सानिमा लाईफ इन्स्योरेन्स र एनआरएनएबीच जीवन बीमा सम्झौता

<p>काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघ(एनआरएनए)बीच जीवन बीमा सेवा सम्बन्धी संझौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसी र एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्तकुमार दवाडीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात इन्स्योरेन्सले एनआरएनएको विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा उपलब्ध [&hellip;]</p>

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघ(एनआरएनए)बीच जीवन बीमा सेवा सम्बन्धी संझौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसी र एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्तकुमार दवाडीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात इन्स्योरेन्सले एनआरएनएको विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा उपलब्ध गराउने भएको छ ।

कार्यक्रममा इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा, एनआरएनएका भाइस प्रिसिडेन्ट सपीलाराज भण्डारी, एनआरएन एनसीसी रसियाका प्याट्रोन खेमराज लामिछाने लगायतको उपस्थिती थियो ।

 

Share News