थापा र शेर्पाले पाए २७ लाख बीमित रकम

<p>काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा(युएइ) गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं.८ बस्ने शंकरकुमार खपाङगीको नेपालमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यस्तै बाग्मती अञ्चल सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी श्रीमती रिता बुढाथोकी शेर्पाको [&hellip;]</p>

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा(युएइ) गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं.८ बस्ने शंकरकुमार खपाङगीको नेपालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यस्तै बाग्मती अञ्चल सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी श्रीमती रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएकोको थियो ।
ती दुबै बीमितको आइबार कम्पनीमा दाबी दर्ता हुन आएकोमा मृतक बीमित शंकरकुमार खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगाकुमारी थापालाई र मृतक बीमित रिता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति निजको श्रीमान पासाङ शेर्पालाई दाबी पर्न आएकै दिन क्रमशं रु १३ लाख र रु १४ लाख रुपैयाँ दाबी रकम कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्यले एक समारोहबी च हस्तानतरण गरेका छन् ।

Share News