दिनभित्र जम्मा गर्न भनेको हो ।
नेशनलले एनआईबीएल एस क्यापिटलको पुतलीसडक शाखामा रहेको खातामा हकप्रद सेयर वापतको रकम जम्मा गर्न भनेको हो । कालो सुचीमा परेका आधारभूत सेयरधनीले हकप्रद खरिद गर्न नपाउने कम्पनीले जनाएको छ । बोर्डले गत शुक्रबार चुक्तापूँजी बढाउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको होे ।
कम्पनीले ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत निष्काशन गर्ने भएको छ ।हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ६६ करोड ४१ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६६ करोड रुपैयाँ नाघ्ने छ ।