८ महिनामा झण्डै २ खर्बको निर्यात, आयातको तुलनामा बढ्यो
काठमाडौं । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कुल १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँबराबरको आयात भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँबराबरको आयात भएको थियो । यो अवधिमा आयात १२.५४ प्रतिशतले बढेको छ । यो अवधिमा कुल १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ । जुन कुल व्यापारको २०.८३ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । समीक्षा अवधिमा निर्यात २०.८३ प्रतिशतले बढेको छ । यो अवधिमा कुल वस्तु व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड २२ लाख रुपैयाँ हुँदा वैदेशिक व्यापार घाटा भने १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
७ महिनामा वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक
काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष (साउन–माघ) सम्मको तथ्यांक सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सात महिनामा वैदेशिक व्यापार १३ खर्ब रुपैयाँ नजिक पुगेको छ । माघसम्ममा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबर वैदेशिक व्यापार भएको छ । सो अवधिमा जसमा आयात ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख वस्तु आयात गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.६५ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । माघसम्ममा १ खर्ब ६८ अर्ब १४ करोड बराबरको वस्तु निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनमा ३२.१९ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार कुल वैदेशिक व्यापारमा माघसम्म १५.७६ प्रतिशत सुधार देखिएको छ । अघिल्लो वर्ष यसै अवधिमा कुल वैदेशिक व्यापार आकार ११ खर्ब १५ अर्बमात्र थियो । व्यापार घाटा ९ खर्ब ५५ अर्ब कुल वैदेशिक व्यापार आकार १५.७६ प्रतिशतले बढे पनि व्यापार घाटामा केही कमी आएको छ । सात महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड बराबर रहेको छ । गत आवको सोही अवधिमा ८ खर्ब ६१ अर्बको व्यापार घाटा थियो । नेपालले यो अवधिमा सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग गरेको छ । भारतबाट ६ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १ खर्ब ३७ अर्बको वस्तु भारत निर्यात भएको छ । त्यस्तै, दोस्रो धेरै व्यापार चीनबाट भएको छ । माघसम्ममा चीनबाट २ खर्ब ३५ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने ९० करोडको मात्र वस्तु निर्यात भएको छ। सात महिनाको अवधिमा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ । सात महिनाको अवधिमा नेपालले १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबर पेट्रोलियम पदार्थ आयात गरेको छ । ९३ अर्ब ७५ करोड बराबरको तेल घ्यू आयात भएको छ । त्यस्तै, आइरन र स्टिल आयात ७७ अर्ब ८५ करोड बराबरको आयात भएको छ ।
पाँच महिनामा करिब ९ खर्बको वैदेशिक व्यापार, ७ खर्बको वस्तु आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको अवधिमा नेपालले करिब ९ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा नेपालले ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको हो । समीक्षा अवधिमा नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशतले बढी हो । यस्तै, यस अवधिमा नेपालले १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । आयातको आकार निर्यातभन्दा निकै ठूलो रहेकाले पाँच महिनाको अवधिमा नेपालले ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । यस अवधिमा १ खर्ब ८ अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । यसमा ४५ अर्ब ६० करोड ६२ लाख रुपैयाँ बराबरको डिजेल, २७ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोल, २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास, ८ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको हवाई इन्धन र ४ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोलियम बिटुमिन आयात भएको छ । निर्याततर्फ भने पाँच महिनाको अवधिमा सबैभन्दा बढी ४६ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ ।
यी हुन् बढी वैदेशिक व्यापार गर्ने भन्सार कार्यालय
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन-असोज) महिनासम्ममा देशभरका २८ भन्सार कार्यालयबाट ४ खर्ब ६८ अर्ब ८ करोड ८ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । भन्सार विभागका अनुसार असोजसम्ममा सबैभन्दा धेरै वीरगञ्ज भन्सारबाट २ खर्ब १८ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । त्यसैगरी धेरै वस्तु तथा सेवा त्रिभुवन विमानस्थलबाट भित्रिएको छ । असोजसम्ममा उक्त कार्यालयबाट ५३ अर्ब २० करोड ९३ लाख रुपैयाँ आयात भएको छ । तीन महिनामा चोभार भन्सारबाट १ अर्ब ६९ करोड ९७ लाख रुपैयाँको वस्तु तथा सामान भित्रिएको छ । विभागको तथ्यांक अनुसार चोभार भन्सार कार्यालयबाट १ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ, भैरहवा भन्सारबाट ७१ अर्ब ६० करोड रुपैयाँ, विराटनगर भन्सारबाट ५८ अर्ब ७६ करोड रुपैयाँ, मेची भन्सारबाट १२ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ, तातोपानीबाट ९ अर्ब ४४ करोड रुपैयाँ, कृष्णनगर भन्सार कार्यालयबाट ६ अर्ब ९ करोड ४६ लाख रुपैयाँ, कैलाली भन्सार कार्यालयबाट ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ, मुस्ताङ भन्सार कार्यालयबाट ५ अर्ब २७ करोड ९० लाख रुपैयाँ वस्तु तथा सामान भित्रिएको छ । जलेश्वर भन्सार कार्यालयबाट १ अर्ब ९० करोड ६६ लाख रुपैयाँ, सर्लाही भन्सारबाट ६८ करोड ४६ लाख रुपैयाँ, सुनसरी भन्सार कार्यालयबाट ५३ करोड ५१ लाख रुपैयाँ, कञ्चनपुर भन्सारबाट ५० करोड ७७ लाख रुपैयाँ, रसुवा भन्सारबाट ३८ करोड ८१ लाख रुपैयाँ, गौर भन्सार कार्यालयबाट ३७ करोड २ लाख रुपैयाँ, सुठौली भन्सार कार्यालयबाट २७ करोड ७६ लाख रुपैयाँ, जनकपुर भन्सारबाट २७ करोड ३० लाख रुपैयाँ, महेशपुर भन्सार कार्यालयबाट २० करोड २२ लाख रुपैयाँ आयात भएको छ । विभागका अनुसार नेपालगञ्ज भन्सार कार्यालयबाट १७ करोड ६८ लाख ३० हजार रुपैयाँ, सत्तीबाट १७ करोड १७ लाख रुपैयाँ, भद्रपुर ११ करोड ७९ लाख रुपैयाँ, सिराहाबाट १० करोड ५२ लाख रुपैयाँ, राजविराजबाट ६ करोड ९० लाख रुपैयाँ, ड्राइपोर्ट भन्सारबाट ४ करोड १० लाख रुपैयाँ, ठाँडी भन्सार कार्यालयबाट १७ लाख ३१ हजार रुपैयाँ, पशुपतिनगर भन्सार कार्यालयबाट १ लाख २७ हजार रुपैयाँ र त्रिवेणी भन्सारबाट ७४ हजार रुपौँ बराबरको वस्तु तथा सामान भित्रिएको छ । ७२ अर्ब ७८ करोडको निर्यात भन्सार विभागका अनुसार तीन महिनामा १६ भन्सार कार्यालयबाट ७२ अर्ब ७८ करोड २८ लाख रुपयाँ बराबरको वस्तु बाहिरिएको छ । जसमध्ये सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । विरगञ्जबाट २६ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ निर्यात भएको छ । त्यस्तै विराटनगर भन्सारबाट ६१ अर्ब ६६ करोड २२ लाख रुपैयाँ, भैरहवा भन्सारबाट ७ अर्ब ४४ करोड रुपैयाँ, जलेश्वरबाट १ अर्ब ३८ करोड १५ लाख रुपैयाँ र मेचीबाट ४ अर्ब ८० करोड २५ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ ।
वैदेशिक व्यापार अनुपात १ः६० मा पुग्यो, २ महिनामा १७ अर्बको सामान निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब ३ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको २ महिनामा १० अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो । गत आवको पहिलो २ महिनामा यस नाकाबाट ६ अर्ब ५ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको २ महिनामा निर्यात उत्साहजनक भएको बताए । ‘गत आवको भदाैको तुलनामा चालु आवको सोही अवधिमा यहाँबाट हुने निर्यात १८१ प्रतिशतले वृद्धि भएको छ,’ उनले भने, ‘गत आवको २ महिनामा यहाँबाट हुने वैदेशिक व्यापारको अनुपात १ः२० रहेको अहिले सो अनुपातमा सुधार भएर १ः६० मा पुगेको छ ।’ वीरगञ्ज नाका हुँदै चालु आवको २ महिनामा ८ अर्ब ८४ करोड रुपैयाँ पर्ने ४ करोड २८ लाख २४ हजार ८७१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने तीन लाख मूल्य पर्ने ४८० लिटर भटमासको तेल प्रशोधित निर्यात भएको थियो । त्यस्तै चालु आवको २ महिनामा १ अर्ब २४ करोड रुपैयाँ पर्ने १ करोड २६ लाख ९५ हजार ७३२ लिटर फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने १ अर्ब २९ करोड रुपैयाँ पर्ने १ करोड ३६ लाख ४८ हजार १५५ लिटर जुस निर्यात भएको थियो । चालु आवको दुई महिनामा १ अर्ब १७ करोड रुपैयाँ बराबरको ३ करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने नगन्य मात्रामा मात्रै निर्यात भएको थियो ।
११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँग घाटामा
काठमाडौं । ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ । गत महिना साउनमा भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ बराबरको आयात र १९ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको निर्यात हुँदा मुलुकले ६४ अर्ब आठ करोड ७८ लाख रुपैयाँ घाटा व्यहारेको छ । यस्तै, चीनसँग २७ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बराबरको आयात र पाँच करोड ४८ लाख रुपैयाँको निर्यात गर्दा २७ अर्ब ९४ करोड १२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ । युएईसँगको व्यापारमा समेत नेपालले ठूलो नोक्सानी बेहोर्दै आएको छ । युएइबाट नेपालले २० अर्ब ४० करोडको वस्तु आयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ । जसबाट नेपालले १८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ । थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले ११ अर्ब २२ करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्ड सँग नेपालको वैदेशिक व्यापार ११ अर्ब २० करोड भन्दा बढि देखिएको छ । अजेन्टिना सँग ९ अर्ब १२ करोड ९७ लाख रुपैयाँ बराबरको आयात र २४ लाख रुपैयाँको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकै व्यापार घाटा बेहोर्नुपरेको छ । त्यस्तै अष्ट्रेलिया सँग नेपालले ६७ करोड २८ लाखको आयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दा बढिको बेहोर्नुपरेको छ । यस्तै, बंगलादेश सँग ५३ करोड ५८ लाख रुपैयाँ बराबरको आयात र सात करोड ५१ लाख रुपैयाँको निर्यात गर्दा ४६ करोड ७ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ । नेपालको वैदेशिक व्यापार बहराइनसँग समेत हुने गरेको छ । बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात शून्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत महिना साउनमा एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकले देखाउँछ। यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ बराबर व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ । जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका,रूस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।
साउनमा उत्साहजनक वैदेशिक व्यापार, ९५.७५ प्रतिशत बढ्यो निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा उत्साहजनक वैदेशिक व्यापार भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशत बढेको छ। विभागका अनुसार साउन महिनामा १ खर्ब ४३ अर्ब ६ करोड ६ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ भने २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन गत वर्षको साउन महिनाको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको हो । गत आर्थिक वर्ष २०८१/८२ को साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँको निर्यात भएको थियो । निर्यातमा सुधार भए पनि आयातको आकार ठुलो भएकाले व्यापार घाटा भने बढेको छ । चालु आवको साउनमा व्यापार घाटा २.५५ प्रतिशत बढेर १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ पुगेको छ । जबकि गत वर्षको साउनमा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । विभागको तथ्याङ्क अनुसार आयात निर्यात रेसियो ५.९८ रुपैयाँ अनुपातमा झरेको छ । यसअघि गत वर्षको साउनमा आयात निर्यात रेसियो १०.५० रुपैयाँ थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १४.३३ प्रतिशत पुगेको छ । यसअघि गत वर्षको साउनमा ८.७० प्रतिशत थियो ।
पौने २१ खर्ब पुग्यो वैदेशिक व्यापार, निर्यातमा नयाँ रेकर्ड
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा सो रकमबराबरको वस्तु तथा सेवा आयात भएको हो । जुन अघिल्लो आवको तुलनामा १३.२५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको थियो । यस्तै, गत आवमा कुल २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ८१.८० प्रतिशत बढी हो । अघिल्लो आवमा कुल २ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा कुल १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँबराबरको व्यापार घाटा छ । एक वर्षको अवधिमा व्यापार घाटा ६ प्रतिशतले बढेको छ । यो अवधिमा कुल २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो एक वर्षको अवधिमा वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढेको छ । विभागका अनुसार कुल व्यापारमा निर्याताको हिस्सा १३.३१ प्रतिशत रहेको छ भने आयातको हिस्सा ८६.६९ प्रतिशत रहेको छ ।
वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढ्दै, आयात साढे १६ अर्ब पुग्दा निर्यात ७७.७७ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२को ११ महिनासम्ममा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनामा सो मुल्य बराबरको वस्तु आयात भएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागका अनुसार यो अवधिसम्म कुल २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । विभागका अनुसार यो अवधिसम्म कुल १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.३० प्रतिशत बढी हो । गत आवको ११ महिनासम्म कुल १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँको व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिमा आयात निर्यात अनुपात १०.४४ प्रतिशत रहेकोमा अहिले ६.६४ प्रतिशत छ । यस्तो अनुपात ३६.३५ प्रतिशतले घटेको हो । कुल व्यापारमा निर्यात अनुपात १३.०८ प्रतिशत रहेको छ भने आयात अनुपात ८६.९२ प्रतिशत कायम भएको छ । भन्सार विभागका अनुसार यो अवधिमा सबैभन्दा बढी डिजेल, भटमासको कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्यास आयात भएको छ । ११ महिनामा डिजेल मात्रै १ खर्ब १५ अर्ब ५५ करोड १ लाख रुपैयाँको आयात भएको छ । कच्चा भटमासको तेल ९५ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ, पेट्रोलको ५८ अर्ब ५८ करोड ९० लाख, खाना पकाउने ग्यास ५७ अर्ब ३६ करोड ७७ लाख रुपैयाँको आयात भएको छ ।
नेपाल र भारतबीच वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य
काठमाडौं । नेपाल र भारतका भन्सार अधिकारीहरू बीच काठमाडौंमा वार्ता सुरु भएको छ । बीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर वार्ता सुरु भएको हो । वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली लागू गर्ने विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी नारायण प्रसाद रेग्मीले बताए । यसैगरी, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाईन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायतका अन्य विषयमा पनि छलफल हुने जनाइएको छ । छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधिन एकिकृत जाँच विन्दु (इन्टिग्रेटेड चेक प्वाईन्ट) लाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ । चैत्र २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ताटोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गर्नुभएको छ भने भारतको तर्फबाट राजस्व ईन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभयकुमार श्रीवास्तवले गरेका छन् । नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टाईन विभाग लगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। यसै गरी भारतीय टोलीमा राजस्व इन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रिय ईकाईका सहायक महानिर्देशक, नेपाल स्थित भारतीय दूतावासका प्रथम सचिव, कलकत्ता, पटना, लखनउ भन्सार कार्यालयका प्रमुखहरू लगायतका अधिकारीहरूको सहभागिता रहेको छ ।
टर्कीको वैदेशिक व्यापार घाटा मार्चमा १२ प्रतिशतले घट्यो
काठमाडौं । टर्कीको वैदेशिक व्यापार घाटा एक वर्ष अघिको मार्चमा १२.४ प्रतिशतले घटेर ७.३ बिलियन अमेरिकी डलरमा पुगेको छ । जनवरी–मार्च अवधिमा वैदेशिक व्यापार घाटा ३४.७९ बिलियन डलरबाट ४१.५ प्रतिशतले घटेर २०.३४ बिलियन डलर पुगेको टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही महिनाको तुलनामा मार्चमा मुलुकको निर्यात ४ दशमलव १ प्रतिशतले घटेर २२ अर्ब ५७ करोड डलर पुगेको छ भने आयात ६ दशमलव ३ प्रतिशतले घटेर २९ अर्ब ९ करोड डलर पुगेको छ । टर्कीको वार्षिक वैदेशिक व्यापार घाटामा भएको सुधार आठ महिनादेखि निरन्तर जारी रहेको टर्कीका अर्थमन्त्री मेहमेट सिमसेकले मंगलबार बताए ।
वैदेशिक व्यापारमा गिरावट, आयात निर्यात दुवै घट्यो
काठमाडौं । नेपालको वैदेशिक व्यापारमा गिरावट आएको छ । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकको वैदेशिक व्यापार अन्तर्गत आायत तथा निर्यात दुवैतर्फ गिरावट आएको देखिएको हो । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामा कुल वस्तु निर्यात ७.१ प्रतिशतले कमी आई ८६ अर्ब ८३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ३३८.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै, चालु आवको सात महिनामा कुल वस्तु आयात २.३ प्रतिशतले कमी आई ८९७ अर्ब ९४ करोड कायम भएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.९ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २३.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८.४ प्रतिशतले बढेको छ ।
नेपालको वैदेशिक व्यापार खुम्चियो, सात महिनामा आयात साढे दुई र निर्यात ७ प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापारमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको माघ मसान्तसम्मको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको देखिएको हो । चालु आवको ७ महिनामा नेपालको कूल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार बराबरको भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.७५ प्रतिशतले कम हो । विभागकाअनुसार आयात ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख ४८ हजार रुपैयाँको भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कमी हो । त्यस्तै, चालु आवको समीक्षा अवधिमा ९३ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले कमी हो ।
वैदेशिक व्यापार थप खुम्चियो, आयात ३.४ र निर्यात ६.१ प्रतिशतले कमि
काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक व्यापार खुम्चिदै गएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले मुलुकको आयात निर्यात दुवै खुम्चिएको देखाएको हो । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु आयात ३.४ प्रतिशतले कमी आई ६४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ ।
वैदेशिक व्यापारमा संकुचन : निर्यातमा ७.७ र आयातमा ३.८ प्रतिशतले कमि
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने आयातमा ३.८ प्रतिशतले कमि आएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५० अर्ब ५७ करोड बराबरकाे आयात भएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई ५१२ अर्ब ५० करोड रहेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई ४६१ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५३ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.४२ अर्ब ६९ करोड बराबरको भएको थियो । वैदेशिक व्यापारको संरचना वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.६ प्रतिशत र ४४.१ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.६ प्रतिशत, ०.०२ प्रतिशत र ४५.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.२ प्रतिशत, पुँजीगत वस्तुको ८.८ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४२.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.० प्रतिशत, ८.३ प्रतिशत र ३८.७ प्रतिशत रहेका थिए । निर्यात–आयात मूल्य सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २०८० कात्तिक महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ४.० प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.५ प्रतिशतले घटेको छ । २०८० कात्तिक महिनामा व्यापारको शर्त ७.७ प्रतिशतले बढेको छ ।
घट्यो वैदेशिक व्यापार, आयातमा सबैभन्दा बढी डिजेल
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आवको पहिलो महिनामा एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार रुपैयाँ कायम भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात भएको थियो । तथ्याङ्कानुसार साउनमा वैदेशिक व्यापारमा आयातको अनुपात ९० दशमलव ५२ प्रतिशत रहेको छ । त्यस्तै सार्वजनिक विवरणअनुसार गत आवको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा निर्यात आठ दशमलव ६५ प्रतिशतले घटेको छ । गत आवको सुरुको महिनामा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको निर्यात भएकोमा चालु आवको समीक्षा अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपैयाँको निर्यात भएको छ । विभागका अनुसार यो अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको अनुपात नौ दशमलव ४८ प्रतिशत रहेको छ । एक खर्ब १५ अर्बको व्यापार घाटा विभागका अनुसार चालु आवको पहिलो महिनामा मुलुकको व्यापार घाटा शून्य दशमलव ६६ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार रुपैयाँ कायम भएको छ । गत आवको पहिलो महिनामा व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ थियो । आयातमा सबैभन्दा बढी डिजेल मुलुकको वैदेशिक व्यापारमा मूख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमा समेत प्रमुख आयात हुने वस्तुमा परेको छ । विभागको तथ्याङ्कानुसार एक महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यो आयातमध्यकै बढी हो । त्यस्तै यस अवधिमा पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँको पेट्रोल आयात भएको तथ्याङ्कमा उल्लेख छ । निर्यातमा सबैभन्दा बढी अलैँची नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक पहिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ । विभागका अनुसार नेपालबाट ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ । त्यस्तै चालु आवको पहिलो महिनामा ९५ करोड ६६ लाख ३९ हजार रुपैयाँ बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्याङ्क छ । रासस
अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा प्रवेश गर्दा वैदेशिक व्यापारमा समस्या थपिन्छ : विज्ञ
काठमाडौं । नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा जाँदा सबैभन्दा बढी वैदेशिक व्यापारमा समस्या र चुनौती थपिने विज्ञहरुले बताएका छन् । शुक्रवार अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा पर्ने प्रभावका विषयमा नेपाल उद्योग परिसंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै अधिकांश विज्ञहरुले यस्तो बताएका हुन् । विज्ञहरुले नेपाल अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय रुपमा नेपालले गर्ने आयात तथा निर्यातमा अति कम विकसित मुलुकले पाउने सुविधाहरु स्वतः हट्ने बताए । विज्ञहरुले अति कम विकसित मुलुकमा अन्तर्राष्ट्रिय मुलुकले गर्ने सहायतामा समेत कमी आउने बताए । विज्ञहरुले नेपाल विश्व व्यापार संगठन सदस्यता लिएपछि अति कम विकसित राष्ट्र भएको कारण नेपाली वस्तु आयात गर्ने युरोप, अमेरिका तथा एशिया, अष्ट्रेलिया महादेशका राष्ट्रहरुले नेपाललाई दिएको जिएसपि सुविधा हट्ने बताए । विज्ञहरुले शुन्य भन्सार दरमा नेपालमा उत्पादित वस्तु निर्यात गर्न देशहरुमा भन्सार महशुल लाग्ने तथा अन्य प्रक्रियागत झन्झट बढ्ने दाबी गरे । विज्ञहरुका अनुसार अब नेपाल सरकारले अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा प्रवेश गर्दा पर्ने असर कम गर्नेगरी नीति बनाउन तथा मुलुकभित्रै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न आवश्यक छ । नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझाले नेपाल अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय रुपमा नेपालले गर्ने आयात तथा निर्यातमा अति कम विकसित मुलुकले पाउने सुविधाहरु स्वतः हट्ने बताए । उनले अति कम विकसित मुलुकमा अन्तर्राष्ट्रिय मुलुकले गर्ने सहायतामा समेत कमी आउने बताए । पूर्वसचिव ओझाले अमेरिकामा नेपालमा उत्पादन भएका ७७ वस्तुलाई भन्सार शुल्क नलाग्ने २०२५ सम्मको सम्झौता थपका लागि नेपाल सरकारले लभिङ गर्न आवश्यक रहेको बताए । ‘नेपाल अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय रुपमा नेपालले गर्ने आयात तथा निर्यातमा अति कम विकसित मुलुकले पाउने सुविधाहरु स्वतः हट्छ । अति कम विकसित मुलुकमा अन्तर्राष्ट्रिय मुलुकले गर्ने साहयतामा समेत कमी आउँछ । नेपाल विश्व व्यापार संगठन सदस्यता लिएपछि अति कम विकसित राष्ट्रभएको कारण नेपाली वस्तु आयात गर्ने युरोप, अमेरिका तथा एशिया अनि अष्ट्रलिया महादेशका राष्ट्रहरुले नेपाललाई दिएको जिएसपि सुविधा हट्छ’, उनले भने । उनले ७७ नेपाली उत्पादनहरु ट्रेडवेस भएको हुनाले वस्तुलाई एक्सपान्सन गर्न सरकार लाग्नुपर्ने बताए उनले चीनले नेपाललाई दिएको सहुलियतहरु भन्सार शुल्क छुट र कोटा फ्रिको सहुलियत कटौती हुने सम्भावना भएको हुनाले चीन र बंगलादेश लगायतका मुलुकहरुसँग नेपाल सरकारले बेलाइत स्वतन्त्र व्यापार सम्झौतामा जानुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालले बेलायत स्वतन्त्र व्यापार सम्झौता व्यापार सुरक्षाको लागि प्रयोग गर्नुपर्ने बताए । उनले कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा मुलुकको निर्यात प्रवद्र्धन गर्नको लागि कृषि, विद्युतीय उत्पानदमा जोड दिनुपर्ने बताए । उनले सेवा क्षेत्रमा सरकारले पर्यटनलाई जोड दिन आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक नरबहादुर थापाले अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा प्रवेशगर्दा डुइङ बिजनेस कम गर्ने, मुलुकको अर्थतन्त्रको रुपमान्तरण र टेक्नोलोजीको विकास गर्नु आवश्यक रहेको बताए । उनले विश्वव्यापी व्यवसायिक वातावरण परिसूचक ‘डुइङ बिजनेश ‘कस्टअप डुइङ बिजनेश’ नघटाई निजी क्षेत्र र वैदेशिक लगानी सजिलै आउन नसक्ने बताए । ‘अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदाको तयार गर्दा तीन कुरालाई अघि सार्नुपर्छ । जसमा विश्वव्यापी व्यवसायिक वातावरण परिसूचक ‘डुइङ बिजनेस ‘कस्टअप डुइङ बिजनेस’ नघटाई नेपाल सरकारले कस्टअप डुइङ बिजनेस’कसरी घटाउने ताकी नेपालको निजी क्षेत्र वैदेशीक लगानी सजिलैसँग आउन सकोस भन्नेतर्फ ध्यान जानुपर्छ’, उनले भने । त्यस्तै, अर्थशास्त्री डा.पारस खरेलले अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा नेपाल उत्पादनहरु निर्यातमा दिएका सहुलियतहरु खारेज हुने बताए । उनले नेपाल अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा प्रवेश गर्नसाथ वस्तु निर्यातमा अन्तर्राष्ट्रिय नियम अनुसार सुविधाहरु भए-नभएको समेत हेरिने बताउनु भयो। उहाँले नेपाल अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन निर्यात गरी व्यापार गर्न समस्या र चुनौति हुने बताए । उनले अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा माग्ने मात्रै नभएर वैदेशिक रुपमा लगानी पनि गर्नुपर्ने बताए । उनले भने, ‘अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा नेपाल उत्पादनहरु निर्यातमा दिएका सहुलियतहरु स्मार्ट खालको अन्तराष्ट्रिय नियम अनुसार छन वा छैनन् भन्ने कुरा हेरिन्छ । नेपालले यस्तो गर्दा विश्वका देशहरुले कसरी गरेका छन् । कुनै देशले डब्लुटिओ अनुसार दिएका छन् त्यसमा चुनौती हामीलाई छ । एटिआइएस मन्त्री परिषद्ले पास गरको छ । त्यसमा अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा माग्ने मात्रै होइन वैदेशिक रुपमा लगानी पनि गर्नुप¥यो । स्वतन्त्र व्यापार गर्न सक्नुपर्छ जहाँ नेपालले केही वस्तु दिन्छौँ केही लिन्छौं । साप्टासँग भएको सम्झौता पनि एक्सपान गर्ने भनेका छौं । यसको लागि राष्ट्रिय रुपमा वहस र छलफल आवश्यक छ ।’ कार्यक्रममा राष्ट्रिय योजना आयोजका सचिव डा.तोयनारायण ज्ञवालीले नेपाल अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदाका नेपाललाई व्यापारमा चुनौति नहुने बताए । उनले नेपाल अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदा मुख्य चुनाती व्यापारमा नभए उद्योगमा रहेको बताए । उनले अहिले नेपालको १ सय ७० भन्दा बढी देशसँग व्यापार गर्ने भन्दै १ सय ७० भन्दा बढी देशसँग व्यापार गर्ने क्षेत्रमा नेपालका उद्योगले ग्लोवल रुपमा प्रतिष्पर्धा गर्नुपर्ने बताए । े‘व्यापारमा बढी चुनौति हुन्छ भन्ने कुरा भयो । अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा जाँदाका नेपाललाई व्यापारमा चुनौति हुँदैन । मैले उद्योग वाणिज्य मन्त्रालयको सचिव हुँदा पनि बारम्बार भन्दै आएको हो। हाम्रो चुनौति भनेको उद्योग हो व्यापार होइन । नेपालको १ सय ७० भन्दा बढी देशसँग व्यापार गर्छ । १ सय ७० भन्दा बढी देशसँग व्यापार गर्ने क्षेत्रमा हाम्रो उद्योगले ग्लोवल रुपमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अति कम विकसित मुलुकबाट विकाससिल मुलुकमा गए पश्चात् नेपालले भोग्नुपर्ने गुड्सहरुमा ३÷४ वटा समस्या जोडिन्छन् । एउटा रुल्स अफ ओरिजिन कुराहरु आए त्यसमा वस्तुहरु निर्यात गर्ने कडाई भएर जान्छ । नेपालको मार्केट एक्शेस छ । जसमा करिव २३ वटा ठूला विकसित देशहरुले निर्यातमा दिएका सुविधा तत्काल गुम्छन्’, उनले भने । उनले सन् २०३४ सम्ममा औषधिजन्य वस्तुहरुमा पाएको छुट सुविधाहरु सन् २०३४ नोभेम्बरपछि हट्दा थप समस्या हुने बताए । उनले अझ सबै भन्दा बढी साना घरेलु तथा मझौला उद्योगका समस्याहरु उत्पन्न हुने बताए । उनले नेपालका साना घरेलु तथा मझौला उद्योगको स्किल समेत नमिल्ने बताए ।
युक्रेनको वैदेशिक व्यापार ७ प्रतिशतले घट्यो
युक्रेन । युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर र आयात १५.५ बिलियन डलर रहेको छ । खाद्यान्न उत्पादनहरूले पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्याएएको र त्यसपछि धातु उत्पादनहरू, मेसिनहरू, उपकरणहरू, र यातायात लगायतका क्षेत्रले योगदान दिएको जनाइएको छ । मुख्यरूपमा आयात हुने वस्तुहरूमा मेसिन, उपकरण, यातायात, इन्धन, र रसायनहरू लगायतका वस्तुहरू छन् । गत वर्ष युक्रेनको वैदेशिक व्यापार २९.६ प्रतिशतले घटेर ९९.७ अर्ब डलर पुगेको थियो । रासस
आयात प्रतिबन्धको असर : ६३ अर्बले घट्यो राजश्व, वैदेशिक व्यापार घाटा ६ खर्ब नजिक
काठमाडौं । सरकारले गाडी लगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजश्वमा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांंकअनुसार आयात प्रतिबन्धको असर राजश्व संकलनमा देखिएको हो । गत आर्थिक वर्षको पहिलो ५ महिनामा विभिन्न वस्तुको आयातबाट मात्रै २ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेकोमा चालु आवमा ६३ अर्ब १९ करोड रुपैयाँले कमी आएको छ । चालु आवको पाँच महिनामा एक खर्ब ५४ अर्ब १३ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको हो । चालु आर्थिक वर्षको पाँच महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को पाँच महिना (गत साउनदेखि मंसिर मसान्तसम्म) को तथ्यांकअनुसार आयातसँगै निर्यातमा कमी आएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवमा आयातमा २०.७१ र निर्यात ३४.६१ प्रतिशतले कमी आएको हो । गत आवमा ८ खर्ब ३८ अर्ब ४० करोड राबरको आयात भएकोमा चालु आवमा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ। यस्तैगरी, उक्त अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । गत आवमा एक खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तथ्यांकअनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.८१ र निर्यातको हिस्सा ९.१९ प्रतिशत बराबर रहेको छ । ६ खर्बको वैदेशिक व्यापार घाटा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनाको अवधिमा नेपालको करिब ६ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । विभागले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । जुन १८.७७ प्रतिशतले कमी हो । उक्त अवधिमा नेपालले सात खर्ब ३२ अर्ब ५० करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आवमा ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
साढे १९ खर्बको वैदेशिक व्यापार हुँदा व्यापार घाटा साढे १५ खर्ब
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले साढे १५ खर्ब रुपैयाँ बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्यांक अनुसार व्यापार घाटा २५ प्रतिशतले बढेको हो । एघार महिनाको अवधिमा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ पुगको छ । गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ बराबर व्यापार घाटा रहेको थियो । विभागको तथ्यांक अनुसार एघार महिनाको अवधिमा नेपालको १९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । कुल वैदेशिक व्यापार पनि २९.५ प्रतिशतले बढको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १५ खर्ब ४ अर्ब ६१ करोड १८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ११ महिनामै नेपालमा भारत तथा तेस्रो मुलुकबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा बृद्धि भएको छ । यसैगरी नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा बृद्धि भएको हो ।