काेराेना महामारी र हाम्राे भविष्य


विपत्तीलाई जित्न खोजौ बिकल्प

जीवनको परिभाषा सोध्ने हो भने हरेकले आ–आफ्नै किसिमको उत्तर दिन्छन । जस्ले जस्तो भोग्यो उसले जीवनलाई त्यसरी नै परिभाषित गर्दछन् । साच्चै जीवन भोगाईहरुको प्रतिबिम्ब हो । जन्म र मृत्युबीचको छोटो अवधि जहाँ धेरै संर्घष, दुःख, पिडा अनि ती नै पिडा भित्र लुकेको थोरै खुसी यी सबैको साझा थलो जीवन हो । जीवन एक रङ्गमञ्च जहाँ हरेक पात्रले आ–आफ्नो अभिनय कुशलतापूर्वक निर्वाह गर्छन, निर्देशकले तोकिदिएको समयावधि समाप्त हुन्छ सबै आ–आफ्नै गन्तव्यमा फर्कन्छन । त्यस्तै नै हो हरेकको जीवन । यहि जन्म मृत्युबीचको छोटो अवधि यसै बीच मान्छेले अनेकौ अवरोधहरुको सामना गर्नु पर्छ । जब मान्छेले सोचेको, इच्छाएको र खोजेको भन्दा विपरित अवस्था आउँछ त्यो नै विपत्ती हो । विपत्तीले नै मान्छेलाई सर्घष गर्न सिकाउँछ । विकल्पको बाटो पहिचान गराउँछ, यो एक युद्ध हो सक्षमले विपत्तीलाई जितेर अगाडी बढछ, विजय प्राप्त गर्छ कमजोरले जीवन समर्पण गर्छ । यो सृष्टिमा अनेक प्रकारका जीवाणुदेखि लिएर किटपतङ्ग, प्राणी वनस्पति सबैको आ–आफ्नै अस्तित्व विद्यमान हुन्छ । जसमध्ये सर्वश्रेष्ठ प्राणी हामी मानव सृष्टिकै अनुपम रचना हौ । सायद मनुष्य जीवन अथक प्रयत्न र संघर्ष पछि जो कोहिलाई मिल्न सक्छ तर जीवनको महत्व नबुझेर कतिले विपत्तीको सामना गर्नु भन्दा जीवन नै त्याग गरिदिन्छन । कति बाँच्ने संर्घष गर्दा गर्दै पनि सुरक्षा, उपचार र गाँस बासको अभावकै कारण मृत्युवरण गर्न बाध्य हुन्छन । यसैबीच मान्छेले स्वार्थको चरम सिमा नाघेर अथाह फाइदा लिने प्रयत्न पनि गरिरहेका हुन्छन । घुस, कमिसन,चोरि, डकैत आदी घिनलाग्दा घटना पनि यसैबीच घटिरहेका हुन्छन । ठूलो, सानो, तेरो, मेरोको लडाई घर, परिवार, समाज, राष्ट्र र अन्तराष्ट्रिय रुपमा मौलाएका खबरहरुले साँच्चै मानवमा पशुवत व्यबहारको घिनलाग्दो पक्ष उदाङ्गो भएको महसुश हुन्छ । “मै खाउँ मै लाउँ सुख सयल मोज म गरौं” उक्ति अनुरुप निर्धो र कमजोर माथि जहाँ कहि शोषण, दमन, अत्याचार हिंसा हत्या, बलत्कार भ्रष्ट्राचारका घटनाले मानवता हराएको भान हुन्छ । धनी र गरिब बीचको दूरी बढदो छ । फलस्वरुप विपतको समय घरबार विहिन, ज्याला मजदुरीमा जीविकोपार्जन गर्दै आएका अधिकांस मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । लेखक मानव विकासको क्रमलाई फर्केर हेर्दा विभिन्न समयमा अनेक प्रकारका प्राकृतिक तथा कृतिम विपत्तीको सामना मानव जातीले भोग्दै आएको देखिन्छ । प्लेग,दबिफर,दएड्स, इबोला, स्वाइन फ्लु हुँदै हाल सन २०१९ को अन्त्यमा चीनको हुवेइ प्रान्तको वुहान शहरमा पहिलो पटक मान्छेमा देखिएको कोरोना भाईरस (कोभिड १९) ले विश्वका अधिकांश देशमा कब्जा जमाई सकेको छ । विश्वका शक्ति राष्ट्रहरु दिनरात औषधि, भ्याक्सिनको अनुसन्धान गरिरहेका छन् तर सफल हुन सकेका छैनन् । विज्ञान र प्रविधिको क्षेत्रमा उलेख्य प्रगति हाँसिल गरेका राष्ट्रहरु पनि कोभिड १९ संग हार खाएको देखिन्छ । हालसम्म विश्वमा ९० लाख भन्दा बढीमा संक्रमण भएकाे छ । साढे तीन लाख भन्दा बढि मानिसले ज्यान गुमाई सकेका छन । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । विश्वको स्वास्थ्य र आर्थिक क्षेत्रमा ठूलो चुनौती देखापरेको छ । साथै सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा पनि नकारात्मक असर थपिदै गएको छ । विश्व स्वास्थ्य संगठनले ३० जनवरी २०२० मा विश्व महामारीको घोषणा गरेसंगै धेरै राष्ट्रहरु बन्दाबन्दीको अवस्थामा छन्। औषधी, भ्याक्सिन तयार नभएसम्म सुरक्षा अपनाउनुको विकल्प छैन ।संगै लगडाउनले आर्थिक क्षेत्रमा पुर्याएको असरका कारण गरीव, विपन्न वर्ग, मजदूर भोकमरीको चपेटामा पर्न थाली सकेका छन् । विगतका महामारीको अवस्थालाई हेर्दा कोरोनाको अन्त्य त्यतिछिटो र सजिलो देखिन्न । भाईरसले आफ्नो स्वरुप फेरिरहने र अझ सुक्ष्म रुपमा गति बढाई रहेको कारण यसको उपचार जटिल बन्दै गएको बैज्ञानिकहरुले बताईरहेका छन । यस्तो अवस्थामा हरेक व्याक्तिले व्यक्तिगत सुरक्षा अपनाएर स्वस्थ जीवन जीउने कला सिक्नु अत्यावश्यक देखिन्छ । अन्य देशहरुको अवस्थालाई हेर्दा अझसम्म नेपालको अवस्था त्यति भयावह छैन । तर केहि दिन यतातिव्र रुपमा बढेको संक्रमितको संख्या हेर्दा ढुक्क हुने अवस्था देखिन्न । पूर्वमा झापा देखि पश्चिम कञ्चनपुर र तराईका जिल्लाहरुमा बढेको संक्रमण हेर्दा भित्र भित्रै भूसको आगो झै सल्किएको अनुमान गर्न सकिन्छ । थोरै मात्र हेलचेक्र्याई गर्ने हो भने स्थिति भयावह हुने अवस्था आउन सक्छ । कमजोर स्वस्थ्य सेवा औषधि उपकरणकाबीच सम्हाल्न गाह्राे हुनेछ । निरन्तरको बन्दाबन्दीले देशभित्र र बाहिर रहेका हजारौ जनताको जीवन कष्टकर भैसकेको छ । विभिन्न देशबाट नेपाल फर्कन चाहनेहरुले हारगुहार गरिरहेका छन् । यस्तो अवस्थामा सरकारले सुरक्षित साथ क्वारेन्टाईन, स्वास्थ्य सेवा सुविधाको प्रबन्ध गरी अति पिडामा रहेका जनतालाई यथासिघ्र फर्काउनु पर्ने हुन्छ । तर केहि समय देखि तराईका जिल्लामा भारतबाट लुकीछिपि नेपाल प्रवेश गरेकाहरुद्धारा तराईमा संक्रमण बढेको अनुमान गर्न सकिन्छ । यस्तो अवस्थालाई हेर्दा केहि समय जो जहाँ छौ त्यहि रहेर बाँच्ने प्रयत्न गरौ भन्नु पर्ने बाध्यता पनि सँगै छ । हाम्रो देश प्राकृतिक सम्पदाको धनी, ऋषि माहात्माहरुले साधना गरेको तपोभूमि, धर्म संस्कार संस्कृतिले सजिएको अनेकौ मठ, मन्दिर देवालय रहेको दिव्यभूमि । यहि माटोमा जन्मिएका हुर्किएका हामी नेपाली हाम्रो प्राकृतिक जीवन शैलीले पनि हामीलाई केहि बलियो बनाएको छ । हामी सामान्य रोगलाई जडिबुटिको प्रयोग र खानपानले मात्र पनि काेराेनाला जित्न सक्छौ । हरेक कुराको सुरु छ त अन्त्य पनि अवश्य हुन्छ, कोरोनाको अन्त्य पनि हुनेछ तर कहिलेसम्म भन्न सकिन्न । कोरोना मात्र होईन समयसँगै अनेक प्रकारका विपत आउँछन तीनको सामना गर्न सिक्नु पर्दछ । विपतले केहि चुनौती सिर्जना गरेता पनि केहि अवसरहरु पनि पक्कै दिएको हुन्छ । हाम्रो देश प्राकृतिक सम्पदाको धनी, ऋषि माहात्माहरुले साधना गरेको तपोभूमि, धर्म संस्कार संस्कृतिले सजिएको अनेकौ मठ, मन्दिर देवालय रहेको दिव्यभूमि । यहि माटोमा जन्मिएका हुर्किएका हामी नेपाली हाम्रो प्राकृतिक जीवन शैलीले पनि हामीलाई केहि बलियो बनाएको छ । हामी सामान्य रोगलाई जडिबुटिको प्रयोग र खानपानले मात्र पनि जित्न सक्छौ । त्यसकै प्रतिफल भनौ विकशित देश जहाँ स्वास्थ्य सेवा सुविधाको राम्रो प्रबन्ध हुँदाहुदै पनि हजारौले ज्यान गुमाईरहेका छन, तर हामी कहाँ लक्षण नै नदेखिई कोरोना पोजेटिभ देखिएका छन् । संक्रमितहरु पनि छोटो समयमा ठिक भएर फर्किएका छन् । यसैबीच नेपालमा धेरै प्रकारका अवसरहरुको सिर्जना भएको छ । माहामारीको अन्त्यसँगै देशले नयाँ रणनीतिका साथ अगाडी बढनु पर्ने देखिन्छ । आज सारा विश्वको ध्यान विकशित राष्ट्रहरुले कहिले भ्याक्सिन पत्ता लगाउछन भन्ने तर्फ केन्द्रित छ । हाम्रो देशको २१ प्रतिशत भूभाग ओगटेको हिमाली प्रदेश औषधि जडिबुटिको भण्डार हो । यहि समयमा राज्यले यी जडिबुटिको अनुसन्धान तथा परिक्षण कार्यलाई बढावा दिएर अथाह फाईदा लिने समय आएको छ । देशको अर्थतन्त्रको ७० प्रतिशत हिस्सा ओगटेको कृषिबाट हाल ३१ प्रतिशत मात्र कुल ग्राह्स्थ उत्पादनमा योगदान रहेको परिप्रेक्ष्यमा कृषिमा आधुनिकिकरण , व्यवसायिकरण तथा बजारीकरणलाई प्राथमिकता दिनु पर्ने समय आएको छ । जापान कोरिया जस्ता देशबाट कृषि क्षेत्रमा आवश्यक सिप र दक्षता हाँसिल गरेर फर्किएका युवा जनशक्तिको प्रयोग साथै खाडीमा बगाएका युवाको श्रम यहि माटोमा लगाई अर्थतन्त्रले फड्को मार्ने बेला भएको छ । हाम्रो पूर्वीय संस्कारको अनुशरण विश्वभर भईरहेको अवस्थामा हामीले हाम्रो संस्कारको जर्गेना गर्दै, योग ध्यानका विधिहरुलाई विश्वव्यापीकरण गरी अथाह फाईदा लिने मौका मिलेको छ । आज ह्वाईट हाउसमा वेदका ऋचा पाठ भईरहेको बेला, नासाले संस्कृत भाषालाई व्रह्माण्डको भाषा मान्दै अनुसन्धानमा प्रयोग गरिरहँदा, संस्कृत सिकाईका जोड दिइरहेको बेला हामी भने एउटा भाषालाई जाती धर्मसँग जोडेर तेरो मेरोको लडाई लडिरहेका छौ । साना तथा लघु उद्योगलाई प्राथमिकता दिँदै शहर केन्द्रित जनशक्तिलाई गाउँ फर्काउने समय आएको छ । स्थान विषेश उत्पादन, व्यवसाय र बजारीकरणको राम्रो प्रबन्ध गरी स्थानीय स्तरमा नै रोजगारीको सिर्जना गर्नु अत्यावश्यक छ । त्यसै गरी हाम्रो पूर्वीय संस्कारको अनुशरण विश्वभर भईरहेको अवस्थामा हामीले हाम्रो संस्कारको जर्गेना गर्दै, योग ध्यानका विधिहरुलाई विश्वव्यापीकरण गरी अथाह फाईदा लिने मौका मिलेको छ । आज ह्वाईट हाउसमा वेदका ऋचा पाठ भईरहेको बेला, नासाले संस्कृत भाषालाई व्रह्माण्डको भाषा मान्दै अनुसन्धानमा प्रयोग गरिरहँदा, संस्कृत सिकाईका जोड दिइरहेको बेला हामी भने एउटा भाषालाई जाती धर्मसँग जोडेर तेरो मेरोको लडाई लडिरहेका छौ । अब समय भएको छ हरेक जात जाती, भाषा ,संस्कार संस्कृतिको जर्गेना गर्ने ,प्रवद्धन गर्ने । साथै हाम्रा पूर्वजहरुले सिकाएको, अपनाएको सरल जीवनशैली, अर्गानिक उत्पादनमा जोड, प्रकृतिको संरक्षण, प्राकृतिक भोजन, जडिबुटिको प्रयोग, सात्विक भोजन, योग ध्यान, साधनालाई नित्य र निरन्नतरता दिनु आजको आवश्यकता रहेको छ । हामी आवश्यकता भन्दा धेरै भौतिकवादी आधुनिक बनेर विर्सिएका हाम्रा परम्परा रितीरिवाज, संस्कार संस्कृतिलाई पुनः अवलम्वन गर्न सुझाएको छ,ब्युँझाएको छ कोरोनाको कहरले । हाम्रो नेपालीपन यहाँको माटो,पानी यहाँको हरेक संस्कार भित्र लुकेको अथाह शक्तिले हामीलाई मजबुत बनाउने छ । कोरोना जस्ता विषाणुसँग लडन सक्ने शक्ति सामर्थ्य हामी आफैले सिर्जना गर्न सक्छौ सञ्चय गर्न सक्छौ । आज भौतिकताको चरम उपलब्धि हासिल गरेका राष्ट्रका नागरिक आध्यात्मिक चिन्तनको खोजिमाछन । यसैबीच अध्यात्म विज्ञान भौतिक विज्ञान भन्दा शक्तिशाली भएको पुष्टि गर्ने पालो आएको छ । हरेक क्षेत्रमा परनिर्भर रहने हाम्रो बानीका कारण आफूसँग भएका अथाह सम्भावनालाई देखेका छैनौ, चिनेका छैनौ तर अब पालो आएको छ । अब पनि गरेनौ भने समयले धिकार्ने छ । अति भोग, अति महत्वकांक्षा, विलासिता, भौतिकता र प्रकृति माथिको अत्याचारको प्रतिफल स्वरुप हामीले भोग्दै आएका हरेक विपत्तिले केहि न केहि ज्ञान दिएकै छन तर बारम्बार हामी बुझपचाईरहेका छौ पुन सारा मानव जातीलाई कोरोनाले मानब भएर बाँच्न सन्देश दिएको छ । सामूहिक सहकार्य र विश्वबन्धुत्वको भावना जागृत गराएको छ ,यसैबीच समभाव र सम्मान भावका साथ सत्कर्म गर्दै विपत लाई जितेर देशलाई समृद्धिको बाटोमा लैजाने समय भएको छ । (यो लेख अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक) [email protected]

फेरिन्न उत्तर कोभिड विश्व

यो आलेख तयार हुँदा (२०२० जुन) कोभिड १९ रोगले विश्वभर प्रभाव पारिरहेको छ । २०१९ डिसेम्बर ३१ मा चीनको वुहान सहरमा कोरोना समूहको नयाँ भाइरस पहिचान भयो । त्यसलाई विश्व स्वास्थ्य संगठनले सार्स कोभ टु र त्यसको संक्रमणबाट लाग्ने रोगलाई कोभिड १९ नामाकरण गर्यो । विश्व स्वास्थ्य संगठनले मार्च ११ मा यो रोगलाई विश्व महामारी (पेण्डामिक) घोषणा गर्यो । यो महामारीले विश्व प्रणालीमा व्यापक बदलाव ल्याउने अनुमानहरु भइरहेका छन् । ती अनुमानको विश्वासिला आधार नभएको यहाँ चर्चा गरिएको छ । ठूला महामारी, युद्ध, प्राकृतिक प्रकोप जस्ता विपत्तिले भावी विश्व प्रणालीलाई असर त गर्छन् नै । कति र कस्तो असर गर्छ भन्ने कुरा त्यस्ता विपत्तिले गर्ने क्षतिको आधारमा मात्र अनुमान गर्न सकिन्छ । कोभिड फैलिन सुरु भएको ६ महिना पुग्दासम्म क्षतिको सही अनुमान गर्न सकिने गरी रोगबारे पत्ता लागेको छैन । एक संक्रमित व्यक्तिबाट उसको संक्रमण अवधिमा औसत कति जनालाई संक्रमण सर्छ भन्ने एकीन छैन । २ जनादेखि ५ जनाको बीचमा रहेको कोरा अनुमान छ । संक्रमण कसरी सर्छ भन्ने पनि निश्चित छैन । कोभिडको मृत्युदर पनि एकीन छैन । चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ५.६ प्रतिशतको मृत्यु भएको छ । त्यहाँ ८३ हजार संक्रमितमा ४ हजार ६ सयको मृत्यु भएको छ । एउटा देशको मात्र तथ्यांकको आधारमा समग्र मृत्युदर मान्दा यथार्थपरक नहुन सक्छ । त्यस्तै, जुनसुकै रोगका कारण मानिसको मृत्यु भए पनि उसलाई कोभिड समेत छ भने कोभिडको मृत्युमा गणना गर्ने गरिएको छ । कोभिड नभएको भए ती बिरामीको मृत्यु हुन्थ्यो या हुँदैन थियो भन्ने थाहा छैन । ग्लोबल अर्डरमा अमेरिका, रुस र चीन लेखक विश्व महाशक्तिको स्पष्ट प्राज्ञिक कुनै परिभाषा छैन । जुन देशको सैनिक शक्ति, आर्थिक शक्ति, सांस्कृतिक प्रभाव र राजनीतिक प्रभाव सबैभन्दा बढी देशमा फैलिएको छ, त्यसैलाई विश्व महाशक्तिको रुपमा बुझ्ने गरिएको छ । संस्कृतितर्फ अमेरिकाको भाषा, सिनेमाहरु र जीवनशैलीको प्रभाव विश्वमा छ । अमेरिकी सैनिकको उपस्थिति देशबाहिर ७० वटा मुलुक (टेरेटोरीसमेत) मा छ । अन्य देशका सेनासँग अमेरिकाको संयुक्त सैन्य गठबन्धन रहेको छ । विश्वको पहिलो अर्थतन्त्र अमेरिका हो । सन् १९९१ मा सोभियत संघ विभाजित भएपछि विश्व एक धुर्बीय भएको हो । त्यसपछि विश्वको महाशक्ति अमेरिका बनेको हो । विश्वमा पहिलो क्रम (फस्ट अर्डर) मा अमेरिका रहेको मानिन्छ । सन् २००१ बाट चीन अमेरिकाको चुनौतीको रुपमा आइरहेको छ । पछिल्लो २० वर्षमा चीनले तीव्रतर आर्थिक विकास गरिरहेको छ । चीनले कोभिडलाई अस्थायी नियन्त्रणमा राखी विभिन्न वस्तुहरुको निर्यात बढाइरहेको छ । अमेरिकामा भने संक्रमण फैलिरहेको छ । तसर्थ यो महामारीपछि अमेरिकाको बर्चस्व खस्केर चीन विश्वको महाशक्ति बन्नेछ भन्ने हलुका अनुमान कतिपयले गरेका छन् । कोभिडले चीनलाई थप केही क्षति पुर्याउँदैन र अमेरिकालाई एकदमै बढी क्षति पुर्याउँछ भन्ने निष्कर्षमा अहिल्यै पुग्न सकिंदैन । कोभिडको समयमा पनि अमेरिकाको गतिभन्दा चीनको गति अघि बढ्नु पुरानै निरन्तरता हो । चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ५.६ प्रतिशतको मृत्यु भएको छ ।  एउटा देशको मात्र तथ्यांकको आधारमा समग्र मृत्युदर मान्दा यथार्थपरक नहुन सक्छ । त्यस्तै, जुनसुकै रोगका कारण मानिसको मृत्यु भए पनि उसलाई कोभिड समेत छ भने कोभिडको मृत्युमा गणना गर्ने गरिएको छ । कोभिड नभएको भए ती बिरामीको मृत्यु हुन्थ्यो या हुँदैन थियो भन्ने थाहा छैन । अमेरिकी रक्षा बजेटको तुलनामा चीनको तीन गुणा कम रहेको छ । अमेरिकाको रक्षा बजेट ७३२ अर्ब डलर छ भने चीनको २६१ अर्ब डलर छ । सन् २०१८मा अमेरिकाको कूल ग्राहस्थ उत्पादन २०.५४ ट्रिलियन डलर छ भने चीनको १३.६१ ट्रिलियन डलर छ । चीन र अमेरिकाबीच ग्याप (दूरी) धेरै रहेको कारण अमेरिका यथाअवस्था वा केही खस्कदो अवस्था र चीन तीव्र वृद्धिको अवस्थामा रहे पनि चीनले जित्न धेरै वर्ष लाग्ने देखिन्छ । चीनले कन्जुमर आइटम, होम एपलाइन्सेस, फेन्सी, बच्चाका खेलौना आदिको व्यापारमा सफलता पाएको छ । उच्च प्रविधियुक्त सामानहरु, हातहतियार, उपकरण, मेशिनरी जस्ता महत्वपूर्ण सामानको पेटेन्ट राइट र उत्पादनमा अमेरिका धेरै अगाडि छ । औषधी विज्ञानदेखि अन्तरिक्ष विज्ञानसम्म अमेरिकाको रिसर्च र आविस्कार चीनको तुलनामा कयौं गुणा अगाडि छ । ज्ञानको क्षेत्रमा चीन धेरै पछि छ । वास्तवमा वल्र्ड अर्डरमा अहिले पनि चीन दोस्रो स्थानमा छैन । दोस्रो स्थानमा रुस छ । अमेरिकाको स्थान चीनले लिन्छ भन्ने अनुमान हुन्छ तर रुसबारे चर्चा नै हुँदैन । चीन धेरै पछाडि रहेको र अहिले तीव्र रफ्तारमा दौडिएको कारण मानिसहरुको ध्यान त्यतातिर मात्र गएको हो । चीनले अन्तर्राष्ट्रिय व्यापारमार्फत आर्थिक शक्ति हासिल गर्ने र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत कुटनीतिक सम्बन्ध विस्तार गर्ने रणनीति लिएको छ । चीन र रुस राजनीतिक रुपमा मित्र शक्ति रहेको कारण विश्व राजनीतिमा आपसमा प्रतिस्पर्धा गरेको पाइदैन । सैन्य शक्ति, प्रविधिको आविस्कार र प्रयोग, अन्तरिक्ष खोज आदि विषयमा चीनभन्दा रुस धेरै अगाडि छ । रुस यसअघि विश्व शक्ति बनिसकेको राष्ट्र हो । रुसका राष्ट्रपति भ्यादिमिर पुटिन विश्वका शक्तिशाली नेताको रुपमा गणना हुँदै आएका छन् । रुस देश आफैंमा शक्तिशाली र नेता पनि एउटा शक्तिकै रुपमा रहेका छन् । हालै पुटिनले संविधान संशोधन गरेर आफू आजीवन देशको नेतृत्वमा रहने कानुनी व्यवस्था बनाएका छन् । पुटिनले रुसको पुराना विरासत फर्काउने सोच त बनाएका छैनन् ? रुससँग सबै क्षेत्रमा पुरानै शक्ति विद्यमान छ । ऊ त्यसमा टेकेर आक्रामक बन्न चाह्यो भने चाँडै अगाडि आउन सक्छ । चीनका राष्ट्रपति सि जिङ पिङले पनि आजीवन देशको नेतृत्व गर्न पाउने गरी संवैधानिक व्यवस्था गराएका छन् । उनी पनि उच्च व्यक्तित्व सहितका नेतामा गनिन्छन् । उतातिर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंमा महत्वपूर्ण नेता होइनन् । अमेरिका देश मात्र शक्तिशाली छ । अमेरिका लोकतान्त्रिक मुलुक भएका कारण एक व्यक्तिले लामो समय शासन गरेर उसको प्रभाव विश्व राजनीतिमा पार्ने सम्भावना कम हुन्छ । यस अर्थमा रुस र चीनलाई शक्ति बढाउन अनुकूलता पर्दछ । यसअघि विश्व शक्तिमा रहेका बेलायत र जर्मनी अहिले दौडमा देखिंदैनन् । विश्व परिवेशमा बेलायत अमेरिकाको समर्थकको रुपमा रहेको छ । रुस र चीनभन्दा बढी बेलायत र अमेरिका एकाकार देखिन्छन् । जर्मनी भने अर्को मुलुकलाई आफ्नो साख सुम्पेर बसेको वा आक्रामक दुवै अवस्थामा छैन । तथापि जर्मनी पनि दौडमा निस्क्यो भने धेरैलाई चुनौती सिर्जना गर्न सक्छ । यूरोपमा अर्को शक्तिको रुपमा फ्रान्स रहेको छ । परम्परागत शक्ति फ्रान्स पनि कुनै बेला उठ्न सक्छ । फ्रेन्चहरुको राष्ट्रवाद र आफूहरुलाई उच्च मानव शभ्यता प्रतीक मान्ने उनीहरुको अहमताबीच कुनै महत्वांक्षी नेता जन्मिन सक्छ । चीनले आफ्नाे भाषा र संस्कृतिको प्रभाव विश्वमा फैलाउने प्रयत्न गरिरहेको छ । चाइना रेडियो इन्टरनेसनलले कार्यक्रम सञ्चालन गर्ने भाषाको संख्या ६५ पुर्याइसकेको छ । वैदेशिक भ्रमण गर्नेमा पनि चिनियाँहरु आक्रामक देखिन्छन् । चिनियाँ भाषा सिक्ने र सिकाउने क्रम विश्वमा बढ्दो नै छ । तथापि अंग्रेजीको आवश्यकता र मोहलाई यसले कम भने गराउन सकेको छैन । कोभिडको कारण विश्वभर सरकारहरुको राजस्व खुम्चिने तर स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको खर्च बढ्ने हुँदा कतिपय देशहरु ऋणमा डुब्न सक्छन् । यूरोपका केही देशमा ऋणले समस्या ल्याउन सक्छ । यदि देशहरु ऋण चुक्ता गर्न नसक्ने वा ऋण चुक्ता गर्न पुनः ऋण लिनुपर्ने (डेप्थ ट्रयाप) मा परे भने साहु मुलुकको अबाञ्छित प्रभावमा पर्न सक्छन् । तर पहिलो नम्बरको देश ५ औं नम्बरमा झर्ने र १० औं नम्बरको ५ मा उक्लने जस्तो गरी मुलुकहरुको दर्जा क्रम भत्कने सम्भावना देखिंदैन । कोभिडको कारण विश्वभर सरकारहरुको राजस्व खुम्चिने तर स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको खर्च बढ्ने हुँदा कतिपय देशहरु ऋणमा डुब्न सक्छन् । यूरोपका केही देशमा ऋणले समस्या ल्याउन सक्छ । यदि देशहरु ऋण चुक्ता गर्न नसक्ने वा ऋण चुक्ता गर्न पुनः ऋण लिनुपर्ने (डेप्थ ट्रयाप) मा परे भने साहु मुलुकको अबाञ्छित प्रभावमा पर्न सक्छन् । तर पहिलो नम्बरको देश ५ औं नम्बरमा झर्ने र १० औं नम्बरको ५ मा उक्लने जस्तो गरी मुलुकहरुको दर्जा क्रम भत्कने सम्भावना देखिंदैन । चीन विश्व शक्ति हुने होडमा छ र भविष्यमा हुन पनि सक्छ तर कोभिडकै कारण विश्व शक्ति हुने कुनै आधार देखिन्न । राजनीतिक व्यवस्था चीनमा स्वास्थ्य सेवा सरकारी स्वामित्व छ । त्यहाँ नागरिक अधिकार सहजै दमन गर्न सकिने व्यवस्था छ । यसै कारण त्यहाँ कोभिड सहजै नियन्त्रणमा आयो भन्ने कतिपयको बुझाइ छ । स्पेनमा सरकारले निजी अस्पताल राष्ट्रियकरण गर्यो । यी लगायतका आधारमा सरकारी नियन्त्रण भएकै व्यवस्था उपयुक्त हो भन्ने पुष्टि भएको कतिपयको बुझाइ छ । त्यसको आधारमा अबको विश्वमा उदारवादी पुँजीवाद अन्त्य हुन्छ भन्ने अनुमान भएका छन् । जुन शासन व्यवस्था भएका मुलुकले कोभिडलाई सफलतापूर्वक व्यवस्थापन गर्न सक्छन्, त्यो शासन व्यवस्था बाँकी मुलुकले पनि अनुशरण गर्ने अनुमान गरिएका छन् । स्वास्थ्य र शिक्षा उदारवादी पुँजीवादी व्यवस्थामा पनि राज्यकै दायित्वभित्र राखिएको छ । यसका लागि शासन प्रणालीमा फेरबदलको आवश्यकता नै छैन । नेपाललगायत कतिपय देशमा सरकारी अव्यवस्था र कुशासनको कारण स्वास्थ्य सेवा अप्रभावकारी भएका छन् । यस घटनालाई देशमा निजी अस्पताल रहेका कारण स्वास्थ्य सेवा राम्रो भएन भन्ने निष्कर्षमा पुग्नु सही हुँदैन । कोभिड र त्यसको व्यवस्थापनको क्रममा हुने गल्ती कमजोरीका कारण बढ्ने गरिबी, बेरोजगारी, अभाव, मानसिक समस्या आदि विविध कारणले सामाजिक स्वरुपमा बदलाव आउन सक्छ । त्यसको कारण देश विशेषको शासन प्रणालीलाई असर पार्न सक्छ । त्यस्तै, सत्ता समीकरण र नेतृत्वमा फेरबदल हुन सक्छ । तर धेरै मुलुकले सही व्यवस्थापन गर्ने अनुमान गर्न सकिन्छ । विश्वभर एउटै विधिमात्रै सही हुन्छ भन्न सकिंदैन । चीन, अमेरिका, जापान, दक्षिण कोरिया सबै देशका विधि ठीक हुन सक्छन् । जीवनशैली यो भाइरसले स्वरुप परिवर्तन गरेन वा गरे पनि नयाँ स्वरुपले खासै क्षति गरेन भने यसले मानिसको जीवनशैलीमा असर गर्ने छैन । यो रोगको वास्तविक मृत्युदर नै अहिले अनुमान गरिएभन्दा कम रहेछ भने जीवनशैली सामान्य हुनेछ । हरेक सिजनमा भाइरसले रुप फेरेर आउने र क्षति पनि बढी नै गर्ने भयो भने मात्र विश्वका मानिसको जीवनशैलीमा परिवर्तन आउने छ । यदि यस्तो अवस्था आउँछ भने अहिलेजस्तो मास्क, सेनिटाइजर, सामाजिक दूरी, साबुन पानी, उच्च सरसफाइ, अनलाइन सेवाको प्रवर्द्धन हाम्रो जीवनशैली बन्ने छ । भीडभाडमै रमाउनुपर्ने पार्टी डान्स, पौडी, पिकनिक जस्ता अनेकै हाम्रा गतिविधिको रुप पनि फेर्नुपर्नेछ । सिनेमा हल र स्कूलहरुको भौतिक संरचना फेरबदल हुनेछ । तथापि भाइरससँग सहज रुपले जीउन सक्ने कुनै विधि आविश्कार भएर जीवनशैली पुरानै लयमा फर्कन सक्ने सम्भावना पनि देखिन्छ । आर्थिक प्रभाव चिनियाँ कम्पनीहरु विश्वभरका कम्पनीमा सेयर लगानी र ठेक्का पट्टाको काम गर्न कोभिडभन्दा पहिलेदेखि नै आक्रामक छन् । कोभिडका कारण मूल्य घटेका यूरोपेली कम्पनीका सेयरहरु चिनियाँ कम्पनीले किनेका छन् । भारतीय कम्पनीमा पनि मूल्य घटेको बेला हिस्सेदारी बढाउन चिनियाँ कम्पनी अघि सरेका थिए । तर भारत सरकारले अनुमति बिना चीनले भारतीय कम्पनीको सेयर किन्न नपाउने कानुन जारी गर्यो । कोभिडको बेला चिनियाँ कम्पनीको हिस्सेदारी विस्तार भएको छ । यूरोपलगायतका ठूला कम्पनीमा ऋण लगानी गर्ने भने अमेरिकी बैंकहरु नै हुन् । कोभिडको प्रभावस्वरुप अहिले विश्वभर करोडौं मानिसले रोजगारी गुमाएका छन् । कयौं प्रकारका उद्योग व्यापार बन्द भएका छन् । यसले व्यक्ति र राष्ट्रहरुको अर्थतन्त्रमा प्रभाव पर्दछ । तर महामारीले युद्ध वा प्राकृतिक प्रकोपले जस्तो भौतिक संरचनाहरु समेत क्षति गर्दैन । त्यसैले यसबाट भएको आर्थिक क्षतिको भरण सहज र छिटो हुन्छ । रोगको कारण आर्थिक रुपले सक्रिय युवा शक्तिको खासै क्षति हुने देखिएको छैन । रोगले अस्वस्थ र वृद्धावृद्धालाई क्षति पु¥याएको छ । मानवीय दृष्टिकोणले यो क्षतिको उत्तिकै प्रभाव भए पनि आर्थिक दृष्टिकोणबाट प्रभाव पर्दैन । चिनियाँ कम्पनीहरु विश्वभरका कम्पनीमा सेयर लगानी र ठेक्का पट्टाको काम गर्न कोभिडभन्दा पहिलेदेखि नै आक्रामक छन् । कोभिडका कारण मूल्य घटेका यूरोपेली कम्पनीका सेयरहरु चिनियाँ कम्पनीले किनेका छन् । तर भारत सरकारले अनुमति बिना चीनले भारतीय कम्पनीको सेयर किन्न नपाउने कानुन जारी गर्यो । उता यूरोपलगायतका ठूला कम्पनीमा ऋण लगानी भने अमेरिकी बैंकहरुले नै गरेका छन्। बेरोजगारी समस्या समाधान गर्न कुनै देशलाई बढी ऋणको बढी भार पर्न सक्छ । कहीं मुद्रा स्फीति र कहीं मूल्य ह्रासको समस्या आउन सक्छ । तर यसले विश्वभर नै उथलपुथल ल्याउने स्थिति देखिंदैन । समस्याहरु सरकारहरुले विवेकसम्मत ढंगले समाधान गरेर केही वर्षमा सामान्य अवस्थामा फर्काउन सक्छन् । आर्थिक समस्यासँग जुँध्न विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंकलगायत बहुपक्षीय संगठनहरु रहेका छन् । वैदेशिक रोजगारीमा निर्भर देशहरुलाई ठूलै समस्या पर्ला भन्ने अनुमान छ । तर स्थिति सामान्य भएपछि वैदेशिक रोजगार पुनः सुचारु भइहाल्छ । यो दीगो समस्याका रुपमा रहँदैन । वातावरणीय प्रभाव मानिसहरुले आफूले स्वाभाविक रुपले खानुपर्ने कुराभन्दा फरक कुरा खाने र गर्नुपर्नेभन्दा फरक काम गरेका छन् । मानिसले उपभोग नगरेका स्थानहरुमा प्राकृतिक रुपले पारिस्थितिक प्रणाली (इको सिस्टम) चलिरहेको थियो । त्यहाँ मानिसले जमिनको स्वरुप बदलेर उपभोग गर्ने, एउटा प्रजातिका रुख विरुवा नष्ट गरेर अर्को प्रजातिका रोप्ने, जीवजन्तुलाई बाधा पुर्याउने, मार्ने र खाने गरे । यसले गर्दा एक अर्का पारिस्थितिक प्रणालीलाई प्रतिकूल असर पर्न गयो । प्रकृतिमाथिको दोहोनको कारण समस्या आउँछ भन्ने मानव सभ्यतालाई पूर्व जानकारी भएकै कुरा हो । यो कार्य बढ्दो जनसंख्यालाई बचाउन र सुविधा दिनकै लागि भएको हो । त्यसैले अब मानिस प्राकृतिक जीवनशैलीमै फर्कने सम्भावना छैन । यो महामारीले थप प्रकृतिमैत्री हुन मानव सभ्यतालाई केही दबाब भने पर्नेछ । निचोड कतिपयले कोभिड विश्व महामारी घोषणा गर्नुपर्ने स्तरको रोग नै होइन भन्ने दाबी पनि गरिरहेका छन् । यसले प्रत्यक्ष रुपमा के कति क्षति गर्छ र यसको व्यवस्थापनको गल्ती कमजोरीबाट समेत गरी कूल क्षति कति हुन जान्छ भन्ने अहिले एकिन भएको छैन । यसले विश्वप्रणाली र मानव जीवनशैलीमा के कस्तो परिवर्तन निम्ताउँछ भन्ने अनुमान गर्न सकिने बेला अझै भएको छैन । तथापि अहिलेसम्म जे जति तथ्य पत्ता लागेका छन्, त्यसका आधारमा यो महामारीले विश्व प्रणालीमा तात्विक फेरबदल ल्याउने सम्भावना देखिंदैन । (यो लेख अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक)

विश्व महामारीले खोलिदिएको अवसरको मूलबाटो

पृष्ठभूमि कोभिड १९ नामक भाइरसका कारण उत्पन्न महामारीले विश्वअर्थराजनीति, भूराजनीति र विश्वव्यापीकरणका क्षेत्रमा फेरबदल आउने प्रष्ट संकेत देखिन थालेका छन् । यो महामारीले चुनौतीको चाङ मात्रै थपेको छैन, प्रर्याप्त मात्रामा अवसरका ढोका पनि खोलिदिनेछ । चुनौतीसँगै आउने अवसरलाई हरेक देशले आ(आफनो अनुकुलतामा उपयोग गर्न सक्दा समृद्धिको शिखर चुम्न धेरै समय लाग्दैन । संसारको शक्तिशाली आतंककारीको रुपमा देखा परेको कोरोना भाइरसले स्वास्थ्य क्षेत्रको लगानीको सहि बिश्लेषण गरी अगाडि बढने नीति,योजना र कार्यक्रम बनाउन पर्याप्त धरातल खडा गरिदिएको छ । दिन दुई गुणा, रात चारगुणाका दरले बढीरहेको भाइरसको संक्रमणले विश्वव्यापी संकट निम्तिएको छ । महामारीवाट वच्न हाल सम्म खोप तथा औषधि बनेको छैन । व्यापार, व्यवसाय ठप्प पारेर आफनो र अरुको सुरक्षाका लागि घर भित्र बस्नु परेको छ । एकातर्फ तिव्र रुपमा वेरोजगारी वढेको छ भने अर्कोततर्फ सिमित उत्पादनले महङ्गी वढ्न थालेको छ । अवका केहि बर्ष महामारीले पुरयाएको क्षतिको पूर्ति गर्न लाग्नेछ । चीनको हुवान प्रान्तमा ३० डिसेम्बर २०१९ मा सामान्य रूघाखोकी र निमोनियाको लक्षणको रूपमा पहिलो पटक देखा परेको यो भाइरस कारण विश्वव्यापी महामारी फैलिएको घोषणा विश्व स्वास्थ्यसंगठनले २०२० मार्च ११ मा गरेको हो । भाइरस संक्रमित व्यक्तिको खोकी, हाछ्यु, सामान्य स्पर्ष र छोएको सामानवाट सहजै एक मानिसबाट अर्को मानिसमा सर्न सक्ने यहि भाइरसका कारण संक्रमित व्यक्तिको मृत्यु समेत हुने गरेको छ । लाखौ व्यक्तिको ज्यान लिएको यो भाइरसका कारण मानिसलाई मानसिक रोगी समेत बनाएको छ र त्यहि मानसिक रोगका कारण आत्महत्याका घटना देखिन थालेका छन् । यो भाइरसले मानिसलाई भौतिक र मानसिक रुपमा मात्रै कमजोर बनाएको छैन, मानिसका आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक/सांस्कृतिक गतिबिधिलाई पनि ठप्प बनाइदिएको छ । कोरोना भाइरस र यसवाट लाग्ने रोगको प्रकृति लेखक यो भाइरस ३० डिसेम्बर २०१९ मा देखा परेको भएता पनि चीनमा यसको अत्यधिक प्रकोप भने १०–२२, जनवरी २०२० मा देखियो । चीनमा यो रोगको रिपोर्टिङ्ग सबै भन्दा बढी २३–२७ जनवरी २०२० मा भयो । चीनमा १ फेबुरवरी २०२० बाट भाइरसको संक्रमण दर कम हुँदै गएको छ । विश्वका अन्य मुलुकमा भने यो भाइरसको संक्रमण दर बढ्दै गएको छ । चीनको हुवान प्रान्तको एक मुख्य अस्पतालको तथ्याङ्कलाई हेर्दा जनवरी २०२० अन्त्यतिर प्रति दिन ५०० भन्दा बढी संक्रमित मानिस अस्पताल आउथे भने फेब्रुअरी २०२० को तेस्रो हप्तामा यो संख्या प्रतिदिन ५० जनामा झरेको थियो । अहिले चीनमा करिव शुन्य संक्रमित दर छ । उता अमेरिका, युरोप लगायतका मुलुक अहिले सबैभन्दा बढी संक्रमित र मृत्युदर भएका देशमा परिणत भएका छन । आजको दिनमा सबै भन्दा बढी संक्रमित र मृत्यु अमेरिकामा छ भने इटली, स्पेन, फ्रान्स, बेलायतमा संक्रमित र मृत्युको संख्या बढिरहेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु (आरएनए) हो जसलाई वोसो (लिपिडरफ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषद्वारा अवशोषित गर्दा, तिनीहरूको आनुवंशिक कोड परिवर्तन गर्दछ । विघटन समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आर्द्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ । यो भाइरस धेरै कमजोर हुन्छ तर वोसो (फ्याट)को वाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । मानिसले करिव २० सेकेन्ड भन्दा बढी समय लगाएर हात रगड्दा सावुनमा रहेका रसायनले बोसोको सतहलाई भंग गर्छ जसले प्रोटीन अणु फैलिन्छ, आफैंमा बिच्छेद गर्दछ र क्रियाशिल रही रहँदैन । यो रोगबाट प्रभावित तथ्याङ्कलाई हेर्दा २ दिन देखि १०० वर्षका मानिसमा भाइरसको संक्रमण देखिएको छ । करिव ७८ प्रतिशत प्रभावित ३०–६९ वर्ष उमेर समूहका छन भने चीनको हुवेइमा मात्र ७७ प्रतिशत प्रभावित छन । यस रोगबाट प्रभावित मध्ये २२ प्रतिशत जति कृषक र मजदूर छन । यो भाइरसको संक्रमणका कारण ६० वर्ष माथिका उच्च रक्तचाप, मधुमेह, मुटुरोग, श्वासपश्वास, दम रोगका विरामीको मृत्यु दर उच्च छ । बालबालिका र २० वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण ज्यादै न्यून छ । यो उमेर समूहमा यो रोग देखा परेका मध्ये पनि २.५ प्रतिशतमा मात्रै अलिक जटिल प्रकारको प्रभाव परेको पाइएको छ । यस समूहमा पर्नेको मृत्यु दर भने ०.२ प्रतिशत छ । जति उमेर बढ्दै गयो त्यति नै यो रोगको संक्रमण दर पनि बढेको पाइएको छ र मृत्यु दर पनि सोहि बमोजिम बढ्दै गएको अनुसन्धानबाट देखिएको छ । महिलामा भन्दा पुरूषमा हुने संक्रमण र मृत्यु दर बढी छ । पुरूषमा मृत्यु दर ४.७ प्रतिशत र महिलामा २.६ प्रतिशत छ । पेशागत रूपमा हेर्दा अवकास प्राप्त मानिसको मृत्युदर सबै भन्दा बढी अर्थात ८.९ प्रतिशत छ भने कुनै पनि दीर्घ रोग नलागेकाको मृत्यु दर १.४ प्रतिशत मात्र छ । त्यस्तै मुटु रोगीको मृत्यु दर सबै भन्दा बढी अर्थात १३.२ प्रतिशत, मधुमेह रोगीको ९.२ प्रतिशत, उच्च रक्तचाप भएकाको ८.४ प्रतिशत, श्वाप्रश्वास रोगीको मृत्युदर ८ प्रतिशत र अर्वुद रोगीको मृत्यु दर ७.६ प्रतिशत रहेको छ । समग्रमा यो रोगको संक्रमण दर र मृत्यु दरलाई विश्लेषण गर्दा महिलामा भन्दा पुरूषमा हुने संक्रमण र मृत्यु दर बढी छ । पुरूषमा मृत्यु दर ४.७ प्रतिशत र महिलामा २.६ प्रतिशत छ । पेशागत रूपमा हेर्दा अवकास प्राप्त मानिसको मृत्युदर सबै भन्दा बढी अर्थात ८.९ प्रतिशत छ भने कुनै पनि दीर्घ रोग नलागेकाको मृत्यु दर १.४ प्रतिशत मात्र छ । त्यस्तै मुटु रोगीको मृत्यु दर सबै भन्दा बढी अर्थात १३.२ प्रतिशत, मधुमेह रोगीको ९.२ प्रतिशत, उच्च रक्तचाप भएकाको ८.४ प्रतिशत, श्वाप्रश्वास रोगीको मृत्युदर ८ प्रतिशत र अर्वुद रोगीको मृत्यु दर ७.६ प्रतिशत रहेको छ । महामारीको विश्वव्यापी अवस्था सन २००३ मा देखिएको सार्स, सन २०१२ मा देखा परेको मार्स र सन २०१९ मा देखा परेको नयाँ कोरोना भाइरस एउटै परिवारका भाइरस हुन तर सार्स र मार्स मानिसबाट मानिसमा सरेको पाइएको थिएन भने यो नयाँ कोरोना भाइरस मानिसबाट मानिसमा सरेको अनुमान गरिएको छ । यी तिनवटा भाइरसको प्रभाव र मृत्यु दरलाई हेर्दा सार्स २६ वटा मुलुकमा फैलिएको थियो र यसको मृत्यु दर ९.६ प्रतिशत थियो, मार्स २७ वटा मुलुकमा फैलिएको थियो र यसबाट मृत्यु हुने दर ३४.४ प्रतिशत थियो । यो नयाँ कोरोना भाइरस ११४ वटा मुलुकमा फैलिसकेको छ भने मृत्यु दर ७ प्रतिशतको हाराहारीमा पुगेको छ । यो भाइरस केबाट र कोबाट शुरू भयो र अन्य मानिसहरूमा कसरी फैलियो भन्नेमा अनुसन्धानरत बैज्ञानिक निचोडमा पुग्न सकेका छैनन । कुनै पनि भाइरसबाट संक्रमित पहिलो बिमारीलाई इन्डेक्स केस भनिन्छ । पहिलो बिरामीबाट मात्र यो रोगपत्ता लगाउन सकिन्छ । तर वुहानमा फैलिएको यो भाइरसको पहिलो विरामी को हो भन्ने थाहा पाउन सकिएको छैन । यो पत्ता लगाउन नसक्नुको मूल कारण भनेको यो कोरोना भाइरस हो भन्ने पत्ता लगाउँदा धेरै वुवानबासीले ज्यान गुमाइसकेका थिए भने हजारौ मानिसमा यो रोग फैलिसकेको थियो । संसारमा आजसम्म देखा परेका अधिकांस भाइरस जङ्गली जनावरबाट आएको पाइएको छ । यो कोरोना भाइरस पनि जङ्गली जनावरबाटै उत्पत्ति भएको हो भन्नेबारेमा दुईमत छैन । तर कुन जङ्गली जनावरबाट यो भाइरस आएको हो भन्ने बारेमा भने वैज्ञानिक एकमत हुन सकेका छैनन् । आजसम्मको अध्ययन अनुसार ६ प्रकारका भाइरस मात्र मान्छेमा संक्रमण हुन्छन तर कोरोना भाइरस यो भन्दा फरक नयाँ प्रकारको भाइरसको रूपमा फैलिएको छ । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र र धेरै छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार यो निकै भयानक छ । यसले संक्रमण गरिसकेपछि शुरू शुरूमा रूघालाग्ने, सुख्खा खोकी जस्तै लाग्ने, उच्च ज्वरो (१००.४ डिग्री सेल्सियस भन्दा माथि) आउँने, घाँटी दुख्ने, टाउको दुख्ने, सास फेर्न अत्यधिक गाह्रो हुने, नाकबाट सिंगान बगिरहने आदि लक्षण प्रमुख रूपमा देखा पर्दछन । अध्ययनअनुसार यो रोग हावाबाट भने सरेको पाइएको छैन । यो रोग मानिसमा सर्नको लागि प्रत्यक्ष रूपमा संक्रमित व्यक्तिको रयाल, सिगान, थुक, जुठो खानेकुरा, लगाएको कपडा, स्पर्स गरेको वस्तु, आदिबाट मात्र सर्छ । मानिसको शरिरमा यसको जीवाणु प्रवेश गरेको २ देखि १४ दिन भित्र यसको लक्षण देखा पर्दछन् । यो रोगको लक्षण देखा पर्ने समय अवधि मानिसको उमेर, शरिरमा रहेको रोग प्रतिरक्षात्मक क्षमता, शरिरमा रहेका दीर्घरोगको अवस्था, खानपान आदिका कारणले फरक फरक हुनसक्छ । यो रोगको लक्षण देखा परेका मध्येमा पनि करिव ८० प्रतिशत मानिसमा सामान्य प्रभाव परेको हुन्छ र सजिलै उपचार हुन्छ । करिव १४ प्रतिशतमा अलिक कडा प्रभाव परेको पाइएको छ र अक्सिन दिएर उपचार गर्नु पर्ने हुन्छ । करिव ६ प्रतिशतमा भने अत्यन्तै जटिल हुन्छ र आइसियुमा राखेर उपचार गर्नु पर्ने हुन्छ । यो रोगबाट जटिल अवस्थामा पुगेका विरामीको शरिरका बहु अङ्ग फेल हुने सम्भावना उच्च रहेकोले यो ६ प्रतिशतको समूहमा पर्ने विरामीको मृत्यु दर पनि उच्च छ । कारोना सक्रमणबाट बच्ने उपाय कोरोना रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको ब्यक्तिगत सचेतना नै हो । जब ब्यक्ति सचेत, जागरूक र सक्षम हुन्छन धेरै समस्या र जोखिम स्वत न्युनिकरण हुन्छन र समाधान पनि तुरून्तै हात लाग्छन ।सामान्यतया एक मिटरको दुरीको बीचमा यसको संक्रमण सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले बसमा यात्रा गर्दा, मानिसको भीडभाड लाग्ने बजारमा जाँदा, पसलमा जाँदा, सपिङ मल, सार्वजनिकस्थलमा हुने जात्रा, कार्यक्रम, सभास्थल लगायत मानिसको जमघट हुने क्षेत्रमा नै कोरोना चाँडै सर्ने जोखिम हुन्छ । त्यस्तै हामीले प्रयोग गर्ने मोवाइल, लिपिस्टीक, कलम, ल्यापटप, रुमाल, अरुको प्रयोग गर्ने गरेमा भाइरस सर्ने ठूलो सम्भावना र जोखिम हुन्छ । त्यस्तै बच्चालाई तेस्रो मान्छेले हत्तपत छुने गर्दा बच्चामा यो रोग सर्ने त्यत्तिकै ठूलो सम्भावना हुन्छ । पहिलो सचेतना भनेको रूघाखोकी लागेको मानिसको अगाडि नजाने हो र रूघा लागेको मानिससँग कम्तिमा एक मिटरको दूरी कायम राख्नुपर्छ । त्यसै गरी आफूलाई रूघाखोकी लागेको छ भने मास्क लगाउनुपर्छ । सामान्य मास्क लगाएर पनि अरूलाई सार्नबाट जोगाउन सकिन्छ। मास्क छैन भने कुइनोले छेकेर हाछ्युँ गर्नुपर्छ, त्यस्तो गर्न सम्भव नभए हातले छेकेर गर्नुपर्छ। तर हाछ्युँ गरी सकेपछि सकभर सावुनपानीले हात धोइहाल्नुपर्छ । सामान्य अवस्थामा पनि सबैले बेला बेलामा साबुन पानीले हात धुने बानी बसाल्नुपर्छ। हात धुँदा कम्तिमा २० सेकेन्डजति सबैतिर साबुन लगाएर मिच्नुपर्छ। यसो गरे आफू र अरूलाई जोगाउन सकिन्छ। हात धुन गाह्रो भयो भने हातको सबैतिर भिज्ने गरी सेनिटाइजरको प्रयोग गर्नुपर्छ तर सर्वसाधारणको लागि सेनिटाइजरको प्रयोग त्यति सम्भव छैन । यो भाइरसबाट सबैभन्दा बढि वृद्धवृद्धा, मुटु, मधुमेह, उच्च रक्तचाप, अर्वुध, दमका रोगीलाई जोगाउनु पर्छ। उनीहरूका अगाडि आफूले हाछ्युँ नगर्ने र सकेसम्म भीडभाडमा नजाने र नलैजाने गर्नुपर्छ । यदी जानै पर्ने भएमा सावधानीका उपाय अपनाउनै पर्छ । अनावश्यक रूपमा हात मिलाउनु हुँदैन । सकेसम्म नमस्कार गर्ने अथवा नछोइकन अरु अभिवादन गर्नु राम्रो हुन्छ । हातले मुख, नाक, आँखा छुने काम गर्नु हुँदैन र छुनै परेमा पनि छोइसकेपछि सफापानीले हात धुनु पर्दछ । विगतका महामारीे र तिनको प्रभाव विश्वले आजभन्दा करिव २ हजार वर्ष अगाडि नै महामारी भोगेको इतिहास हामीसामु छ । दुई हजार वर्षको इतिहासमा विश्वले २० वटा ठूला महामारी ब्यहोरेको छ भने यसबाट लाखौं मानिसले ज्यान गुमाइसकेका छन् । विश्वमा ठूलो माहामारी पहिलो पटक सन् १६५ देखि १८०सम्म एन्टोनाइन प्लेग महामारीको रुपमा फैलिएको थियो । यसबाट करिव ५० लाख बढी मानिसको मुत्यु भएको थियो। त्यसै गरी सन् ५४१ देखि ५४२ सम्म एसिया, उतर अफ्रिका, अरेबिया र यूरोपमा जस्टिनियन प्लेग महामारी दुई हजार वर्षको इतिहासमा विश्वले २० वटा ठूला महामारी ब्यहोरेको छ भने यसबाट लाखौं मानिसले ज्यान गुमाइसकेका छन् । विश्वमा ठूलो माहामारी पहिलो पटक सन् १६५ देखि १८०सम्म एन्टोनाइन प्लेग महामारीको रुपमा फैलिएको थियो । यसबाट करिव ५० लाख बढी मानिसको मुत्यु भएको थियो। फैलिएको थियो। यो रोगले सबैभन्दा बढी असर रोममा परेको थियो र यसबाट ५ करोड भन्दा बढी मानिसको मुत्यु भएको बताइन्छ। यसैगरी सन् १३४७ देखि सन् १३५१ सम्म चीनमा द ब्ल्याक डेथ महामारी फैलिएको थियो । मुसाबाट झिँगा हुदैं मानवजातिमा सरेको यो महामारीबाट लाखौ मानिसको मृत्यु भएको थियो । सन् १४९२ मा फैलिएको स्मल पक्स महामारीको रूपमा फैलिएर लाखौ मानिसको मृत्यु भएको थियो । १९औं शताब्दीमा भारतबाट शुरु भएको हैजा (कलेरा) सिंगो एसिया, यूरोप, उत्तर अमेरिका र अफ्रिकासम्म फैलिएको थियो। यसबाट त्यतिबेला १० लाख मानिसको मुत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले पनि हरेक वर्ष १३ देखि ४० लाख मानिसलाई यो रोग लाग्ने गर्छ भने हरेक वर्ष एकलाख बढीको मृत्यु हैजाकै कारणले हुने गर्छ । सन् १९१८ देखि सन् १९२० सम्म स्पेनिस फ्लू महामारीको रूपमा फैलिएको फ्लू इतिहासमा पछिल्लो ५ सय वर्षमा देखिएको सबैभन्दा खतरानाक रोग हो। १९१८ फ्लू प्यान्डेमिक नामले चिनिएको यो रोगबाट ५० करोड मानिस संक्रमित भएका र ५ करोड मानिसले ज्यान गुमाएका थिए। त्यस्तै सन् १९५७ फेब्रुअरीमा सिंगापुरमा एसियन फ्लू (एच१एन१) महामारीको रूपमा फैलिएर ११ लाख मानिसको मुत्यु भएको थियो। सन् १९६८ जुलाईमा हङकङ फ्लूरएच३एन२ बाट १० लाख मानिसको मुत्यु भएको थियो भने स्वाइन फ्लू (एच१एन१) बाट ५ लाख बढी मानिसको मुत्यु भएको बताइन्छ। सन् २०१४ बाट सुरु भइ २०१६ सम्म जारी रहेको इबोला महामारीमा ११ हजार बढीको ज्यान गएको थियो । सन २०१९ को डिसेम्बरमा चीनबाट फैलिन शुरू भएको यो कोरोना भाइरस (कोभिड१९) ले संसारलाई लकडाउनमा राखेको छ । यसको रोकथाम कहिले र कसरी हुन्छ र कति मानिसले ज्यान गुमाउने छन भनेर अनुमान गर्न कठिन देखिन्छ । महामारीले विश्व समुदायमा ल्याएको चुनौति हालसम्म ११४ मुलुकमा यो रोगको प्रभाव फैलिएको छ । यो रोगबाट शुरूमा चीन सबै भन्दा बढी प्रभावित मुलुक चीन भए पनि उसले यसको उचित ब्यवस्थापन गरिसकेको छ । अन्य सबै मुलुकले भरमग्दुर कोशिस गरिरहेका छन । यो रोगको त्रासका कारण नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक लगायतका क्षेत्र मारमा परिसकेका छन । यही रोगको त्रासका कारण नेपालको पर्यटन क्षेत्र कोमामा पुगिसकेको छ भने बैदेशिक रोजगार ठप्प जस्तै भएको छ । नेपालका भंसार नाका सुनसान छन जसको कारण दैनिक करिव एक अरव रूपैयाँ भन्दा बढी राजश्व गुमिरहेको छ । त्यस्तै नेपालको आन्तरिक बजार अस्तब्यस्त तर्फ उन्मूख भइरहेको छ । दैनिक उपभोगका सामान र औषधि लगायतका अत्यावश्यक बस्तुको हाहाकार हुने अवस्था सिर्जना भएको छ । सरकारी निकायबाटै एउटै विषयमा फरक फरक तथ्याङ्क र सूचना प्रबाह गर्नाले नागरिकमा झन बढी त्रास र असुरक्षाको आभास भइरहेको छ । अहिलेको आवश्यकता भनेको नागरिकको आत्मबल बढाउने, नागरिकलाई सकेसम्म बढी सुरक्षित राख्ने, देशको समग्र अवस्थामा फाइदा पुग्ने खालका सूचना प्रवाह गर्ने तर्फ सरकार केन्द्रित हुनै पर्ने देखिन्छ । यदि यही अवस्था ३४ महिना रहने हो भने नेपालमा कोरोना भाइरसले भन्दा पनि नागरिक भोकभोकै मर्नु पर्ने अवस्था आउन सक्छ । बैदेशिक रोजगारी बन्द भैरहेका छन्, ब्यापार ठप्प भएको छ, आन्तरिक उत्पादनबाट कुनै पनि क्षेत्रमा आत्मनिर्भर छैन, आयात पूर्ण बन्द भएको छ, भएका खेतबारी बाँझै छन । उत्पादनशील जमिन प्लटिङ्गका नाममा मरूभूमिमा परिणत भएका छन, कुनै पनि युवा घरखेती गरेर खान तयार छैनन भने भएका रोजगारी पूर्ण रूपमा बन्द हुने अवस्था छ । नयाँ रोजगारी सिर्जना हुने सम्भावना निकै कम छ । संसारका सबैभन्दा शक्तिशाली मुलुकपनि अन्य गरिब मुलुकबाट औषधि लगायतका सामाग्रीमा भर पर्नुपरिहेको छ । विश्व अहिले विश्वब्यापिकरणबाट घरब्यापिकरणमा परिणत भएको छ । संसारको कुनै शक्ति र कसैको कानूनले छेक्न नसक्ने शक्तिशाली तर सुक्ष्म भाइरसले संसारका करिव ७.५ अरव मानिसमा एकछत्र शासन गरिरहेको छ । एक सेकेण्डमा विश्वलाई ध्वस्त बनाउने घमण्डमा रहेका व्यक्तिलाई पनि आफ्नो घरको चारकिल्ला नाघेर जान र कसैसँग बोल्न, सम्पर्क गर्न नसक्ने अवस्थामा पुरयाइदिएको छ । मानिस आफना मौलिक र नैसर्गिक अधिकारको उपयोग गर्न नसकेर आफ्नो नाक, मुख, आँखा छोपेर आतंकित भइ बस्न बाध्य छन् । संसारको कुनै शक्ति र कसैको कानूनले छेक्न नसक्ने शक्तिशाली तर सुक्ष्म भाइरसले संसारका करिव ७.५ अरव मानिसमा एकछत्र शासन गरिरहेको छ । एक सेकेण्डमा विश्वलाई ध्वस्त बनाउने घमण्डमा रहेका व्यक्तिलाई पनि आफ्नो घरको चारकिल्ला नाघेर जान र कसैसँग बोल्न, सम्पर्क गर्न नसक्ने अवस्थामा पुरयाइदिएको छ । मानिस आफना मौलिक र नैसर्गिक अधिकारको उपयोग गर्न नसकेर आफ्नो नाक, मुख, आँखा छोपेर आतंकित भइ बस्न बाध्य छन् । कसैले कल्पनासम्म नगरेको र संसारलाई तहसनहस बनाउने गरी विश्वभर फैलिएको यो अतिशुक्ष्म भाइरसले अनगिन्ति चुनौती र अवसर पनि श्रृजना गरिदिएको छ । यसले अहिले संसारको राजनीतिलाई शुन्यमा झारेको छ भने आर्थिक गतिविधिलाई ठप्प पारेको छ । बैदेशिक तथा स्वदेशी, औपचारिक तथा अनौपचारिकसहित सबै प्रकारका रोजगारीमा प्रत्यक्ष प्रभाव पारेको छ । कृषि, उद्योग, बैदेशिक लगानी र सहयोग आदिक्षेत्रमा शिथिलता ल्याइ दिएको छ । वातावरण संरक्षण र वन विनास, सामाजिक र सांस्कृतिक रूपान्तरण, पूर्वाधार विकास, पर्यटन, अन्तर्रा्ष्ट्रिय ब्यापार, सुरक्षा, सार्वजनिक प्रशासनका क्षेत्र राष्ट्रिय प्राथमिकताबाट हराएका छन । मानिसको जीवनको मूल्य, जीवनशैली, स्वास्थ्य र सरसफाइ, आत्मनिर्भरतामा केन्द्रीत हुन झकझकाइरहेको छ । विश्वब्यापिकरण, शिक्षा र प्रविधिको प्रयोग, शासकिय प्रणाली, अर्थराजनीति, प्रकोपको पूर्वानुमान र व्यवस्थापन, आध्यात्मिकता आदिको क्षेत्रमा सम्बन्धित देश र नागरिकआफैले लगानी, संरक्षण र सम्बर्धनमा केही गर्नु पर्छ भन्ने मार्ग प्रशस्त गराइदिएको छ । राज्यर नागरिकको आचरण र नैतिकता, नीति निर्माण र योजना तर्जुमा, गरिवी र भोकमरी, सेवा प्रवाहको मोडालिटि, नेतृत्व निर्माण र कार्यशैली, खेलकुद, मनोरञ्जन, व्यापार, व्यवसाय संचालन, उपभोगशैलीमा यसले प्रत्यक्ष प्रभाव पारेर मानिसलाई आफ्ना भित्री आँखा खोलिदिएको छ । नेपालका अगाडि देखिएका चुनौति कोरोना भाइरसले नेपाल लगायतका मुलुकका लागि आन्तरिक एवं बाह्य रूपमा धेरै चुनौती थुपारी दिएको छ । यस महामारीले विश्वको शक्तिसन्तुलनमा समेत व्यापक परिवर्तन ल्याउने सम्भावना भएकोले विश्व राजनीतिलाई शन्तुलनमा राख्नु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको छ । त्यसै गरी आर्थिक विकासका विगतका गतिविधिलाई पुनस्र्थापना गरी थप अवसर सिर्जना गर्नु, विश्वमा भइरहेका रोजगारीका अवसरलाई पुनरजीवित गरी रोजगारीका थप अवसर सिर्जना गर्नु, दिगो विकासको लक्ष्य प्राप्तिका लागि नयाँ मार्ग पहिल्याएर कार्यान्वयन गर्नु अहिलेका चुनौती हुन । गरिवीको दरमा अहिले धेरै बृद्धि हुने सम्भावना भएकोले थप गरिवी बढ्न नदिइ गरिवी न्यूनीकरण गर्नु, सबै तहका शिक्षाका शैक्षिक क्यालेण्डर ध्वस्त प्राय भएकाले यसलाई पुनरजीवित गरी बालबालिले नैसर्गिक रूपमा पाउनु पर्ने शिक्षालाई कायम गर्नु, औषधि, खाद्यन्न लगायतका अत्यावश्यक बस्तुको उत्पादन, वितरण र पूर्ति सम्बन्धि कार्यलाई सुचारू गरी नागरिकको जीवनरक्षा गर्नु पनि अहिलेका चुनौती हुन । यसैगरी विपद्को पूर्वानुमान गरी यथासमयमा त्यसको व्यवस्थापनका लागि पूर्व तयारी, प्रविधिको विकास, जनशक्तिको व्यवस्थापन गर्नु, देश देश विच समन्वय, सहकार्य र सहयोगका लागि थप मार्गको पहिचान र विकास गर्नु, घरपालुवा र बन्यजन्तुको संरक्षण गरी पारिस्थितिक प्रणाली (इकोसिस्टम) लाई बचाइराख्नु पर्ने चुनौती पनि रहेका छन् । हातहतियार उत्पादन र युद्धको बदलामा शक्तिराष्ट्रलाई मानविय सेवामा लाग्ने वातावरणको निर्माण गर्नु, यस महामारीबाट उत्पन्न हुनसक्ने आन्तरिक र बाह्य द्वन्दलाई पूर्वानुमान गरी समयमै निरूपण गर्नु पनि अहिलेका चुनौती हुन । यो महामारीले ठूलो अर्थिक मन्दी ल्याउनेछ । यसलाई समयमै आंकलन गरी व्यवस्थापनका लागि उचित कदम चाल्नु, यस महामारीले विश्वको जनसंख्याको आकार, उमेर र लिङ्गिय संरचनामा असर पार्ने देखिएकोले यसलाई समयमै सम्बोधन गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । अहिले अन्य धेरै प्रकारका प्राकृतिक र मानविय कारणले विपद आउनसक्ने भएकोले त्यसको समयमै आंकलन र व्यवस्थापन गर्नु पर्नेछ । यो महामारीबाट नागरिकलाई बचाइ पूर्ववत रूपमा बाँच्न र काम गर्न सक्ने बनाउनु पर्नेछ । यो महामारीसँग संगै धेरै देशको सरकार र शासकिय प्रणाली पनि धरापमा पर्ने देखिएकोले त्यसको व्यस्थापन गरी गृह युद्ध र अन्य युद्दबाट विश्वलाई जोगाउनु पनि महत्वपूर्ण जिम्मेवारी हुन्छ । गरिव र साना अर्थतन्त्र भएका मुलुकले आत्मनिर्भर हुने क्षमताको विकास गर्नु पर्नेछ । नेपालको अर्थतन्त्रमा पार्ने प्रभाव तथा अवसर यो महामारीले नेपाललाई धेरै समस्या र चुनौती तत्कालका लागि एकै पटक थोपरिदिए पनि धेरै अवसरका ढोका खुल्ने सम्भावना छ । नेपालमा अहिले जनसङ्ख्याको ५७ प्रतिशत जनसङ्ख्या आर्थिकरूपमा सक्रिय छन । यसको ठूलो हिस्सा बैदेशिक रोजगारीका क्रममा विदेशमा र वैदेशिक रोजगारीमा जान तम्सिएको जनशक्ति हो । यो महामारीले विश्व अर्थ्तन्त्रमा मन्दी ल्याउने भएकोले उनीहरू मध्ये अधिकांशले बैदेशिक रोजगारी गुमाउने छन र स्वादेश फर्कने छन । उनीहरूले वैदेशिक रोजगारीबाट आर्जन गरेको ज्ञान, सीप, क्षमता र कलालाई देश विकास लगाउन सक्ने ठूलो सम्भावना छ । यो जनशक्तिलाई कृषि, घरेलु तथा साना उधोग, पर्यटन, पशुपालन, पूर्वाधार निर्माण, लगायतको क्षेत्रमा अवसर दिएर उनीहरूको जीविकोपार्जन ध्यान दिनु पर्नेछ । त्यसले यी क्षेत्रमा आत्मिनर्भरता कायम गर्न सकिने ठूलो अवसर सिर्जना हुन्छ । त्यस्तै अहिले करीव दश लाख जति शिक्षित र विधार्थी विदेशमा कामर अध्ययनमा छन । उनीहरूलाई पनि अहिले स्वदेशमा आकर्षित गर्न सकिने र उनीहरूको माध्यमबाट देशमा प्रविधिको विकास, शैक्षिक गुणस्तर, उद्यमशिलता, स्वास्थ्यको क्षेत्रमा सुधार, पूर्वाधार निर्माण, पर्यटनमा नयाँ मोडालिटि र अवसर, बस्तु र सेवाको गुणस्तरिय उत्पादन र बजारको विस्तार, बौदिक सम्पत्तिको विकास र विस्तार लगायतका क्षेत्रमा विकास गरी आत्मनिर्भर बन्नुका साथै विश्व बजारमा विक्री गर्न सकिने अवसर छन । नेपाललाई खाद्यान्न लगायत धेरै अत्यावश्यक बस्तुको अभाव छ र नेपाल प्राय सबै कुरामा परनिर्भर छ । नेपालमा कृषिक्रान्ति गरी कृषिमा आत्मनिर्भर हुन र विश्व बजारमा निकासीका लागि प्रविधिमैत्री खेतीमा नेपाली जनशक्तिलाई परिचालन गर्न, नेपालका जडिबुटीको विकास र विस्तार गरी वैदेशिक मुद्रा आर्जन गर्ने अवसर छ । सन १९९० पछि हाम्रा गाउँघर खाली हुन शुरू भएका थिए र अहिले करिव करिव बृद्धाश्रममा परिणत भएका छन । अहिलेको अवसरलाई हामीले समयमै व्यवस्थापन गर्न सकेमा हाम्रा गाउँघर पहिलेकै स्वरूपमा आउने छन, सबै खाली जमिन हरियाली बन्ने छन् , खेतबारी अन्नले ढाकिने छन, ग्रामिण पर्यटनको विकास हुनेछ, गाउँ गाउँमा होमस्टे खुलेर दुर्गम र विकट गाउँमा बसेर विदेशी मुद्रा आर्जन गर्न सक्ने अवस्था सिर्जना हुनेछ । अहिले नेपालीले खाडी मुलुकको ५० डिग्रीको तातोमा काम गरेर कमाएको भन्दा हजारौं गुणा बढी आम्दानी घरमै बसेर हुने छ र आफूलाई मात्र हैन अरूलाई पनि रोजगारी दिन हामी सक्षम हुने छौ । महामारीले सिकाएको पाठ र युगान्तकारी पहलको अवसर कोरोना भाइरस एक प्रकारको विश्वव्यापिकरणको उपज हो । जसरी विश्वव्यापिकरणमा राष्ट्रको सिमाना बिना कुनै रोकावट बस्तु तथा सेवा, पूँजी, श्रम र प्राविधिक ज्ञानको खुला आदानप्रदान भयो । यातायात तथा संचार प्रविधिको विकास र विस्तारले औद्योगिक बस्तु र सेवाको अन्तराष्ट्रिय विनिमयलाई सहज बनाइ उत्पादनका मुख्य साधन पूँजी र श्रमको पनि अन्तर्राष्ट्रियकरण गरेर गरिव र कमजोर मुलुकलाई नवउपनिवेशीकरण गरियो । त्यसरी नै संक्रमित मानिसको एक खोकी वा हाच्छ्युँले सबै प्रकारका मानिसलाई सखाप बनाउन सक्ने अति शुक्ष्म तर सर्वशक्तिमान कोरोना भाइरस विस्तार हुन पुग्यो । यस महामारीले हामीलाई उपयुक्त र राजनीतिक, प्रशासनिक संरचना, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका सबै क्षेत्रमा आत्मनिर्भर र स्वतन्त्र बन्ने खालका राष्ट्रिय नीति, ऐन, कानून बनाउने अवसरको मूलबाटो खोलिदिएको छ, आवश्यकता छ केवल राजनीतिक इच्छाशक्ति, राष्ट्रिय भावना, समयको पालना, कुशल नेतृत्व र राष्ट्रिय एकताको । नेपाली हावापानी, वनस्पति र प्राकृति स्रोतले विश्वकै अद्दितिय स्रोत भएको मुलुक हो । यहाँ हामीले स्थानीय ज्ञान, सीप, प्रविधि र लगानीबाटै शिक्षा, स्वास्थ्य, पर्यटन, जडिबुटी, औषधि उपचार, फलफूल, तरकारी अन्नको उत्पादन गर्न सक्छौ । विशेष प्रकृतिका रोगका लागि हामीले यहाँ उपचार दिएर स्वास्थ्यको क्षेत्रमा नयाँसेवा दिन सक्छौ भने यसको माध्यमबाट पर्यटनको समेत विस्तार गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिने अवसर छ । यसै गरी हाम्रा विदेशिएका सबै युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, वातावरणिय, जैविक प्रविधि, कला संस्कृति, खाध्य सुरक्षा, पशुपालन, मत्स्य पालन,वनजङ्गल संरक्षण, जडिबुटीको उत्पादन, प्रशोधन र संरक्षण, दक्षजनशक्तिको विकास, गुणस्तरिय पूर्वाधारको निर्माण, गुणस्तरिय सार्वजनिक सेवाको प्रवाहको लागि उपयुक्त संरचनाको निर्माण, सेवा प्रवाहको लागि उपयुक्त प्रविधिको विकास र प्रयोग, सबै प्रकारको द्वन्दको अन्त्य गरी कुशल र सक्षम शासन प्रणालीको विकास गर्नअहिलेको महामारीले हामीलाई अवसरको श्रृजना गरेको छ । यस महामारीले हामीलाई उपयुक्त र राजनीतिक, प्रशासनिक संरचना, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका सबै क्षेत्रमा आत्मनिर्भर र स्वतन्त्र बन्ने खालका राष्ट्रिय नीति, ऐन, कानून बनाउने अवसरको मूलबाटो खोलिदिएको छ, आवश्यकता छ केवल राजनीतिक इच्छाशक्ति, राष्ट्रिय भावना, समयको पालना, कुशल नेतृत्व र राष्ट्रिय एकताको । [email protected] यो लेख अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ- सम्पादक

विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता दोस्रो चरणमा

काठमाडौं । विकासन्युजको स्वतन्त्र लेखन प्रतियोगिता ‘प्रतिस्पर्धी’ लेख/रचनाहरुको प्रकाशन पूरा भएर दोस्रो चरणमा प्रवेश गरेको छ । लेख/रचना प्रकाशनको पहिलो चरण पूरा भएसँगै मूल्याङकनको दोस्रो चरणमा प्रवेश गरेको छ । केही ‘अप्रतिस्पर्धी’ रचनाहरु प्रकाशनको क्रममा रहेका छन् । बैशाख ७ गते राति १२ बजेपछि प्राप्त रचनाहरु, एउटै लेखकले पठाएको एकभन्दा बढी लेख/रचनालाई अप्रतिस्पर्धी लेखनको रुपमा प्रकाशन गर्ने निर्णय भएको आयोजक विकास मिडिया प्रालिले जनाएको छ । विकास न्युजडटकमले चैत २० गते सार्वजनिक सूचना प्रकाशित गरी ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा लेख/रचना प्रतियोगिता गर्ने जानकारी गराएको थियो । प्रतियोगितामा प्रथम हुने लेख/रचनाले १ लाख रुपैयाँ नगदसहित सम्मान प्राप्त गर्नेछ । यस्तै, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद र सम्मान प्राप्त गर्नेछ । निर्धारित समयभित्र १०५ जना लेखकले १ सय ११ वटा लेख/रचना पठाएर प्रतिस्पर्धामा भाग लिएका थिए । प्राप्त लेख/रचनाहरु इमेलमा प्राप्त मिति र समयका आधारमा क्रमागत रुपमा सूचिकरण गरिएको थियो । पहिला प्राप्त रचनालाई पहिला नै प्रकाशन गर्ने विधिमा गएकोले कुनै पनि लेखकले दुई वा सोभन्दा बढी रचना पठाएको अवस्थामा पहिलो प्रकाशनलाई प्रतिस्पर्धामा सहभागी गराइएको छ । प्रतिस्पर्धाको लागि १ सय ११ वटा लेख/रचनाहरु प्राप्त भएकोमा ९६ वटा प्रतिस्पर्धीका रुपमा प्रकाशित भएका छन् । सकेसम्म प्राप्त सबै लेखनहरुलाई प्रकाशित गर्ने र लेखकहरुलाई प्रोत्साहित गर्ने हाम्रो प्रयास रह्यो । तर, कपीमा लेखेर फोटो खिचेर वा स्क्यान गरी इमेल गरेका वा पुनः टाइप गर्नु पर्ने खालका लेख/रचनालाई प्रतिस्पर्धामा सहभागी गराइएन । यस्तै, विदेशी लेखक वा अन्य संस्थाको वेवसाइटबाट पुरै अनुच्छेद नै नेपालीमा उल्था गरिएको भेटिएका लेख/रचनाहरु प्रकाशन गरिएन । धेरै अंग्रेजी शब्दहरु प्रयोग भएका, तथ्यगत रुपमा गलत भेटिएको एवं स्वतन्त्र लेखन प्रतियोगिताबारे प्रकाशित सूचनामा उल्लेखि शर्तहरु पूरा नभएका लेख/रचनाहरु प्रकाशित हुन सकेनन् । विकासन्युज डटकमको विशेष अनुरोधमा ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा लेखिएका लेखन, लेखकको स्वेच्छामा वा समय नाघेपछि प्राप्त सोही विषयका लेखनहरु, एउटै लेखकको दोस्रो वा तेस्रो लेखनहरु स्वतन्त्र लेखन प्रतियोगिता पेजमा अप्रतिस्पर्धीको रुपमा प्रकाशित गर्ने नियम बनाइएको छ । यस्ता लेखनको अन्त्यमा अप्रतिस्पर्धी लेखन भनी उल्लेख गरिएको छ । ‘पहिलो चरणको मूल्याङ्कनमा छनौट भई प्रकाशित ९६ लेख/रचनाका लेखक/सर्जकहरुलाई हामी बधाई दिनु चाहन्छौं, दोस्रो र तेस्रो चरणको मूल्याङ्कनमा उहाँहरुलाई सफलताको शुभकामना,’ विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले भने । ‘प्राप्त लेख/रचनालाई पहिलो चरणमा हामीले प्रकाशनयोग्य छ कि छैन भनेर मात्र मूल्याङ्कन गरेका छौं, दोस्रो चरणमा पाठक मूल्याङ्कनलाई निश्चित अंक दिँदै प्रकाशित लेख/रचनाको गुणस्तर मूल्याङ्कन हुनेछ, असार १५ गतेसम्म विकासन्युजको वेबसाइट, फेसबुक र ट्वीटर पेजमा आएका प्रतिक्रिया तथा सेयर संख्यालाई मूल्याङकनको रुपमा हेर्नेछौं,’ विकासन्युजडटकमका सम्पादक शिव सत्यालले भने । प्रथम, द्वितीय र तृतीय हुने लेख/रचनाका अतिरिक्त आलेख, निबन्ध, कथा र कविता विधाका उत्कृष्ट लेख/रचनालाई पुरस्कृत गरिनेछ । त्यस्तै, सर्वाधिक सेयर भएको र सर्वाधिक प्रतिक्रिया प्राप्त लेखनलाई पनि पुरस्कृत गर्ने योजना रहेको आयोजक विकास मिडिया प्रालिले जनाएको छ । असार १६ गतेपछि तेस्रो चरणको मूल्याङकन शुरु हुने र उत्कृष्ट लेखनको अन्तिम छनौट असार २९ गते भानुजयन्तीको दिन हुने कार्यतालिका रहेको छ । यस्ता छन् लेख/रचनाहरु नजन्मदैको युद्ध विनासपछि अर्को विकास कोरोना र विश्व : हिजो, आज र भोलि भोक सबैभन्दा ठूलो शत्रु प्रविधिमा आधारित व्यवसायमा छलाङ वसुधैव कुटुम्बकम नेतृत्वको दृढ इच्छा शक्तिकाे खाँचाे देशमा स्मार्ट सिटी होइन स्मार्ट कृषिको विकास हुनेछ त्रासोन्मुख कोरोना र अर्थतन्त्र अत्याचारी कीट कस्ले पठायो ? (भिडियाेसहित) पाचौँ  युग अवसरहरुले ढकढक्याउँदै हाम्रा ढोका मानव भविष्य हजुरबा, म र छाेरी अर्थत्रन्त्र चलायमान बनाउने र भोकमरीबाट बचाउने चुनौति ग्लोबल थिंकिङ र ग्लोबल गभर्नेन्सकाे आवश्यकता मान्छेमा अन्तर्निहित जिजीविषा र प्रकृतिकाे नियम हतियार र सम्पत्ति भन्दा एक मुठ्ठी सास ठूलाे डामाडोल अर्थतन्त्र र हाम्रो कार्यशैली साबुनपानीमा निर्भर चिकित्सा विज्ञान र अबका चुनाैतिहरू रानी माहुरीहरु मानवीय अस्तित्व विरुद्धकाे काँडेतार र नेपालले अबलम्बन गर्नुपर्ने बाटाे नसाेचेकाे वर्तमान र भविष्यकाे बाटाे आत्मनिर्भरताको बाटोमा कोरोना भाईरस कोरोना एक अवसर कोरोना भाइरसले हजूर कोरोना भगाऔं एकताले बन्छ सुन्दर संसार सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय भात खाने अवसर र छाेराकाे खुशी नेपालीकाे उत्कृष्ट माैलिकता, उल्टो मानो चल्ला भाेकमरी चल्दैन भय अनि उपाय विपद्को पीडा र बन्दाबन्दीको उपचार मानव जातिमा थपिएका चुनौति चुक्चुकाउँदै मनहरू कोभिड उन्नाईस भाइरस लामाे प्रतिक्षा, ठूलाे क्षति जीवित भगवानहरू जीवात्मा धर्तीका सेता फूलहरु ढुङ्गामा पीपल र महामारीमा मानिस कोरोनाकाे बहुआयामिक प्रभाव, मानवीय संकट र सन्देश सँधै रात हुँदैन, भाेलि उज्यालो अवश्य हुनेछ भविष्यको चिन्ताले वर्तमान खेर नफालौं आध्यात्मिक चेतना र स्थानीय स्रोतसाधनको प्रयोग खुशी खोस्न दिन्नौ कोरोना तिमीलाई स्वार्थको अन्त्य सडकमा रुमल्लिएको देश हामी मर्दैनौं, बलियो भएरै छोड्छौं आँखा आजै खुल्न सके, जीवन बाँकी र’ला उता इभानाकाे बा र भाइ विते, यता दुधे बच्चा र सुत्केरी भोकै सन्त्रास लम्बिएकाे लकडाउन र आत्तिएकाे समाज पर्यावरण सरंक्षण, प्राथमिकतामा रुपान्तरण, परिस्कृत जीवनशैली प्रकृतिलाई पिंजडामा राख्न खाेज्दा २०४० विचलित हैन, धैर्यवान बनौँ बालबालिकालाई प्रकृतिप्रेमी र माटोप्रेमी बनाऔं मानिसको व्यवहारमा स्थायी परिर्वतनको आवश्यकता प्रलय सत्व भोजन गराैं, स्वास्थ्यमा लगानी बढाऔं ‘सकारात्मक’सँग त्रसित मान्छे कोरोना भाईरस विरूद्ध डटेर लडौं सुन्दर बिहानी आउँदैन महामारी कहिल्यै पनि, बाजा बजाएर भुङ्ग्राेमा हर्कमान जैविक युद्धमा गुज्रिएको विश्व विपद्, प्रकृति र संस्कृतिको अकंगणित प्रजातान्त्रिक महामारी र सेतो कम्व्याटका सिपाही पैसा, पद र यशको लालशामा आशावादी मनुष्य निरर्थक मानव निर्मित सीमाना र सुरक्षा घेरा केपी ओलीलाई डोनाल्ड ट्रम्पकाे बधाई विश्वबन्धुत्वको भावनामा आगामी यात्रा युद्ध हारेर कोठाभित्र थुनिएकाे मान्छे मानव जातिको घमण्ड र अभिमान माथि प्रहार कारुणिक अवस्थामा मानव सभ्यता आफू बचौं र अरुलाई पनि बचाऔं प्राथमिकतामा व्यक्तिगत सिर्जनशीलता र आत्मनिर्भर समाज कमजाेर स्वास्थ्य युद्ध कवच अबको प्रमुख एजेन्डा ‘सार्वजनिक स्वास्थ्य’ विनाश विनाको विकास उत्तम विकल्प काेराेना कहर र मान्छेकाे धरातल अनाथ गरिबी र कोरोना मानवलाई संकट, धर्तीलाई लाभ विपद्काे सामना गर्न सबैभन्दा उपयुक्त ठाउँ पृथक तरिकाले उदाउँदै विश्व मजवुत आत्मविश्वास र सम्वृद्धिकाे यात्रा शहर केन्द्रित संस्कृतिमा धक्का, गाँउ नै सुरक्षित आणविक हतियार, ठूला अस्पताल र धर्मगुरुको के काम ? लाल–सलाम … समृद्धि र वर्वादीकाे दोबाटोमा उभिएकाे नेपाल पूर्वीय दर्शन उदाउँदै, निभेकाे चुलाे बल्दै आम्दानी शुन्य हुँदै, चुनाैति अझ थपिदै प्रकृतिमाथि न्याय गराैं, जित मान्छेकै हुनेछ

विनासपछि अर्को विकास

कोरोना एक सर्वपरिचित र छोटो समयमै विश्वभर बढी प्रयोग भएको रोगजन्य शब्द हो । कोरोना नामक भाइरसको कारणले मानवजातिमा लाग्ने कोभिड १९ रोगले विश्वमा महामारीको रुप धारण गरेको छ । यसको चपेटामा विश्व समूदाय निरिह बनेर बस्नु सिवाय केहि हुन सकेको छैन । विज्ञान र स्वास्थ्य क्षेत्रमा लागेका व्यक्ति व्यक्तित्वहरु रातदिन खटिएर यस विरुद्धको खोप एवम् औषधि विकासमा लागिरहेका भएतापनि हालसम्म सन्तुष्ट रहने अनि खुसी दिने कुनै निकास पत्ता लागेको छैन । यस्तो अवस्थाको बीचमा रहेका हामी आम जनसमूदाय आफ्नो भविष्य, स्वास्थ्य एवम् पुरा जीवनलाई नै लिएर चिन्तित साथै निरास बन्न पुगेका छौँ । कोरोना शब्दको शाब्दिक अर्थ ल्याटिन भाषामा क्राउन हो जसलाई नेपालीमा महारानीहरुले आफ्नो शिरमा धारण गर्ने ताज भनिन्छ । यस शुक्ष्म जीवाणु देख्नमा ताज आकारको हुने हुनाले यसको नामाकरण गर्दा ताज रहन गएको भन्ने भनाइ छ । नाम जे जसरी रहेपनि यो अत्यन्तै छिटो फैलने सर्वव्यापी भाइरसको कारण संसारका सम्पूर्ण मानव समूदायको अगाडी यो चुनौतिको रुपमा खडा भएको छ । यसको मुख्य कारण नै हालको मितिसम्म यकिन उपचार पद्धति, खोप तथा औषधि विकास हुन नसक्नु हो जसले समग्र जनमानसमा अझै बढि त्रास एवम् सशंंकित हुने परिवेश सृजना गरेको छ । चीनको वुहान भन्ने प्रान्तको पशुपन्क्षी व्यापार हुने एक बजारमा पहिलो पटक यसको संक्रमण देखिएको थियो । औपचारिक रुपमा सार्स–कोभ–२ नाम दिइएको कोरोना भाइरस चमेराहरुलाई संक्रमित तुल्याउने भाइरससँग मिल्दोजुल्दो छ । यस भाइरस चमेरोबाट कुनै अज्ञात जनावर हुँदै मानिसमा सरेको भन्ने विश्वास गरिएको छ । अज्ञात जनावर कुन हो भन्ने प्रष्ट नभइसकेको अवस्थाले गर्दा यसले थप संक्रमण पनि निम्त्याउन सक्ने आशंका गर्ने ठाउँ बनाएको छ । कारण जुनकुनै भएपनि यसको फैलनसक्ने दर अत्यन्तै छिटो र धेरै रहेको छ जसका कारण धेरै भन्दा धेरै मानवीय जीउज्यान क्षति गराउने कुरामा दुई मत छैन । लेखक इस्वी संवत २०१९ को अन्तिम महिना डिसेम्बरदेखि यस रोगले आफ्नो प्रभाव देखाउन थालेको हो । बुहान प्रान्तबाट शुरु भएको यो भाइरस संक्रमण २०२० को अप्रिल महिनाको अन्त्यतिर आइपुग्दासम्म यति ठूलो महामारीको रुप धारण गरिसकेको छ कि अब यसको संक्रमणबाट संसारको कुनै पनि देश अछुतो रहन सकेको छैन । संक्रमणलाई तथ्याङ्कबाट आँकडा गर्ने हो भने पनि यो लेख तयार गर्दासम्म मृतकको संख्या दुई लाखको हाराहारीमा पुगिसकेको छ भने रोगीहको संख्या दशौं लाख कटिसकेको छ । संक्रमित र मृतकको संख्या दिन प्रतिदिन बढिरहेको छ । त्यसो त निको भएर घर फर्कनेहरुको संख्या पनि लाख भन्दा बढि नै छ । यसरी हेर्दा यस भाइरसले सबै मानिसको ज्यान लिन सक्दैन । रोग प्रतिरोधात्मक क्षमता राम्रो हुने व्यक्तिहरु यसको संक्रमणलाई जितेर पूनर्जीवन प्राप्त गरेका उदाहरण हामी माझ प्रस्तुत छँदैछ । कोरोना भाइरस बाट लाग्ने रोगको वास्तविक नाम कोराना भाइरस डिजिजेज २०१९ (कोभिड–१९) हो । यसका लक्षणहरु खोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने थकाइ लाग्ने, घाँटी तथा टाउको दुख्ने आदि हुन । शुरुमा सुख्खा खोकी र पछि खकार सहितको खोकी लाग्ने हुन्छ । यी लक्षणहरुलाई आराम गर्ने, प्रशस्त पानी पिउने तथा दुखाइ कम गर्न प्यारासिटामोलको प्रयोग गर्नुपर्छ । यस्ता सामान्य लक्षण भएका विरामीहरु चाँडै निको हुन्छन् । तर जसमा धेरै गम्भिर लक्षणहरु देखिन्छन् उनीहरुको भने ज्यानै समेत जान सक्छ । कोभिड–१९का बारेमा जान अन्जानमा अनेक किसिमका अफवाह फैलाउने र भ्रम सिर्जना गर्ने काम समेत हुन पुगेको छ । यस रोगको निश्चित खोप एवम् औषधि नहुनुले पनि मानिसहरु विकल्प खोज्न अनेक जडिबुटि एवम् अन्य पदार्थहरुलाई औषधि लाग्ने भनेर विस्वास गर्न थालेका छन् । जसलाई अन्धविस्वासको रुपमा पनि लिन सकिन्छ किनकी यी सबै चिजहरुको सेवनबाट कोरोना संक्रमण निको हुने कुनै वैज्ञानिक आधार पुष्टी हुन सकेको छैन । लामखुट्टेको टोकाइबाट सर्ने, लसुन खाएर संक्रमण रोकथाम हुने, तिलको तेलले मालिस गरेमा शरिरमा कोरोना नलाग्ने, भारइरसले बृद्धबृद्धालाई मात्र बढी असर गर्ने, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायरले) कोरोना मार्न सक्ने, पुरै शरिरमा अल्कोहल वा क्लोरिन छर्नाले भाइरस प्रवेश नगर्ने, निमोनिया विरुद्धको खोपले कोरोनाबाट जोगाउने, माउथवासले मुख कुल्ला गर्ने, सलाइन पानीले नाक सफा गर्ने, रक्सी पिउनाले कोरोनाले कम आक्रमण गर्ने, धुम्रपान वा चुरोट सेवनले भाइरसलाई असर पु¥याउने र संक्रमण नहुने, नाली वा ढलवाट आउने हावा र गन्धबाट कोरोना भाइरस हुन सक्ने, बोझो, लसुन वा वेसार खाएमा संक्रमणबाट बच्न सकिने आदि भ्रामक प्रचार पनि भईरहेको पाइन्छ । यी भ्रमका पछाडि नलागी सहि सूचना लिने र त्यसका पालना गर्नेतर्फ सबैले ध्यान दिनुपर्छ । संक्रमित व्यक्तिको थुक, र्याल अथवा सिँगानबाट अर्को व्यक्तिमा कोरोना सर्न सक्ने, सतहहरुमा परेको र्यालका छिटाहरु अर्को व्यक्तिको हातले चलाएमा सो जान अन्जानमा मुख वा नाकको माध्यमबाट शरिरमा संक्रमण हुन सक्ने चिकित्सक एव स्वास्थ्य संस्थाहरुले जनाउँदै आएका छन् । साबुन पानीले नियमित हात धुने, ह्याण्ड स्यानिटाइजर को प्रयोग गर्ने, मास्क लगाउने, नाक एवम् मुखलाई राम्रोसँग छोप्ने, भिडभाडमा नजाने गर्दा संक्रमणबाट जोखिन सकिन्छ । त्यस्तै, संक्रमित व्यक्तिबाट टाढै रहनुपर्छ । यो भाइरसले हरेक उमेर समूहलाई आक्रमण गर्न सक्नेछ । लसुन बोझो बेसार आदि स्वास्थ्यको लागि लाभदायक हुने भएकाले उचित मात्रामा सेवन गर्न सकिने सकिने छ । रक्सी सेवनले कोरोना भाइरस संक्रमण हुनबाट रोक्दैन । अल्ट्राभ्वाएलेट प्रकाशले कोरोना मार्दैन । बरु हात वा अन्य अंगहरुमा एलर्जी गराउँदछ । समयसमयमा साबुन पानीले हात धुने र भिजेको हात सुकाउन कागजी रुमाल वा हात सुकाउने ड्रायरको प्रयोग गर्न सकिन्छ । चीनबाट आएका सामानहरुबाट भाइरस सर्दैन किनकी यो भाइरस बाहिरी वातावरणमा लामो समय बाँच्दैन भन्ने पुष्टी भइसकेको छ । घरपालुवा जनावरहरु कुकुर, विरालोबाट कोरोना सर्ने पुष्टि नभए पनि इकोली र साल्मोनेल्ला जस्ता विभिन्न जीवाणु संक्रमण हुन सक्ने भएकाले ती जनावरहरुलाई छोएपछि साबाुनपानीले हात धुनुपर्छ । यस भाइरस गर्मी जाडो सबै किसिमको तापक्रममा फैलिसकेको छ । मौसमी फ्लु जाडोमा बढी देखिने भएपनि यसमा त्यस्तो हुँदैन । त्यसकारण यसबाट बच्नका लागि नियमित साबुन पानीले हात धुने ह्याण्ड स्यानिटाइजर लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनापटीको भागले मुख छोप्ने अथवा टिस्यु पेपरले छोप्ने आदि गर्नु नै उत्तम उपाय हो । यस रोग लागेका व्यक्तिहरु कतिपय पूर्णरुपमा निको हुन्छन् भने कतिपय संक्रमितको ज्यानै जाने गरेको छ । संक्रमण पूर्ण रुपमा निको हुन पनि निकै लामो समय लाग्ने अहिलेको अवस्थाले देखाएको छ । एकजना व्यक्ति कतिसम्म बिरामी परेको छ भन्नेले पनि निको हुन लाग्ने समय निर्भर गर्दछ । त्यस्तैगरी व्यक्तिको प्रतिरक्षा प्रणाली कति मजबुत छ यसले पनि भाइरस संक्रमणको असरमा फरक पार्दछ । उमेर, लिङ्ग, तथा अन्य स्वास्थ्य समस्या जस्ता विषयहरुले कोभिड–१९ रोगबाट को कति हदसम्म बिरामी हुन्छन् भन्ने निक्र्यौल गर्छ । यो संक्रमण भएको सातदेखि दशदिन भित्र गम्भिर असर देखाउन थाल्दछ । यो परिवर्तन निकै तिव्र गतिमा हुन्छ । विरामीलाई सास फेर्न गाह्रो हुन थालेसँगै फोक्सो सुन्निन थाल्दछ । यस्तो हुनुको कारण शरिरको प्रतिरोधात्मक प्रणालीले भाइरससँग लड्ने क्रममा अत्याधिक प्रतिक्रिया जनाउँछ, जसले गर्दा शरिरमा अन्य जटिलताहरु देखा पर्दछन् । सास फेर्न समस्या भएकाहरुलाई निको हुन धेरै समस्या पर्दछ । यस किसिमको प्राणघातक रोगको महामारीबाट गुज्रिरहेको विश्व समुदायलाई शारीरिक मात्र नभइ मानशिक, आर्थिक एवम सामाजिक रुपमा पनि नराम्रोसँग गाँजेको छ । शाब्दिक रुपमा अर्थ खोज्ने हो भने पनि महामारी भनेको शार्वदेशिक अर्थात सबै ठाउमा फैलेको भन्ने हुन्छ । यसरी हेर्दा कोरोना भाइरस महामारीको रुपमा रहेर समग्र पृथ्वीका मानिसहरुलाई नै आक्रमण गरिरहेको छ । पृथ्वीका हरेक मानिस यसै रोगको बारेमा सोचिरहेका छन अनि चिन्तित बनेका छन् । विश्वका धेरै जसो देशहरुका धेरै जसो स्थानहरु लकडाउन भइरहेका छन् । विश्व नै लकडाउनबाट गुज्रिरहको यो अवस्थामा गरिखाने श्रमजीवि वर्ग, हरेक दिनको कमाई सोहि दिनलाई ठिक हुने वर्गको अवस्था अत्यन्त दयनिय र कष्टकर बनेको छ । कतिपयको जीवनमा भोकमरीको अवस्था आइसकेको छ । नेपाल जस्तो विकाशोन्मूख देशमा अधिकांश मानिसहरु कृषि पेसा साथै श्रमिकको रुपमा काम गर्दै आएका छन् । जसको कमाई लामो समयसम्म जोहो हुने अवस्था छैन । कोरोना भाइरसले विश्वमा आक्रमण गरेसँगै सम्पूर्ण मानव समूदाय आफ्नो भविष्यलाई लिएर चिन्ताको अवस्थामा छ । रोग लाग्नेहरु जीवन कसरी बचाउने भन्नेमा छन् भने संक्रमण नभएकाहरुको अवस्था पनि यो भन्दा खासै फरक छैन । विश्व नै लकडाउनबाट गुज्रिरहको यो अवस्थामा गरिखाने श्रमजीवि वर्ग, हरेक दिनको कमाई सोहि दिनलाई ठिक हुने वर्गको अवस्था अत्यन्त दयनिय र कष्टकर बनेको छ । कतिपयको जीवनमा भोकमरीको अवस्था आइसकेको छ । नेपाल जस्तो विकाशोन्मूख देशमा अधिकांश मानिसहरु कृषि पेसा साथै श्रमिकको रुपमा काम गर्दै आएका छन् । जसको कमाई लामो समयसम्म जोहो हुने अवस्था छैन । श्रमिकको श्रम गर्ने वातावरणमा तुषारापात गर्दै कोभिड १९ जस्तो भयानक रोगले हामी सबैलाई घरभित्रै थुनिएर रहन बाध्य पारेको छ । जुन हामी सबैको स्वास्थ्य संकटको हिसाबले उपयुक्त बच्ने उपाय पनि हो । कोरोना भाइरसले असर नपारेको कुनै त्यस्तो क्षेत्र छैन चाहे त्यो ठुल्ठुला व्यापारका क्षेत्र होस् या त ससाना मजदूरी, चाहे त्यो कृषि होस् या त रोजगारी । जनधनको ठूलो क्षति एकातिर भइरहेकै छ, अर्कातिर विश्व अर्थतन्त्रलाई नै धरासायी बनाउन यसले मद्दत पु¥याइरहेको छ । संयुक्त राष्ट्रसंघको स्थापनापछिकै गम्भिर सङ्कटका रुपमा यसलाई लिइएको छ । विश्वका शक्ति राष्ट्रहरु चीन, अमेरिका, जापान, इटाली, बेलायत जस्ता मुलुकहरुको पनि अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव परिरहेको कुरा तिनका आन्तरिक तथा बाह्य व्यापार असफल भएका घटनाहरुले प्रमाणित भइरहेका छन् । यसकारण पनि यसको प्रभाव विकशित र विकासोन्मुख दुबै खाले देशहरुमा परिरहेको छ भन्न सकिन्छ । विश्व अर्थतन्त्र दशकौँ पछाडि धकेलिइरहेको कुरा विभिन्न अनुसन्धाताहरुले खुलासा गरिरहेका छन् । विकासोन्मूख देशको आयात तथा निर्यातको अवस्था झनै विकराल परिस्थतिबाट गुज्रिरहेको हामीमाझ प्रष्टै छ । हालसम्म एक करोड भन्दा बढि मानिसहरुले आफ्नो रोजगारी गुमाइसकेका छन् । अझै यो संख्या बढ्ने पनि सोझै अनुमान लगाउन सकिन्छ । बैङ्क तथा वित्तीय क्षेत्रहरुमा यसको प्रभाव त्यत्तिकै बढि छ । उनीहरुले बचतकर्तालाई बचतफिर्ता गराँउनु पर्ने अवस्था छ भने बचत राख्नेको संख्या शुन्य जस्तै हुन पुगेको छ । आम्दानी, बचत र लगानीका बीचमा तालमेल नमिल्नुले पनि असन्तुलित अर्थव्यवस्थालाई झल्काइरहेको छ । हाम्रो भविष्य माथि आइपरेका केहि प्रमूख संकटहरुलाई निम्नानुसारका बुँदाहरुमा प्रस्तुत गरिएका छन्ः  रोजगारी गुम्ने सम्भावना, खर्चमा बृद्धि, आम्दानी शुन्य, श्रम नपाइने र ज्यालादर घट्ने सम्भावना, बैङ्क तथा वित्तीय क्षेत्रबाट प्राप्त हुने व्याजदर घट्ने सम्भावना, औद्योगिक उत्पादकत्व घट्ने सम्भावना, प्रतिव्यक्ति आय घट्ने सम्भावना, जनसाङ्ख्यिकीमा प्रभाव, मानव मानशिकता कमजोर हुने सम्भावना आदि । दिन पछि रात आउँछ, अध्यारो पछि उज्यालो । हरेक समस्या भित्र सम्भावना लुकेको हुन्छ भनिन्छ । विकासका लागि विनास भइरहेको हुन्छ भने विनासले फेरि अर्को विकासको सम्भावना बोकेकै हुन्छ । हरेक समस्याका पछाडि सकारात्मक आँखाले हेर्ने हो भने सम्भावना र अवसरहरु सँगसँगै हुन्छन् । वि.सं.२०७२ सालको भूकम्पलाई सम्झिदा पनि त्यस किसिमको विनासले गाँउगाँउमा विकासको अनेक ढोका नखुलेका होइनन् । त्यसो भन्दैमा हामीलाई विनास एवम् महामारी आवश्यक छ भन्ने त होइन । तर पनि समस्या र चुनौतिसगँ डटेर नलड्ने हो भने आर्थिक र सामाजिक रुपमा त छँदैछ मानशिक रुपमा पनि हामी विचलित हुन पुग्छौँ । जसको प्रत्यक्ष प्रभाव व्यक्ति, परिवार, समाज, राष्ट्र र समग्र विश्वमा नै पर्न सक्दछ । भोलिको दिन कसैले देखेको छैन, अनुमान लगाउने सम्म हो । हरेक घटनाहरुलाई सामान्यिकरण गरेर सोचौँ तर पाइलापाइलामा सचेतता पनि अपनाऔँ । सरकारको नियम एवम् अनुरोधको पालना गर्नु आँफैमा बुद्धिमानी हो भने रोग फैलनबाट जोगाउने सर्वोत्तम उपाय पनि यहि हो । लकडाउन सरकारको लागि नभएर हामै्र जीवन बचाउने प्रयासको परिणाम मात्रै हो । आफू पनि बाँचौँ अरुलाई पनि बाँच्ने वातावरण सृजना गरौँ । [email protected]

भोक सबैभन्दा ठूलो शत्रु

चीनको वुहान शहरबाट शुरू भएको कोरोना (कोभिड १९) यतिखेर पृथ्विका कुनाकाप्चामा फैलिइसकेको छ । कुनै जात, धर्म, भूगोल, वर्ग, सम्प्रदाय, सानो, ठूलो, धनी, गरिब केही नभनि अदृश्य रुपमा फैलिएको यो किटाणु विश्व समुदायका लागि ठूलो चुनौती बनेर आईलागेको छ । सन् २०१९ को मे मा उत्पत्ति भएको कोरोनाले यी हरफहरु लेखिरहँदा सम्म १ लाख ५६ हजार भन्दा बढी मानिसको ज्यान लिईसकेको छ भने २२ लाख ८४ हजार मानिस संक्रमित बनाइसकेको छ । निको हुनेको संख्या ५ लाख ८१ ह्जार ५ सय १५ मात्र छ । विश्वभर २८ नेपालीको मृत्यु भईसकेको छ भने एक हजार भन्दा संक्रमित छन् । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । थाहा छैन, दिनदिनै बढिरहेका संक्रमितहरुमध्ये कतिलाई चुँडेर लैजाने हो । चीन हुँदै अन्य देशहरुमा डढेलो झैं फैलिइसकेको थियो, कोरोना । यता भ्रमण वर्ष सन् २०२० को नाममा नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराई भने नेपाल कोरोनामुक्त देश भनेर प्रचार–प्रसारमै व्यस्त देखिन्थे । यसले ल्याउने परिणामबारे नेपालीहरुले आँकलन समेत गरेका थिएनन् । कसैले नपत्याएको, कसैले नसोचेको, कल्पना नै नगरिएको कोरोना जसरी एकाएक आयो यसले ल्याउने भावि परिणामहरु अहिले नै आँकलन गर्न कठिन छ । कोभिड -१९ अर्थात् मानिससँग पशु जगतले लिएको बदलाको रुप । कोरोनाको जरो खोतल्दै जाँदा यहि भेटिन्छ । वैज्ञानिकहरुले पनि यसको कारण पुष्टि गरिसकेका छन् । सालक वा चमेरा खाँदा सार्स कोभ टु भाइरस मानिसमा सर्न सक्ने रोगबारे मानिस जानकार नै थिएनन् । ग्लोबल इन्सिट्च्युट् फर इन्टरडिस्प्लिनरी स्टडिजसँग सम्बन्धित अनुसन्धानकर्मी उत्तमबाबु श्रेष्ठ मान्छे र प्रकृतिको बीचको अनौठो सम्बन्धको उदाहरण दिदै यसो भन्छन्– न्युयोर्क विश्वविद्यालयको प्रयोगशाला होस् या चीनको वुहानको मासु बजार या अफ्रिकाको घनाजंगल विभिन्न बहानामा मानिसहरू जंगली जनावरको सामिप्यमा पुगेका छन् । अनुसन्धानका लागि, मासुका लागि, घरमा पालेर राख्ने साथी (पेट) का लागि मानिसले विचित्र प्रकारका जीवजन्तुसँग हिमचिम बढाइरहेका छन् । त्यसैले विश्वभर वन्यजन्तुको वैध–अवैध व्यापार फस्टाउँदो छ । विश्वमा वन्यजन्तुको व्यापारलाई लागूऔषध, सामानको मिसावट र मानव तस्करीपछिको चौथो ठूलो अवैध व्यापार मानिन्छ । लेखक मानिस मात्र यस्तो प्राणी हो, जसले आफ्नो स्वादका लागि वन्य जन्तु, पशुपंक्षीको सिकार खेल्न र उनीहरुलाई सिध्याउन बाँकी राख्दैन । आफूलाई संसारकै एक मात्र चेतनशिल प्राणी ठान्ने मानिसले कहिल्यै वन्य जन्तु, पशुपंक्षीको भावना बुझ्ने कुरा त परै जाओस् उनीहरुमा पनि बदलाको भाव हुन्छ भन्ने कुराको हेक्का राखेन । कोभिड १९ फैलिनुअघि पनि सार्स, बर्ड फ्लु, बुबोनिक प्लेग जस्ता रोगहरु फैलिएकै हुन्, जुन पशुपंक्षीबाटै मानिसहरुका सरेका थिए । जिब्रोको स्वादका लागि जति पैसा पनि खर्चिने, नयाँ नयाँ परिकारहरुको स्वाद लिन रुचाउने मानिसको यही स्वाभाबले आज संसार आतंकित बनेको छ । यी हरफहरु कोरिरहँदा पनि राष्टिय निकुञ्ज र वन जंगलहरुमा वन्यजन्तु चोरी निकासीका समाचारहरु आइरहेका छन् । जंगली जनावरहरु मारेर त्यसको स्वाद चाख्ने रहर पालेकाहरु धमाधम पक्राउ परिरहेका छन् । चीनको वुहान लामो समयको लकडाउनपछि खुलिसकेको छ । त्यहाँको जनजीवन सामान्य अबस्थामा फर्किइसकेको छ । कडा अनुशासन, सरकारको आदेश, जनताको सहयोगका कारण जति ठूलो मात्रामा रोग फैलिन सक्थ्यो, त्यति फैलिन पाएन । त्यतिबेला लकडाउन गर्दा युरोपियन र अमेरिकन देशले मानवअधिकारको हनन् भयो भनेर टिप्पणी गरे । पछि आफ्नै देशमा लकडाउन गर्नुपर्ने स्थिति आयो । यूरोपियन मुलुकहरुमा कोरोनाकै कारण यति भयावह स्थिति आउला भनेर कल्पना समेत गरिएको थिएन । कोरोना संक्रमणले गर्दा अन्य देशमा मानिसहरु धमाधम मृत्युका खबरहरु आइरहेका थिए । इटाली, स्पेनहरु भने निर्धक्क डिस्को, डान्स र बारमा रमाइरहेका थिए । निर्बाध रुपमा हिंडिरहेका थिए । त्यही हेल्चेक्रेयाइका कारण पछि शवहरु उठाउने मानिससम्म पाउन गार्हो भयो । संसारभरी पहिले पनि ठूलाठूला महामारीहरु फैलिएका थिए । बिफरले संसारभरी करोडौं मानिसको ज्यान लिएको थियो । धनजनको क्षति पुर्याएको थियो । इतिहासतिर फर्केर हेरौं–राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लले बिफरकै कारण ज्यान गुमाएका थिए । चक्रवर्तेन्द्रको शोकमा रानी डुबिन् । तिनै रानीलाई खुसी बनाउन राजा प्रताप मल्लले बि सं १७२७ मा रानीपोखरी निमार्ण गरे । हरेक सय वर्षमा ठूला महामारी फैलिने गरेका तथ्यहरु छन् । यदि मानिस दूरदर्शी भएको भए यस्ता समस्यासँग जुध्न कुनै न कुनै बाटो उपाय अपनाउने थियो । तर मानिसले कहिल्यै चेतेन । डार्बिनले भनेका छन्– सक्नेहरु नै बाँच्ने हुन् । यतिखेर डार्बिनको भनाई ठ्याक्कै लागू भएको छ । बाँच्नकै लागि मानिसहरु संघर्ष गरिरहेका छन् । काठमाडौंमा कामका लागि ओइरिएका मानिसहरु धमाधम गाउ फर्किदै छन् । मानिसका लागि भोक सबैभन्दा ठूलो शत्रु रहेछ । कम्पनी बन्द भएपछि, ज्याला मजदूरी गर्नेहरु हिंडेरै गाउ फर्किरहेका छन् । एक छाक खान र कोठा भाडा तिर्ने अबस्था नभएपछि मजदुरहरु सयौं किलोमिटरको यात्रा गरेर घर फर्किन विवस छन् । रोग भन्दा पहिला भोकका लागी मानिसहरु लडिरहेका छन् । पछिल्लो समय मिडियामा आइरहेका समाचार र सामाजिक सञ्जालमा मजदुरहरु गर्नु परेको कष्टपूर्ण यात्राले धेरै कुरा संकेत गरेको छ । हुँदा खाने र हुने खानेको बीचको ठूलो खाडल गहिरिदै गइरहेको छ । यसले थप संकट ल्याउने प्रष्ट छ । गरिबीको ग्राफ उकालो लाग्दैछ । विश्वभर बढ्दै गएको बेरोजगारी र धरासाहि बन्दै गएको अर्थतन्त्रले ल्याउने कहाली लाग्दो अबस्थाको अहिले नै लेखाजोखा गर्न सकिदैन । ताइवान, दक्षिण कोरिया, सिंगापुर, भुटान, न्युजिल्याण्ड, जर्मन, क्यानाडा जस्ता देशहरुले कसरी संक्रमणबाट बच्ने भन्ने राम्रो उपाय अबलम्बन गरेका छन् । यी लगायत केही देशहरुले आफ्ना नागरिकहरु बचाउन, सुरक्षित राख्न एकदमै जिम्मेवारीपूर्बक भूमिका निभाईरहेका छन् । तुलनात्मक रुपमा यी देशहरुमा कोरोनाका कारण मृत्यु दर कम छ । यस्तै चीनले चालेको कदम, अपनाएको रणनीतिले कोरोनाको ठूलो क्षतिबाट बचायो । अहिले त चीनले उत्पादन गरेका स्वास्थ्य सामग्री किन्न अमेरिकन र युरोपियन देशबीच लुछाचुँडी नै भयो । विश्वभरको शासन प्रणाली, शासकहरुका व्यवहार, राजनीति, अर्थनीति, सबैको हैसियत पनि कोरोनाले राम्रैसँग देखाईदिएको छ । लहडको भरमा आफूलाई शक्तिशाली ठानेर जे पनि बोल्ने, जस्तोसुकै निर्णय लिने ट्रम्पदेखि शान्त, शालिन, कम बोल्ने चीनका राष्ट्रपति सि जिनपिङका व्यवहार, नीति र कार्यशैली नजिकबाट बुझ्न सघाएको छ । विश्वभरको शासन प्रणाली, शासकहरुका व्यवहार, राजनीति, अर्थनीति, सबैको हैसियत पनि कोरोनाले राम्रैसँग देखाईदिएको छ । लहडको भरमा आफूलाई शक्तिशाली ठानेर जे पनि बोल्ने, जस्तोसुकै निर्णय लिने ट्रम्पदेखि शान्त, शालिन, कम बोल्ने चीनका राष्ट्रपति सि जिनपिङका व्यवहार, नीति र कार्यशैली नजिकबाट बुझ्न सघाएको छ । अबका चुनौतीहरु सन् २०१५ को महाभूकम्पले करिब ७ खर्ब रुपैंयाँ बराबर क्षति गरेको अनुमान छ । तर कोरोनाले कति क्षति पुर्याउँछ, अहिले नै अनुमान गर्न सक्ने अबस्था छैन । विप्रेषण आउने गिरावटले ठूलो असर पर्नेछ । कुल गार्हस्थ उत्पादनमा पहिले यति योगदान दिदै आएको थियो । अब भने त्यसको धक्का ब्योहोर्नु पर्नेछ । बेरोजगारी दर ११.४ प्रतिशत बढेर जाने अर्थविद्को अनुमान छ । उद्योग, कल कारखानाहरु ठप्प छन् । संसारभर मानिसको रोजगारी गुमेको छ । नेपाल बाहिर पनि झण्डै ५० लाख मानिसहरु रोजगारका लागी बाहिर छन् । खाडी र मलेसिया जस्ता देशमा कैयौंको रोजगारी गुम्ने खतरा बढ्दै गएको छ । कति देशहरुले आफ्ना नागरिकहरु फिर्ता लैजान खबरहरु मिडियामा आईरहेका छन् । फिर्ता नलगे श्रम सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । अहिले पनि कति नेपालीहरुलाई कम्पनिले तलब दिन बन्द गरिसकेका छन् । खाने र बस्ने समस्यामा परेका नेपालीहरु स्वदेश फर्किन चाहन्छन् । तर, यता नेपाल सरकार यसबारेमा कुनै गम्भिर कदम चालेका छैन । न त उनीहरुका लागि कुनै योजना बनाएको छ । प्रधानमन्त्री, राष्ट्रपति केवल औपचारिक जवाफ दिन्छन्, यो भाबुक हुने बेला होइन, सरकारको आदेश पालना गर्नुहोस् । विदेशमा बस्ने नेपालीहरुले पठाएको रेमिट्यान्सले चलेको छ देश । तिनै मजदुरहरु आज समस्यामा पर्दा सरकारले उनीहरुको समस्या, मर्का बुझेन । परराष्ट्र मन्त्री केवल युरोपियन मुलुकमा बस्ने राजदूतसँग कुराकानी गरेर ‘त्यहाँका नेपालीहरुको अबस्था ठिकठाक छ’ भन्दै ब्रिफिङ गर्छन् । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरु स्वदेश फर्किए विकराल रुप लिनेछ । तत्कालै स्वदेशमा रोजगारी वातावरण सिर्जना हुने छैन । न त सरकारले कुनै विशेष प्याकेजकै तयारी गरिएको छ । बरु ठूलो संख्या स्वदेश फर्किए नेपालमा नयाँ राजनीतिक मोड आउँनेछ । बेराजगारी, गरिबी बढ्दै गए त्यसले बिकराल रुप लिनेछ । हत्या, हिंसा, चोरी, लुट्पाटका घटनाहरु बढ्नेछन् । कति विप्लब माओवादीमा प्रबेश गर्ने छन् । ‘सरकारले मितव्ययी शासन अपनाउनु पर्छ । सबैलाई भत्ता दिने काम बन्द गर्नुपर्छ । अर्थशास्त्री डा.विश्व पौडेल भन्छन्, ‘नेतृत्वले कसरी योजना ल्याउँछ, कर्मचारीलाई कसरी परिचालन गर्छ भन्ने मुख्य कुरा हो । धेरै आत्तिनु पर्ने बेला छैन ।’ ‘एक महिना यो लकडाउन कायम भयो भने नेपालमा चार प्रतिशतका दरले बढ्छ ।’ यस्तै आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी भन्छन्, ‘खाद्य असुरक्षा पनि बढ्दै जान्छ ।’ गाउँ फर्क अभियान कमाउँने आधार शहर र विदेश भए पनि अब निर्बिकल्प मानिसहरु गाउँ फर्किनु पर्नेछ । ठूलो संख्यामा गाउँ फर्किए केही सकारात्मक कामहरु हुनेछन् । गाउँमा फेरी क्लबहरु खुल्नेछन् । स्थानीय क्लबले समाज सुधारकाम काम मात्र गर्ने छैनन् । स्थानीय परम्परा, कला, संस्कति, साहित्य, संगीतको पनि प्रबद्र्धन हुनेछ । शुन्य हुँदै गएका हाम्रा, गाउ बस्तिमा फेरी देउडा, मारुनी, सेलोहरु घन्किनेछन् । हाम्रा बाँझा खेतबारीहरुमा बगेको पसिनाले अर्गानिक खानेकुरा उत्पादन गर्नेछ । ठूलो मात्रामा उत्पादन गर्न सके त्यसलाई विदेश निर्यात गर्ने सकेर थप आर्जन सकिनेछ । सरकारले दीर्घकालिन योजनाहरु बनाएर युवा शक्तिलाई स्वदेशमै रोजगारी दिलाउँन ढिलाई गर्नु हुँदैन । कतार, मलेसिया, दुबइ, जापान बनाउने नेपालीहरुका पसिना यही देशमा बगे नेपाल अर्कै मुलुक बन्ने छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस मुलुकमा अथाहा सम्भाबना र अबसरहरु छन् । जिविकोपार्जनका लागि कोही नेपाली विदेसिनु पर्ने छैन । बरु काम गर्नका लागि अन्य देशका नागरिकहरु यहा आउनेछन् । तर, त्यसका लागि सरकार, योजनाविद् र स्वंय जनताहरु तात्नु पर्नेछ । मनैदेखि एउटा अठोट बोकेर अघि बढ्नु पर्नेछ । स्थानीय परम्परा, कला, संस्कति, साहित्य, संगीतको पनि प्रबद्र्धन हुनेछ । शुन्य हुँदै गएका हाम्रा, गाउ बस्तिमा फेरी देउडा, मारुनी, सेलोहरु घन्किनेछन् । हाम्रा बाँझा खेतबारीहरुमा बगेको पसिनाले अर्गानिक खानेकुरा उत्पादन गर्नेछ । कोरोनाले सिकाएको पाठ भनिन्छ, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । विश्वव्यापी रुपमा मानव जातीलाई आतंकित पारेको कोरोनाले गहिरो पाठ सिकाएको छ । ‘मै हुँ’ भन्ने शक्तिशाली देश, र व्यक्तिहरुलाई एउटा भाइरसका अगाडी कसैको केही लाग्दैन भन्ने राम्रै छाप छोडेको छ । पैसा र पावरकै बोलवाला हुने भए अमेरिका र चीनको आज यो हालत हुने थिएन । विश्वमा जतिसूकै ठूला आविष्कारहरु भए पनि, चमत्कार भए पनि त्यसले मानव समुदायलाई फाइदा पुर्याएन भने कुनै अर्थ छैन भन्ने कुरा पनि यस कोरोना कहरले सिकाएको छ । यस पृथ्वीमा आफ्नो खुसीका लागि मानिसले कुनै पनि हर्कत बाँकी राखेको छैन । मानिसले मानिसको हत्या गर्नेदेखि, वन्यजन्तु, पशु पंक्षीको सिकार गर्न छाडेको छैन । प्राकृतिक सम्पदाहरुको विनास र दोहन गर्न छाडेको छैन । हत्या, हिंसा, लडाई, अपराध, युद्ध जस्ता क्रियाकलाप गर्न पनि मानिसले छाडेको छैन । कोरोनाले खबरदारी गरिसकेको छ, तिमीहरुका अणु र परमाणु बमहरुको कुनै काम छैन । चाह्यो भने एउटा भाइरसले हतियार, अणु, परमाणु भन्दा कैयौं बढी असर गर्न सक्छ । युद्ध भन्दा बढी क्षति पुर्याउँन सक्छ । मानिसले यो सिंगो प्रकृति, जीव, वनस्पति, पशु पंक्षीको रक्षा गर्नुपर्छ । प्रकृतिमाथिको अत्याचार बढ्दै गए कालान्तरमा त्यसले कती भयावह स्थिति ल्याउँछ ? मानव जातीको कतिको बिचल्ली हुन्छ ? कस्तो संकट आईलाग्छ ? यी र यस्तै तमाम प्रश्नहरुको एकैसाथ जवाफ दिईसकेको छ । मानवता बचाई राख्न हामीले मानविय कर्मलाई मध्यनजर गर्नुपर्छ । हाम्रो जस्तै पृथ्वीका अन्य प्राणीहरुको यहा हक लाग्छ । मानिसले सबैभन्दा ख्याल गर्नुपर्ने कुरा यही हो । मेसिन जसरी दौडिरहेको मानिससँग यस्ता कुरामा घोत्लिन हिजो समय थिएन । आज कोरोनाले सोच्ने प्रशस्त समय दिएको छ । सोचोस् बेलैमा । मानिसहरुमा एक प्रकारको छट्पटि र बेचैनी बढेको छ । यसको अन्त्य कहिले हुन्छ ? यसको जवाफ छैन । ‘कोभिड आजभोली नै संसारबाट हराउँछ भनेर सोच्नु ठूलो भ्रम हो ।’ वैज्ञानिक डाक्टर समीरमणि दिक्षित भन्छन्, ‘अब यो भाइरस अन्य भाइरस परीवार (जस्तै इन्फ्लुएन्जा) सरह हामीमाझ लामो समयसम्म बस्नेछ । समय बित्दै जाँदा हाम्रोप्रति प्रतिरोधात्मक प्रणालीले यसको शक्ति कम गर्नेछ । जोखिम समुहलाई बचाउँदै सामान्य जीवनमा फर्किनु वाहेक बिकल्प छैन ।’ एउटा चिनियाँ उखान नै छ–संकटले मौका ल्याउँछ । हामीले पहिल्याउन सक्यौं भने प्रशस्त मौका र अबसरहरु हाम्रा अघि छन् । अन्य देशमाथि सियोदेखी सुन, धनिया“देखी लसुनसम्म हामी अरुमाथि भर परिरहेका छौं । अबका दिनमा यस प्रकारको परनिर्भरता हटाउनका लागि सरकारले तयारी गर्न ढिलाइ गर्नु हुन्न । परदेसिने लाखौंलाख नेपालीहरुले यही रोजगारी पाउनेछन् । सडक, हाइड्रो, पुनः निमार्णका कार्यहरुमा आबश्यक पर्ने जनशक्ति नेपालमै भए समयमै योजनाहरु सम्पन्न हुनेछन् । यतिखेर सिंगो विश्व कोरोना निर्मूल पार्ने औषधिको प्रतिक्षामा छ । जुन दिन कोरोनाको औषधि पत्ता लाग्ला मानिसहरु त्यसबेला खुसीयाली मनाउँनेछन् । त्यस निम्ति वैज्ञानिक, अनुसन्धाकर्मीहरु एकजुट भएर जुटुन् । हामी एउटा सुखद बिहानीको पर्खाईमा छौं । [email protected]

प्रविधिमा आधारित व्यवसायमा छलाङ

परिचय कोरोना भाइरस रोग भर्खरै पत्ता लागेको कोरोनाभाइरसको कारण हुने एक संक्रामक रोग हो । कोभिड–१९ भाइरसले संक्रमित व्यक्तिहरूमा हल्कादेखि मध्यम श्वास रोगको अनुभव गर्दछन् । यस रोग विशेष उपचारको आवश्यकता बिना नै स्वास्थ्यलाभ हुन्छन् । पाको उमेरका व्यक्तिहरू,  हृदय रोग, मधुमेह, दीर्घकालीन श्वास रोग, क्यान्सर जस्ता मेडिकल समस्याहरू रहेका व्यक्तिहरुमा यस रोगको संक्रमण तथा असर बढी हुने सम्भावना हुन्छ । कोभिड भाइरस मुख्यतया सिंगान, र्याल तथा हाछ्युँ, आँखाको माध्यमबाट मानिसको शरिरमा प्रवेश गर्दछ । त्यसैले खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्नु पर्दछ । विश्वव्यापी अवस्था चीनको वुहानबाट शुरु भएको कोरोनाको विश्वव्यापी संक्रमण दिन प्रति दिन फैलदै गईरहेको छ । अपवाद बाहेक विश्वका सवै देश र क्षेत्रमा यसको संक्रमण फैलिसकेको छ । मिति २०७७।०१।०७ गतेसम्म २३ लाख ५० हजार भन्दा व्यक्तिहरु संक्रमित भईसकेका छन् भने १ लाख ६१ हजार भन्दा बढीको मृत्यु भईसकेको छ । अमेरिकामा मात्र ३९ हजार भन्दा बढीले ज्यान गुमाई सकेका छन् । यस महामारी अमेरिका र युरोपमा तिव्र गतिमा फैलिरहेको देखिन्छ । सावधान नअपनाउने हो भने विश्वमा नै व्यापक रुपमा फैलन चेतनावनि विश्व स्वास्थ्य संगठनले दिईरहेको छ । छिमेकी देश भारतमा समेत संक्रमणको दर बढ्दो रुपमा रहेको छ । नेपालको अवस्था चीनको वुहानबाट शुरु भएको कोरोना महामारीले विश्वका सवै देशहरुलाई प्रभावित पारेको यो समयमा नेपाल पनि यसबाट अछुतो रहन सकेन । पौषको २२ गते पहिचान भएको नोभल कोरोना भाईसको प्रभाव विश्वव्यापी रुपमा बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकट घोषणा गरेको थियो । लेखकनेपालमा २०७६ माघ ९ गते एक नेपालीमा पहिलाे पटक यो रोग लागेको देखिएको भएतापनि निज निको भई सकेको अवस्थामा मिति २०७६ चैत्र ४ गते फ्रान्सबाट नेपाल र्फकेकी १९ वर्षिय युवतिमा कोरोना भएको पुष्टीे चैत्र १० गते भएको थियो । नेपाल सरकारले सम्भावित कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी चैत्र ७ गतेबाट सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगायो । कोरोना संक्रमण फैलनबाट रोक्न त्यस लगत्तै नेपाल सरकारबाट संक्रमण रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोरोना नियन्त्रण उच्चस्तरीय समितिको शिफारिसमा कोरोना रोकथाम र निर्मुल गर्न मिति २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दी को आदेश जारी गरेको छ जुन अझै जारी नै छ । नेपाल सरकारले कोरोना संक्रमण परीक्षणको दायरालाई बढाउंदै सबै जिल्लामा र्यापिड टेष्टको व्यवस्था गरेको छ भने प्रत्येक प्रदेशमा कोरोना डेडिकेटेड अस्पतालको व्यवस्था मिलाएको छ । मिति २०७७।०१।०७ गतेसम्म नेपालमा ३१ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पृष्टि भईसकेको छ । जसमध्ये हालसम्म ४ जनामा उपचारबाट निको भई घर फर्किएका छन् । सरकारले कोरोना सक्रमणको यकिन गर्न कोरोना परीक्षणको दायरा फराकिलो बनाउने, स्वास्थ्य सामग्रीको उचित व्यवस्था गरी संकास्पद व्यक्तिहरु, उनीहरुका परिवार र उनीहरुको सम्पर्कमा आएका व्यक्ति र समुदाय समेतलाई परीक्षणको दायरामा ल्याई समुदायस्तरमा हुनसक्ने सम्भावित संक्रमणलाई रोक्नुपर्ने देखिन्छ । कोरोनाबाट बच्ने उपायहरु हाल देखिएको कोभिड १९ को महामारीबाट मानव जीवन र मानव स्वास्थ्यलाई बच्नु र बचाउनु नै मानवजातीको पहिलो कर्तव्य हो । नोभल कोरोना भाइरसबाट आफू बच्न र अरुलाई बचाउन निम्न अनुुसार गर्नुपर्ने देखिन्छ । ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने । खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने । सरकारद्धारा घोषणा गरिएको बन्दाबन्दीको पूर्ण रुपमा पालना गरी भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने । बेलाबेलामा साबुनपानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा सावुन पानी नभएमा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने । कोरोना प्रभावित देशबाट आएको व्यक्त्तिहरूमा कोरानाका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त गई चेकजांच गर्ने । शंकास्पद व्यक्तिहरु १४ दिनसम्म छुट्टै आईसोलेसनमा बस्ने तथा कोरोना परीक्षण गराउने । महामारीले विश्व समुदायमा ल्याएका चुनौतीहरु कोरोना महामारीले हाल विश्व जगत आक्रान्त छ । विश्वका शक्तिशाली, विकसित र मेडिकल विज्ञानको क्षेत्रमा अब्वल भनिएका देशहरु समेत यस महामारी विरुद्धको लडाईमा आफ्नो भएभरको शक्ति लगाएर कार्य गरिरहेको वर्तमान अवस्थामा यस महामारीले विश्व समुदायमा विविध चुनौतिहरु ल्याएको देखिन्छ । विश्व वैक तथा इन्टरनेशनल मनिटरी फण्ड लगायतका अन्तराष्ट्रिय वित्तिय संस्थाहरुले विभिन्न क्षेत्र तथा देशहरुको आर्थिक वृद्धि समेत नकारात्मक हुने प्रक्षेपण गरिरहेका छन् । यो महामारी घट्नुको सट्टा अझै बढने क्रममा रहेको हुंदा यसले पार्ने प्रभाव तथा चुनौतीहरुको दायरा अझ व्यापक हुनसक्ने भएतापनि विश्व समुदायमा देहाय बमोजिमका चुनौती तथा असरहरु देखिएका छन् ।  कोभिड–१९ विश्वमा हालसम्म मेडिकल साईन्समा भएको विकास तथा प्रगतिलाई ठूलो चुनौतिको रुपमा प्रस्तुत भएको छ । यस महामारीबाट बच्न सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले यसले मानिसको सामाजिक जिवनलाई नै ध्वस्त पारेको देखिन्छ । विश्वका कतिपय स्थानमा विकास निर्माण अवरोध गरेकोछ भने अधिकांश क्षेत्रमा विकास निर्माणको कार्यलाई विश्राम समेत दिएको छ । उत्पादन, उद्योग, व्यापार, निर्माणमा व्यापक कटौति भई सन् १९३० को भन्दा पनि ठूलो आर्थिकमन्दि आउन सक्ने विश्व अर्थविदहरुको आंकलन छ ।  आर्थिक मन्दी, रोजगारीमा व्यापक कटौति भई विश्वव्यापी रुपमा गरिविको संख्यामा वृद्धि हुने । पर्यटन तथा रेमिट्यान्समा व्यापक असर पार्ने भएकोले यसमा आश्रित अर्थव्यवस्था भएका देशहरुलाई व्यापक रुपमा आर्थिक संकट पर्न सक्ने देखिन्छ । नेपालमा देखिएका चुनौतिहरु विकसित, शक्तिशाली, पर्याप्त श्रोत र साधन भएका देशहरु तथा विश्वका अधिकांश मानिसहरुको सपनाको देश अमेरिकामा समेत ऋइख्क्ष्म्(ज्ञढ ले गम्भिर रुपमा चुनौति दिईरहेको छ । अल्प विकसित, श्रोत तथा साधनको कमी, कमजोर स्वास्थ्य व्यवस्था, गरिवि तथा चेतनाकोस्तरमा समेत कमि भएको नेपाल जस्तो देशको लागि कोरोना भाईसको चुनौति अझ व्यापक रुपमा रहने देखिन्छ । नेपालमा देखिएका चुनौतिहरु देहाय बमोजिम रहेका छन् ।  स्वास्थ्य सामाग्रीको कमी, दक्ष स्वास्थ्य चिकित्सक तथा विशेषज्ञको कमी तथा प्रयोशालाको कमिले कोरोना परीक्षणको दायरालाई व्यापक रुपमा बढाउनु मूख्य चुनौतिको रुपमा रहेको छ । संसारभर हाल देखिएको स्वास्थ्य सामाग्री तथा औषधीहरुको अभाव देखिएको अवस्थामा आफ्नै उत्पादन नभएको हाम्रो जस्तो देशलाई प्रयाप्त मात्रा स्वास्थ्य सामाग्री तथा औषधी प्राप्ती समेत चुनौतीको रुपमा रहेको छ ।  रेमिट्यान्समा आधारित अर्थव्यवस्थालाई यस संकटको अवस्थामा टिकाउन तथा संकट समाधानको लागि आवश्यक श्रोत साधनको जोहो गर्नु अर्को चुनौतीको रुपमा रहेको छ । एस.ई.ई. लगायत सम्पूर्ण अध्ययन, अध्यापन र पठनपाठन प्रभावित भएको र रोकिएको छ । जसले शैक्षिक सत्रमा मात्र नभई समग्र शैक्षिक प्रणालीमा नै चुनौति खडा गरेको छ । दैनिक ज्यालादारमा श्रम गर्ने तथा अन्य श्रमिकहरुको व्यवस्थापन मात्र नभई समग्र अर्थतन्त्र जोगाउनु । विश्व समुदायलाई दिएको सन्देश विज्ञान, प्रविधि र भौतिकवादमा दौडिरहेको वर्तमान विश्वलाई अहिले फैलिरहेको महामारी र यस महामारीले श्रृजना गरिरहेको अवस्थालाई मध्यनगर गर्दा यसले विश्व समुदायले देहायका सन्देशहरुलाई मनन गर्नु उपयुक्त हुने देखिन्छ । रोग र महामारीले जात, धर्म, क्षेत्र, धनी, गरिव भनेर नछुट्याउने भएकाले मानवियता र मानव धर्मलाई सधै ख्याल गर्नुपर्दछ । पूर्व चेतावनी प्रणालीको प्रभावकारी व्यवस्था र समयमै सुचना आदान प्रदान नै सम्भावित महामारी र संकट रोक्ने तथा त्यसको प्रभाव कम गर्ने एउटा महत्वपूर्ण उपाय हो । संक्रमण रोकथाममा सवैको सामुहिक प्रयास र सहयोग अपरिहार्य । प्रकृतिको अनुचित प्रयोग र दोहनले विधम्सं निम्तन सक्ने भएकाले हामीहरुले प्रकृतिलाई माया र संरक्षण गर्नुपर्दछ । हामीहरुको काम जस्तै परिवार र परिवारका सदस्यहरु समेत महत्वर्पुण भएको बास्तविकता अहिलेको बन्दाबन्दीले उजागर गरेको छ । मानव र मानव स्वास्थ्यको सुरक्षा गर्नु नै मानव धर्म हो ।  सुविधा सम्पन्न अस्पताल तथा स्वास्थ्य व्यवस्थामा जोड दिनुपर्ने देखिन्छ ।  प्रविधिमा आधारि अर्थव्यवस्था नै अव युगको लागि सुरक्षित र भरपर्दो हुनेछ । नेपाली अर्थतन्त्रमा प्रभाव लकडाउनको कारण सरकार, निजी क्षेत्र र जनताले गर्ने नियमित उत्पादन र विकास निर्माणका कार्य प्राय ठप्प छन् । जसले विकासको गति ठप्प भएको छ । बैदेशिक रोजगारीमा गएका लाखौं मानिसहरुकव् रोजगारी गुमेको छ, कति रोजगारी गुमाउने अवस्थामा पुगेका छन् भने कतिको के हुने भन्ने अझै अन्योल रहेको देखिन्छ ।  किसानका तरकारीहरु बारीमै खेरजाने अवस्थामा पगुेका छन् भने बन्दाबन्दीले शहरबासीले तरकारी नपाउने अवस्थाले जनजिवन अस्तव्यस्त बनाई दिएको छ ।  राज्यको ठूलो श्रोत साधन कोरोना रोकथाम तथा उपचारमा खर्च गर्नु पर्ने अवस्था आईलागेको छ । सबै आर्थिक गतिविधि थप्प हुंदा देशको अर्थतन्त्रमा गहिरो असर पर्दै गईरहेको छ ।  रिमेट्यासमा आधारित देशको अर्थतन्त्रमा आउंदा दिनहरुमा गम्भिर संकट आउने लक्षणहरु देखा पर्न थालेका छन् । कोरोनाको संक्रमणको गति यहि रुपमा हुंदै जाने हो भने नेपालमा गरिवको संख्यामा अझ वृद्धि हुनसक्ने देखिन्छ । महामारीले नेपाली समाजमा ल्याउन सक्ने सम्भावनाहरु आवश्यकता नै आविस्कार कि जननी हुन । कुनै पनि नयाँ संकटले नयाँ अध्ययनको ढोका खोल्छ भनेझै यस महामारीले नेपाली समाजमा चुनौतिसंग सम्भावनाका ढोकाहरु समेत खोल्न सक्ने देखिन्छ । यस कारोना महामारीले नेपाली समाजमा पार्न सक्ने सकारात्मक प्रभावहरु निम्न अनुसार रहन सक्ने देखिन्छ । भर्चुअल सम्बन्धको विकास अहिलेको नेपाली समाजमा मानिसहरु करिव ५० प्रतिशत दैनिकी सामाजिक संजालहरुमा बिना उपलब्धी बितिरहेका छन् । यसले मानिसहरु बीचको सम्बन्धलाई प्रश्न खडा गरीदिएको छ । प्रत्यक्ष बोल्नभन्दा अनलाइनमा कुरा गर्न रमाईरहेका देखिन्छ । कोभिड–१९ ले खडा गरेको सामाजिक दूरीसगै भर्चुअल बैठक, छलफल तथा अन्तक्रिया जस्ता कार्यक्रमहरुको सुरुआत भएको छ । अतः मनोरन्जनको साधनको रुपममा प्रयोग भएको सामाजिक संजाललाई सामाजिक विकास, व्यक्तिगत विकास र सामाजिक शिक्षाको विकासमा अगाडि बढाउन महामारीको कारण श्रृजित लकडाउनले सबैलाई प्रेरित गरिरहेको छ । अनलाइन व्यापारको प्रभाव नेपालमा अनलाई व्यापार केही मात्रामा सुरु भएको भएतापनि यो सेवा तथा सुविधा सिमित मानिसहरुले मात्र प्रयोग गर्दै आईरहेकोमा यस महामारीले सवै वर्ग र समुदायलाई अपरिहार्य आवश्यकताको रुपमा जर्बजस्त उभ्याएको छ । यसले आगामी दिनहरुमा अनलाइन व्यापारमा बढोत्तरी हुन सक्ने देखिन्छ । प्रविधिको प्रयोगमा वृद्धि अहिले बन्दाबन्दी तथा कोरोना महामारीको त्रासले सबै प्रकारका किनमेल र भुक्तानी अनलाईनबाट गर्ने संख्यामा व्यापक रुपमा वृद्धि भएको देखिन्छ । प्रविधिको प्रयोग गर्न सिक्ने, प्रयोग गर्ने कार्य बढी रहेको देखिन्छ । बन्दाबन्दी लम्बिएसँगै स्कूल कलेजहरुले अनलाईनबाट पढाउने शुरुवात गरेका छन् । बैकिङ क्षेत्रले डिजिटल कारोबारलाई निःशुल्क गरिसकेका छन् । बीमा क्षेत्रमा अनलाइन डकुमेन्टेशनलाई आधिकारिकता दिईएको छ । यसले नेपालमा प्रविधिको प्रयोगमा व्यापक वृद्धि गराई प्रविधिमा आधारित सेवा प्रदायक कम्पनीहरुले विजनेशमा छलाङ मार्न सक्नेछन् । कोरोना महामारीको त्रासले सबै प्रकारका किनमेल र भुक्तानी अनलाईनबाट गर्ने संख्यामा व्यापक रुपमा वृद्धि भएको देखिन्छ । स्कूल कलेजहरुले अनलाईनबाट पढाउने शुरुवात गरेका छन् । बैकिङ क्षेत्रले डिजिटल कारोबारलाई निःशुल्क गरिसकेका छन् । बीमा क्षेत्रमा अनलाइन डकुमेन्टेशनलाई आधिकारिकता दिईएको छ । अब प्रविधिमा आधारित सेवा प्रदायक कम्पनीहरुले विजनेशमा छलाङ मार्न सक्नेछन् । कृषीको विकास अहिले गाउंका धेरैजसोे युवाहरु वैदेशिक रोजगारीमा रहेका छन् । तिनीहरुका परिवार विभिन्न बहानामा शहर केन्द्रित छन् भने भएका खेतबारी बांझा छन् । कारोना संकटले वैदेशिक रोजगारीमा हुनसक्ने व्यापक कटौतीबाट श्रृजना हुने वेरोजगारी समेतलाई सम्वोधन गर्न सरकारले कृषीमा प्रोत्साहनमुखी नीति अवलम्वन गर्ने हो भने अवको समय रेमिट्यान्स वेस अर्थतन्त्रलाई आधुनिक कृषी तथा कृषिजन्य व्यवसायमा आधारित अर्थतन्त्रमा रुपान्तरण गराउन सकिनेछ । वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र अनुभव प्रयोग गरेर आन्तरिक उत्पादन वृद्धिमा प्रयोग गर्न सकिन्छ । मानव जातिको भविष्यमा थपिएका चुनौतिहरु काेभिड-१९ नियन्त्रणमा नआउन्जेल वा यसको भ्याक्सिन वा औषधी पत्ता नलागेसम्म सामाजिक दूरी कायम नै राख्नेपर्ने बाध्यता श्रृजना भएबाट यसले मानिसहरुलाई सामाजिक हुनबाट रोक्ने देखिन्छ । महामारी निन्त्रणमा आउन नसकेमा विश्वव्यापी रुपमा फैलन सक्ने गरिवी, खाद्य संकट, वेरोजगारीले आन्तरिक तथा बाह्य द्वन्द्व बढन गई मानविय संकट समेत उत्पन्न हुन सक्नेछ । वातावरण र जीवजगत्मा पार्ने प्रभावहरु मानिसहरु सामाजिक नहुने र आफ्नो सुरक्षाको लागि गहिरो सम्वन्धमा रहेका जीवहरुसंग समेत अलग्न हुन सक्ने देखिन्छ । हालको छोटो समयको बन्दाबन्दीले नै शहरबस्ती, सडक, मन्दिर लगायतमा बसोवास गर्ने कुकुर, बांदल, चराचुरुगींहरु खाना तथा पानीको अभावमा भौतारिएका तथा मरेका समेत देखिन्छ । यदि बन्दाबन्दी लामो समयसम्म चल्ने हो भने ईको सिष्टममा नै असर नपु¥याउला भन्न सकिदैन । संक्षेप कोभिड–१९ हाल विश्वमा एउटा खतरनाक महामारीको रूपमा फैलिएको छ । यसबाट सम्पूर्ण मानव समुदायलाई बचाउनु हामी सवैको एक मात्र उद्देश्य हो । यसको लागि हामी सबैले एक अर्काका कमिकमजोरीहरुलाई खोतल्नु भन्दा आ–आफ्नो ठाउँबाट प्रयास गर्नु आवश्यक छ । सवैको सामुहिक प्रयासले यो संकटबाट पार गर्नसक्ने भएकाले विश्व समुदायले हातेमालो गर्नुपर्ने देखिन्छ ।

वसुधैव कुटुम्बकम

कोरोना माहामारी विश्वव्यापी अवस्था विभिन्न कालखण्डमा पृथ्वीमा विभिन्न समस्याहरु मानव लगायत अन्य जीवहरुलाई आईलागेका ईतिहास छन । जस्तैः प्राकृतिक प्रकोप भूकम्प,माहामारी, बाढी पहिराे, सुनामी, विश्व युद्ध, डायनोसर लोप हुनु आदि । पृथ्वीमा सर्वश्रेष्ठ कहलिएको मानवजातीले आप्नो स्वार्थपूर्ती गर्न निरन्तर प्रकृतिसँग खेलवाड गरेको परिणाम स्वरुप समय समयमा प्रकृतिले यस्ता विपत्तीहरु र्सिजना गर्दछ । आजको २१ औं शताब्दीमा विश्वव्यापीकरण फस्टाई रहेको बेला मानिसले कल्पनै नगरेको र सोच्नै बाध्य हुने गरी सन २०१९ को अन्ततिर विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको वुहान प्रान्तमा जनावर (सि फुड मार्केट) बाट कोरोना भाईरसको जन्म भयो । हाल उक्त भाईरसको नाम विश्व स्वास्थ संगठनले कोभिड-१९ राखेको छ । विश्वका देशहरु एक आपसमा अन्तरनिर्भर रहेकोले तथा यो एउटा सरुवा रोग भएकोले एड्स, क्यान्सर भन्दा पनि मानव जातीका लागि ज्यादै खतरा सावित हुदै गएको छ । विश्वका आर्थिक रुपमा सम्पन्न, स्वास्थ सुविधा सम्पन्न भएका विकसित देशहरुको लागि कोरोना ज्यादै शक्तिशाली सावित भएको छ । धनी, गरिव, धर्म सम्प्रदाय, वर्णबीच भेदभाव नगरी विश्वलाई एकै साथ आक्रमण गरी मानिसले कल्पनै नगरेको तेस्रो विश्व युद्धको झल्को दिने गरि मानव जीवनलाई त्राहिमाम पारेको छ । विश्वका धेरै देशका सरकारले कोरोना भाइरसको संकट मोचनको लागि देशलाई बन्दाबन्दी गर्ने अवधारणा अघि सारी मानिसलाई घरभित्रको पिजडामा बस्न बाध्य बनाए । शक्ति दम्भ, अभिमान बाकेर बसेका विश्वका शासकहरु कोरोना माहामारी संग झुक्न बाध्य भएका छन्। एकातिर मानिस आफनै कर्मले निम्त्याएको फल भोग्दैछ भने अर्कोतिर प्रकृतिमा जीवजन्तु रमाईरहेका छन । विश्वका धेरै देशहरुका शहरहरु बन्द अवस्थामा छन, खाली सडकमा जीवजन्तु हिडन थालेका छन, मानिस भित्रै बसेर भए पनि स्वच्छ स्वास फेर्दै छ, गंगा, अमेजन, नील, कोशी जस्ता नदी स्वच्छ भई वगिरहेका छन भने उद्योग, गाडी मोटर बाट निस्कने प्रदूषण कम भएर ओजन तह पनि सफा हुदै गएको छ साथै सडक, रेल,हवाई दुर्घटनामा समेत कमी आएको छ । यसबाट मानिसले धेरै कुरा सिक्न सक्छ र सिक्नु पर्दछ । विश्वका केही देश बाहेक सबै देशहरुमा कोरोना माहामारीको त्रास छ, बैज्ञानिक, स्वास्थकर्मी यस माथि विजय प्राप्त गर्न अहोरात्र लागि रहेका छन । हाल विश्वभर दैनिक औसत ५ देखि १० हजार मानिस कोभिड १९ बाट मृत्युवरण गरिरहेका छन । मानव जीवन संकटमा परि कतै लोप त हुदैन भन्ने आशंका गर्न थालिएको छ । अमेरिका, युरोप, एसिया सबैतिर कोरोनाको सन्त्रास भए पनि धेरै विरामी उपचार पछि निको भईरहेकोले आशालाग्दो अवस्था पनि छ र छिटै विश्वले यो माहामारी माथि विजय हासिल गर्ने आशा गरिएको छ । लेखक विश्व समुदायमा ल्याएका चुनौतीहरु कोभिड-१९ ले माहामारीको विश्वव्यापी रुप लिए पछि सरकारहरुले गरेको बन्दाबन्दीले विश्व अर्थव्यवस्थामा ठुलो हलचल ल्याई दिएको छ । धेरै मजदुर, किसान, साना उद्योगी, मध्यम वर्गलाई यसले प्रत्यक्ष असर पारेको छ । यसले विश्व समुदाय सामु निम्न चुनौतीहरु देखा परेका छन् ः श्वव्यापी रुपमा फैलिएको माहामारीबाट हुन सक्ने मानवीय क्षती लाई रोक्न उचित कदम चाल्नुपर्ने,  मजदुर वर्ग , किसान, उद्यमी लगायत श्रमजीवि वर्गको हकहितको रक्षा गर्दै रोजिरोटीको व्यवस्था गर्नु ,  विश्व अर्थव्यवस्था सुर्धान कृषि, व्यापार, पर्यटन, श्रम बजार जस्ता क्षेत्रहो लागि राहत प्याकेज घोषणा गर्नु,  आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक विकास कायम राख्नु,  वित्तिय क्षेत्र सुधारका कार्यक्रम घोषणा गर्नु,  बैदेशिक रोजगारी व्यवस्थित गरि देशहरुबीचको दैत्य सम्बन्ध कायम राख्नु,  मानव जीवन सहज तुल्याउन, माहामारी नियन्त्रण गर्न र भरपर्दो स्वास्थ सेवा प्रदान गर्न अन्य शीर्षकको बजेट कटौती गरेर पनि विपद व्यवस्थापन कोषको व्यव्स्था गर्ने  माहामार िनियन्त्रण गर्न खोप, औषधी लयागतमा खोज अनुसन्धान गर्नु,  माहामारी लगायत अन्य विपद संग जुध्न अल्पकालिन, मध्यकालिन र दीर्धकालिन योजना तर्जुमा गरि कार्यान्वयन गर्नु पर्ने,  माहामारीको कारण विश्वमा उत्पन्न हुनसक्ने भोकमरी रोक्न कदम चाल्नु पर्ने,  यस्तो संकटकालिन अवस्थामा बढन सक्ने आतंकवाद, बन्यजन्तु तस्करी, लागुऔषध कारोवार, अपहरण, महिला हिंसा, घरेलु सिहंसा जस्ता अपराध नियन्त्रण गर्नु,  सकारात्मक मनोविज्ञान तयार गरी बालबालिका, जेष्ठ नागरीक को संरक्षण गर्नु,  कोरोना माहामारीबाट उत्पन्न हुन सक्ने र अन्य रोगहरु नियन्त्रणमा ध्यान दिनु, तत्काल सबै पक्षको लागि उपयुक्त राहात प्याकेज ल्याउनु आदि चुनौती विश्वका सरकार सामु देखिन्छन । माहामारीले विश्व समुदायलाई दिएका सन्देशहरु कोभिड १९ ले विश्व समुदायलाई धरै असर गरे पनि यसले मानव तथा विश्व जगत लाई निम्न सन्देशहरु दिएको छः बसुधैव कुटुम्बकम भावना भावना जागृत गराएको छ । प्रत्येक देशलाई अप्प दिपो भवः अर्थात अत्यावशकीय कुराहरुमा आत्मनिर्भर बन्नु पर्ने पाठ सिकाएको छ । प्रकृति अनुकुल हुने गरी विकास कार्य गर्नु पर्ने र सबै जीवजन्तु, वनस्पतिको संरक्षण गदै दिगो विकास गर्नु पर्ने । विभिन्न नविनतम सोच, खोज अनुसन्धान, प्रकृति संरक्षण आदि भावनाको विकास गर्नुपर्ने । देशहरुबीच अन्तरनिर्भता रहेकोले विश्व एक भएर विश्व सरकार संचालन गरी हरेक समस्यामा हातेमालो गरी अगाडी बढनु पर्ने । विश्वमा सामाजवाद, पुँजीवाद वा अन्य वाद कुन उपयुक्त छ विश्व मन्चले बहसको विषय बनाउनु पर्ने । सामाजिक संजाल, सूचना प्रविधि, व्यवसायको सामाजिक उत्तरदायित्व, डिजिटल विश्वको महत्वको बोध गराएको छ । प्राकृतिक शक्ति सामु मानविय दम्भ,घमण्ड, हिंसा, धन, रसायनिक हतियार तथा मानवीय स्वास्थ नै धन हो भन्ने उखान चरितार्थ पुनः चरितार्थ गरि दिएको छ । बच्ने उपायहरुः माहामारी कोरोना संक्रमणबाट बच्न र बचाउन विश्व स्वास्थ संगठन, विश्व व्यापार संगठन, अन्य अन्तराष्ट्रिय संघ संगठन, सरकारहरु,नागरीक, सबैले सचेत हुनु जरुरी छ । सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तर्जुमा गरि कार्यान्वयन गर्ने, सरकारले नागरिकलाई यस बारे समयमै सावधानीका उपाय, बच्ने उपाय बारे जानकारी गराउने, नागरिकले आफनो कर्तव्य सम्झी राज्यले अवलम्बन गरेको नियम पालना गर्ने, स्वास्थ्य सुविधामा सुधार र स्वास्थ्य बिमा लागु गर्नु पर्ने, संचार माध्यम तथा सामाजिक संजालले सुचनामुलक, मनोरञजनात्मक र सकारात्मक भुमिका निर्वाह गर्नु पर्ने । प्रत्येक नागरीकले सम्यक आहार, सम्यक बिहार, सरल जीवलशैली, योग, ध्यान, आध्यात्मिक चेतनाको विकास गरि सकारात्मक सोच लिई रोग लाग्न नदिने तर्फ सचेत रहने । गरिब, मजदुर, असहाय,जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तीलाई घरमै स्वास्थ सेवा लगायत आवश्यक सेवा प्रवाह गर्ने । कोरोना नियन्त्रणको लागि विश्वमा सफल मानिएका बन्दाबन्दी विधी तथा सामाजिक दुरी कायम राख्ने र सकेसम्म सबैमा परिक्षण गर्ने विधि सरकारले अवलम्बन गरि नागरिकले पालन गर्ने । विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पर्ने प्रभावहरु कोरोना विश्वभरि फैलिरहेकोले नेपाल पनि यसबाट अछुतो रहन सकेन । विश्व तथा नेपाली अर्थतन्त्रमा निम्न प्रभावहरु पर्न सक्छनः विश्वका आर्थिक शक्ति राष्ट्रहरुको आर्थिक बृद्धिमा संकुचन आउन सक्ने तथा नेपालमा आर्थिक बृद्धि २ प्रतिशत भन्दा कम हुने विश्व बैंकद्धारा प्रक्षेपण गरिएको, उद्योग, कलकारखाना, खानी, निर्माण बन्द भएको तथा विकास कार्यमा संकुचन ल्याउने, व्यापार, व्यवसाय, पर्यटन, होटल व्यवसायमा सुस्तता, नेपालको बैदेशिक रोजगारमा कटौती आई बेरोजगारी बढन सक्ने साथै रेमिटान्समा कमी आई मध्यम वर्गलाई समस्या पर्ने, बिदेशी मुद्रा संचितिमा कमी तथा शोधनान्तर अवस्थामा कमी, शेयर कारोवारमा कमी, बितीय क्षेत्रमा संकूचन आई वितिय स्थायित्वमा कमि आउन सक्ने, कृषि, उद्यम, उत्पादन क्षेत्रमा संकुचन आई भोकमरी सिर्जना हुन सक्ने, बेरोजगारी, माग र आपूर्ती बीच असन्तुलन तथा मुद्रास्फीति बढने, खेलकुद, मनोरन्जन, शैक्षिक क्षेत्र, फिल्म क्षेत्र आदिमा सुस्तता आउने, नेपालीको प्रति व्यक्ति आय तथा क्रयशक्तिमा कमि आउने, नेपालको अवस्था र देखिएका चुनौतीहरु विश्व व्यापी रुपमा फैलिएको कोरोना माहामारीबाट नेपाल पनि अछुतो रहन सकेन । आफनै छिमेकमा कोरोना संक्रमण फैलिदा समेत यसको रोकथामको पुर्व तयारी हुन सकेन यद्यपी ढिलै भए पनि नेपाल सरकारले बन्दाबन्दीको निर्णय लिई सबै अन्तराष्ट्रिय सीमा बन्द गरी स्वस्थ्य सेवा तथा परिक्षण कार्यलाई तिब्रता दिएको छ । तीनै तहको सरकार सकृय भएर लागि परेको छ । नेपालमा सर्वप्रथम माघ ९ गते चीनबाट नेपाल आएका बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा सुधार, जनशक्तीमा बृद्धि, जनचेतनामा बृद्धि, विश्व स्वास्थ्य संगठनले दिएका सुझाव तथा निर्धारण गरेका मापदण्डको पालना गरेका कारण एसियाली देशहरुमा संक्रमण बढी फैलिए पनि नेपालमा भने कोरोना संक्रमणका चार अवस्था मध्ये दोस्रो चरणमा रहेको र यसलाई यत्तीमै सिमित गर्न सके मानवीय क्षती न्युन हुने देखिन्छ । नेपाल सामु यसका निम्न चुनौतीहरु हुन सक्दछनः मानवीय क्षती हुन नदिने तथा यसलाई रोकथाम गर्न स्वास्थ्य परिक्षणको दायरा बढाउने, स्वास्थ्य सामाग्री,उपकरण, सेवा बृद्धि गर्ने र बन्दाबन्दी लगायत अन्तराष्ट्रिय सीमामा विश्वभर प्रकोप नियन्त्रण नहुन्जेल सम्म सील गरि कोरोना रोकथामको लागि हरसंम्भव प्रयास गर्नु, स्वास्थ्य सेवामा व्यापक सुधार गरि स्वास्थकर्मी, सुरक्षाकर्मीलाई उत्साहित गर्नु, अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्र समेटिने गरि राहत प्याकेज घोषणा गर्नु, बैदेशिक रोजगार तथा रेमिटान्स आय कायम राख्नु, सीमा घुसपैठ, बन्यजन्तु ओसारपसार, घरेलु हिंसा नियन्त्रण लगायत अन्य अपराध नियन्त्रण गर्नु, कृषि क्षेत्र नै नेपाली अर्थतन्त्रको मेरुदण्ड भएकोले यसको लागि बजार व्यवस्थापन तथा अुनुदान घोषणा गर्नु, विभिन्न क्षेत्रमा रोजगारी सृर्जना गरि स्वदेशी उत्पादनमा बृद्धि गर्नु, बिदेशमा रहेका नेपालीको सुरक्षा गर्नु, पर्यटन प्रर्बद्धन गर्नु, निर्माण कार्य अगाडी बढाउनु,सहस्राब्दी लक्ष्य हासिल गर्नु, कारागार व्यवस्थापन, मानव अधिकार संरक्षण गर्नु आदि चुनौती रहेका छन । मानव सभ्यता र संकृतिमा पार्ने असरहरु र मानवजातीको भविश्यमा थपिएका चुनौतीहरु मानिस पनि प्रकृतिको एक उपहार र सर्वश्रेष्ठ प्राणी मानिन्छ । मानिसको प्रकृति प्रतीको व्यवहारले आफनै भविश्य संकटतर्फ उन्मुख गराएको छ । यस्तै माहामारी फैलिएमा र प्रकृति माथिको दोहन नरोकिएमा निकट भविश्यमै मानव अस्थित्व संकटमा पर्ने अनुमान गर्न थालिएको छ । भूकम्प, बाढी पहिरो,सुनामी, अन्य रोगहरुले निश्चित भागको मानव सभ्यतालाई असर गरे पनि कारोना जस्ता माहामारीले सिंगो मानव सभ्यता संस्कृति, मानिसले आर्जन गरेको ज्ञान तथा सिकाई नै संकटमा पर्ने खतरा बढेको छ भने मानिस सचेत भई विवेक प्रयोग गदै अगाडी बढनु पर्ने, जनसंख्या नियन्त्रण, रसायनिक तथा बिषादी हातहतियारको सहि प्रयोग गर्नु पर्ने सकारात्मक शिक्षा पनि प्राप्त गरेका छन अर्थात विज्ञानका उपलब्धीको सहि प्रयोग गर्नुपर्ने संस्कृतिको पनि विकास हुन सक्छ । मानिसले चन्द्रमा, मंगल ग्रह, सगरमाथा माथि विजय देखि समुद्रमा बस्ती बसाउने कार्य गरेपनि प्रकृति अनुरुप कार्य गर्न नसकेमा बैज्ञानिक चमत्कारले पनि बिपद संग मुकावला गर्न कठिन हुने गतिलो उदाहरण बनेको छ कोरोना माहामारी । अवको विश्व एक भएर समस्या संग जुध्न नसकेमा विकास कसका लागि र किन भन्ने प्रश्न उठन सक्छ र एक ठाउँमा संकट आउदा मानिस तथा सम्पुर्ण विश्वसमुदायलाई नै चुनौती बन्न सक्छ । वातावरण र जीवजगतमा पर्ने असर मानवीय क्रियाकलाप तथा प्राकृतिक विपदले वातावरण तथा जीवजगतमा सकारात्मक तथा नकारात्मक प्रभाव पर्न सक्छ । कोरोना माहामारीको कारण धेरै देशहरुले गरेको बन्दा बन्दीले प्रकृतिमा जीव जन्तु स्वतन्त्रपुर्वक रमाएका, नदीमा स्वच्छ पानी बगेको, स्वच्छ हावा श्वास लिन पाएको, ओजोन तह सफा हुदै गएको, आकाशले धेरै पछि आफनो असली रुप देख्न पाएको, मानिसले पनि आफनो कारण प्रकृतिमा असर परेको सोच विचार गर्ने मौका पाएको र यो पृथ्वी अन्य जीव जगतको पनि हो र यसलाई भविश्यको लागि संचक्षण गर्नु पर्ने महसुस गरेकोले वातावरण तथा जीव जन्तुमा सकारात्मक असर पर्ने देखिन्छ भने आफनो स्वार्थपूर्ती मात्र गरे सबैको अस्थित्व संकटमा रहेको नकारात्मक असर देखिन्छ । यसप्रकार मानवले नेतृत्व गरेको पृथ्वीमा सचेत प्राणीको हिसावले जीव, बनस्पती, जलचर थलचर सबैको अस्तित्व संरक्षण गर्दै अगाडी बढनु पर्दछ । विज्ञानको देन मानवजातीको हितमा भएकोले यसको दुरुपयोग गर्नु हुदैन । अन्तराष्ट्रिय संघ संस्था, माहाशक्ति राष्ट्रहरुले पृथ्वीलाई जीवन्त राख्न विवेकशील नियम लागू गर्नु पर्दछ र आपत विपत तथा यस्ता माहामारी माथि विजय प्राप्त गर्न विश्व एकजुट भई वशुधैव कुटुम्बकमलाई आत्मसात गर्नुपर्दछ ।   शुक्लाफाँटा नगरपालिका, ११ कंचनपुर ।

त्रासोन्मुख कोरोना र अर्थतन्त्र

स्राेतः र्वल्ड इकोनोमिक्स फोरम र विश्व स्वास्थय संगठन बीबीसीका अनुसार जुन अल्मिडाले आफ्नो सेन्ट थोमस हस्पिटलको प्रयोगशालामा १९६४ मा पत्ता लगाएको कोरोना भाइरस ५५ वर्ष पछि कोभिड १९ ले संसारलाई आक्रन्त पार्न चीनमा देखा पर्यो । वैश्विक महामारीसँग जुध्न विश्वका सबै देशहरुलाई पहिले पनि ठूलै चुनौती थियो वर्तमान अवस्थामा पनि उस्तै छ । स्पानिस फ्लुबाट मृत्युवरण गर्ने आधिकारिक तथ्याङ्क ५ करोड भएपनि यो भन्दा धेरैको मृत्यु भएको विश्वास गर्नेको संख्या पनि ठूलै छ । अहिलेको वैश्विक महामारी कोरोना (कोभिड –१९) ले विश्वको आर्थिक स्थितिलाई धेरै पछाडि धकेलेको अर्थशास्त्रीहरु बताउछन् । के विकसित र के विकाससील, सबै देशको अर्थतन्त्र र सामाजिक जीवन स्थिर भएको छ । हरेक देशका सरकार दुई धारे तरवारमा हिड्नु परेको महसुस गरिराखेका छन् ।अर्थतन्त्र चल्न दिँदा महामारी विकराल रुप लिने र रोक्दा सरकार नै असफल हुने त्रास । ह्रासन्मुख अर्थतन्त्रलाई थाम्न सरकारी प्रयास अपर्याप्त हुने स्पष्ट छ । देशहरुको केन्द्रिय बैंकहरुले आर्थिक कारोवार संचालन गर्न कर्जामा व्याजदर घटाउने जस्ता अनेकौ सुविधाको घोषणा गरेपनि महामारी कायम रहेसम्म यस्ता प्रावधानले केही नतिजा देला भनि आस गर्ने आधार देखिदैन । सहुलियत व्याजदरमा ऋण पाउदैमा उद्योगीले ऋण लिएर धन्दामा लगाउलान र आर्थिक चक्र चलायमान होला, व्यक्ति खर्च गर्न सक्लान, अर्थतन्त्र उभोलाग्ला भन्ने धारणा महामारीको प्रकोप रहेसम्म गति लेला भन्न सकिन्न । भइदिएहुन्थ्यो भन्ने मात्र रहन्छ । उद्योग कलकारखाना बन्द भएबाट उत्पादनमा कटौति भएर वा भोलि नपाइएला भनि त्रसित खरिददारले गर्दा होस विकसित देशका बजारमा खरिददार सामान पर्खेर बसेका छन् । पहिले सामानले ग्राहक पर्खन्थे, खाने पिउने चिज हुन वा दबाई सबैमा आपुर्तिको कमी देखिन्छ । लकडाउनले गर्दा उत्पादन मुलक उद्योगहरु पूर्णरुपमा बन्द भएका छन् । माग र आपूर्तिको तराजु असन्तुलित छ । दक्ष, अर्धदक्ष वा अदक्ष सबै किसिमका जनशक्ति/श्रमिक पहिलेको मौज्दात केही भए त्यसबाट नभए राहतको भरमा जीवनयापन गरिरहेका छन् । उद्योग धन्दा कल कारखाना बन्द भएबाट त्यसमा काम गर्ने श्रमिकले अवकास पाएर जीवनयापनका लागि सरकारी राहतको लागि पर्खेर बसेका छन् । हाल यस्ता बेरोजगार अमेरिकी श्रमिकको संख्या २ करोड  नाघेकाे खवर सार्वजनिक भएका छन् । शैक्षिक क्षेत्र पनि उत्तिकै अस्तव्यवस्त छ । पठनपाठन संस्था बन्द छन् । युनेस्कोको अनुसार १५६ देशका विद्यालय र क्याम्पसमा भर्ना भएका विद्यार्थीको संख्या जोड्दा १ं अर्व ५० करोड भन्दा देखिन्छन । विश्व अर्थतन्त्रको बृहतरुपमा अध्ययन गर्ने विद्धानहरुको अनुसार आर्थिक संकूचन अपरिहार्य छ । झण्डै शताब्दी अघिको मन्दी दोहोरिने अवस्थाको सृजना भइसकेको छ । विश्व आर्थिक बजारमा महामारीको प्रभाव केलाउदै जाँदा स्टक मार्केट, बन्ड, बस्तुबजार, सबै अधाेगतिमा लागिसकेका छन् । रुस र साउदी अरबिया बीचको मूल्य युद्धले कच्चा तेलको मूल्यमा आएको कमीले चौतर्फी प्रभाव पारिरहेको छ । युनडिपिको प्रक्षेपन अनुसार विकाससील देशको राजश्व २२० अर्व डलर कम हुन सक्ने छ, कोभिड–१९ को असर वर्षौसम्म रहनेछ । सम्पर्कबाट महामारी फैलन नदिनको लागि धेरै देशले यातायातमा प्रतिबन्ध लगाएका छन् फलस्वरुप पर्यटन व्यवसाय चौपट भएको छ । वायुसेवा, होटल, ट्रेकिङ र त्यसमा निर्भर जनशक्ति र उत्पादनमा परेको असर चाडै सुधार हुने देखिदैन । विकाससील देशका पर्यटक वर्षौ पहिले भ्रमणको योजना बनाउने हुनाले विकाससील देशले पर्यटनबाट पाउने लाभका लागि महामारी साम्य भएको छिटोमा पनि २ देखि ३ वर्ष कुर्नु पर्नेछ । विदेशी मुद्रा आर्जनको स्रोत पर्यटन भएका देशहरुको मुद्रा संचिती सुन्य तिर झर्न समय लाग्ने छैन । कोभिड–१९ पहिले देखापरेको देश चिन जो संसारको उत्पादक देशमा तेस्रो स्थानमा छ र जसले धेरै बस्तु निर्यात गर्छ उसको औधोगिक उत्पादन विगत वर्षको तुलनामा २ वर्षमा १३.५ प्रतिशतले घटेको छ । ठुलाठुला कम्पनीहरुको आपुर्ति श्रृखंला यसरी छिन्नभिन्न भयो कि चिनको कारको बिक्री दर ८६ प्रतिशतले कम भएको छ । माग घट्यो, उत्पादन घटाउन बाध्यता – अर्थतन्त्र रासोन्मुख गोलचक्करमा फस्छ । महामारीको एउटा सुखद पक्ष यातायातका साधन चलाउन प्रतिबन्धले कार्बन उत्र्सगको कमी फलस्वरुप वातावरण स्वच्छतामा वृद्धि महसुस हुन्छ । कोभिड–१९ को नेपालमा असर नेपालको सिमाना जोडिएका उत्तर चिन कोभिड–१९ को उदगम स्थल दक्षिण भारत धेरै आवगमन हुने र पारिवारिक सम्बन्ध भएको देश जनसंख्यामा झण्डै विश्को ४० प्रतिशत यी देशमा भएका कुनै पनि घटनाले असर परिहाल्छ । भण्डै एक तिहाइ नागरिक अरुदेशमा काम गरेर पठाएको विप्रेषण (रेमिटेन्स) ले  आर्जेको  अर्थतन्त्रमा ती सबै देश महामारीको चपेटामा परेपछि आर्थिक कारोवार घटेर बेरोजगार भई विप्रेषणमा हुने कमीले चौतर्फी असर पर्न सक्छ । नेपाल भ्रमण वर्ष २०२० भनेर घोाषणा गरेको सरुमै कोभिड–१९ ले तुषारापत गरिदियो । अतिरिक्त उडान हुने नयाँ वायुसेवा आउने नयाँ हवाई अड्डा संचालनमा आउने भौतिक पुर्वाधारको विकास गर्ने आदि काम प्रारम्भ मै पुर्णविराम लाग्यो । वसन्त ऋतुमा हुने पवर्तारोहण कुना काप्चामा हुने पदयात्री लकडाउनले हुन सकेन । कमाउने भन्दा महामारीबाट बचाउने प्राथमिकताले आर्थिक कारोवार पर्ख र हेरमा सीमित भयो । सबै सिनेमा हल, व्यायामशाला, संग्रहालय र सांस्कृतिक केन्द्रहरू बन्द भएपछि, र कुनै सार्वजनिक स्थानहरूमा पूजा स्थलहरूमा मानिसहरूलाई जम्मा गर्न प्रतिबन्ध लगाएपछि व्यवसायीहरू र व्यापारिक इकाईहरू र राजस्व पुर्णरुपमा घाटामा छन । विकाससील देशमा निर्यातले अर्थतन्त्रमा योगदान गर्छ, हाम्रो देश नेपालमा सरकारी बजेटको स्रोत पैठारी शुल्क हुनु बिडम्बना त्यही पनि लकडाउनले केही हुनै पाएन । देशमा भएका उत्पादनमुलक कलकारखाना कच्चा पदार्थको अभावले बन्द छन । एसियन विकास बैंकको विश्लेषणमा कोभिड–१९ को असरले गर्दा ग्राहस्थ उत्पादनमा कमी आउनेछ । कृषि क्षेत्रमा ६० को दशकामा आत्मनिर्भर देश स्वउत्पादनले वर्षका तीन महिनामा सीमित हुनुपरेको परिपेक्षमा यकिनका साथ भन्न नसकेपनि पलायन भएको युवा श्रम शक्ति फर्केर आएपछि कृषि उत्पादनमा ल्याउन सके स्वाबलम्बनको एक पाइला अगाडि बढ्नेछ । कोभिड–१९ को बारेमा धेरै अनिश्चितताहरु छन, यसको आर्थिक प्रभाव सहित यसका लागि सम्भावित घाटाको स्पष्ट चित्र प्रदान गर्न धेरै परिदृश्यहरूको प्रयोग गर्नु आवश्यक छ, ”एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकी सवाडाले भने । अस्पष्टता बढ्दै जाँदा, नेपाललाई अझ नराम्रो आर्थिक अवरोधको सामना गर्नुपर्नेछ, हालको स्थितिलाई ध्यानमा राख्दै, कोरोनाभायरस हराउने बित्तिकै चाँडै सुधार आउने सम्भावना छैन। यस अवस्थामा आर्थिक घाटाको मात्रा अनुमान गर्न गाह्रो छ, किनकि देश कोरोनाभाइरसको दोस्रो चरणको फैलावटबाट गुजरिरहेको छ । थोक र खुद्रा क्षेत्र कृषि पछि अर्थव्यवस्था मा दोस्रो ठूलो योगदानकर्ता हो । केन्द्रीय तथ्यांक विभागका अनुसार यस क्षेत्रले अर्थतन्त्रमा १४.३७ प्रतिशत योगदान पुर्याएको छ । निर्माण क्षेत्र जो चीनबाट यसको अधिकांश निर्माण सामग्री आयात गर्दछ अहिले सुस्त छ । चिनियाँ ठेकेदार र कामदारहरू जो चिनियाँ नयाँ वर्षको लागि घर फर्केका थिए फर्कन नसकेकाले सार्वजनिक निर्माण परियोजनाहरू पनि प्रभावित भएका छन्। नेपालको आयातमा निर्भर अर्थतन्त्र पनि भारतीय मुद्राको अवमूल्यनको जोखिममा छ जसको लागि यसको मुद्रा स्थायी रूपमा सम्बन्धित छ, किनकि भारतीय अर्थतन्त्रले महामारीको प्रभाव भोग्दछ । एडीबीको विश्लेषणका अनुसार कोरोनाभाइरसको प्रकोपले कूल घरेलु उत्पादनमा ठूलो गिरावट आएको छ । एडीबीले कोभिड महामारीको कारण आर्थिक प्रभावमा विभिन्न परिदृश्यहरूको अन्वेषण गरेको छ किनकि यसको प्रकोप अझै विकसित हुँदै गएको छ र तर्कसंगत भविष्यवाणी गर्न गाह्रो छ । यदि प्रकोपको प्रभाव नेपाली अर्थतन्त्रमा न्यूनतम छ भने, देशको कुल ग्राहस्थ उत्पादन ०.०४ प्रतिशत वा १२.१२ करोड डलरले संकुचित हुनेछ, २०१८ सम्म नेपालको अर्थतन्त्रको आकार २९ अर्ब डलर हो । यसै गरी, नेपालको कुल ग्राहस्थ उत्पादन ०.०६ प्रतिशत वा १८.३५ करोड डलरले संकुचित हुनेछ यदि एडीबीका अनुसार प्रकोपको प्रभाव मध्यम छ भने । यद्यपि एडीबीको अनुसार सबैभन्दा खराब अवस्थामा ०.१३ प्रतिशत वा देशको अर्थतन्त्रबाट ३६.७८ करोड डलर सम्म कमी हुन सक्छ । यसैबीच एडीबीले खोजी गरेको परिदृश्यको दायराले विश्वव्यापी जीडीपीको ७७ अर्ब डलर देखि ३४७ अर्ब डलर वा ०.१ प्रतिशतदेखि ०.४ प्रतिशतको विश्वव्यापी प्रभावको सुझाव दिन्छ, मध्यम अवस्थामा १५६ अर्ब डलर वा विश्वव्यापी अर्थतन्त्रको ०.२ प्रतिशतको अनुमान छ । यद्यपि अहिलेसम्मको स्थितिमा नेपाल भाग्यमानी नै मान्नुपर्छ युरोप अमेरिका जस्ता धेरै विकसित देशहरुले लाखौंको संख्यामा आफ्नो नागरिक गुमाएका छन् र आर्थिक क्षति पनि । स्वास्थ्य क्षेत्रमा कोभिड–१९ को असर यो महामारीले चारैतिर बाट असर गरेको पाइन्छ, शारीरिक स्वास्थ्य–पहिलो असर–फोक्सोमा आक्रमण गरेपछि त्यस बाट थलिने, निको हुन नसके त्यसैमा समर्पण हुने मानसिक असर–हिन भावनाको वृद्धि, हरेस खाई आत्महत्यासम्म का खबर सुनिन्छन् । दीर्घरोगीको प्रतिरक्षा प्रणालीलाई ध्वस्त पारि आयु घटाउने, अनिद्रा, चिन्ता हरेस खाने तनाव, हिन भावनाको वृद्धि, झेल्दा झेल्दै व्यक्ति उत्साहहीन हुन्छन् । स्वास्थ्यमा–महामारीको असर कम गर्ने केही उपाए १. महामारीको असर कम गर्ने केही उपाए अस्पतालमा विशेष हेरचाहको व्यवस्था २. भौतिक दुरी कायम राख्नु हात निर्मलीकरण गरिरहनु, बाहिरी सम्पर्क बाट बच्नु ३. व्यक्तिले आफु र आफ्नालाई लकडाउनको कडाइ साथ पालना गरी गराउने । ४. मनोवैज्ञानिक त्रास कम गर्न गर्नका विशेषज्ञहरुले विभिन्न कार्यक्रम हरु प्रस्तुत गर्ने । शिक्षाक्षेत्रमा–महामारीको असर कम गर्ने केही उपाए १. विद्यार्थीलाई डिजिटल माध्यमबाट पठन पाठन गराउने । २. लकडाउनको एकाकिपन हटाउन, सामाग्री प्रस्तुत गर्ने । ३. खाली दिमाग सैतानको घर भन्ने मानसिकता पैदा हुन नदिने । सरकारको तर्फबाट गर्न पर्ने कार्यहरु १. उद्योगलाई चाहिने कच्चापदार्थ आदिमा सहुलियत दिने २. बैंकको ऋण साँवा ब्याज तिर्न समय दिने ३. सहुलियत दरमा कर्जा प्रवाह गर्ने ४. विपन्न वर्गलाई भौतिक सहयोग गर्ने ५ उत्पादनमुलक संस्थाको संचालनमा अनुदान÷सहयोग÷प्रोत्साहन गर्ने ६. महामारी मृत्यु प्रायः भएको पर्यटनका पुर्वाधारलाई चाडै महामारीको प्रकोप शान्त भएपछि पर्यटन आवगमन शुल्कमा राहत दिने । ७. गुणस्तर हिन अनावश्यक वस्तुको आयात रोक्ने ८. देश र देश वासी प्रति उत्तरदायी भएर ईमान्दारीकासाथ जिम्मेदारी पुरा गर्ने । ९. आफ्ना नभई विषयका योग्य व्यक्ति (जसले निति निमार्ण उपयोगी सुझाव दिन सक्छन्) लाई आमन्त्रित गरी समुह बनाएर सल्लाह लिने । ती विज्ञहरुको कार्य क्षेत्र १. घट््दो राजश्व, नाफा र चालु खर्च को सन्तुलन मिलाई अर्थतन्त्रमा सुधार ल्याउने २.आर्थिक गतिविधिलाई पुर्न ताजिकी दिई पुर्ववत स्थितीमा पु¥याउने । ३. आकस्मिक कार्ययोजना तर्जुमा गर्ने ४. सुरक्षाकोषको अभिवृद्धि गर्ने ५. विमा विस्तार गरी भरोसा दिने ६.शेयर भाउलाई तल झर्न नदिने ७. आपुर्ति श्रृखंला कायम गर्ने ८. श्रमिक को क्षमता वृद्धि गरि काम प्रति बढी उत्ततरदायी बनाउने ९. उत्पदानमा वृद्धि गर्ने १०. पुर्वाधारमा लगानी बढाउने र व्यवस्थापनलाई भर दिने महामारी, प्राकृतिक विपत्तिले त्रास फैलाउने नोक्सान गर्ने विचल्ली बनाउने सँगसँगै केही राम्रा पक्षपनि हुन्छन कि भनी केलाउदा केही सकरात्मक किरण पनि देख्न पाइन्छ, जस्तै १. व्यवापार व्यवसायको नयाँ बाटो खुल्ने २. अनुसन्धान र अन्वेषणको आवश्यक्ताले खोप आदि दबाई को विकास ३. औषधीको विकासले लामो आरोग्य जिवन प्राप्त हुने ४. घरमै बसेर काम गर्न सक्ने वातावरणको बिकासले मानसिक तनावमा कमी ५. डिजिटल कार्य प्रणालीको विकास, कोभिड–१९ को प्रभाव बारे उपसंहारमा पुग्दा बहुसंख्यक पश्चिमि देशले चीनसँगको व्यवापारिक कारोवारमा परिवर्तन ल्याउने संकेत दिइसकेका छन् । जापानले सबै कारोवार रोक्ने घोषणा गरिसकेको छ । विकसिल देशले बाध्य श्रोतबाट लिने सेवा र बस्तुहरु चीनको सट्टा अरु देश बाट लिने लक्षण देखिन्छ । बुझेअनुसार दक्षिण कोरिया, भारत, जापान, अष्ट्रलिया, न्युजिल्याण्ड मुख्य आपुर्तिकर्ता हुनेछ र केहि लाभ नेपालले पनि लिन सक्नेछ । कोभिड–१९ को असर र मृतकको तथ्याङ्क कम्युनिष्ट देशमा तुलनात्मक रुपमा कम देखिन्छ । चीनको अग्रिम भुमिका एसिया, अफ्रिका मा कटौति हुने र व्यापारिक युद्ध त्चबमभ ध्बच ले चीनको अर्थतन्त्रमा दुरगामी असर पर्न सक्ने अडकल गर्न सकिन्छ । समयमा यो भाइरसको बारेमा जानकारी नदिएर चीनले कपटपुर्ण व्यवहार गरेको आक्षेप लगाउने देश पनि छन् । प्रतिरोध स्वरुप आर्थिक र राजनैतिक हिसावले एक्लाउने लक्षण बुझ्न सकिन्छ । हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशलाई पुनरुत्थानमा धेरै समय नलाग्ला तर यसको लागि दृढ ईच्छाशक्ति भएको सरकारले इमान्दारीताका साथ सहि कार्ययोजना र व्यवहारमा उतारि नागरिकलाई प्रेरणा गर्न पर्ने हुन्छ । (लेखक चार्टड इन्स्योरर हुन)

अत्याचारी कीट कस्ले पठायो ? (भिडियाेसहित)

बच्ने सानो आशले भित्र बस्छौं डस्ला भन्ने त्रासले भित्र बस्छौं आफ्नै छाप्रो जेलजस्तो बनायो अत्याचारी कीट कस्ले पठायो ? वल्लोपल्लो तीरमा दम्पती छन् हेर्दै टाडाबाट टोलाउँदैछन् आफ्नाबाटै आज आफ्ना छुटायो यस्तो जाली कीट कस्ले पठायो ? देखाई वारुद, गोला र पैसा दम्भी राख्थे विश्व हाँक्ने इरादा मै हूँ भन्थे, भन्नदेऊ झुकायो यस्तो योद्धा कीट कस्ले पठायो ? ठूलोसानो भेद सारा मिटायो जो भेट्टायो, ग्वाम्म खायो, पचायो खै के होला ? त्रास सर्वत्र छायो यस्तो भोको कीट कस्ले पठायो ? लेखक बोल्नोस् प्यारा सुस्तरी ख्याल राखी धर्ती माता ध्यानमा लीन छिन् कि ! पृथ्वी सारा जीवकी हुन् बुझायो यस्तो बुझ्ने कीट कस्ले पठायो ? साँच्चै दौडादौडमा के थियो खै ? मान्छे जन्म्यौं यन्त्र जस्ता भयो है ! धेरैथोरै अंश मान्छेपनाको फर्कायो यो कीट कस्ले पठायो ? मै हूँ भन्ने भावना डग्मगायो हाम्रा सीमाको कहानी बतायो आँखाको सम्पूर्ण छारो हटायो यस्तो ज्ञानी कीट कस्ले पठायो ? यस्ता लाखौंलाख बाधा छिचोली आयो मान्छे जित्छ यो पल्ट फेरी जुट्दै उठ्ने पाठ मीठो पढायो अध्यापक्झैं कीट कस्ले पठायो ? (भिडियाेमा पनि)

पाचौँ  युग

पटक-पटक कलियुग अट्टहास गर्दै थियो, “अब पृथ्वीमा एकछ्त्र मेरो मात्रै राज रह्यो हा ..हा..हा ..हा ..।” वसन्त ऋतुको आगमन भएको थियो । न त उष्ण ताप, न त कठ्याङग्रिने चिसो नै ।  उन्मुक्त भै  फक्रिएका  फूलहरुको सौन्दर्य र सुगन्धले मनमोहक बनाएको थियो वातावरण । प्रकृतिमा पनि कौमार्य सौन्दर्य पल्लवित भएर छताछुल्ल हुँदैथियो । चराचुरुङ्गी, कीट-पतङ्ग र प्राणीहरुमा त्यसको प्रत्यक्ष प्रभाव थियो । आल्हादित भएर सम्पूर्ण उर्जा प्रणयमा उत्सर्ग  हुँदै थियो सबैबाट। साँच्चिकै अलौकिक आनन्ददायी थियो वसन्त ऋतु । तपोभूमि कैलासको पवित्र र शान्त मनोरम वातावरणमा  ध्यानमा बसिरहेका महेश्वरको ध्यान अनायास पृथ्वीतिर गयो । सत्य , द्वापर, त्रेता युगले आफ्नो छुट्टै प्रभाव पारेर गैसकेका थिए पृथ्वीबाट  । अब कलि युगको पालो आएको थियो । हुनपनि कलि व्याप्त थियो पृथ्वीमा । कलियुगको पनि अब अन्तिम  चरण भएको थियो । समाप्तितर्फ उन्मुख । “अहो !  पृथ्वीमा त मानिसले मात्रै  पो एकछ्त्र अधिपत्य जमाएको रैछ त । जुनसुकै कुरामा पनि मान्छेकै उपस्थिति ? ल हेर ! भीमकाय जन्तुहरु पनि उसकै अधिनमा छन्  । विषैला जन्तु पनि उसैले नचाइरहेको छ । निहत्था छ मान्छे भनेको त एक सेकेन्डमा पृथ्वी नै ध्वस्त पार्ने हातहतियार पनि पो बनाएको रैछ त  उसले त । समुन्द्रलाई पनि मुठिमा बाँधेर राखेको छ । टाकुराहरू मरुभूमिजस्तो  मैदान बनाएको छ ।” जताततै मानिसका अचाक्ली देखेर तीन छ्क्कै परे महेश्वर । सत्य यो पनि बुझे कि यी मान्छे अहिले पृथ्वीको सबैभन्दा कुरुप प्राणी बनेको रहेछ र यसको कारक रहेछ कलीयुग  । लेखक धेरैबेर पृथ्वीको त्यो बिभत्स रूप हेर्न सकेनन् महेश्वरले । उनलाई  अत्यन्तै  चिन्ता लाग्यो । अब के गर्ने छट्पटी  भयो । मान्छेलाई चेतनाको पुनर्स्थापना र कलियुगको सम्हार कसरी गर्ने होला ? हुटहुटी चल्न थाल्यो । नेपथ्यमा कलीयुगको अट्टहास धुमिल रूपमा गुन्जिरहन्थ्यो बेलाबेला  हा …हा …….हा……….हा …………। ध्यानबाटै सृष्टिकर्ता ब्रम्हा र पालनकर्ता नारायणलाई पनि “आकस्मिक  भेलाको आयोजना गर्नुपर्ने भयो” भनेर कैलाशमा आमन्त्रण गरे । “नारद ! वायु वेगले तिमी उपस्थिति होउ त कैलासमा।”  आदेश दिए महेश्वरले । “सामान्य कुरा हुँदा त ध्यानबाटै छलफल हुन्थ्यो र निश्कर्ष निस्कन्थ्यो । तर आज कुरा गम्भीर नै छ  जस्तो छ प्रभु !” नारायणले पनि ध्यानबाटै  ब्रम्हाजीलाई मस्तिष्क  सन्देश पठाए  । “मलाई पनि कुरो गम्भीर नै भएजस्तै लागेको छ प्रभु । बरु निस्कौँ अब।”  ब्रम्हाजी पनि उठे ध्यानबाट । नारदले महेश्वरको आदेशमा यमराज र चित्रगुप्तलाई पनि बोलाए । पार्वती सहित सात सदस्यीय आकस्मिक बैठक बस्यो कैलाशमा । “तपाईंहरू सबैको मनमा कौतुहल होला, किन आकस्मिक  बैठक बस्नुपर्‍यो भनेर । कुरो अलिक गम्भीर नै भएर हो ।”  महेश्वरले सभाध्यक्षको भूमिकामा सभा शुरु गरे । सबैमा साँच्चिकै उत्सुकता थियो  । कुरा बुझिएन। सबैले एक अर्काको मुखामुख गरे। लामो श्वास फेर्दै महेश्वरले भने, “अब पृथ्वीमा कलि युगको अन्त्य र अर्को नयाँ युगको प्रादुर्भाव हुनुपर्ने अवस्था आएको छ । अब कसरी कलियुगलाई समाप्त गर्ने र नयाँ युगको प्रवेश गराउने मुख्य चुनौती यही हो । नयाँ युग कुन युग शुरूवात गर्ने  ? त्यो पनि अन्यौल छ।” अब ‘लाठी पनि नभाँचिने सर्प पनि मर्ने’ उपाय लगाउनुपर्ने भएको छ  । थाहै नपाई कलियुगको अन्त्य र अर्को युगको शुरूवात कसरी गर्ने ? यही विषयमा छलफल गर्न आकस्मिक आमन्त्रण गर्नुपरेको हो यहाँहरूलाई । “म पनि मान्छेको गतिविधि त पच्छ्याइरहेकै थिएँ । तर निर्दयी र  क्रुर बन्दै गएको मान्छेलाई आत्मबोध गराउने उपाय  केही निस्कन्छ कि सोच्दैथिएँ केही दिन अघिदेखि ।” नारायणले पनि आफ्नो मनको  कुरो सुनाए । “सँधै नारदले सामान्य जानकारी त दिइरहन्थे । तर त्यति वास्तै गरेको थिइनँ । एक्कासि  आज बिहान् ध्यानमा हेरेको त पृथ्वीमा कलियुग मान्छेको माध्यमबाट ब्याप्त पो हुन लागेछ अब त ।” जलचर, थलचर, उभयचर, कीट, पतङ्ग सम्पूर्ण प्राणीहरूको साझा वासस्थान पृथ्वी । तर पृथ्वीमा त मान्छे भनाउँदो जन्तुले  कोहराम नै पो मच्चाएको रैछ त । सबै कुरामा एकछ्त्र आधिपत्य ।” पुनः महेश्वरले आफ्नो तितो अवलोकन सभामा  राखे। “प्रभु  ………! मैले  सृष्टि गर्दा सबै प्राणीमा एउटा एउटा शक्ति  राखिदिएको थिएँ शस्त्रको रूपमा । आफ्नो आफ्नो जातिगत विशेषतालाई ध्यानमा राखेर । कसैलाई तीखा नङ्ग्रा दिएँ । कसैलाई दाँत । कसैलाई प्वाँख । कसैलाई विष  त, कसैलाई बल । कसैलाई सौन्दर्य र कसैलाई गन्ध । तर मान्छेलाई त त्यस्तो जन्मजात विशेष अस्त्र केही दिएको थिइनँ । सबैभन्दा सोझो, ज्ञानी, दयालु जन्तु मान्छे बनाएको थिएँ । कसरी सबैमा आधिपत्य जमाउन सक्यो होला त उसले ?  कसरी ती अरु प्राणीभन्दा शक्तिशाली हुनसक्यो त मान्छे  ? ”  ब्रम्हा विश्मित भावमा बोले । “अँ ! अलिकता धेरै बुद्धि भने मान्छे नामको जन्तुलाई हालिदिएको थिएँ।” ब्रहाजीले अब कुरोको चुरो खुस्काए । ” हो ..प्रभु ! जे गर्नु गरेको छ मान्छेले त्यही अलिकति बुद्धिले त गरेको छ नि ।” नारदले ब्रह्माको तर्कलाई पछ्याए। नारदले पृथ्वी र पृथ्वीवासीको सूक्ष्म रूपमा अध्ययन गरेर आउँथे र गतिविधि सुनाउँथे सधैं  शिवलोक, ब्रम्हलोक र वैकुण्ठलोक तीनै लोकमा  । “कलियुग मानिसको माध्यमबाट व्याप्त हुन लागेको छ भने अब मानिसकै माध्यमबाट कलिको पनि अन्त्य गर्नुपर्नेछ र नयाँ युगको शुरूवात पनि।” यमराजले आफ्नो राय दिए । “अब कुन नयाँ युगको शुरूवात गर्ने त?  कि सत्य युग नै पो दोहोर्‍याउने हो कि ?” पार्वतीले जिज्ञासा राखिन् । “सकेसम्म नयाँ युगको शुरूवात गर्न पाए राम्रो होला कि, प्रभु …? यी चारै युगमा काम गरिसकेको छु मैले । अब  फेरि पूरानै युग दोहोर्‍याएर पुरानै ढाँचाले पुरानै काम गर्ने कि नयाँ ढाँचाले ? सकस र अन्यौलमा त म हुन्छु, प्रभु । बरु नयाँ युग, नयाँ काम, नयाँ अनुभव हाँसिल गर्न पो मजा हुन्थ्यो कि, प्रभु ।” चित्रगुप्तले मध्यमार्गी तर्क प्रस्तुत गरे। चित्रगुप्तको कुरो सहि लाग्यो सबैलाई । तर अब पाचौँ  युग कुन युग शुरूवात गर्ने त ? सबै अन्योलग्रस्त देखिन्थे, विचारबिहिन । कसैको दिमागमा त्यस्तो युगबारे केही कुरा नै जन्मेन। “प्रभु पृथ्वीमा के कस्तो गतिविधि भैरहेको छ ? कली युगले कसरी आफ्नो वसमा पारेको छ मान्छेलाई र मान्छे भनाउँदो  जन्तुले के कस्तो क्रियाकलाप गर्दैछ ? त्यो सूक्ष्म रूपमा अनुगमन र मूल्यांकनका गरेर त्यही आधारमा तय गर्दा पो  राम्रो होला कि ? कुन युग शुरूवात गर्ने भनेर ।”  यमराजले थप राय चढाए। “के छ त नारद पृथ्वीतिरको सत्यतथ्य विवरण ? मान्छेले के कसो गर्दैछ ? उनीहरू आफ्नै जातीय समुदायमा  के, कसरी बाँचिरहेका छन् ? उनीहरूको गतिविधि र क्रियाकलाप के कस्तो छ ? सबै खुलस्त बताउ त।” नारायणले निर्देश गरे। ” नारायण, नारायण ! खै के बताउँ प्रभु । हजुरहरू आफैँ नै सृष्टि,पालन र सम्हारकर्ता हुनुहुन्छ । हजुरहरू नै तीन त्रिलोक चौध भूवनका द्रष्टा हुनुहुन्छ । म जाबोले के अवगत गराउनु र प्रभु हजुरहरूलाई नै ज्ञात भएको कुरा । यो त ‘सूर्यनारायणको अघिल्तिर  बत्ती देखाउनु’ जस्तो हुँदैन र, प्रभू ?” पितुर्के भावमा सत्य कुरा गरे नारदले । “त्यसो होइन नि नारद ! हामी सतही वा त मोटामोटी  रूपमा मात्रै हेर्छौँ  । धेरै तिरको जिम्मेवारी हुनेहुँदा  कतिपय कुरा बिर्सन्छौँ  पनि । तिमी पो घर परिवार नभएको फुक्का छौ । केहिले रोक्ने छेक्ने छैन । फुर्सद छौ । युवा छौ । जिज्ञासु छौ । त्यही भएर त तिमीलाई सुक्ष्म रूपमा अध्ययन र अनुगमन गरेर  सत्यतथ्य विवरण ल्याउने जिम्मेवारी  दिएको त।” ब्रम्हाले सम्झाए नारदलाई । लामो खुइ काढे नारदले एकपटक । “खै के भनौ र, प्रभु ! कलिले खर्लप्पै निलेको छ मान्छेलाई त कलिको प्रभावले नै त होला नि मान्छेमा नकारात्मकता मात्रै छ ।  सोचमा, भावमा, विचारमा, क्रियाकलापमा । सबैमा नकारात्मकता ।” पृथ्वीमा सबै मान्छे  यन्त्रमानव जस्ता हुँदै गएका छन् । कार्य छ तर भाव र चेतना शून्य । माया, प्रेम, स्नेहको अभाव छ ।  दया, माया, करुणा खिइँदै गएको छ । अन्य प्राणीभन्दा सरल र कोमल मुटु हुने मान्छेको हृदय पाषाण हुँदै गएको छ । कठोर र समवेदनाहीन  । म र मेरोमा मात्रै सिमित हुँदैछ । शक्तिको अहंकारले उन्मत्त बन्दैछ । पृथ्वीमा सबै मान्छे  यन्त्रमानव जस्ता हुँदै गएका छन् । कार्य छ तर भाव र चेतना शून्य । माया, प्रेम, स्नेहको अभाव छ ।  दया, माया, करुणा खिइँदै गएको छ । अन्य प्राणीभन्दा सरल र कोमल मुटु हुने मान्छेको हृदय पाषाण हुँदै गएको छ । कठोर र समवेदनाहीन  । म र मेरोमा मात्रै सिमित हुँदैछ । शक्तिको अहंकारले उन्मत्त बन्दैछ । “उफ ! अरु त अरु  हत्या, हिंशा, बलात्कार जस्तो जघन्य कार्य गर्दासमेत उसको मुटु काप्न छोडेको छ प्रभु !  सत्यता इमानदारिता अनि नैतिकता हराएको छ मान्छेबाट ।”-भक्कानिएर भने नारदले । “अब यो मान्छेलाई तहमा लगाएन र यस्तै उदण्ड छोडिदियो भने न त कलियुगको अन्त्य नै हुन्छ न त पृथ्वी लोकमा शान्ति र अमनचैन नै ।” पार्वतीले आशङ्का बोलिन् । “यिनीहरु स्व नियन्त्रणमा छैनन नि त पार्वती !  कलियुगले नै यिनीहरूको मस्तिष्क नियन्त्रणमा राखेर परिचालित गरिरहेको  छ परोक्षमा । त्यसैले त उदण्ड बनेका छन् मान्छे।”  महेश्वरले आफ्ना कुरा सुनाए। “मान्छेको उदण्डताको कारण कहिलेकाहीँ त मलाई पनि क्रुर र हिंस्रक बन्न बाध्य बनाउँछ, प्रभु ! कतिपय निरपराध र निर्दोष अतृप्त आत्मालाई  जबर्जस्ती उठाउनुपर्छ।” यमराजले थपे, “निर्मम तरिकाले सामूहिक  बलात्कार गरेर कठोरतापूर्वक घाँटी निमोठेका  हुन्छ्न्  कति । अझै अपहरण पछि  हत्या गरेर क्षतविक्षत पारेका हेरिनसक्नुको विभत्सता । अहो !  निर्दोष र निरपराध चिचीलाको आत्मा बटुलेर ल्याउनुपर्दा त  यो कस्तो चैँ कामको जिम्मेवारी लिइएछ भनेर ग्लानीबोध पनि हुन्छ । यस्तो कामबाट राजीनामा दिएर  वैरागी भएर हिमालयतिर तपस्या गरेर बस्नु जस्तो लाग्छ।”  यति बिन्ती बिसाउँदा यमराज भावुक देखिन्थे। “मैले पनि ज्यादै अप्ठ्यारोमा काम गर्नुपर्छ कहिलेकाहीँ त प्रभु ! मान्छेले गरेका कस्ता कस्ता सुन्न पनि कहालिलाग्दो घटनाको र क्रियाकलापको लगत लेखेर राख्नुपर्छ यिनै हातले । कहिलेकाही त यस्तो झ्याउ काम छोडेर पाताल लोकतिर भासिनुजस्तै  लाग्छ प्रभु मलाई पनि  ।” चित्रगुप्तले पनि आफ्नो पीडा पोखे। “निर्मम तरिकाले सामूहिक  बलात्कार गरेर कठोरतापूर्वक घाँटी निमोठेका  हुन्छ्न्  कति । अझै अपहरण पछि  हत्या गरेर क्षतविक्षत पारेका हेरिनसक्नुको विभत्सता । अहो !  निर्दोष र निरपराध चिचीलाको आत्मा बटुलेर ल्याउनुपर्दा त  यो कस्तो चैँ कामको जिम्मेवारी लिइएछ भनेर ग्लानीबोध पनि हुन्छ । यस्तो कामबाट राजीनामा दिएर  वैरागी भएर हिमालयतिर तपस्या गरेर बस्नु जस्तो लाग्छ।”  यति बिन्ती बिसाउँदा यमराज भावुक देखिन्थे। “धत ! यसरी  मान्छेजस्तो पिन्चे र एकलकाँटे कुरा गर्ने हैन नि यहाँहरू जस्तोले त । सबैले आफ्नो जिम्मेवारीबाट बिमुख भएर छोडेर हिँड्ने हो भने त कसरी  चल्छ र यो सृष्टिको क्रम ? सबैले स्व-स्थानमा रहेर स्व कर्म गरेको छ र पो त सृष्टि छ । पृथ्वी र प्रकृतिको स्व-अस्तित्व छ त । बरु अब कसरी मान्छेको  परिमार्जित व्यवहार र नयाँ युगको प्रार्दुभाव गर्ने सोचौं न सबैले।”  महेश्वरले चित्रगुप्त र यमराजलाई सम्बोधन गर्दै राय मागे । ” नारायण, नारायण ! सानो प्राणीका ठूला कुरा जस्तो होला, प्रभु ! अब मान्छेलाई ठूल्ठूला कुराले तह लगाउन सकिँदैन  ..पहिलाको जस्तो त । पहिले पनि त हामीले विभिन्न रोग र प्रक्रियाबाट तर्साउन त खोजेकै हो नि । बाढी, पहिरो, सुनामी , ज्वालामुखी, भूकम्प । खुरुखुरु पचाएन त …?  अहँ, अब केहीले तर्सन्न मान्छे । महामारीको रूपमा फैलाएका सुकेनास, ठेउला, दादुरा, बिफर, औलो, टीबी, एड्स, क्यान्सर, सार्स,  इबोला, वर्ड्फ्लु  सबैलाई पनि पचायो मान्छेले । मान्छे त ज्यादै ज्याद्रो प्राणी छ त प्रभु । एउटा न एउटा उपाय र विधि पत्तो लाएर जितेरै छोड्छ  सबैलाई । हैन, त्यो एक डल्लो गिदीको पनि कत्रो तागत, लौ !” नारदले विस्तृत विवरण दिए। अब मान्छेले नदेख्ने र सूक्ष्म कुराले तह लाउनुपर्छ मान्छेलाई । मान्छेलाई उसले निर्माण गरेका कुनैपनि पद्धति, हातहतियार, विधि, शुत्र र ज्ञानले परास्त गर्न नसक्ने तत्वका माध्यमबाट पराजित गराउनु पर्छ  । दम्भी र महत्वाकांक्षी मान्छेलाई जीवनबोध गराउनुपर्छ । सबै कुराको स्वअस्तित्व बोध गराउनु नै हाम्रो प्रमुख उद्देश्य हो । यसको लागि कस्तो तत्व निर्माण गर्न सकिन्छ होला त ?”  ब्रम्हाजीले  तर्कसहित अपेक्षा राखे । “सबैभन्दा अत्याचार त मान्छेले अरू प्राणीलाई गरेको छ, प्रभु । अनावश्यक प्रयोग र परीक्षणको बहानामा निरपराध निमुखा प्राणीहरूलाई हतियार बनाउँछ ।  आफ्नो स्वार्थ, स्वाद र इच्छा भोग गर्छ । सबै प्राणी आफ्नो अस्तित्व विलय हुने अवस्थाले त्राहिमाम् छन् । अब तिनै प्राणीलाई अस्त्र (मोहरा) बनाएर मान्छेलाई परास्त गरि  जीव अस्तित्व वा स्वअस्तित्व बोध गराउनुपर्छ ।” नारदले पुनः आफ्नो राय बुलन्द गरे। “अब पृथ्वीमा त्यहीँ भएका जीवाशंहरुको प्रयोग गरेर नयाँ सुक्ष्म विषाणुको उत्पत्ति गराउनु पर्छ र मानवमाझ छोडिदिनुपर्छ । त्यसो गरे कसो होला प्रभु ?”  चित्रगुप्तले मत पेश गरे । “उत्तम ! अति उत्तम विचार !!  एक पन्थ दो काज हुने देखिन्छ यसो गर्दा त झन्। कलियुगले आफ्नो अन्त्य भएको पनि  थाहै पाउँदैन । स्वतःस्फूर्त अर्को युगको प्रार्दुभाव भैसकेको हुन्छ । उता मान्छेको पनि भाव र चेतनाको परिमार्जन  हुनसक्छ । यसमा अरुको राय के छ?” महेश्वरले याचना गरे । “मलाई पनि उत्तम लाग्यो यो तरिका । यही प्रक्रिया लागू गर्दा प्रभावकारी हुन्छ  नै होला।” नारायणले पनि सहमति जनाए । अरुले पनि नारायणसँगै होमा हो मिलाए । “स्वअस्तित्व विलय हुने अवस्थाले त्राहिमाम् रहेका पृथ्वीमै भएका जीवात्माहरूका जीवाम्सहरूको उपयोग  गरेरै भएपनि नयाँ विषाणुको सृष्टि त मैले गर्नुपर्ने भो । तर पृथ्वीको कून भागमा सृष्टि गर्दा बढी प्रभावकारी होला त ?” ब्रम्हाले राय मागे सबैसँग । हुन त पृथ्वीभरि मान्छे नै मान्छेको उपस्थिति छ जहाँ सृष्टि गरे पनि हुन्छ । जहाँका मान्छेले पनि नजानेको र नगरेको कुरा केही छैन । अब  जीवनको सृष्टि नै  रोकेर  नयाँ प्रयोग र अनुसन्धानमा मात्रै समर्पित हुने गर्छन् । अनुसन्धान र निर्माणका यति धेरै निर्माणशालाहरू छन् कि मान्छे आफैँ नै यन्त्र जस्ता भएका छन् । तैपनि जहाँका मान्छेहरु अझै बढी महत्वाकांक्षी र पाषाण हृदयका देखिएका छन् , त्यहीँ नयाँ विषाणु सृष्टि गरेर छोडिदिँदा अझै  प्रभावकारी हुन्थ्यो कि त, प्रभु ।” नारदले नै उपाय बताए । ब्रम्हाको  चित्त नारदको कुराले बुझ्यो। सबैले सहमतिको मुन्टो हल्लाए। भेलाको निर्णय प्रभावकारी नै देखियो । सबैमा एकप्रकारको सन्तुष्टि देखियो । सामूहिक छलफल पछि साच्चिकै राम्रो र ठोस निश्कर्ष निस्कन्छ भन्ने प्रमाण देखिएको थियो, कैलाशमा बसेको आकस्मिक  भेलामा । भेला विसर्जन हुनै लागेको थियो । “ओहो! मुख्य कुरो त भुसुक्कै भएछ त,” झल्याँस्स झस्के महेश्वर । सबैले नबुझेको भावमा  सोधे  “के रह्यो र,  प्रभु?“ “नयाँ विषाणुको नाम नि त ?” सबैले मस्तिष्क मन्थन गरे । तर उपयुक्त  नाम कसैले  सोच्न सकेनन्  । सबैलाई चित्तबुझ्दो भएन एक अर्काले सोचेको नाम । धेरै जीवको सृष्टि गरेर नामाकरण गरेका ब्रम्हालाई नै जिम्मा दिए सबैले । ब्रम्हाले पृथ्वीमै भएका जीवहरुको जीवांश लिएर नयाँ विषाणुको सृष्टि गरे । रुप, गुण, मात्रृ अंश मिल्दोजुल्दो  नामाकरण गरे -“कोरोना” । ज्यादै  सूक्ष्म विषाणुलाई सब कोहीले देख्न सक्दैनथे त्यसैले ।  विषेश यन्त्रबाट सबैलाई कोरोनाको दर्शन गराइदिए ब्रम्हाजीले । “मेरो काम चैँ  के रहनेछ, प्रभु ?” नवजात सुक्ष्म विषाणु कोरोनाले  अन्यौल भएर सोध्यो ब्रम्हाजी समक्ष । “तिम्रो मुख्य काम भनेको पृथ्वीमा गएर मानव जातिमा आतङक मच्चाउनु हो । तर्साउनु हो । भौतिक शक्तिको होडबाजीमा मान्छेले आफ्नो नैतिकता, कर्तव्य र स्व अस्तित्वलाई बिर्सिएको छ । स्वार्थ र सामर्थ्य अनि  शक्तिको होडबाजीले यान्त्रिकण हुँदै गएको छ मान्छे। उसलाई  थर्काएर धम्क्याएर तिमीले यथार्थ रूपमा ल्याउनुपर्नेछ। जीवन र जीवात्माको सत्यता देखाइदिनुपर्नेछ । अहम या त म भनेर प्रकृतिलाई जित्न दौडेको मान्छेलाई  स्व अस्तित्व र सह अस्तित्वको बोध गराइदिनुपर्नेछ ।” बस ! यतिमात्र त हो तिम्रो काम  । तर याद रहे,  तिमीलाई सकेसम्म मान्छेले नभेटोस् नि । उसको नियन्त्रणमा  नपर्नु भरसक तिमी । शक्तिशाली छु  भनेर घमण्ड गरेको मान्छेसङ्ग तिम्रो युद्द हुनेछ अब । बिना शस्त्र अस्त्रको  युद्ध । अनि अर्को कुरा पनि याद राखेस, “अरु कुनै   प्राणीलाई चाहिँ तिमीले नछुनु नि मान्छे बाहेक ।” “ल विजयी भव:।” कैलाशमा कोरोनालाई  आशीर्वाद दिए सबैले । अन्ततः  सूक्ष्म विषाणु कोरोनालाई पृथ्वीमा छोडियो । कोरोनाले पृथ्वीभर कोहराम मच्चाउन थाल्यो । मानवसङ्ग भएका कुनै पनि अणु , परमाणु, बम , क्षेप्यास्त्र, बन्दुक,  औषधि, हातहतियार केहीले पनि रोक्न सकेन कोरोनाको कहरलाई । कोरोना आतङ्क  पृथ्वीको एकठाउँबाट  शुरूवात भएता पनि विस्तारै पृथ्वीभरी नै प्रभाव फैलिँदै गयो । सबैलाई जितेर मुठ्ठी भित्र  राखेको गर्व गर्ने मान्छे तुच्छ विषाणुदेखि हार्दै गयो । सारा संसारका  मानिस भयभित देखिए ।  धेरैले सदाहत प्राप्त गरे । सबै त्राही त्राही भए । धन, सम्पत्ति, वैभव केहीको मोह भएन । ” मात्रै ज्यान जोगाउन पाए हुन्थ्यो” भन्ने एउटा मात्र उद्देश्य रह्यो मानव मात्रको । पृथ्वीभरी एकछत्र आधिपत्य जमाएको मान्छे एकाएक शून्यता तिर गयो ।  सबैथोक शून्य हुँदै गयो ।  मान्छेमा बाँच्ने जिजिविषा  बाहेक अन्य कुनै लोभ रहेन । विस्तारै मान्छेमा हत्या,  हिंशा , बलात्कार, चोरी, डकैतीको भावना गायब हुँदै गयो ।  सबैमा बन्धुत्व प्रेम जागृत हुदैगयो । मबाट मान्छेमा हामी भन्ने भावनाको विकास भयो ।  धनी, गरीब,जात, धर्ममा भएको  विभेद हटेर  बन्धुत्व र समानताको भाव निशृत भयो  । माया प्रेम भाइचाराको विकास भयो ।  बाँच र बचाउ, मानव मानव एक हौँ   भन्ने भावनाले  स्वतस्फूर्त मानवीय मूल्य र मान्यताको बोध  हुँदैगयो मान्छेमा । लोभ र तृष्णा मुक्त हुँदै गयो मान्छे । कोरोनाको त्रासले एकान्तवास बस्दा प्रकृतिमा मान्छेको  पहुँच पुगेन । फूलबारीमा फूलहरु उन्मुक्त भएर फूले । पशुपन्छि स्वतन्त्र र निर्भय भएर  विचरण गर्न थाले । फूलको मनमोहक सुगन्ध बोकेर प्रदूषण मुक्त स्वच्छन्द हावा बहन थाल्यो । कतै मानवनिर्मित फोहोर देखिएन । सफा र स्निग्ध  देखियो वातावरण । एकान्तवासमा बसेर मान्छेले सादा सात्विक भोजन मात्रै खान थाल्यो । मान्छेहरुले  मद, मदिरा मांश सेवन गर्न छोडे । प्राणी हत्या हुन छोड्यो । सम्पूर्ण प्राणीले भयमुक्त भएर  उन्मुक्त र पूरा  जीवन बाच्न पाए । जीव हत्या गर्नुहुन्न । मान्छे लगायत सबै जीव र प्राणीहरुको एउटै जीवात्मा हो भन्ने बोध हुँदै गयो मान्छेमा । सात्विक भोजन अनुसारको सत्व गुणको विकास भयो । सत्व गुण भएपछि मान्छेको रजोगुण वा तमोगुण हट्दै गयो । सधै तनावग्रस्त र उग्र चंचल रहने मान्छे शान्त हुदैगयो । मान्छेले शान्ति, आनन्द र करुणाको बोध गर्दै गयो। अझै गहिराईमा पुग्न  योग ध्यानमा बस्न थाल्यो ।  झगडा द्वन्द बिस्तार हट्दै गयो । द्वन्द्व नभए पछि  माया स्नेह र प्रेम अनि करुणाको भावले मान्छे ओतप्रोत भयो । सात्विक भोजन अनुसारको सत्व गुणको विकास भयो । सत्व गुण भएपछि मान्छेको रजोगुण वा तमोगुण हट्दै गयो । सधै तनावग्रस्त र उग्र चंचल रहने मान्छे शान्त हुदैगयो । मान्छेले शान्ति, आनन्द र करुणाको बोध गर्दै गयो। अझै गहिराईमा पुग्न  योग ध्यानमा बस्न थाल्यो ।  झगडा द्वन्द बिस्तार हट्दै गयो । द्वन्द्व नभए पछि  माया स्नेह र प्रेम अनि करुणाको भावले मान्छे ओतप्रोत भयो । कोमल हुदैगए मान्छे  । स्वमूल्यांकन गऱ्यो मान्छेले  । आसुरी प्रवृत्तिमा पुगिसकेको मान्छे कोरोनाको एकान्तवासमा क्रमशः बुद्धत्व प्राप्त गर्दै गयो र देवत्वमा रूपान्तरित हुँदै गयो । कोरोना कहर अघि सबैभन्दा कुरुप बनेको प्राणी मान्छे अहिले अत्यन्तै सुन्दर देखिएको थियो।  उसको मन मस्तिष्क विचार र क्रियाकलापले । कोरोनाको त्रासबाट ऊ कहिल्यै ग्रसित र त्रसित भएन । ओहो ! कस्तो अलौकिक परिवर्तन हुँदै गयो एकाएक पृथ्वीमा ।  आनन्दै आनन्द । शान्ति नै  शान्ति ।  प्रेम नै प्रेम । करुणै करुणा ।  यस्तो परिवर्तन देखेर कलि युगको प्रभाव पनि विस्तारै सकिँदै गयो । र अन्त्य  नै भयो । पृथ्वीमा यस्तो प्रेमको शक्ति फैलियो कि त्यहाँ कोरोनाको विषाणुले हमला गर्न आँट नै गर्न सकेन । सहनशीलता मौनता र प्रेममा । “प्रेम नै युद्द जित्ने एकमात्र सबैभन्दा ठूलो अस्त्र रहेछ” भन्ने बुझ्यो उसले पनि । अन्तत ऊ प्रेमको अगाडि  नतमस्तक भएर स्वर्ग फर्कियो र ब्रम्हाजीलाई  सम्पूर्ण यथार्थता बतायो । मेरो हार भयो प्रभु ! दुहाई !! उसको उत्पती गर्नुपर्ने खास कारण थाहा नपाएको  विषाणुलाई सत्य कुरा बताउँदै  भने ब्रम्हाजीले ” तिम्रो बिजय नै भएको छ कोरोना ! खासमा मान्छे  पूर्ण रूपमा विनासको हेतु तिम्रो उत्पत्ति गरेको होइन मैले । कर्तव्य च्युत र अस्तित्व बोध नभएको मान्छेलाई बोध गरादिइनु, सहि दिशातिर मोड्नु मात्रै थियो तिम्रो सृष्टिको उद्देश्य  । र मोडिएको छ मान्छेको दिशा पनि हामीले चाहेजस्तै मार्गमा । स्यावास !  कोरोनालाई धाप मारे ब्रम्हाजीले । यता पृथ्वीमा पनि  सत्य युग, द्वापरयुग, त्रेता युग  जस्तै गरि चौथो  कलि युग पनि समाप्त भयो र पाचौं युगको। शुरूवात भयो – प्रेम युग अर्थात करुणा युग ।।। अस्तु । मन्दिरा कोइराला भोजपुर. हाल काठमाडौ ।

अवसरहरुले ढकढक्याउँदै हाम्रा ढोका

चीनको वुहान सहरबाट सन् २०१९ को अन्त्यतिर शुरु भएको श्वासप्रश्वासको मध्यमबाट सर्ने कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्व समुदाय नै आतंकित छ । तर कोरोनाको कहर गहिरिँदै जाँदा भने मानव समुदायले अब नयाँ बाटो तय गर्ने पक्कापक्की भइरहेको छ । विश्वभर काेराना संक्रमण दिनदिनै बढेकाे छ । युरोप, अमेरिका र बेलायत जस्ता विश्व महाशक्ति तथा स्वास्थ्य क्षेत्रका हस्ती मुलुकहरुसमेत यो महामारीका अगाडि बेचैन भइरहेको अवस्थामा यसले दक्षिण एसिया र अफ्रिकालाई समेत बिस्तारै प्रभावित पारिरहेको छ । यो विश्वव्यापी संकटलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यवापी महामारी (पेन्डामिक) को रुपमा व्याख्या गरिसकेको छ भने विश्व नै अहिले बन्दाबन्दी (लकडाउन) को अवस्थामा विगत एक महिनादेखि गुज्रिरहेको छ । कोरोना भाइरसकै कारण विगतमा सार्स र मार्स जस्ता रोगहरुले पनि संसारलाइ केही समय आक्रान्त बनाएकै थियो । तर त्यसको फैलावट, गति र क्षति भने उत्परिवर्तन (म्युटेसन) भएर आएको यो नयाँ (नोबेल) कोरोना भाइरस (त्यसैले नाम नोबेल कोरोना भाइरस भएको) को भन्दा कम थियो । यसका विरुद्ध हालसम्म कुनै पनि खोप वा औषधि पत्ता लागेको छैन । जसका कारण यसको संक्रमण रोक्नु र यसको चेन तोड्नु नै यसबाट बच्ने एउटै उपायका रुपमा हाम्रो सामु रहेका छन् । कोरोना संक्रमणको विश्वव्यवापी प्रभाव लेखक विश्वभरको अर्थतन्त्र विशेषतः पर्यटन उद्योग र यसका सहयोगी व्यवसायहरु जस्तै ट्राभल कम्पनी, हवाई क्षेत्र, रेष्टुरेन्ट, डिस्को, क्यासिनो, पव, सार्वजनिक यातायात आदि क्षेत्रहरुमा यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । साथै महामारी सकिएको केही समयसम्म शेयर बजार, रियल स्टेट, अटोमोवाइल, फर्निचर तथा फर्निसिङ्ग, निर्माण, बैंक, प्रकाशन तथा छापाखाना, पार्टि प्यालेस तथा इभेन्ट हाउस, सिनेमा हल, जिम हाउस, स्विमिङ्ग पुल, फुटसल जस्ता विविध क्षेत्रमा यसले प्रभाव पारिरहने विभिन्न आर्थिक विश्लेषकहरुले अनुमान लगाएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले समेत यो परिस्थितीलाइ ‘द ग्रेट लकडाउन’ को संज्ञा दिँदै विश्वव्यापी अर्थतन्त्रमा गम्भिर प्रभाव पर्ने जनाएको छ । कोषले प्रकाशन गर्ने ‘वल्र्ड इकोनमिक आउटलुक’ मा २०२० मा विश्वको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने आंकलन गरेकोमा त्यसलाई पुनर्मुल्याङ्गन गर्दै पछिल्लो संकटका कारण विश्वले आर्थिक वृद्धि माइनस ३ प्रतिशतले उधों लाग्ने जनाएको छ । सन् २०१९ मा २.९ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको संसारको अर्थतन्त्र यसरी ओरालो लाग्दा सन् २००८–०९ को आर्थिक संकटभन्दा पनि दयानिय अवस्था आउने प्रक्षेपण पनि कोषले गरेको छ । यसको प्रभाव २०२० को मध्यभन्दा पछाडीसम्म पनि पुगेको खण्डमा यो आंकडा झनै तल झर्ने समेत कोषको दावी छ । यसरी ओरालो लाग्दा त्यसको गम्भिर भार भने विकसित देशहरुको अर्थतन्त्रले व्यहोर्नु पर्ने आइएमएफले सोही रिपोर्टमा जनाएको छ । सन् २०१९ मा १.७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेका र सन् २०२० मा १.६ प्रतिशतमा स्थिर रहने मानिएको विकसित देशहरुको अर्थतन्त्रमा यो संकटका कारण ६.१ प्रतिशतको गिरावट आउने पनि कोषले जनाएको छ । नेपालको सन्दर्भमा पनि यही रिपोर्टले नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित रहने जनाएको छ । जव कि यो वर्षको शुरुवातमा सो आर्थिक वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो भने नेपाल सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । यिनै आंकडाहरुले पनि नेपालको अर्थतन्त्रमा गम्भिर धक्का लाग्नेछ भन्ने सहजै बुझ्न सकिन्छ । आर्थिक सर्वेक्षण सन् २०१७/१८ अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा विप्रेषण (रेमिन्टान्स) र कृषि क्षेत्रले क्रमशः २९.९ प्रतिशत र २९.३७ प्रतिशत ओगटेको थियो । कोरोना संक्रमणका कारण विश्वव्यापी आर्थिक मन्दी सृजना भएमा त्यसबाट साँढे २ करोड रोजगारीहरु गुम्ने चेतावनी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले दिइसकेको छ । यसको प्रभाव विभिन्न देशहरुमा काम तथा अध्ययन गरिरहेका नेपालीहरुलाई पक्कै पनि पर्नेछ । फलतः एकातिर त्यसले विप्रेषण घटाउने छ भने अर्काे तर्फ उनीहरु नेपाल फर्के पछि देशमा बेरोजगारीको दर बढ्नेछ । ‘आफैं त महादेव…., कसले देला बर’ भने जस्तो विकसित अर्थतन्त्रहरु नै गम्भिर आर्थिक संकटमा परिरहँदा ति देशहरुले वैदेशिक सहायताका कार्यक्रमहरुमा भारी कटौति गर्नेछन् । विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्दै आएका सबै प्रकारका आर्थिक दायित्वबाट अमेरिका पछाडी हट्नु यसैको शुरुवात मान्न सकिन्छ । फलतः नेपाल जस्ता देशहरुको अर्थतन्त्रमा वैदेशिक अनुदान, सहयोग वा सहुलियतहरुको पनि कटौति हुनेछ । नेपालले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाउन गरेको ठूलो लगानी ‘बालुवामा पानी’ बराबर भएको छ । नेपालको पर्यटनको मुख्य बजार भारत, चीन र युरोप नै आज यो महामारीको विभिन्न चरणहरुको इपिसेन्टरका रुपमा परिणत हुनुले नेपाली पर्यटनलाई पक्कै लामो समयसम्म धक्का दिने नै छ । यी सबैको बुई चढेर अन्य विविध मनोसामाजिक समस्याहरु आउनेछन् । यसको प्रतिफल स्वरुप संघर्ष, हड्ताल, राजनैतिक प्रदर्शन, विरोध तथा हिंसाका घटनाहरु बढ्न सक्छन् । देशमा भ्रष्टाचार, कालोबजारी, चेक बाउन्स, चोरी, ठगी, लुटपाट, डकौति, घरेलु हिंसा, साइबर अपराध जस्ता विभिन्न अपराधहरुको श्रृङ्खलामा वृद्धि हुनेछ । अर्काे तर्फ विभिन्न मानसिक समस्याहरुमा वृद्धि भई मानसिक चिन्ता, तनाव, मानसिक रोग तथा आत्महत्याहरु पनि बढेर जानेछन् । इतिहासको सन्देश तर यो महामारीले यसरी विविध क्षेत्रमा प्रभाव पारिरहँदा के हामी महासंकटको सम्मुख नै आइसकेका हौं त ? के लकडाउनले सिर्जना गरेको मौन वातावरण ‘आँधी अघिको सन्नाटा’ नै हो त ? सन् २०१८ का नोबेल पुरस्कार विजेता न्युर्योक विश्वविद्यालयका प्राध्यापक पाउल रोमरको भनाइ सम्झन मनासिव हुन्छ । “संकटलाई खेर फाल्ने भयानक गल्ती कसैले पनि गर्नुहुदैँन”, अर्थशास्त्री प्राध्यापक रोमर भन्छन्, “सम्भावनाहरु जोडिएर होइन गुणन भएर आउँछन् ।” सन् २०१८ का नोबेल पुरस्कार विजेता न्युर्योक विश्वविद्यालयका प्राध्यापक पाउल रोमरको भनाइ सम्झन मनासिव हुन्छ । “संकटलाई खेर फाल्ने भयानक गल्ती कसैले पनि गर्नुहुदैँन”, अर्थशास्त्री प्राध्यापक रोमर भन्छन्, “सम्भावनाहरु जोडिएर होइन गुणन भएर आउँछन् ।” यसका काफी प्रमाणहरु मानव सभ्यताका दौरान हामी पाउन सक्छौं । छैठौं शताब्दीदेखि अठारौं शताब्दीसम्म नै करिब दर्जन पटक विश्वव्यापी महामारीको रुपमा आएको प्लेगको सबैभन्दा ठूलो प्रकोप चौंधौं र अठारौं शताब्दीमा मानव सभ्यताले ब्यहोर्यो । ब्ल्याक डेथ (कालो मृत्यु)को उपमा पाएको चौधौं शताब्दीको प्लेगले चार वर्षमा युरोपको एक तिहाई जनसंख्या नै सखाप बनाइदियो । अठारौं शताब्दीमा संसारभर यसले २० करोडको हाराहारीमा मानिसहरुको चिहान खनेको थियो । तर यसैका कारण घटेको मानव जनसङ्ख्याले युरोपलाई कृषि युगबाट यान्त्रीकरण र औद्योगिकरणको युगमा लगिदियो । उता जनस्वास्थ्यतर्फ समेत सचेतता अपनाउँदै अर्काे ठाउँबाट समुद्री मार्ग हुँदै आएपछि ४० दिन बन्दरगाहाकै बेग्लै कक्षमा राख्ने चलनको शुरुवात भयो । इटालियन भाषामा ४० लाई क्वारेन्टिन भनिने हुनाले नै कालान्तरमा यो प्रक्रियाको नाम नै क्वारेन्टाइन रहन पुग्यो । यही क्रममा नै यसको महामारी रोक्नका लागि संक्रमित सहर सिल (बन्द) गर्ने तौर तरिकाको समेत विकास भयो । उन्नाइसौं शताब्दीमा आधा दर्जन पटक संसारलाई हैरान बनाएको हैजाको महामारीले पनि संसारभर ३ करोड बढिको ज्यान लिएको थियो । तर यसैको प्रतिक्रिया स्वरुप वैज्ञानिकहरुले किटाणु पत्ता लगाउन सफल भए र जनस्वास्थ्य, सरसफाइ, शुद्ध खानेपानी, फोहोर व्यवस्थापन, व्यवस्थित बधशाला, नाला व्यवस्थापन जस्ता अवधारणाहरुको विकास संसारभर हुन सक्यो । प्रथम विश्व युद्धको अन्त्य तिर सन् १९१८ देखि १९२० सम्म विश्वभर फैलिएको स्पेनिस फलुका कारण संसारभर करिब ५ करोड मानिसहरुको मृत्यु भयो । यो संख्या प्रथम विश्वयुद्धका चार वर्षमा मारिएकाको कुल संख्याभन्दा तेब्बर धेरै थियो । तर यही कारणले संसारभर भर्खर ताते ताते गर्न थालेको जनस्वास्थ्य क्षेत्रको तिब्रतर विकास भयो । तत्कालिन लिग अफ नेशन्स (राष्ट्र संघ) को एक अंगका रुपमा स्वास्थ्य विभागलाई राख्न विश्व समुदाय सहमत भयो । यसैको विकसित रुपका रुपमा संयुक्त राष्ट्र संघको गठन पछि आजको विश्व स्वास्थ्य संगठनको गठन भएको थियो । संसारभरका सरकारहरुले स्वास्थ्य मन्त्रालयको आवश्यकता पनि त्यसपछि नै महशुस गरेका थिए । प्लेग महामारीकाे एक दृष्य त्यसपछि तुलनात्मक रुपमा साना महामारीहरु जस्तै हङ्गकङ्ग फलु, सार्स, एभिएन फलु, स्वाइन फलु र इबोला आदिले पनि भाइरसको विशेषताहरु, नियन्त्रणका उपायहरु र पूर्वतयारीहरुको बारेमा पाठ सिकाइरहेकै छन् । विशेषतः इबोला संक्रमणको बेलादेखि शुरु भएको ‘डक्टर्स विथआउट बोर्डस’ (सिमाबिहिन चिकित्सकहरु) अभियानले आज कोरोना संक्रमणमा पनि निकै प्रभावकारी भूमिका खेलिरहेको हामी पाउछौं । यस्तै सिकाइहरुको जगमा आज मानव सभ्यता कोभिड—१९ विरुद्धको लडाईंमा सफलता प्राप्त गर्दैछ । अर्काे पाटो केलाउँदा मानव सभ्यताका लागि कुनै पनि युद्धहरु अभिशाप नै हुन् । तर सत्य के पनि हो भने युद्ध कै विभीषिकाबाट रेडक्रस र स्काउट जस्ता मानवतावादी संगठनहरुको जन्म मात्र होइन सुरक्षा, सञ्चार र प्रविधिको उच्चतम विकास पनि भएको छ । दोस्रो विश्वयुद्धको उदाहरण यदि हेर्ने हो भने यसले एकातिर ६ करोड बढिको ज्यान लिने त्रासद इतिहास संसारलाई दियो भने अर्काे तर्फ भुमण्डलीकरण र अन्तरिक्ष युगको नयाँ ढोका पनि खोलिदियो । युद्धको समयको सञ्चारका साधनहरु नै कालान्तरमा रेडियो, टेलिफोन, टेलिग्राफ र टेलिभिजनका रुपमा संसारभरका मानिसहरुको सम्पत्ति बन्न पुग्यो । यही क्रममा प्रयोग भएका गाडी, ट्रक, ठूला पानीजहाज र हवाईजहाजहरु नै पछि सार्वजनिक यातायात तथा ढुवानीका नयाँ साधनहरु बन्न पुगे । यसैको बाछिटाका रुपमा संसारभर राष्ट्रिय मुक्ती संग्रामहरुले गति लियो र उपनिवेश युग सदाका लागि अन्त्य भयो । संसारभर मानव अधिकार, स्वतन्त्रता, विभेदरहित बाँच्न पाउने अधिकार, सामाजिक विकास, समानता र सबैलाई शिक्षा जस्ता विषयहरु जनस्तरमा विस्तारित हुनुमा यही युद्धको परिणाम स्वरुप बनेको संयुक्त राष्ट्र संघ जिम्मेवार छ । नेपालमा पनि २०५२ देखि २०६२ सम्मको सशस्त्र द्वन्द्व नेपालको कालो इतिहास थियो । तर यसैको जगमा नै नेपालमा राजनैतिक तथा सामाजिक चेतनाको उच्चतम विकास भएको सत्य पनि नकार्न सकिन्न । महिला, जनजाति, मधेशी, कर्णाली जस्ता विभिन्न सिमान्तकृत समुदायको आवाज मुल प्रवाहमा ल्याउन यो द्वन्द्वको विशिष्ट भूमिका थियो । अर्काे तर्फ यही कालखण्डमा नेपालका धेरै युवाहरु विदेश भासिन बाध्य भए । फलतः एकातिर नेपालको अर्थतन्त्र जागिन सक्यो भने अर्काेतर्फ नेपालले विश्वव्यापीकरण, सूचना प्रविधि तथा मिडिया क्षेत्रको तिब्र विकास, शैक्षिक क्षेत्रमा विशिष्ट उपलब्धीहरुसँग साक्षात्कार गर्ने मौका पाए । नेपालीहरुको जीवनस्तर र प्रति व्यक्ति आयमा पनि वृद्धि भई गरिबी निवारणमा पनि तिनै युवाहरुले विदेशमा कमाएको रेमिन्टान्स, सीप र अनुभवको विशिष्ट भूमिका रहेको छ । यी सबै दृष्टान्तहरुको पछाडी संकटहरुको स्वागत गर्नुपर्दछ भन्ने मनशाय पक्कै पनि होइन । तर हरेक संकटको कालो बादलमा रहेको चाँदीको घेरो भने पक्कै चिन्नुपर्दछ । त्यसै पनि भनाइ नै छ संकट भनेको सम्पत्तिको पुनर्वितरण मात्र हो । एउटा क्षेत्रको संकटले नै अर्काे क्षेत्रलाई अवसरको ढोका खोलिरहेको हुन्छ । जस्तो कि मानव सभ्यता डिजिटल युगमा पुग्नका लागि कोडाकको रिलमा संकट आउन अनिवार्य थियो भने नोकियाको चिहानमा नै हामीले स्मार्ट फोन चलाउन पाएका थियौं । सम्भावनाका ढोकाहरु अंग्रजीमा एउटा उखान छ ‘जहाँ इच्छा त्यहाँ उपाय’ ! अर्थात एउटा ढोका बन्द हुनु भनेको सयौं अरु सम्भावानाका ढोकाहरु खुल्नु हो । विभिन्न अर्थशास्त्रीहरुको मतमा पनि संकटको बेला पैसा बन्द हुने नभई पैसाको प्राथमिकतामा फेरबदल मात्र हुने हो । जस्तो कि यो महामारीले पनि प्रष्ट रुपमा पर्यटन र मनोरञ्जनबाट मानिसहरुको प्राथमिकता स्वास्थ्य र सूचना प्रविधिमा स्थानान्तरण हुने प्रायः निश्चित छ । अंग्रजीमा एउटा उखान छ ‘जहाँ इच्छा त्यहाँ उपाय’ ! अर्थात एउटा ढोका बन्द हुनु भनेको सयौं अरु सम्भावानाका ढोकाहरु खुल्नु हो । विभिन्न अर्थशास्त्रीहरुको मतमा पनि संकटको बेला पैसा बन्द हुने नभई पैसाको प्राथमिकतामा फेरबदल मात्र हुने हो । जस्तो कि यो महामारीले पनि प्रष्ट रुपमा पर्यटन र मनोरञ्जनबाट मानिसहरुको प्राथमिकता स्वास्थ्य र सूचना प्रविधिमा स्थानान्तरण हुने प्रायः निश्चित छ । यो महामारीपछि मानिसहरु कठोर आत्मअनुशासनको परिपालना गर्दै भौतिक दूरीका लागि मञ्जुरी प्रदान गर्नेछन् । मानिसहरु सम्पत्तीभन्दा स्वास्थ्यलाई जोड दिनेछन् । यसले गर्दा स्वास्थ्य क्षेत्र जस्तै अस्पताल, स्वास्थ्य केन्द्र, क्लिनिक, स्वास्थ्य प्रयोगशाला, औषधि कम्पनी तथा स्वास्थ्य वीमा कम्पनीहरु आदिको व्यापार सम्भावना बढेर जानेछ । भिडभाड युक्त क्षेत्रहरुबाट मानिस तर्सनेछन् भने व्यक्तिगत स्वास्थ्यमा सजग रहनेछन् । यसले गर्दा माक्स, पञ्जा, सेनिटाइजर, साबुन, ट्वाइलेट पेपर, शुद्ध खानेपानी, पानी शुद्धिकरणका साधनहरु, पौष्टिक खाना आदिको क्षेत्रमा नयाँ सम्भावनाहरु सहज हुनेछन् । यसका साथै संसारभर सुरक्षाका उपकरणहरुको माग समेत बढेर जानेछ । संक्रमितहरुको खोजीका लागि ट्रेकिङ्ग र ट्रेसिङ्ग उपकरणहरुको प्रयोग बढेर जानेछ । यसका लागि यातायातका साधनहरु तथा सार्वजनिक क्षेत्रहरुमा समेत जिपिएस तथा सिसिटिभीहरुको प्रयोग बढेर जानेछ । अझ भिडभाड हुने क्षेत्रमा अनुहार पहिचान गराउन सक्ने (फेस डिटेक्टर) सिसिटिभीको समेत प्रयोग हुनाले संक्रमितहरु मात्र नभई अपराधीहरु पहिचानमा समेत ठूलो सहयोग मिल्नेछ । यसका कारण अपराध तथा आतंकवाद न्युनिकरणमा समेत सहायता हुनेछ । अब उत्पादन हुने नयाँ मोवाइलहरुमा तापक्रम, रक्तचाप, मुटुको चाल, सुगर लेभल आदिको मापन गर्ने सामान्य उपकरणहरु थप गर्न सकिनेछ भने त्यसको दैनिक तथ्यांक नजिकको सरकारी निकायले राख्ने संयन्त्र पनि विकास हुन सक्नेछ । यसले गर्दा जनस्वास्थ्यमा नयाँ फड्को मार्ने विश्वास पनि लिन सकिन्छ । अब उत्पादन हुने नयाँ मोवाइलहरुमा तापक्रम, रक्तचाप, मुटुको चाल, सुगर लेभल आदिको मापन गर्ने सामान्य उपकरणहरु थप गर्न सकिनेछ भने त्यसको दैनिक तथ्यांक नजिकको सरकारी निकायले राख्ने संयन्त्र पनि विकास हुन सक्नेछ । यसले गर्दा जनस्वास्थ्यमा नयाँ फड्को मार्ने विश्वास पनि लिन सकिन्छ । संसारभर अघिल्लो शताब्दीको अन्त्य तिरदेखि विद्यमान विभिन्न अनलाइन प्ल्याटफर्महरुमा इतिहास कै सबैभन्दा बढि अवसर अहिले सृजना भएको छ । सन् १९९७ मा शुरु भएको नेटफ्लिकमा फिल्म हेर्नेहरु, सन् १९९८ मा स्थापना भएको पेपलबाट कारोबार गर्नेहरु, सन् १९९९ देखि व्यापार थालेको अलिबाबामा सामान अर्डर गर्नेहरु अनि सन् २०११ मा स्थापना भएको जुममा बैठक वा कक्षा चलाउनेहरु सबै यही बीचमा बढेका छन् । सन् १९९० देखि नै संसारभर र नेपालमा समेत दोस्रो जनआन्दोलन पछि भित्रिएको अनलाइन बैंकिङ्ग प्रणालीमा समेत यतिबेला अलिक बढि चासो र प्रयोग बढेको बैंकरहरुले विभिन्न सञ्चार माध्यमहरुमार्फत बताउने गरेका छन् । नेपालमा सन् २००९ मा शुरु भएको इसेवा, २०१७ मा शुरु भएको खल्ती वा २०१८ मा मात्र पाइला राखेको आएमई पे जस्ता पेमेन्ट गेटवेहरुको प्रयोग पनि यही बीचमा बढिरहेको हाम्रै माझमा अनुभव गरिरहेकै छौं । विश्व समुदायमा रोजगारीका अवसरहरु गुम्ने चिन्ताहरुका बीचमा संसारको सबैभन्दा पुराना अनलाइन सामान बिक्रेता कम्पनीहरुले विगत एक महिनामा लाखौं नयाँ रोजगारीका अवसरहरु सिर्जना गरेका छन् । अमेजनले यो चार हप्तामा पौने दुई लाख, वालमार्टले डेढ लाख र अलिबाबाले आधा लाख नयाँ कर्मचारीको माग गरेको छ । यसको आधारमा पनि यो संकटबाट मुक्ति भएपछि यिनीहरुको व्यापारबारे पक्कै पनि हामी अनुमान लगाउन सक्छौं । अब इन्टरनेट, मोवाइल वा क्युआरकोडबाट बैंङ्गको सुविधा लिने दिशा तर्फ विश्व समुदाय नै लाग्नेछ । चलचित्र हेर्नका लागि युट्युव, नेटफ्लिक्स, आइफ्लिक्स आदिको प्रयोग बढेर जानेछ । जुम, गुगल क्लासरुम, क्यानभास, मुडल, टिम्स, ब्ल्याकबोर्ड आदिजस्ता एप्सहरु कक्षाकोठाको विकल्पका रुपमा स्थापित हुनेछन् । शैक्षिक संस्थाहरुमा स्टडी फ्रम होम जस्तै कार्यालयहरुमा वर्क फ्रम होमको अवधारणा शुरु भइसकेको छ । जसको निरन्तरताले सेवा क्षेत्रमा काम गरिरहेका धेरै कार्यालयहरुले आफ्नो भौतिक कार्यालयहरु बन्द गरी अनलाइन सेवा मात्र प्रदान गर्नेछन् । यसमा अग्रणी स्थानमा बैंक, यातायात क्षेत्रको टिकट काउन्टर, विभिन्न सामानको होम डेलिभरी सेवा आदिले तत्कालै यो क्रमलाई पछ्याउनेछन् । जसरी नर्वेको सेन्ट्रल बस टर्मिनलमा सन् २०१८ देखि नै कुनै पनि बस कम्पनीलाई काउन्टर राख्न नदिने नियम शुरु भएकोमा हाल यसका छिमेकी देशहरुले पनि सोही कार्यलाई पछ्याउन शुरु गरेकाछन् । अब हरेक क्षेत्रमा मानिसहरुको कम भन्दा कम सहभागितालाई जोड दिनका लागि ड्रोन डेलिभरी, अनलाइन गेम, मोवाइल एप्सबाटै उजुरी दिन सकिने प्रहरी चौकी, कर तिर्न वा किनबेच गर्न सकिने मालपोत, अनलाइन सिफारिस तयार गरिदिने प्रशासन कार्यालय वा स्थानीय तह आदिको युग आउनेछ । यसका लागि हरेक जनताको आधिकारिक डिजिटल सिग्नेचर बनाएर सोहीका आधारमा आधिकारिकता पहिचान पछि सेवा लिने र दिने दिन पनि धेरै पर पक्कै छैन । यसरी मानिसहरुको चहलपहलमा कमि आएपछि विश्वको वातावरण पनि पुनः सफा र सहज हुन थाल्नेछ । यो वसन्तले संसारभर हरियाली र पुष्पाञ्जलीको सृजना गर्नेछ । यसले पृथ्वीलाई केही समयका लागि आराम दिएको छ भने मानव सिर्जित प्रदुषणमा पनि कमि आउन थालेको छ । परिणामतः विश्वव्यवापी लकडाउनका बेला कार्वन उत्सर्जनमा कमि भएका र ओजन तहमा सकारात्मक परिवर्तनहरु देखिन थालेका रिपोर्टहरु आइरहेका छन् । अर्काे तर्फ विश्वभरका अर्थराजनैतिक विश्लेषहरुको मत अनुसार अब या त भुमण्डलिकरण (ग्लोबलाइजेशन) को अन्त्य हुनेछ वा यसको केन्द्र पूर्वतर्फ रहनेछ । पहिलो मतका अनुसार अब मानिसहरु स्थानीयतामा बढि सुरक्षित महशुस गर्नेछन् वा बढिमा आपसी सहकार्यमा आधारित अर्ध भूमण्डलीकरणको अभ्यास गर्नेछन् । दोस्रो मतले के मान्दछन् भने यो महामारीका कारण पश्चिमा अर्थतन्त्र मुलतः अमेरिका र युरोप धरासायी हुनुका कारण तथा पूर्विय देशहरुले छिटै महामारीबाट बाहिर निस्कनुले अबको नयाँ भूमण्डलीकरणको तालाचाबी चीन, जापान, भारत, कोरिया, सिंगापुर आदि देशहरुको खल्तीमा हुनेछ । यी दुई मध्ये कुनै पनि परिस्थितीमा पनि नेपाली अर्थतन्त्रलाई भने त्यस अघिको अवस्थामा भन्दा त्राण मिल्नेमा भने शंका छैन। यो कोणबाट पनि नेपालले विचार पुर्याउन सकेमा यसबाट राम्रो फाइदा लिन सकिनेछ । साथै हरेक राज्य संयन्त्रहरु यस्ता महामारीसँग लड्नका लागि थप तदारुकताका साथ तयारी अवस्थामा बस्नेछन् । यी सबै तयारीका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी, प्राविधिक जनशक्ति तथा विज्ञहरुको आवश्यकता पर्नेछ । यसरी सम्भावनाहरुको अन्त्य हुने होइन नयाँ ढोकाहरु खुल्ने कुरामा कुनै शंका छैन । नेपाल कसरी हिस्सेदार बन्न सक्छ ? माथिल्लो खण्डमा चर्चा गरिएका सम्भावनाका ढोकाहरु के नेपालका लागि खुला छन् त ? निकै र पक्कै गाह्रो छ । हामी बलबल्ल दुई तिहाई मानिसहरुलाई साक्षर बनाउन सकेका नेपालीहरुलाई यी सबै प्रविधिहरुलाई एकै चोटी अंगिकार गर्न पक्कै सहज छैन । सिटामोल र मास्क त भारत र चीनबाट मगाउनु पर्ने हामी स्वास्थ्य सेवा बेचेर फाइदा लिन सक्ने अवस्थामा छैनौं भने पछि पर्यटन क्षेत्रले अहिलेको अवस्थामा माथि उठ्न निकै कसरत गर्नुपर्ने अवस्थामा नेपालका ढोकाहरु बन्द नै भएका हुन् त ? आउनुहोस् केही चर्चा गरौं । वास्तवमा नेपाली अर्थतन्त्रको मूल आधार भनेको अब पनि कृषि नै हुनेछ । तर हामीले कृषिको विद्यमान प्रवृत्तिमा भने आमूल परिर्वनको खाँचो यो संकटले मागिरहेको छ । विगतमा हरेक संकटमा हामीलाई बचाएको कृषिलाई अब हामीले यसको संकटबाट बचाउने बेला आएको छ । यसलाई निर्वाहमुखीबाट व्यवसायिक, फोगटेबाट चक्लाबन्दीमा आधारित तथा परम्परागतबाट प्राविधिक रुपान्तरणबाट नै यो सम्भव छ । माग र आपूर्तिका आधारहरु तय गरेर कृषिलाई पेशा होइन उद्योगको रुपमा विकास गर्नु जरुरी छ । यसलाई नेपाली उद्योगहरुका लागि कच्चा पदार्थ उत्पादन गर्ने थलोका रुपमा सप्लाई चेनको हिस्सा बनाउनुपर्दछ । तेल उद्योगका लागि तोरी वा सूर्यमुखि, चाउचाउ उद्योगका लागि मैदा र मसला, कपडा उद्योगका लागि कपास र धागो अनि दाना उद्योगका लागि मकै र चना विदेशबाट आयात गरुन्जेल नेपाली उद्योग र कृषिले बाटो बिराइ नै रहनेछ । साथै कृषिलाई अब पर्यटन र जडिबुटीसँग जोड्न सकेमा हामी पुनः विश्व बजारमा स्थापित हुन सक्छौं । नेपाल आयुर्वेदको भूमि हो भन्ने संसारले बुझेको छ । तर हामीले नै अरु देशबाट औषधि आयात गर्नुपर्ने अवस्था हाम्रो गौरवमय इतिहासलाई शोभा दिदैन । अब हामीले ति जडिबुटीको बारेमा अध्ययन, अनुसन्धान, उत्पादन, प्रशोधन तथा औषधिका रुपमा बजारिकरण गर्नु जरुरी छ । जडिबुटी प्रयोग गरेर औषधिका अलावा चिया, बिस्कुट, टनिक, पेय पदार्थ, मसला आदि बनाएर पनि संसारलाई बेच्न सकिन्छ । अबको पर्यटन भिडभाडमा भन्दा पनि स्वास्थ्य र एकान्तमा केन्द्रीत हुने अवस्था छ । जडिबुटीमा आधारित आयुर्वेदिक रिसोर्टहरु अबको विकल्प हुन सक्छन् । योग, प्राणायम, ध्यान, साधना, आयुर्वेदीक उपचार, सात्विक खाना आदिको आधारमा नै अबको नयाँ क्लालिटी टुरिस्टहरुको नयाँ गन्तव्य नेपालका पहाडी र हिमाली टाकुराहरुलाई बनाउन सकिन्छ । स्वच्छ हावा, प्रकृतिसँग सामिप्यता, आयुर्वेदमा आधारित खानपिन र पूर्विय जीवन शैलीका कारण नै हाम्रो आरोग्यताको कारण हो भनेर बुझाउन अब अप्ठ्यारो पनि पक्कै हुनेछैन । साथै नेपाललाई आयुर्वेदक उपचार र अध्ययन अध्यापनको हव पनि बनाउन सकिन्छ । अबको पर्यटन भिडभाडमा भन्दा पनि स्वास्थ्य र एकान्तमा केन्द्रीत हुने अवस्था छ । जडिबुटीमा आधारित आयुर्वेदिक रिसोर्टहरु अबको विकल्प हुन सक्छन् । योग, प्राणायम, ध्यान, साधना, आयुर्वेदीक उपचार, सात्विक खाना आदिको आधारमा नै अबको नयाँ क्लालिटी टुरिस्टहरुको नयाँ गन्तव्य नेपालका पहाडी र हिमाली टाकुराहरुलाई बनाउन सकिन्छ । त्यति मात्र होइन अब नेपाली शैक्षिक क्षेत्रमा पनि नयाँ सम्भावनाका ढोकाहरु खुल्नेछन् । नेपालीहरुकको विदेश अध्ययनका हबहरु युरोप, अमेरिका तथा अस्ट्रेलियामा हाल कोरोना आतंक पश्चात नेपालका शैक्षिक प्रतिष्ठानहरुमा अध्ययन गर्ने विद्यार्थीहरु आगामी वर्षहरुमा बढ्नेछन् । यही मौकामा सरकारमा नेपालमा नै नेपाली आवश्यकता अनुसारको शिक्षा र शिक्षा अनुसारका अवसरहरु प्रदान गर्न सके नेपालले अब परनिर्भरताको युगको ढाड पनि भाँच्ने मौका यो बन्न सक्छ । कोरोना कहरपछि देश फर्किने हाम्रा युवाहरुलाई देशमा रोक्न र माथि उल्लेखित पर्यटकहरुलाई नेपालमा आकर्षित गर्नका लागि सरकारले भने निकै राम्रो तयारी गर्नुपर्दछ । यसका लागि सरकारले तत्काल पूँजीगत खर्चमा व्यापक वृद्धि गरी जडिबुटी केन्द्रीत कृषिमा ठूलो संख्याका युवाहरुलाई लगाउनु जरुरी छ । यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम वा स्वरोजगार कार्यक्रमको सहारा लिन सकिन्छ भने संसद विकास कोष वा विकास बजेटबाटै भए पनि रकमान्तर गरी काम गर्न सकिन्छ । यसले एकातिर बेरोजगारी समस्याको समाधान गर्नेछ भने अर्काे तिर अर्थतन्त्रलाई चलायमान पनि बनाउन सक्नेछ । साथै आयात प्रतिस्थापनका लागि जलविद्युत आयोजनाको काम अबिलम्ब सकेर इन्धनमा आत्मनिर्भर हुन सकिन्छ । नेपालको हरियो वनमार्फत नेपालीहरुको जीवनमा बहार ल्याउन सक्ने गरी दीगो उपयोगको नीति पनि ल्याउनु आवश्यक छ । विलाशिताका सामाग्रीहरु जस्तै महंगा गाडी, रक्सी, सुन चाँदी, फर्निचर आदिको आयातमा केही महिना रोक र त्यसपछिका केही वर्ष निरुत्साहित गर्नु पनि जरुरी छ । संसारभर प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपाली युवाहरुलाई नेपालमा नै कम्पनी खोलेर कार्य गर्नका लागि प्रोत्साहित गर्न सके पनि नेपालले प्राविधिक क्षेत्रमा आएको यो नयाँ बहारको फाइदा लिन सक्नेछ । यस प्रकार कोरोनाको महामारी एउटा महाविपत्तीलाई सहजै हामीले सम्पत्तिमा परिवर्तन गर्न सक्ने ल्याकत राख्छौं । यसका लागि विद्यमान वैज्ञानिक आविष्कारसँग हाम्रा जीवनशैली र संस्कार मिलाउन सक्ने योग्यता भने हामीमा पक्कै चाहिन्छ । यी सारा अवसरहरुले हाम्रो ढोका ढकढकाइरहँदा हामी नकारात्कताको अन्धकारमा जकडिएर निदाइरहनु भने पक्कै हुँदैन ।

अर्थत्रन्त्र चलायमान बनाउने र भोकमरीबाट बचाउने चुनौति

महामारीको शाब्दिक अर्थ, ‘महा’ भन्नाले धेरै ठूलो, र ‘मारी’ भनेको मृत्यु वा घातक भन्ने हो । महामारी भनेको कुनै रोग वा रोगजन्य जीवाणु अथवा विषाणुले कुनै स्थानबाट उत्पति भई एक ठाउँबाट अर्को ठाउँमा विभिन्न माध्यमबाट एकैपटक फैलिएर सोचेभन्दा बढि जनसङ्ख्यामा असर पार्दछ भने त्यस्ता रोगलाई महामारी भनिन्छ । यदि उक्त रोग एक देशबाट अन्य देशहरुमा फैलिएर विश्वभर असर गर्दछ भने त्यसलाई ‘विश्वब्यापी महामारी’ (पाण्डेमिक डिजिज) भनिन्छ । अहिले विश्वभर फैलिएको ‘कोभिड –१९ नामक कोरोना भाईरस’ (विषाणु) को महामारी पाण्डेमिक खालको हो । सन् १९६० मा पत्ता लागेको भएतापनि यस कोरोना भाईरसको बारेमा गम्भिर रुपमा अनुसन्धान र रोकथामको उपायका बारेमा आधुनिक चिकित्सा जगतले खासै चासो देखाएन । सोहि कारण यस्तो प्राणघातक सरुवा रोग आज आएर मानव जगतको लागि गम्भिर चिन्ताको विषय बन्न पुग्यो । जनगणतन्त्र चीनको वुहान राज्यबाट उदाएको कोभिड १९ नामक कोरोना भाईरस (विषाणु) ले विश्वका २ सय १३ भन्दा बढि देशमा लाखौंको संख्यामा संक्रमण फैलाएर लाखौंको संख्यामा नै मानिसहरुले मृत्युवरण गरिरहेको स्थिति छ । अहिलेको स्थितिलाई नियन्त्रण लिन ढिला भए या कठीन भए मानव संहारको स्थिति भयाभह नहोला भन्न सकिन्न । महामारीको विश्वब्यापी फैलावट र स्थिति केलाउँदा हरेक पटक फैलिएका महामारीले विश्व परिवेश र मानचित्रमा सामाजिक, सामरिक, आर्थिक, मनोबैज्ञानिक तथा साँस्कृतिक मानकहरु परिवर्तन गरेको देखिन्छ । संसारमा विभिन्न समय र कालखण्डमा पित ज्वरो (एल्लो फिवर), स्पानिस फ्लू, अमेरिकन पोलियो, एसियन फ्लू, एड्स, सार्स, स्वाईन फ्लू, अफ्रिकन इबोला, जिका भाइरस, तथा विभिन्न जैविक रुप र चरणमा पटक पटक फैलिएको प्लेग रोग जस्ता महामारी रोगहरुले लाखौं मात्र नभएर करोडौंको संख्यामा मानिसको मृत्यु भएको पाईन्छ । कुनै समय क्षयरोग, कुष्ठरोग तथा बिफर जस्ता रोगको महामारीले समेत मानव जगतलार्ई सताएको देखिन्छ । महामारी रोगको अध्ययन गर्दा यसका तीन कुरा अति महत्वपूर्ण हुन्छन् । १. रोगको उत्पति र बारम्बारता, २. रोगको फैलावट, ३. रोगको निर्धारक तत्व । कोरोनाको महामारीको अध्ययन गर्दा यसको उत्पति चीनको वुहान राज्य हो तर उत्पति या संक्रमणको श्रोत के हो ? अहिलेसम्मको अध्ययनले अनुमान मात्र गरेको छ तर यकिन गर्न सकेको छैन । कोरोनाको रोग पाक्ने अविधि औषत १४ दिन हुने भएकाले संक्रमण हुनासाथ लक्षण चिन्ह देखिन्दैन तर विस्तारै मानिसको स्वासप्रश्वास प्रणालीमा संक्रमण गरि उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने, घाँटी दुख्ने, ढाड दुख्ने तथा जीउ दुख्नेजस्ता लक्षण देखा पर्दछ र क्रमश सास फेर्न कठीन हुने, न्यूमोनिया र मृत्यु हुने गर्दछ । यो रोग सर्ने तरिका वा माध्यम भनेको थुकको छिटासंगको प्रत्यक्ष या अप्रत्यक्ष संसर्ग नै हो । तर त्यो थुकको छिटा (ड्रपलेट्स) संक्रमित ब्यक्तिले स्वास फेर्दा, बोल्दा, खोक्दा या हाच्छ्युँ गर्दा हावामा, ब्यक्तिको हातमा सम्पर्कमा आउँछन् । निरोगी ब्यक्तिले रोगी ब्यक्तिसंग सम्पर्कमा आउँदा, हात मिलाउँदा, अंकमाल गर्दा, जुठो खाँदा, वा कपडा, तौलिया, भाँडाकुँडा आदिको माध्यमबाट संक्रमण सर्दछ र फैलिन्छ । यो रोगको फैलावट दर, संक्रमणदर, र घातकतादर (मृत्युदर) अन्य सामान्य विषाणु वा रोगको भन्दा कयौं गुणा बढि देखिन्छ । रोग फैलिनका लागि निर्धारक तत्वहरुको भूमिका एकदम महत्वपूर्ण हुन्छ । रोगलाई श्रोतबाट बोकेर ल्याउने विभिन्न माध्यमहरु हुन्छन् । रोग सार्ने र फैलाउने कार्यमा जानाजान वा अन्जानवस ती निर्धारक तत्वहरुले कार्य गरिरहेका हुन्छन् । जस्तै, कोरोनाको महामारीका निर्धारक तत्वहरुमा सामूहिक खानपान, भोज, भिडभाडमा जानु, हात मिलाउनु, मास्क नलगाउनु, बाहिरी बस्तु वा ब्यक्तिको सम्पर्कपछि हात नधुनु, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख नछोप्नु, मानिसहरुले आन्तरिक तथा बाह्य आवतजावतमा सतर्कता नअपनाउनु, ब्यक्तिगत भौतिक दूरी कम्तीमा ३ कदम नराख्नु, रोगको लक्षण देखा पर्दा अस्पताल नजानु तथा क्वारेन्टाइनमा नबस्नु हो । लेखक कोरोना महामारीको विश्वब्यापी प्रकोपबाट बच्नका लागि विभिन्न उपायहरु छन् । ती रोकथाम र नियन्त्रणका उपाय या तरिकाहरुबाट रोगमाथिको विजय हाँसिल गर्न सकिन्छ । ती प्रयासहरु यस प्रकार छन् । १.संक्रमणको कारण र श्रोत पत्ता लगाउनुपर्दछ । २.चेन अफ इन्फेक्सन पत्ता लगाई रोगको सर्ने प्रकृयामा अवरोध गर्नुपर्दछ । ३.जनचेतना विस्तार एवम् रोगको संक्रमण, सर्ने तरिका, बच्ने उपाय तथा उपचारपद्धति, रोकथाम र नियन्त्रणबारे आम रुपमा सूचना सम्प्रेषण गर्नुपर्दछ । ४.समाज र राष्ट्रका सबै अंग तथा निकायहरु बीच सघन छलफल र सहकार्य एवं समन्वयन गर्नुपर्दछ । ५.रोगको प्राकृतिक र जैविक स्थिति पत्ता लगाई त्यस विरुद्धको बायोमेडिकल र उपचारात्मक पद्धतिबारे अनुसन्धान र प्रयोग तत्काल सुरु गर्नुपर्दछ । उपचार र रोकथाम अनुमानका आधारमा होईन अनुसन्धान र प्रयोगका आधारमा गरिनुपर्दछ । ६.रोग लागेका, रोगको लक्षण भएका तथा रोगको सम्भावित जोखिम क्षेत्रमा रहेकाहरु लाई जाँचपड्तालको पहिलो पंक्तिमा राखी क्वारेन्टाइन, आइसोलेसन तथा उपचारमा क्रमश लैजाने सुरक्षित विधि अपनाउनुपर्दछ । ७.रोगीलाई विशेष अस्पताल वा सघन उपचार सुविधायुक्त कक्षमा आईसोलेसनमा राखी अति उच्च सतर्कताका साथ उपचार गर्नुपर्दछ । ८.यो अति उच्च संक्रामक सरुवा रोग भएकाले उपचारमा संलग्न चिकित्सक तथा उपचारिकाहरुलाई समेत उच्च सतर्कताका साथ पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्टको उचित प्रयोग गर्ने ब्यवस्था मिलाईनुपर्दछ । ९.आवश्यक्ता अनुसार मानिसको अत्यधिक आवतजावत तथा भेटघाट रोक्न आंसिक वा पूर्ण रुपमा निषेधाज्ञा वा लकडाउन गरि आम जनतालाई घरमै क्वारेन्टाईनमा रहन निर्देशन वा अपिल जारी गर्नुपर्दछ । १०. योे विश्वब्यापी प्रकृतिको महामारी भएकाले अन्तर्राष्ट्रिय सीमा नाका, हवाई, जल, तथा स्थलगत आवागमनलाई रोक्नुपर्दछ । प्रकृयाको सुरुवात यसै विन्दुबाट गर्नुपर्दछ । महामारी रोक्न र नियन्त्रण गर्न सबै संघसंगठन, राजनीतिक दल, सुरक्षा निकाय, सरोकारवाला तथा देश बिदेशको आर्थिक, भौतिक, प्राविधिक तथा अन्य किसिमको सहयोग र समर्थन प्राप्त गर्ने कार्य गर्नुपर्दछ । विश्वब्यापी रुपमा हुने आर्थिक गतिविधि कत्तिको प्रभावित बन्छ र कुन हदसम्म मन्दि हुने हो भन्ने कुरो महामारीको अन्त्य कति छिटो गर्न सकिन्छ भन्ने कुरामा भर पर्दछ । कोरोना महामारीको अनियन्त्रित फैलावट हेर्दा यसले विश्वव्यापी आर्थिक संरचनामै ठूलै हलचल र परिर्वन गर्ने संकेत देखिएकोछ । महामारीले हाम्रो जस्तो विकासोन्मुख देशमा स्वास्थ्य जनिक समस्या र मानवीय संकटका अलावा अन्य धेरै कुरामा प्रभाव पार्दछ । यो मानव स्वास्थ्यसँग सम्वन्धित गम्भीर प्राकृतिक प्रकोप अन्तर्गत जैविक विपत्ती भए पनि यसको नियन्त्रणका लागि प्रयोग गरिने विधि तथा उपायहरुका कारण स्वास्थ्य लगायत सामाजिक, सामरिक र विश्व अर्थव्यवस्थामा गम्भिर पहिरो जाने चेष्टा देखिईसकेको छ । विश्वब्यापी रुपमा हुने आर्थिक गतिविधि कत्तिको प्रभावित बन्छ र कुन हदसम्म मन्दि हुने हो भन्ने कुरो महामारीको अन्त्य कति छिटो गर्न सकिन्छ भन्ने कुरामा भर पर्दछ । कोरोना महामारीको अनियन्त्रित फैलावट हेर्दा यसले विश्वव्यापी आर्थिक संरचनामै ठूलै हलचल र परिर्वन गर्ने संकेत देखिएकोछ । विश्वब्यापी रुपमा यस रोगको बिरामीदर र मृत्युदर बढ्दै जाँदा मुलुकहरुको साधारण तथा पूँजिगत खर्च कटौति भई रोगको निबारण र नियन्त्रणमा खर्च हुन्छ । पूँजीगत र उत्पादक खर्च घट्दा अनुत्पादक खर्च बढ्न जान्छ जसले उत्पादन र रोजगारीमा ह्रास ल्याउँदछ । विश्व अर्थत्रन्त्र मुख्यतया निम्न कुरामा चलायमान छ । १.औधोगिक उत्पादन २.अन्तर्राष्ट्रिय ब्यापार ३.पर्यटन ४.ब्यवसाय ५.कृषिजन्य उत्पादन र ब्यापार ६.खनिज तथा तेल उत्खनन ७.शिक्षा तथा बिज्ञान प्रविधि ८. पूर्वाधार निर्माण तथा वैदेशिक रोजगार । यी सबै कुराको चलायमान गति कम वा ठप्प हुँदा अर्थतन्त्रको सूचकहरु क्रमश घट्दै जान्छन् । यस्तो बेला अर्थब्यवस्थाका प्रचलित विश्वब्यापी मान्यता र सिद्धान्तहरुले काम गर्ने छैनन् । यो महामारी स्वास्थ्य संकटमात्र नभई मानव जगतको अस्तित्व माथिको प्रश्न हो ? यो रोगले लिने आकारले र रोग निवारणमा लाग्ने समयावधिले नै मानवीय र आर्थिक क्षतिको गहिराई धेरथोर हुने आँकलन गर्न सकिन्छ । नेपालको सन्दर्भमा रोग वा महामारीले गर्ने मानवीय क्षतिका साथै आर्थिक गविविधि न्यून र सुन्य हुनाले, उत्पादन, व्यापार, ब्यवसाय, उद्योगधन्दा, कलकारखाना, रोजगार, बस्तुको उपभोग, माग र आपूर्तिमा कमी, मँहगी, खाद्यान्न अभाव, भोकमरी, विकास निर्माणमा असर, पर्यटन, कृषि, शिक्षा तथा सामान्य स्वास्थ्य क्षेत्र नै तहसनहस हुने स्थिति हुनसक्छ । सर्वप्रथम त यातायातमा प्रतिवन्धसंगै आपूर्ति र निर्यातमा समस्या हुन्छ । पर्यटन आवागमन र गतिविधि ठप्प हुन्छ । पर्यटन क्षेत्र र यसमा आश्रित प्रत्यक्ष र अप्रत्यक्ष गरि करीव १० लाख मानिसको रोजगार र आयआर्जनमा समस्या पर्छ । आपूर्ति र निर्यातमा हुने रोकावटले कृषिजन्य उत्पादन तथा उद्योगधन्दाको उत्पादन कटौति हुन्छ । त्यहाँ आश्रित लाखौं मानिस रोजगार विमुख हुन्छन् । तिनको क्रयशक्ति कमजोर हुन्छ र रोजिरोटीमा गम्भिर असर पर्दछ । उत्पादनमा हुने कटौती र कमीले खाद्यान्न अभाव र भोकमरीको संकट आईपर्छ । नेपालबाट बैदेशिक रोजगारमा जाने देशहरु समेत यो रोगको प्रकोपले थलिंदै गएका कारण ब्यापक रुपमा कामदारको कटौति र केहि महिना या वर्षसम्म नयाँ कामदारको मागमा कमी आउने हुँदा बैदेशिक रोजगारमा आश्रित जनता बेरोजगार बन्दछन् । विप्रेषण (रेमिट्यान्स) मा कमी भई बैदेशिक मुद्राको आर्जन रोकिने तथा सञ्चिती घट्ने र शोधानान्तर स्थिति नकरात्मक बन्ने स्थिति आउँछ । रोजगार खोसिँदा आयआर्जन र क्रयशक्ति मात्र घट्दैन, खाद्यान्न अभाव, गरिबी र मानसिक प्रताडनाको कारण राज्यमा चोरी, डकैति, लुटपात, हत्या, हिंसा जस्ता सामाजिक अपराधको उदय हुन्छ । त्यसैले हरेक महामारी पछिको दोश्रो चुनौति भोकमरी हो । सरकार वा राज्यले आफ्नो दायित्वको रुपमा ढुकुटी हुञ्जेलमात्र जनतालाई भोकमरीबाट बचाउन सक्छ तर जब ढुकुटी रितिदै जान्छ अनि भोकमरी पछि राष्ट्रिय अनिकाल सुरु हुन्छ । खेतबारीमा फसल छैन, ढुकुटीमा अन्न छैन भने पैसा, धनसम्पति या भौतिक जायजेथाले भोकमरी मेट्दैन । त्यसकारण अर्थब्यवस्था ढल्न नदिन तत्काल आवश्यक पहलकदमी लिनु पर्दछ । हरेक महामारी पछिको दोश्रो चुनौति भोकमरी हो । सरकार वा राज्यले आफ्नो दायित्वको रुपमा ढुकुटी हुञ्जेलमात्र जनतालाई भोकमरीबाट बचाउन सक्छ तर जब ढुकुटी रितिदै जान्छ अनि भोकमरी पछि राष्ट्रिय अनिकाल सुरु हुन्छ । खेतबारीमा फसल छैन, ढुकुटीमा अन्न छैन भने पैसा, धनसम्पति या भौतिक जायजेथाले भोकमरी मेट्दैन । त्यसकारण अर्थब्यवस्था ढल्न नदिन तत्काल आवश्यक पहलकदमी लिनु पर्दछ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायतले विश्व अर्थतन्त्रमा १५० वर्ष यताकै गम्भिर क्षति हुने र आर्थिक बृद्धिदर नकरात्मक विन्दुमा जाने आँकलन गरिरहेका छन् । हाम्रो जस्तो परनिर्भर अर्थतन्त्र भएको मुलुक तासको घर जस्तै हो, जो सानोतिनो हावाको झोक्काले सजिलै लडाउन सक्छ । नेपालको अर्थब्यवस्था र विकास निर्माणलाई आर्थिक, भौतिक लगायत हरतरहले सहयोग गर्ने दातृराष्ट्रहरु समेत यस विश्वव्यापी संकटको चपेटामा पिल्सिरहेकाले हामीलाई पहिले झैं ऋण, दान, अनुदान सहयोग गर्न सक्ने अवस्थामा रहनेछैनन् त्यसो भएकाले हामीले आफ्नै बुतामा आधारित आत्मनिर्भर अर्थतन्त्रको लागि आवश्यक योजना र ब्यापक तयारी गर्नुपर्दछ । अब के के गर्नुपर्छ नेपालले ? १.सन् १९९० मा प्रजातन्त्रको पुनरोदय संगै सरकार मातहतका कलकारखाना र उद्योगहरुलाई आर्थिक उदारीकरण र नीजिकरणका नाममा बेचबिखन गरि तिनको नामो निसान मेटाइदिने काम भयो । यसले औद्योगिक विकासको अधोगति र आत्मनिर्भर उन्मुख विकासको गतिक्रमलाई उल्टो दिशामा धकेलिदयो । त्यसर्थ सर्वप्रथम, कृषिमा आधारित उद्योगधन्दालाई पुनर्जीवन दिनुपर्दछ । तत्काल अत्यावश्यकीय वस्तुहरुको उत्पादन गर्ने उद्योग कलकारखानालाई अति उच्च सतर्कताका र सुरक्षाको भरपर्दो ब्यवस्था मिलाई खोल्न र चल्ने ब्यवस्था मिलाउन सकिन्छ । काम गर्ने कामदारको खानपान र बसोबास लाई अस्थाई रुपमा भएपनि घर जान नपर्ने गरि बन्दोबस्त गर्ने तथा उत्पादित बस्तुको बजारीकरण र सुरक्षित उपभोगका लागि आवश्यक प्रवन्ध मिलाउनुपर्दछ । लकडाउनका कारण बन्द भएका साना तथा घरेलु उद्योग, निजी तथा सरकारी मझौला तथा ठूला उद्योगहरुको ब्यवसायिक कर्जालाई ब्याज मिनाह, कर छुट र ऋणको व्याजमा सहुलियत दिने जस्ता ब्यवस्था गरिनुपर्दछ । उद्योगहरुको दीर्घकालिन अस्तित्व तथा क्षमता बृद्धिका लागि प्रोत्साहन दिई रोजगार क्षमता र उत्पादन क्षमतामा बृद्धि हुने वातावरण निर्माण गर्नुपर्दछ । २. पर्यटनमा आधारित व्यवसाय, होटल, रेष्टुराँ, टुरिष्ट एजेन्सी तथा ट्रेकिङ एजेन्सी, तथा बजारको पुनर्जीवन दिन तत्काल समय लाग्ने भएकाले उनिहरुको व्यवसायिक ऋणमा सहुलियत, ब्याजमा मिनाह, करमा छुट, विद्युत महशुल छुट जस्ता कुरामा नीतिगत निर्णय गरिनुपर्दछ । तथापी हस्तकला, पस्मिना जस्ता पर्यटनजन्य बस्तुको उत्पादनमा निरन्तरता दिन प्रेरित गर्नुपर्दछ । ३. गरिवीको रेखामुनि रहेका, रोजगार गुमाएका श्रमिक, मजदुर, सिमान्तकृत, असमान सामाजिक तथा आर्थिक संरचनामा परेका, लैंगिक, भाषिक तथा जातिय विभेदमा परेका निम्न आर्थिक स्थितीका घर परिवारको उद्धार र जिविकोपार्जनका लागि सरकारले आर्थिक राहतका प्याकेजलाई स्थानीय निकाय मार्फत पारदर्शी ढंगले वितरण गर्ने ब्यवस्था यथासीघ्र मिलाउनुपर्दछ । ५. महामारी, दैवि तथा प्राकृतिक बिपत्ति तथा प्रकोपहरुमा काम गर्न सक्ने क्षमतावान र्यापिड रेस्पोन्स टीम बनाउनका लागि सेना, प्रहरी, स्वास्थ्यकर्मी तथा नागरिक समेतलाई (स्काउट सहितको टीम बनाई) तालिम दिई, उपकरण र अत्याधुनिक प्रविधिका स्रोत साधनहरु जुटाई हरबखत तयारी हालतमा राख्नुपर्दछ । यी सम्पूर्ण अंगहरुलाई आपशी समन्वयनको वातावरण बनाइनुपर्दछ । हेलिकप्टर, दमकल तथा एम्बुलेन्स समेतको पर्याप्त उपलब्धता हुने ब्यवस्था मिलाउनुपर्दछ । ६. अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि लगानीमैत्री मौद्रिक नीति, वित्तीय नीति सहितको वातावरणको सिर्जना गर्नुपर्दछ । पूर्वाधारमा बृहत लगानी, कृषिजन्य उत्पादनमा बृद्धि, साना तथा घरेलु उद्योगको ब्यापक बिस्तार विकास गरिनुपर्दछ । स्वास्थ्य, शिक्षामा लगानी, बैदेशिक रोजगारमा गएका युवाहरुलाई त्यहाँको शीप र प्रविधिको विस्तार गरि स्वदेशमै उद्यम, उत्पादन र सेवामा काम गर्न प्रेरित गर्नुपर्दछ । ७. कृषि उत्पादनलाई निर्वाहमुखी होईन व्यवसायमुखी बनाउन कृषि कम्पनीहरु स्थापना गरि सहकारीमार्फत सामूहिक रुपमा मौसमी तथा बेमौसमी र बहु-प्रजातीय खेती प्रणालीलाई आधुनिक कृषि औजार र उन्नत वीऊ-वीजन तथा शीप र क्षमतावान कृषि बैज्ञानिक सहितको तालिमप्राप्त युवाशक्तिलाई कृषिमा आकर्षित गराई उत्पादनमा बृृद्धि गरि आत्मनिर्भर मात्र होईन निर्यात समेत गर्न सक्ने बनाउनु पर्दछ । ८. औषधिजन्य सामग्रीको उत्पादन, मेडिकल तथा सर्जिकल उपकरण निमार्ण तथा मर्मत, व्यक्तिगत सुरक्षा कवचहरुको उत्पादन गर्नका लागि उद्योग खोल्ने तथा बजारीकरणका लागि सहजिकरण गर्नुपर्दछ । साथै बायोमेडिकल इञ्जिनियरिङको जनशक्ति उत्पादन गरिनुपर्दछ । मेडिकल रिसर्च तथा ल्याबोरेटोरीको क्षेत्र र क्षमता बिस्तार गरि अन्तर्राष्ट्रिय स्तर र मापदण्डको बनाईनुपर्दछ । ९. हरेक देश र भूगोलभीत्र रहेको स्थानीय रहनसहन रीतिथिती, सामाजिक परम्परा, साँस्कृतिक प्रतिष्ठान तथा मौलिक शीप र जीवनशैलीहरुलाई जीवीतै राख्न मानवता र सहिष्णुता, सामाजिक जीवन र परम्परागत उपचार विधि तथा जडीबुटि उपचार पद्धतिलाई समयानुकुल र परिष्कृत गर्दै प्रयोगमा ल्याउन आवश्यक प्रकृया र विश्वसनीय वाताबरण बनाउनुपर्दछ । मानव सभ्यतामा प्रभाव र मानव जातिको भविष्य । भनिन्छ, ब्रम्हाण्डको उत्पति पछि यस धर्तीमा उदाएका सात जीवमध्ये मानिस मात्र एउटा जीव हो, जो अहिलेसम्म जीवित छ वा अस्तित्वमा छ । अहिले ब्रम्हाण्डमा भएका अन्य जीवहरु समयक्रम संगै जीव विकासको क्रममा उत्पति भएका हुन् । विभिन्न समयक्रमसंगै आउने परिवर्तन, प्रकोप, महामारी वा जैविक संकटले कतै मानव जगतको अस्तित्व नै डायनोसरको जस्तो वा अन्य जीवहरुको जस्तो त हुने होईन भन्ने आशंका समेत कतिपय बैज्ञानिक, विश्लेषक तथा मानवशाष्त्री चिन्तकहरुले गर्न थालेका छन् । यद्यपी आधुनिक चिकित्सापद्दति र औषधीय अनुसन्धानको तीब्रता र सफलता हेर्दा यो रोगको महामारी माथि विजय हाँसिल गर्न २१ औं सताब्दीको मानव जगत असफल होला भनिहाल्न सकिंदैन । ‘ब्ल्याक डेथ’ नाम दिईएको प्लेग रोग सवैभन्दा लामो समयसम्म फैलिएर विश्वभरमा करीव २० करोड मानिस मारिएको इतिहास छ । त्यस्तो अवस्थाबाट समेत आफ्नो अस्तित्व जोगाएर आएको मानव जगतले अहिलेको महामारी थेग्न र त्यसलाई पराजित गर्न सक्नेमा विस्वस्त रहन सकिन्छ । यसले हामीलाई सिकाएको पाठ कोरोना संक्रमणको रोकथामका लागि ब्यक्तिगत सुरक्षाकवच यो महामारीले विश्वमानचीत्रमा रहेका देशहरुको हैसियत र भौतिकताबादी चिन्तन र दम्भलाई चकनाचुर बनाईदिएको छ । विकास, समृद्दि, सरकार, युद्ध, वैभव, शक्ति, सामर्थ्य सबै अप्राकृतिक र क्षणिक हुन् भन्ने कुराको पाठ हामीलाई सिकाएको छ । हामीले प्रकृतिलाई आफ्नो नियन्त्रणमा राख्ने दुष्चेष्टा गर्यौं, आफूलाई प्राकृतिक दुनियाँ भन्दा अलग र माथिल्लो हो भन्ठान्यौं । प्राकृतिक अवयवहरुलाई जथाभावी रुपमा चलाउँदै, उपभोग गर्दै र बिनास गर्दै गयौं तर सापेक्षित संरक्षण र सम्वद्धनमा ध्यान दिएनौं । पारिस्थितिक पद्धति र पर्याबरणको ख्यालै नगरि भौतिक विकासका नाममा प्रकृतिको बिनास गर्दै गयौं । यस ब्रम्हाण्डमा मानिस बाहेक अन्य चराचर जगत पनि छ, उनीहरुको पनि जीवन छ, अस्तित्व छ र आवश्यक्ता छ भन्ने कुराको हेक्का राखेनौं त्यसर्थ प्रकृति भित्रै रहेका स–साना माइक्रोसकोपिक जीवहरुले आफ्नो अस्तित्व बचाउन विभिन्न जैविक गुणलाई परिवर्तन गर्दै जाँदा कोरोना जस्तो शुक्ष्म जीवले भयंकर र संक्रामक रुपमा आफूलाई फैलाई मानव जगतको अस्तित्व र पृथ्वीमा उस्को स्थायीत्वका लागि गम्भिर व्यवसाधन खडा गरिदिएको छ यो नै विश्वब्यापी चुनौतिको विषय हो । अबको विश्व प्रकृतिमैत्री विकास सहित थलचर, जलचर सवैको सामूहिक सहअस्तित्वको विश्व हो । एकले अर्कालाई नासेर होईन सवैले स्वतन्त्रतापूर्वक बाँचेर प्राकृतिक श्रृष्टिलाई बचाईराख्नुपर्दछ । महामारी र विपत्तिले राजनीतिक सीमा, भूगोल, धर्म, सम्प्रदाय, संस्कार र संस्कृतिमा भेद गर्दैन । यो जहाँपनि र जहिलेपनि आउन सक्छ र प्रभावित गर्न सक्दछ । आधुनिकताको नाममा हाम्रा कतिपय गतिविधि फेरिंदा जीवनशैली तडकभडक हुँदै जाँदा सामान्य विषाणुले महामारीको रुपमा विश्वमा थुप्रै पटक धेरै जनधनको क्षति गरेको इतिहास छ । पूर्वीय सभ्यतामा नमस्कारले शिष्टाचार अभिब्यक्ति दिन्थ्यो पाश्चात्य संस्कारमा हात मिलाउने, अंकमाल तथा चुम्बन गर्ने शिष्टाचार । अहिले पश्चिमा भन्दा पूर्वीय संस्कार नै बढि बैज्ञानिक र स्वथकर रहेछ भन्ने तथ्य प्रमाणित भएकोछ । नेपाल, भुटान तथा भारतवर्षका देशहरुमा रहेको यो संस्कार अव विश्वब्यापी स्वस्थकर शिष्टाचारको सभ्यता भएको छ । हामीलाई काँटा चम्चाको प्रचलनले हात धुने बानी विर्साइदियो, टिस्युपेपरको प्रयोगले शौच पछि पानीको प्रयोग अनावश्यक बनायो, ब्यस्तताले रेडिमेड खानालाई प्रश्रय दियो र घरबाहिरी खानपिनले घरमा पाक्ने ताजा खाना हरायो । हाम्रो जीवनशैली नै अस्वस्थकर बनाईदियो । धुँवा, धुलो र प्रदुषणले नयाँ नयाँ रोगको उत्पति र विस्तारमा सहयोग पुर्यायो । यी सबै कुराले मानिसको स्वास्थ्य र अस्तित्वमाथि नै खतराको घण्टी बजायो । मानवजतिको भविष्य मानिसकै हातमा हुनुपथ्र्यो तर अव प्रकृतिको हातमा छ भन्ने अवस्था देखा पर्यो । आफ्नो अस्तित्व रक्षार्थ विश्व मानव जगत सजग र संवेदनशिल हुनुपर्यो । यस महामारीलाई पराजित गर्दै मानव जीवनलाई श्रृष्टिको उन्नत जीवनको रुपमा स्थापित गर्दै अस्तित्व रक्षाको लडाईंमा विजय प्राप्त गर्न सक्नु नै हाम्रो लागि आज ठूलो चूनौति र संगसंगै मानव भविष्यको स्थायीत्व लागि कार्य गर्ने अवसर समेत प्राप्त भएको छ । आजको यो विद्यमान दुर्दसाबाट मुक्ति पाउन हामीले जुन विधिहरु अपनाएका छौं त्यसैलाई निरन्तरता दिई संक्रमितको सफल उपचार र नियन्त्रणका उपायहरुलाई अवलम्वन गर्दै आगामी दिनमा जीवनशैलीमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ । बिराटचौक, मोरङ [email protected]

ग्लोबल थिंकिङ र ग्लोबल गभर्नेन्सकाे आवश्यकता

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो, कोरोना भाइरस । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि छ प्रकारको भाइरस मात्र मान्छेमा सङ्क्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । चीनको हुवेई प्रान्तको वुहान शहरको एउटा सामुन्द्रीक खाद्यान्न बिक्रीकेन्द्रमा सन् २०१९ डिसेम्बर २३ मा पहिलो पटक एक महिलामा देखिएको यो भाइरस समूहको “कोरोना” आजको मितिसम्म आइपुग्दा अपवादका केही देशबाहेक बिश्वका सम्पूर्ण देशहरुमा सङ्क्रमित भएको छ । ज्वरो आउनु, थकान महशुस हुनु, लगातार खोकी लाग्नु, श्वास–प्रश्वासमा समस्या आउनु नै कोरोना भाइरसका मुख्य लक्षणहरु हुन् भने यसबाट बच्ने उपायहरु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भीडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो । यसको अलवा नियमित रुपमा साबुन–पानीले मिचीमिची हात धुने, माक्सको नियमित प्रयोग गर्ने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख ढाक्ने, स्वास्थ्य सेवा लिने बेला बाहेक अन्य समयमा आफ्नो घर वा बासस्थानमै बस्ने, आफूमा देखापरेका लक्षणहरुको ख्याल गर्ने लगायतका क्रियाकलाप अप्नाउँदा यस भाइरसबाट सुरक्षित रहन सकिन्छ । कोरोना भाइरस आफैंमा जैविकतत्व नभएपनि र भाइरस परिवारको सबैभन्दा कमजोर भाइरस भएपनि यसले आफूलाई वातानुकुलित वातावरणमा परिवर्तन गर्नसक्यो भने मानवीय जीवनलाई कति घातक बनाउँदोरहेछ भन्ने कुरा विश्वव्यापीरूपमा यस भाइरसको सङ्क्रमणको दरलाई हेर्ने हो भनेपनि पुष्टि हुन्छ । यसैकारणले पनि हामी कोरोना भाइरसलाई कोरोना महामारीको रुपमा लिइरहेका छौँ । सन् २०२० अप्रिल १९ सम्म विश्वको कुल जनसङ्ख्या ७,७७,७९,३७,७६० (worldometers.info)_को २३,५९,३४६ (०.०३०५ प्रतिशत ) जनसङ्ख्या कोरोना भाइरसको कारण सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितहरुमध्ये ६,०६,७०५ (२५.७१५ प्रतिशत ) जना औषधि उपचारपछि निको भएका छन् भने १,६१,९५१ (६.८६५ प्रतिशत ) जना व्यक्तिहरुको कोरोना सङ्क्रमण्का कारण मृत्यु भएको छ । तसर्थ, माथि उल्लेखित तथ्याङ्ककै आधारमा भन्ने हो भने पनि यो भाइरस मानव जीवनका निम्ति कति घातक छ भन्ने यथार्थताको पुष्टि हुन्छ । याे लेख तयार गर्दासम्म नेपालमा कुल सङ्क्रमित ३१ जनामध्ये ४ जनाको पूर्ण उपचारपश्चात् घर फर्केका छन् भने बाँकी २७ जना देशका विभिन्न अस्पतालमा उपचाररत छन् । संक्रमितकाे संख्या दिनदिनै बढिरहेकाे छ । लेखक विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण ट्रान्समिसनका चारवटा चरणलाई उल्लेख गरेको छ । संक्रमणको ट्रान्समिसन प्याटर्नलाई हरेर सोही अनुरुप राष्ट्रिय तथा स्थानीयस्तरमा तयारी गर्न विश्व स्वास्थ्य सङ्गठनले भनेको छ । चार चरणका आ–आफ्ना विशेषताहरु निम्न प्रकार छन् ः चरण एकः ‘नो केस’ यस चरणमा देश वा क्षेत्रमा कुनै पनि केस पुष्टि नभएको अवस्थालाई जनाउँछ । चरण दुईः स्पोराडिक केस ‘छिटपुट घटना’ यो चरणमा एक वा एक भन्दा बढी केसहरु जुन ‘इम्पोर्टेड’ वा स्थानीय स्तरमा पत्ता लागेका हुन्छ । विशेष गरी सङ्क्रमित क्षेत्रबाट फर्किएका व्यक्तिहरुमा पुष्टि भएसँगै त्यस्तो क्षेत्रलाई विश्व स्वास्थ्य सङ्गठनले स्पोराडिक केसमा वर्गीकरण गरेको छ । चरण तीनः क्लस्टर केस (समूहगत घटना) त्यस्ता देश तथा क्षेत्र जहाँ केसहरु समूहगत रुपमा देखिँदै छन् र भूगोलमा एकसाथ एकै प्रकारले देखिँदै छ भने त्यस्तो क्षेत्रलाई विश्व स्वास्थ्य सङ्गठनले क्लस्टर केसमा राखेको छ । चरण चारः कम्युनिटी ट्रान्समिसन यस्तो अवस्था महामारीको रुप हो । यस्तो क्षेत्रमा अधिकमात्रामा सङ्क्रमितको सङ्ख्या स्थानीय रुपमा फैलिँदै जानु हो । सङ्क्रमणको ट्रान्समिसन चेन पनि जोडिएका हुँदैन । त्यस्तै, ल्याव परीक्षणबाटै मात्र सङ्क्रमित पुष्टि हुन सक्छ, लागेको शङ्का पनि हुँदैन । असम्बन्धित समूहगत केसहरु विभिन्न क्षेत्रमा फैलिन्छन् । अहिलेसम्म कोरोनाको विश्वव्यापी अवस्था हेर्दा विश्वका केही विकसित राष्ट्रहरु चौथो चरणमा गुज्रिरहेको देखिन्छ जसकारण महामारी व्यापक रुपमा फैलिरहेको हामी पाउँछौ । चार चरणमध्ये हाम्रो देश नेपाल बैशाख दाेस्राे सातासम्म दोस्राे चरणमा गुज्रिरहेको छ । मृतकको सङ्ख्या हालसम्म धेरै मात्रामा क्रमशः संयुक्त राज्य अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायतमा देखिएको छ । जर्मनी, चीन, बेल्जियम, दक्षिण कोरियामा सङ्क्रमित धेरै देखिएता पनि मृत्युदर कम देखिएको छ । चीनको सबैभन्दा बुद्धिमत्तापूर्ण निर्णय नै वुहानलाई लकडाउन गरेर सङ्क्रमणलाई फैलिन नदिनु हो । सङ्क्रमणको शुरुवाती चरणमै सङ्क्रमणको केन्द्रलाई यसरी घरबन्दी गरेर चीनले यसलाई आफ्नो देशमा र अन्यत्र भयावह रुपबाट फैलिन दिएन । यसो गर्दा चीनमा पूरै देशलाई नै घरबन्दी गर्नुपर्ने अवस्था पनि सृजना भएन । घरबन्दीमा रहेको जनसङ्ख्यासम्म दैनिक आवश्यकताका सामानहरुको आपूर्तिका लागि उत्कृष्ट वितरण प्रणालीको आफ्नो सक्षमता पनि चीनले संसारसामु पेस गर्यो । वुहान घरबन्दीमा गएकै बेला विश्व स्वास्थ्य सङ्गठन र विशेषज्ञहरुले कोरोना भाइरस संसारभरि फैलिन सक्ने र यसका लागि सबैले आवश्यक तयारी गर्नुपर्ने कुरा औंल्याएका थिए । तर धेरै देशहरुले यसलाई गम्भीर रुपमा लिएनन् । विश्वको महाशक्ति राष्ट्र अमेरिका र यूरोपका धेरै शक्तिराष्ट्रले यसलाई चीनको मात्रै समस्याका रुपमा लिए र कतिपय स्थितिमा ‘चिनियाँ भाइरस’ र ‘वुहान भाइरस’ नाम दिएर हाँसोको विषय बनाए । भाइरस रोकथामका निम्ति पर्याप्त पूर्वतयारीमा ध्यान दिएनन् जसकारण आज अवस्था भयावह भएको छ । दक्षिण कोरिया, ताइवान र जर्मनीजस्ता देशहरु शुरुबाटै कोरोनविरुद्धको तयारीमा लागे । कोरियाले शुरुदेखिनै व्यापक टेष्टिङ्गलाई जोड दियो, दिनमा दश हजारसम्म टेष्टहरु गरियो । सङ्क्रमित भेटिनेबित्तिकै आइसोलेसनमा राखेर उपचार गर्ने, कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने र क्वारेण्टाइनमा राख्ने कामलाई व्यापक बनाइयो । टेष्टिङ्ग सङ्क्रमणको लक्षण देखिएकामा मात्र होइन सम्भावना भएका सबैमा गरियो । यसैले कोरिया अहिलेसम्म अरु थुप्रै देशजस्तो पूर्ण घरबन्दीमा जानुपर्ने स्थिति आएको छैन । घरबन्दीमा नगएपनि कोरियाले भीड नियन्त्रण, सार्वजनिक स्थलमा भौतिक दूरी कायम राख्ने, अरु देशबाट प्रवेश गरेकाहरुलाई क्वारेण्टाइनमा राख्ने, विद्यालय बन्द गर्ने आदि जस्ता कदम भने चालेको छ । नेपालमा देखिएका अधिकांश कोरोना सङ्क्रमितहरु भारतबाट आएका मानिसहरुमा देखिएको छ, त्यसैले यो अवस्थालाई मध्यनजर राख्दा हामी कुनै पनि समय तेस्रो सङ्क्रमणको अवस्थामा गुज्रिनु पर्ने देखिन्छ । जबसम्म भारतमा यसको नियन्त्रण हुँदैन, नेपाल माथिको खतरा सधैँ रहनेछ । तसर्थ, कम्तीमा भारतमा सङ्क्रमण नरोकिने समयसम्म नेपाल भारत सिमालाई पूर्ण नियन्त्रण गर्न टड्कारो आवश्यकता छ अहिलेसम्मको अवस्थामा हाम्रो देश नेपाल दोश्रो चरणमा गुज्रिरहेको हुनाले हामी कोरोना महामारीबाट केही सुरक्षित छौँ भन्ने हो तर तत्कालै केही आधारभूत कदमहरु चालिएन भने हामी तेस्रो चरणमा प्रवेश गर्न सक्दैनौं भन्ने छैन । हाम्रो देश नेपालको लागि अब कोरोना महामारीलाई तेस्रो चरणमा प्रवेश हुन नदिनु नै मुख्य चुनौती बनेको छ जुन हामीले केही सावधानी अपनाएर पूरा गर्न सक्छौं । यो भाइरस नेपालमा उत्पति नभएर हामीले भ्रमणको क्रममा लिएर आएका हौँ । यसलाई नेपालको परिपेक्षमा हेर्दा दुई चरणमा विश्लेषण हुनु पर्ने देखिन्छ । पहिलो, भारत बाहेकबाट नेपालमा प्रवेश गरेको अवस्था । हामीले अन्य तेश्रो राष्ट्रहरुलाई नेपाल प्रवेश रोकेको अथवा अन्तर्राष्ट्रिय हवाई सेवा बन्द भएको झण्डै एक महिना नाघिसकेको छ । यो एक महिनाको अवधिलाई परीक्षणकाल राख्ने हो भने यो चरणबाट हामी सुरक्षित अवतरण हुदैछौं भन्न सकिने अवस्था छ । दोश्रो, भारतबाट प्रवेश भएकाबाट हुने सङ्क्रमणको अवस्था । अहिले हामी यही चरणमा लडिरहेका छौं र यो अवस्था कहिलेसम्म रहन्छ भन्न सक्ने स्थिति छैन किनकी नेपाल भारतको सिमाना खुल्ला छ र लुकिछिपी आउने क्रमलाई रोक्न सजिलो छैन । साथै अहिले नेपालमा देखिएका अधिकांश कोरोना सङ्क्रमितहरु भारतबाट आएका मानिसहरुमा देखिएको छ, त्यसैले यो अवस्थालाई मध्यनजर राख्दा हामी कुनै पनि समय तेस्रो सङ्क्रमणको अवस्थामा गुज्रिनु पर्ने देखिन्छ । जबसम्म भारतमा यसको नियन्त्रण हुँदैन, नेपाल माथिको खतरा सधैँ रहनेछ । तसर्थ, कम्तीमा भारतमा सङ्क्रमण नरोकिने समयसम्म नेपाल भारत सिमालाई पूर्ण नियन्त्रण गर्न टड्कारो आवश्यकता छ जसको लागि नेपाल सरकारले भारत सरकारसँग बुँदागत रुपमा छलफल गरी यथासिग्र आपसी समझदारी गर्नु जरुरी देखिन्छ जुन आजको दिनमा आम नेपाली नागरिकको चाहनाको विषय पनि हो । त्यस्तै गरी सम्भावित सङ्क्रमित व्यक्तिहरुको पहिचान गरेर कोरोना भाइरस (कोभिड–१९) को परिक्षण जतिसक्दो छिटो गर्नुपर्दछ, सँगै उनीहरु बसेको स्थानलाई आइसोलेट गरेर राख्नुपर्दछ र त्यो स्थानको वरिपरिको समुदायमा रहेकाहरुको पनि द्रुतगतिमा कोरोना भाइरस (कोभिड–१९) को परिक्षण गर्नुपर्दछ । हाम्रो देश नेपालमा अर्को चुनौती भनेको श्रमिक,मजदुर वर्गको उचित व्यवस्थापन गर्न नसक्नु पनि देखिएको छ । नेपाल सरकारले उनीहरुलाई पर्याप्त मात्रामा राहत सामग्री दिएर यथास्थानमा व्यवस्थापन गर्न सक्नुपर्छ, हैन भने उचित वातावरण मिलाएर उनीहरुको घरसम्म पुर्याइदिनुपर्छ । यदि यो विषयमा सरकारले वेलामै ध्यान पुर्याउन सकेन भने भोकमरीको समस्या जुन अर्को एउटा महामारी भएर देखापर्न सक्छ र स्थिति झन् जटिल बन्न सक्छ । भाइरसको महामारीपूर्ण गाडी तीव्र गतिमा कुदिरहेको छ । गाडी मोड्न समय र फराकिलो स्थान चाहिन्छ । यो आफैं आउने हैन, हामीले ल्याउने वा मिलाउने हो । व्यवस्थाका आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, साँस्कृतिक सबै पक्षमा कोरोना महामारीको बृहत् र दीर्घकालीन असर पर्नेछ भन्ने लाग्दैन किनभने वर्तमान विश्वका सबै देश, उत्पादन प्रणाली र राज्य व्यवस्थासमेत परस्परमा अत्यन्त अन्तरसम्बन्धित र अन्तरनिर्भर भैसकेका छन् । विश्व समाजको हरेक कुना, तह र तप्कामा मुद्रा र मार्केटको प्रभाव यति भित्रसम्म प्रवेश गरेको स्थिति छ कि यसबाट पछाडि फर्कन असम्भव छ । अहिले आर्थिक उत्पादन प्रणाली एक हदसम्म केही महिनालाई आंशिक रूपमा ठप्प वा निलम्बित भइरहेको स्थिति मात्र हो । साथै मुद्रा र मार्केटको हैसियत अहिले आंशिक रूपमा निलम्बित छ । केही समयपश्चात् हालको निलम्बित उत्पादन प्रणाली र प्रक्रिया सुचारु भएपछि संरचनाले आफ्नो पूर्वरूप लिनेछ । विश्व अर्थव्यवस्थामा कोरोना भाइरसको महामारीले ल्याएको आर्थिक मन्दीको परिणामको हिसाबकिताब त हुनेछ तर विश्व अर्थव्यवस्था पूर्वरूपमै फर्कनेछ किनभने सम्पूर्ण कुराहरूको पूर्वाधारमा क्षति पुगेको वा भत्केको स्थिति होइन । विकसित देशहरू र कामको अवसर प्राप्त खाडी देशबाट कामदारहरू फर्काइन्छन् होला भन्ने जो त्रास छ, त्यसरी त ती देश नै चल्ने छैनन् । बरु अहिलेको सङ्कटमा घरबाट टाढा रहनुपरेकाहरू कहिल्यै विदेश नजाने गरी फर्कने सम्भावना पनि उत्तिकै छ । यसर्थ नेपालजस्तो देशको निमित्त कृषि प्रणालीमा नयाँ खेती पद्धति सुरु गरेर आत्मनिर्भरताको पक्षमा हिँड्न सकिन्छ । स्थानीय समुदायलाई आत्मनिर्भर हुनेगरी विकास र समृद्धिको नयाँ मोडेलहरू लागू गर्न सकिन्छ । नेपालजस्तो परनिर्भर मुलुकका लागि अर्थव्यवस्थालाई नयाँ ढङ्गबाट सोच्ने र कार्यान्वयन गर्ने योभन्दा राम्रो अवसर अरू हुने छैन । विश्वभर नै आपूर्ति प्रणाली र मूल्य शृङ्खला (भ्यालु चेन) खलबलिएको छ । यो प्रणालीलाई पुरानै ढाँचामा फर्किन अवश्य नै केही समय लाग्नेछ । हामीले सामान आयात गर्ने देशहरूको प्राथमिकता आफ्नो आन्तरिक माग पूर्ति गर्नुमै हुनेछ । हामीले हाम्रा साना तथा मझौला उद्योगहरूलाई पूर्णरूपमा सञ्चालन गरेर आधारभूत आवश्यकतामा आत्मनिर्भर हुन सक्यौं भने आन्तरिक रोजगारी सिर्जनाका साथै आयात प्रतिस्थापन र निर्यातका नयाँ सम्भावना पहिचान गर्न सक्नेछौं । यसले नेपाली अर्थतन्त्रमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव देखाउनेछ । अब बन्ने नीति तथा योजनाहरूमा यो महामारीले सिकाएका पाठ अवश्य समावेश गरिनेछ, मानव जातिका आधारभूत प्राथिमकताहरू केके हुन्, तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय अबको दशकमा बन्ने आर्थिक नीतिहरूको प्राथमिकतामा पर्नुपर्छ । यो महामारीले सिकाएको ठूलो पाठ सायद यही नै हुनुपर्छ । विज्ञहरूले अप्रिल र मे महिनामा यो रोगको उच्च पिकटाइम हुन सक्छ भनिरहेका छन् । केहीले गर्मीको याममा यो रोगको प्रभाव कम हुँदै जान्छ भन्दैछन् भने अरूले गर्मीमा कम भएता पनि आउने हिउँदमा कोरोना फर्कन सक्छ भन्दै छन् । कोरोनाको औषधि तथा भ्याक्सिनका निम्ति अमेरिका तथा चीनलगायत अन्य मुलुकमा लगातार प्रयास भइरहेछ । तर, विज्ञहरूको भनाइअनुसार भ्याक्सिन सर्वसाधारणका निम्ति उपलब्ध हुन कमसेकम १ देखि २ वर्ष लाग्न सक्छ । केही गरी कोरोना भ्याक्सिन सर्वसाधारणलाई उपलब्ध हुन वर्षौं लागे महामारीका राजनीतिक, आर्थिक र सामाजिक प्रभाव लामो समयसम्म चलिरहनेछन् । मानिसको दैनिक जीवनमा धेरै किसिमका व्यावहारिक परीवर्तन आउनेछन् । अहिले कोरोना महामारीबाट जोगिन सामाजिक दूरी कायम गर्ने कुरा निकै सुनिएको छ तर केही विज्ञहरु यसलाई भौतिक दूरी भन्नु पर्दछ भनिरहेका छन् । यस्तो महामारीको बेलामा मानिसहरु भौतिक दूरी कायम राख्दै सामाजिक रुपमा भाइचाराको सम्बन्ध बढाउन एवं एक आपसमा सहयोगी बन्दै महामारीबिरुद्ध जित हाँसिल गर्न अग्रसर रहनुपर्दछ । सामाजिक दूरी अप्नाउँदै अघि बढिरहे भविष्यमा मानिस यसैमा अभ्यस्त हुँदै जानेछन् जसकारण मानिसको दैनिक जीवनको प्रक्रियालाई नै असर पार्न सक्छ । मानिसहरुमा एकान्तमा बसिरहने बानीको विकास हुँदै जानसक्छ, फलस्वरुप समाजमा हुने सामाजिक, साँस्कृतिक,राजनैतिक एवं विकासका विविध कार्यहरुमा उनीहरुको न्यून उपस्थिति रहन सक्छ । यसो हुँदा विभिन्न आयोजनाहरुको पूर्णतामा ढिलासुस्ती आउन सक्छ जसले अन्तत्वगोत्वा मानव समुदाय (उपोभक्ता) लाई असर पुर्याउने देखिन्छ । पर्यावरण, विश्वव्यापी आर्थिक मन्दी तथा महामारीजस्ता ग्लोबल समस्या समाधान गर्न संसारभरिका देश आ-आफ्नो राष्ट्रिय स्वार्थबाट माथि उठेर सहकार्य गर्नैपर्छ । महामारीविरुद्ध लड्न ग्लोबल गभर्नेन्सको कुनै न कुनै किसिमको स्वरूप बन्नुपर्छ  किनभने कुनै देशले एक्लै महामारीविरुद्ध लड्न सक्दैन । कोरोना महामारीका कारणले विश्वका अधिकांश उद्योग, कल–कारखानाहरु बन्द छन् । सडकमा अत्यावश्यक सवारी साधनहरु मात्र गुडेका छन् । तसर्थ यो समयमा वातावरणमा प्रदुषण साह्रै न्यून छ, वातावरण सफा छ । त्यस्तै उद्योग एवं कल–कारखानाहरुबाट निस्कने हरित गृह ग्याँसहरु जस्तै कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड लगायतका हानिकारक ग्याँसहरुको उत्पादनमा भारी गिरावट आएको छ, फलस्वरूप वायुमण्डलमा जलवायु परिवर्तनको जोखिम केही मात्रामा घटेको छ तर भविष्यमा कोरोना महामारीको अन्त्यपश्चात् खासगरी बिकसित राष्ट्रहरुले आर्थिक मन्दीलाई परास्त गर्नको खातिर उत्पादनमा व्यापक वृद्धि गर्ने हेतुसँगै अत्याधिक अनुपातमा उद्योग एवं कल–कारखानाहरु सञ्चालनमा ल्याएर पुनः हरित ग्याँसहरुको अधिकतम् वृद्धि गर्दै वायुमण्डलमा प्रदुषणका साथै जलवायु परिवर्तनको उच्च जोखिम निम्त्याउन सक्ने खतरा उत्तिकै बढेर गएको छ । घरपालुवा जनावरहरुको रेखदेखमा मानिसले समय अहिले पनि दिएका छन्, पछि पनि राम्रो हेरचाह हुनेनैछ किनभने तिनीहरु मानिसको समिपमै रहने प्राणी हुन् तर जङ्गली जीव–जन्तुको सवालमा परिवेश फरक हुन सक्छ । आजको परिप्रेक्षमा चिडियाखाना, निकुञ्जमा रहेका जनावरहरुलाई मानिसले चाहेर पनि राम्रोसँग हेरचाह गर्न सकिरहेका छैनन् परन्तु वन–जङ्गलमा निस्फिक्री जीवन बिताउने जनावरहरुको लागि भने अहिलेको महामारी र महामारीपश्चात्को अवस्थामा तात्विक भिन्नता होला जस्तो लाग्दैन । भविष्यमा मानव निर्मित परिधिभित्र रहेका जीव–जन्तुहरुको रक्षार्थ सुरुवाती चरणमा केही अप्ठ्यारो भएतापनि पछि समयानुकुल बिस्तारै मानिसहरुले उचित व्यवस्थापन गर्नेनै छन् भन्ने लाग्दछ । पर्यावरण, विश्वव्यापी आर्थिक मन्दी तथा महामारीजस्ता ग्लोबल समस्या समाधान गर्न संसारभरिका देश आ-आफ्नो राष्ट्रिय स्वार्थबाट माथि उठेर सहकार्य गर्नैपर्छ । महामारीविरुद्ध लड्न ग्लोबल गभर्नेन्सको कुनै न कुनै किसिमको स्वरूप बन्नुपर्छ  किनभने कुनै देशले एक्लै महामारीविरुद्ध लड्न सक्दैन । सङ्कटले जहिले पनि नयाँ अवसर सँगैसँगै लिएर आउँछ । निरङ्कुश बजार पनि हैन र निरङ्कुश राज्य पनि हैन । चाहिएको के हो त भन्दा सामाजिक दायित्वसहितको स्वतन्त्रता जसको प्राप्ति केवल आफ्नो सोचलाई न्यासनल थिंकिङबाट ग्लोबल थिंकिङमा रुपान्तरण गर्न सकेमा मात्र सम्भव छ । कोरोना महामारीले कठिन एवं विषम् परिस्थितिसँग जुध्न र त्यहाँबाट पार पाउनको निम्ति विश्वका सबै राष्ट्रहरु एकीकृत रुपमा योजनाबद्ध रुपमा अघि बढ्नुको विकल्प छैन भन्ने सन्देश दिएको छ । आउने दिनहरुमा पनि यस्ता महामारी आउन सक्छन्, त्यो अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न सके मात्र महामारीबिरुद्धको लडाईंमा जित हाँसिल गर्न सकिन्छ भन्ने सत्यतालाई मनन गर्न जरुरी छ जहाँबाट विश्वमा रहेका आम मानव समुदाय एवं सारा जीवजगत्को सर्वोपरी हित हुनेछ । पोखरा–२१,कास्की [email protected]

मान्छेमा अन्तर्निहित जिजीविषा र प्रकृतिकाे नियम

साधारण आँखाको दृष्टिगोचरले देख्न नसकिने एक प्रकारको मानव शरीरभित्र श्वासप्रश्वासका माध्यमबाट प्रवेश गरेर फोक्सो, मुटु , मृगौला जस्ता महत्वपूर्ण संवेदनशील अङ्गहरुलाई सङ्क्रमण गरी नकारात्मक रुपले क्षयीकरण गर्ने सूक्ष्मतम किटाणु (अणु) नै सरल भाषामा कोराना भाइरस हो । मानवजाति माथि निर्ममशैलीमा आक्रमण गरी प्राणै लिने स्वभावका अनेकौ भाइरसहरुमध्ये हामीले बेलाबेलामा सुन्दै भोग्दै जीवनव्यतित गर्ने क्रममा सन् १९३० को दशकतिर विश्वका मानवजातिलाई सङ्क्रामक महमारीले आताङ्कित पारेको एवम् सन् २००३ तिर पनि एक प्रकारको सरुवा रोगले मानिसको ज्यानै लिने सम्मको महामारी भोगेको विश्वसमुदायका बीच पछिल्लो चरणमा सन् २०१९ को डिसेम्बर अन्तिमसातातिर विश्वको ठूलो जनसङ्ख्या रहेको नेपालको उत्तरीसिमाना जोडिएको सम्पन्न देश मानिने चीनको वुहान क्षेत्रबाट अचानक घनाजङ्गलमा आगो सल्केझैँ देखापरेर चीन, इटाली, अमेरिका, स्पेन, फान्स, बेलायत, जर्मन, इरान हुँदै संसारभरका ठूला तथा सम्पन्न राष्ट्रहरुदेखि साना वा विपन्न राष्ट्रहरुसम्म त्रासदीपूर्ण रुपले विश्वका २१० भन्दा बढी देशहरु कसैलाई बाँकी नराखी भूसको आगो भित्रभित्रै सल्किएजस्तै गरी युरोपभरि फैलिएर अमेरिका, अफ्रिका, दक्षिण एसिया लगायत विश्वलाई आताङ्कित पार्दै नेपाललाई पनि कहिले कसैले नसोचेको र अनुभव नगरेको कहालीलाग्दो सङ्क्रामक महामारीको भयभीत अवस्था सिर्जना भई अदृश्य कालोसर्पले तर्साउन आइपुगेको अति तीब्ररुपले फैलिने सरुवा रोगलाई कोराना भाइस (कोभिड –१९) नामकरण दिइएको पाइन्छ । संसारभरका मानवको जीवन रक्षा वा स्वास्थ्य सुरक्षाको शीतल छहारी प्रदान गर्ने संसारको अभिभावक संस्थाको भूमिकामा रहेको विश्वस्वास्थ्य संगठनले यस रोगलाई श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले मानिसले खोक्दा, हाच्छिउं गर्दा, नजिकको सम्पर्कमा पुग्दा एक सङ्क्रमित व्यक्तिबाट अरु धेरै जनामा अति छिटो फैलिने अदृश्य नयाँ प्रकृतिको चरित्र देखाउने रोग सिर्जना क्षमता भएको भाइरसको संज्ञा दिँदै त्यसबाट बच्न अहिलेसम्म औषधीको आविष्कार समेत नभएको अवस्थामा व्यक्तिव्यक्तिको सचेत भूमिकामा सामाजिक पृथकीकरण, सरसफाई, आहार, विहार, विचार नै बढीभन्दा बढी महत्वपूर्ण अचुक उपाय हो भन्ने सन्देशसहित विश्वभरका मानवजातिको जीवन रक्षामा होसियारीपूर्वक सुरक्षित रहन अपिल गरिरहेको छ । यस्तो अकल्पनीय रोग निम्त्याउन सक्ने जैविक वा प्राकृतिक भाइरस हो कि मानवनिर्मित भाइरस हो अथवा अदृश्य दैविक शाक्तिशाली भाइरस नै हो भन्ने तथ्यगत सत्यतामा समेत द्धिविधा देखिइरहेको विद्यमान सन्दर्भमा विश्वका तमाम वैज्ञानिकहरुदेखि डाक्टरहरुसम्मका विज्ञहरु कोरोना भाइरसको समग्र पक्षलगायत रोकथाम, नियन्त्रण र उपचारका बारेमा खोज तथा अनुसन्धानहरुमा तल्लीन भएर लागिरहेका समाचारहरु आइरहेका भएपनि यस रोगको उत्पत्ति, फैलावट तथा निष्क्रियताका बीचको अन्योलतामै लगभग सय दिनको अवधिलाई आधार मानेर हेर्दा लाखौं मानवको ज्यान लिएको र तिसौं लाख मानिसहरु सङ्क्रमित भई मर्नु न बाँच्नुको अवस्थामा छटपटाइ रहेका छन् भने मानवजातिलाई नै अस्तित्वको चुनौती पो आउने हो कि भन्ने अकल्पनीय झल्को दिइरहेको छ । यस्तो कहालीलाग्दो भयावह अवस्थामा बालबालिकाहरुको पठनपाठन, उद्योग, व्यवसाय, होटल, पर्यटन, कृषि उत्पादन व्यापार लगायताका क्षेत्रहरुमा नकारात्मक असर पर्न गई समग्रतामा ह्रासोन्मुख वातावरणले अपूरणीय क्षति हुन सक्ने सम्भावना टड्कारो बन्दै गएको अनुमान गर्न सकिन्छ । लेखक अनेकौं प्रकार र प्रजातिका भाइरसहरुमध्ये विज्ञहरुले धेरै किसिमका भाइरसहरुका बारेमा सत्यतथ्यहरु आलोकमा ल्याइसकेका देखिन्छन् । प्राकृतिक वातावरण एवम् विश्वब्रह्माण्डमा आ-आफ्नो स्वतन्त्र अस्तित्व कायम राखेर सञ्जाल निर्माण गर्दै देखापर्ने भाइरसहरु कतिपयले प्रकृतिमा आफ्नो जालो फैलाएका हुन्छन् भने अथाह रुपमा रहेका सूक्ष्मतम भाइरसहरु मानवलगायतका प्राणीहरुको शरीरभित्रका संवेदनशील अङ्गहरुमा आफ्नो साम्राज्य विस्तार गर्न तत्कालीन रहेका हुन्छन् । मानव समुदायले भोगेको विगतको छोटो कालखण्डलाई फर्केर हेर्दा बिफर, दादुरा, ठेउला, हैजा जस्ता अनेकोँ प्रकृतिका माहामारीहरु बेलाबेलामा फैलिएर हजारौ मानिसहरुको ज्यानै लिने गर्दथे । सास भाइरस, इबोला भाइरस, स्वाइनफ्लु, आदि नामकरण गरिएका महामारीहरु पनि भाइरसकै सङ्क्रमणबाट फैलिएका तथ्याङ्कहरु सार्वजनिक भइरहेको वर्तमान कालखण्डको सन् २०१९ को डिसेम्बर वित्न नपाउँदै वर्तमान विश्वको करिब ८ अरब जनसङ्ख्याहरु मध्ये सबैभन्दा धेरै मानव जातिमाथि आक्रामकशैलीमा प्रवेश गरी चीन, अमेरिका, युरोपका सम्पूर्ण देशहरु हुँदै अस्ट्रेलिया, अफ्रिकी देशहरुलाई आक्रान्त पार्दै पचासौँ लाख मानिसको फोक्सो हुँदै मुटु, मृगौला जस्ता अति संवेदनशील र महत्वपूर्ण अङ्गहरुमाथि साङ्घातिक एवम् निर्मम हमलाद्धारा लाखौँ मानिसलाई अकाल मृत्युको मुखमा पुर्याउँदै विश्वभर कोरोना कहरको त्रासदीपूर्ण बन्दै देखापरेका नवीनतम भाइरसले समुदायलाई थर्कमान बनाउने कार्यले अहिले विश्वभर महामारीको रुप लिएको हो । विज्ञहरुको भनाइमा कमजोर प्रकृतिको भाइरस भनिएको यस मानवीय साझा शत्रुलाई कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको छ । यी क्षेत्रमा एकाएक देखा परेको कोरोना भाइरस अतिसूक्ष्म भाइरसहरुकै एक प्रजाति भएको र खासगरी मानिसको श्वासप्रश्वासबाट मानव शरीरभित्र प्रवेश गर्ने मौका पारी सोझै फोक्सोको सतहमा सञ्जाल बनाएर त्यहीँबाट फोक्सो हुँदै मुटु तथा मृगौलाजस्ता अन्य संवेदनशील अङ्गहरुमा आक्रमण गरी ती अङ्गहरुलाई क्षयीकरण गर्दै जाने यसको मुख्य दोष हो भन्नेसम्मका तथ्यहरु अहिलेसम्मका अध्ययन अनुसन्धानबाट देखिएकाे छ । कोरोना भाइरस सङ्क्रमित व्यक्तिले हाच्छिउँ गर्दा, खोक्दा नाकमुखबाट बाहिर निस्कने रसिलो छिटाहरुमा यो भाइरस लीन भएर रहने हुनाले त्यसैबाट हातका माध्याम, खानेकुरा खाँदा, सास फेर्दा, अरु मानिसहरुमा सङ्क्रमण फैलिएर सर्दै जाने यसको मुख्य स्वभाव हो । स्वस्थ मानिसका वरिपरि हाच्छिउँ गर्ने, खोक्ने, थुक्ने, हात मिलाउने, लगायतका नजिकबाट हुन सक्ने क्रियाकलाप नै यो भाइरस सर्ने मुख्य माध्यम हो । त्यसबाहेक पनि सङ्क्रमित व्यक्तिले प्रयोग गरिरहने सम्पूर्ण सामग्रीहरुमा पनि भाइरस अदृष्य रुपमा रहिरहने र सर्न सक्ने उत्तिकै सम्भावना रहन सक्छ । यो भाइरसले मानव शरीरमा प्रवेश गरेपछि उच्च ज्वरो (१०४ डिग्रीभन्दा माथि) आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने, थकान महसुस हुने, जस्ता सामान्य लक्षणहरु पनि देखिन्छन् । कुनै अवस्था तथा व्यक्तिमा यस्ता लक्षणहरु नदेखिने अवस्थामा पनि भाइरस सल्किएको हुन सक्छ । भाइरस मानव शरीरमा प्रवेश गरिसकेपछिको ७/१० दिनपछि पूर्ण रुपमा देखापर्ने र प्रतिरक्षामा हमला सुरु गरी महिनौँसम्म रहन सक्ने यसको चरित्र देखिन्छ । यो भाइरस निदान गर्न सकिने र महिनौँसम्म पनि सक्रिय रहन सक्ने विज्ञहरुको एउटै मत देखिन्छ । संसारभर नरसंहारकारी बन्दै फैलिदो अवस्थामा भयावह देखिएको कोरोना भाइरसका बारेमा खोज, अध्ययन अनुसन्धान एवम् प्रयोगहरुबाट थप नयाँ तथ्यमा आधारित सत्यता पत्ता लगाउन स्वास्थ्यविज्ञहरु रातदिन तल्लीन भएर लागिरहेका हुनाले पूर्ण जानकारी बाहिर नआएसम्म यसलाई सजीव वा निर्जिव, प्राकृतिक वा मानवनिर्मित, दैविक वा जैविक यही हो भनेर किटानी गरिहाल्नुभन्दा सत्यतथ्य पत्त लगाएर निष्कर्ष पर्खनु नै बढी बुद्धिमानी होला । तथ्यगत आधारमा सत्य पत्ता लागेपछि यसको वर्गीकरण हुँदै जाला भन्ने पर्खाइमा बसौँ । स्वास्थ विज्ञहरुले कोरोना भाइरस शरीरभित्र जीवित छ नभनी सक्रिय छ वा निष्क्रिय छ भन्नेसम्मका व्यावहारिक कुरामा व्याख्या गरेका देखिन्छन् । अनुसन्धानका क्रममा मानवबाहेकका अन्य प्राणीहरुमा यसले आक्रमण गर्न सक्ने सम्भावनाको पनि खोजी हुनु आवश्यक छ भन्ने विषय छलफलमा आउनु पर्दछ । मानव समुदायमा फैलिएर मारी मारी सिध्याउने भएकाले पनि कोरोना भाइरसको सङ्क्रमणलाई महामारी भनिएको हुन सक्छ । अहिले सन् २०१९ डिसेम्बरको अन्त्यतिरबाट प्रादुर्भाव भई करिब ३ महिनाको छोटो अवधिमा भएको महामारीको विश्लेषण गर्दा यसको सङ्क्रमण वा फैलने क्षमता तीब्र देखिएको छ । यस रोगको महामारीबाट उद्गमस्थ बनेको, चीन, अमेरिका, इटाली, स्पेन , फ्रान्स, बेलायत हुँदै एसिया, अफ्रिका लगायतका संसारभरका धनी, गरिब, साना, ठूला सबै देशहरुलाई नरसंहार गर्दै फैलिएको देखिएको छ । सङ्क्रामक भाइरसको महामारी कालो बादल बनेको कोरोना भाइरसको नरसंहार फैलिएर मानव जातिकै अस्तित्व सङ्कटमा पर्नबाट बचाउन हरेक व्यक्तिले सचेत भूमिका निर्वाह गरी पूर्वसावधानी अपनाई सरसफाईमा ध्यान दिनुबाहेक अहिलेको अवस्थामा वैकल्पिक औषधी देखिँदैन । मानव स्वास्थको संरक्षक एवम् अभिभावक संस्था विश्व स्वास्थ्यसंगठनले निर्देश गरेका सूचना, परामर्श, सेवासल्लाह आदिलाई हरेक राष्ट्रले अङ्गिकार गरेर रोगको पहिचान, निदान, रोकथाम, नियन्त्रण एवम् उपचार सम्भव हुन सक्छ । रोग लाग्नु नै मृत्युको मुखमा पुग्नु हो भन्ने बुझाइ गलत हो । हाम्रो शरीरभित्रको रोगसँग लड्न सक्ने क्षमता वा प्रतिरक्षाशक्ति अनुसार यस्ता रोगहरु लागिहाले पनि उचित जीवनशैली अपनाएर आहार, विहार, विचारले यस्ता रोगहरुसँग लडाइँ गरेर विजय प्राप्त गर्न सकिन्छ । यही भाइरसको साङ्घातिक शारीरिक हमलाबाट पनि चीनदेखि नेपालसम्मका विश्वभरका लाखौँ मानिसहरुले सङ्क्रमित अवस्थामा पनि यस रोगसँग लडेर विजय हासिल गरी पुनर्जीवन पाइरहेका दृष्टान्तहरु प्रत्यक्ष देख्न सकिन्छ । एउटा फलामलाई अर्को फलामले काटेजस्तै यस्ता रोगलाई उच्च मनोबलले जित्ने आँट पनि मानिसमा हुनुपर्दछ । विद्वान , दार्शनिक, डाक्टर, आविष्कारक, वैज्ञानिकहरु सबैमाथि यस्ता रोगहरुसँग सङ्घर्ष गरी मानवको रक्षार्थ उपचारपद्धति आविष्कार गरी आफ्नो विद्वता प्रदर्शन गर्ने ऐतिहासिक दायित्व थपिएको छ । संसारभरका मानवका अगाडि इतिहासको धेरै लामो कालखण्डपछि अप्रत्यासित रुपमा चूनौतीका क्षणहरुमध्ये नयाँ विशेषता रहेको कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ठूलो आयाममा धनजनको क्षति भई हरेक क्षेत्रमा अत्यन्तै नकारात्मक असरहरु देखिने खतरा बढेको छ । यसको कहर कहिले र कसरी शमन होला भन्ने छटपटीका बीच सामान्य अवस्थामा पुगेपछि पनि यसले पार्ने प्रभावको बारेमा मानिसहरु कहालीलाग्दो अवस्थाको आकलन गर्न थालिसकेका छन् । विश्व स्वास्थ्य संगठनको निर्देशन पालना गर्दै विश्वका हरेक देशहरुले कोरोना करहबाट सुरक्षित राख्न आन्तरिक तथा बाह्य आवागमन बन्द गरी कार्यालय, स्कुल, कलेज, संघसंस्था, यातायात, उद्योग, व्यापार, कलकारखाना, व्यवसायहरु सबै अवस्थाअनुकूल लामो अवधिसम्म लकडाउन (बन्दाबन्दी, घरबन्दी) सम्बन्धी सूचना जारी गरेर सम्पूर्ण नागरिकहरुलाई सचेत र सुरक्षित रहन अपिल गरेको पछिल्लो अवस्थाले विशेष गरी हामी नेपालीहरु पितापुर्खाले पनि नभोगेको नयाँ एवम् विशिष्ट विषम परिस्थितिमा घरभित्र रहेका छौँ । घरभित्रै बस्न त पाइएको अवस्था छ तर टौवाको पराल सल्केपछि खरानी सिवाय देख्न नपाइने जस्तै घरका परिवारमा बस्दा पनि भोक, निद्रा , तिर्खा, दिन, रात छुट्याउन एकछिन त अलमल्ल नै हुँदोरहेछ । यस महामारी कति समयसम्म रहिरहन्छ र यसले मानवीय एवम् भावी मानव विकासलाई कतिसम्म क्षतविक्षत गर्छ भन्ने अवस्थामा समग्र परिणाम नआएपनि नेपालका मात्र लाखौँ श्रमजीवीवर्गको रोजीरोटी गुम्ने, लाखौँ बालबच्चाहरुको पठनपाठनमा प्रत्यक्ष असर पर्ने, पर्यटन व्यवसाय, होटन लज, रेस्टुरेण्ड, व्यापार, व्यवसाय, यातायात, सेवा क्षेत्र, वित्तीय संस्थाहरुको दैनिक क्रियाकलापहरु अवरुद्ध भई त्यसमा संलग्न कर्मचारी, मजदुर, कामदारहरु अलपत्र भई त्यसमा संलग्न लगानीकर्ताहरुको लगानी पनि स्वाहा हुँदै गिरावट आउने परिदृश्यको झलक आउन थालेको छ । भौतिक विकास निर्माणका कामहरु अवरुद्ध हुनाले परिश्रम गरेर पेट पाल्नेहरुको हृदयविदारक बिचल्ली अवस्था सिर्जना हुने सम्भावना टरेको छैन । उद्योगधन्दाहरु अवरोध भई उत्पादन घट्नाले विपन्न वर्गलाई बजारभाउ बढ्नाले नराम्ररी पिरोल्ने खतरा त्यतिकै छ । अधिकांश नेपालीहरुको बाँच्ने आधार खेतीपाती र पशुपालन पेसाबाट उत्पादित दुध तथा तरकारीजन्य वस्तुहरुको पनि बिक्रीवितरण सहज नहुँदा किसानहरुले आफ्नै पुर्पुरोमा हात राखेर धिक्कार्नु सिवाय अर्को विकल्प देखिँदैन । स्वदेशको माटो र आफन्तजनको ढुकढुकीले स्वदेश फर्कने हृदयविदारक तस्बिरहरु अब नेपालका लागि श्रम गरेर आफ्नै देशलाई पसिना बगाएर सिञ्चित गराउने अब्बल दर्जाका उर्जा पनि हुन सक्छन् । तिनीहरुको श्रम र सिपलाई कृषि उत्पादन र औद्योगिक उत्पादनमा रुपान्तरण गर्नुपर्ने विषय नेपालका लागि थप पेचिलो चुनौती बन्नेछ । नेपाली किसानहरुले बाँचुन्जेल सुख र शान्तिको सास फेर्न पाएका छैनन् । ऋणको सावाँ–व्याज तिर्ने, बालबच्चालाई उचित शिक्षाीदक्षा दिने, रोग लाग्दा उपचार गर्ने तथा जीवन गुजारा चलाउन पनि नसकेर गरिबी, अभाव, अज्ञानता, अशिक्षा समेतका कारणले आफ्नै देशभित्र काम नपाएर नुनतेल, लुगाफाटो, गुन्द्रुक र ढिँडो समेत खान नपुगेर परदेशको तातो अर्काको देशको भाषासमेत नबुझिने मुलुकमा काम खोज्दै हिँड्नु पर्ने विद्यमान अवस्थामा यस महामारीले धेरै नेपालीहरुको आत्म रोइरहेको माथि अझ छटपटी बढाइदिएको छ । खुला सीमाना भएकाले सबैभन्दा बढी नेपालीहरु भारतमा रोजगारी गर्दछन् भने भारतबाहेक कूल जनसङ्ख्याको झन्डै १५ प्रतिशत अर्थात झन्डै चालिस लाख नेपालीहरु विदेशी भूमिमा नेपाल सम्झेर बसिरहेका छन् । मर्नैै परेपनि आफ्नै घरपरिवारमा मरौँला, आफ्नै मातृभूमिको माटोमा प्राण छोडौँला भन्दै सडक, भिरपाखा नदीनाला तर्दै रुँर्दै कराउँदै नेपाल फर्कने वीर नेपालीहरुको लर्को अब अवश्य बढ्नेछ, यो स्वाभाविक पनि हो । स्वदेशको माटो र आफन्तजनको ढुकढुकीले स्वदेश फर्कने हृदयविदारक तस्बिरहरु अब नेपालका लागि श्रम गरेर आफ्नै देशलाई पसिना बगाएर सिञ्चित गराउने अब्बल दर्जाका उर्जा पनि हुन सक्छन् । तिनीहरुको श्रम र सिपलाई कृषि उत्पादन र औद्योगिक उत्पादनमा रुपान्तरण गर्नुपर्ने विषय नेपालका लागि थप पेचिलो चुनौती बन्नेछ । विश्वव्यापी महामारी बनेको यस कोरोना भाइरसको सङ्क्रमणपछि नेपालको समग्र तस्बिरको झलक सम्झँदा विदेशी भूमिमा दर्जनौँ नेपालीहरुले ज्यान गुमाइसकेका छन् । नेपालभित्र झन्डै आजसम्म यसबाट मानवीय क्षति भइसकेको तथ्याङ्क देख्नु परेको छैन् तर बाहिरी देशहरुबाट नेपाल प्रवेश गर्नेहरु तथा तिनीहरुको सम्पर्कमा रहेकाहरु धेरैलाई यो रोगले प्रत्यक्ष सङ्क्रमण गरिसकेको छ । छिमेकी देशहरुबाट आवागमन भइरहँदा यसले सङ्क्रमण सल्काउन सक्ने खतरा रहिरहन्छ । विश्व स्वास्थ्य संगठन तथा सरकारले निर्देश गरेको जीवन सुरक्षासम्बन्धी नीतिअनुसार घरमै बस्ने , पृथक रहने गर्दा यसबाट सरकारी कार्यालयहरु, वित्तिय तथा सामाजिक संघसंस्थाहरु, यातायात, होटल, पर्यटन, व्यापार , कृषि उपज, उद्योग कलकारखाना, भौतिक विकास निर्माण, पठनपाठन लगायतका सम्पूर्ण क्षेत्रहरुमा परोक्ष एवम् प्रत्यक्ष अवरोधको अवस्था सिर्जना भई दैनिक क्रियाकलापहरु सूचारु हुन नसक्दा सम्पूर्ण क्षेत्रमा मोवैज्ञानिक त्रास र चिन्ता प्रकट हुन थालिसकेको यथार्थ देखिन थालेको छ । अर्थमन्त्रालय स्रोतमा अनुसार नेपालले कोरोना भाइरसको सङ्क्रमणको असरबाट अहिलेसम्म (३ महिनामा ) दुई अर्ब रुपियाँ बराबरको आर्थिक क्षति भएको जनाइएको छ । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि तथा औद्योगिक उत्पादन घट्ने बितिकै जनतालाई भोकमारी र राष्ट्रको राजस्व रित्तो हुन बेर लाग्दैन । नेपालभित्र ज्यानै लिनेसम्मको अवस्था सिर्जना नभएपनि चारैतिरबाट हामी उच्च जोखिममा रहेको सङ्केत पनि विश्वस्वास्थ्य संगठन लगायतका विज्ञहरुले प्रक्षेपण गरिरहेको अवस्थामा हामी सङ्क्रमणकालीन अवस्थामा पुगेका छौँ । विगतका मानव समुदायले भोगेका अनेकौँ प्रकृतिका प्रकोपहरु, महामारी तथा युद्धहरुभन्दा विल्कुलै भिन्न चरित्रको यो महामारीले शताब्दीकै ठूलो सन्त्रास फैलाएर अब मानवजातिले मानव जीवनकको रक्षार्थ नयाँ क्षितिजमा प्रवेश गरी उत्तम विकल्पको खोजी गर्न बाध्य बनाएको छ । धरती र धरतीमाताका सन्तानहरुमाथि कुनै समयमा आइलाग्ने अनेकैँ प्रकारका आपत्विपत् एवम् प्रकोप तथा महामारीहरुमध्ये कोरोना भाइरसको महामारीले अपरिमेय र अतुलनीय रुपमा मानवीय लगायत आर्थिक-भौतिक क्षति पुर्याएको कटु यथार्थका बीच केही सकारात्मक सम्भावनाहरु पनि सिर्जित गरिदिएको छ । यसले हामी नेपालीहरुका असल सामाजिक संस्कार, रीतिरिवाज, मूल्यमान्यता, आपसी एकता, सेवा, सहयोग, स्वावलम्बन, सरसफाई, ध्यान, योग प्राकृतिक आहारविहार, सकारात्मक सोच, चिन्तनमनन् लगायतका आधारभूत जीवन पद्धतिहरुलाई पुनर्स्थापित गरी पुनर्पुष्टि पनि गरिदिएको छ । यसलाई अवसरको रुपमा लिई आत्मसात् गर्न सके हाम्रो भविष्य थप सुरक्षित हुनसक्ने बलिया आधारहरु तयार हुन सक्दछन् । मानवजातिले बिर्सँदै गएका र व्यहारमा पनि सुक्खा खडेरी पर्दै गएका यस्ता मानवीय मूल्यमान्यता तथा प्रकृतिलाई बेवास्ता गरेर देखापर्ने होडबाज्ञी, द्धेष, घमण्ड, हत्या, हिँसा, पदलोलुपता, तृष्णा जस्ता असत् मनोवृत्ति लिएर बस्नेहरुलाई पनि यस सङ्क्रामक महामारीले बाँकी राखेन । यसबाट मानवले पाठ सिक्नै पर्दछ । मानिसभित्र रहने सबैभन्दा ठूलो डर नै मृत्युको भय हो । प्रत्येक मान्छेभित्र अन्तर्निहित जिजीविषाले नै आफूलाई मृत्युको वरिपरि जानबाट जोगाइराख्न मद्दत गरिरहेको हुुन्छ । यी शाश्वत विषयहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट फैलिएको महामारीले उजागर गर्दै छ । प्राकृतिक प्रकोप र सङ्क्रामक महामारीले धनी, गरिव तथा सानो, ठूलो केही हेर्दोरहेनछ भन्ने तथ्यको बोध गराएर यसले सकारात्मक सोचका लागि आधारहरु तयार पारिदिएको छ । मानिसको भौतिक सम्पतिको लोभले जीवन रक्षा नहुने सत्यता पुष्टि गरिदिएको कुरा पनि सकारात्मक रुपमा ग्रहण गर्नु उचित नै होला । मानिसभित्र रहने सबैभन्दा ठूलो डर नै मृत्युको भय हो । प्रत्येक मान्छेभित्र अन्तर्निहित जिजीविषाले नै आफूलाई मृत्युको वरिपरि जानबाट जोगाइराख्न मद्दत गरिरहेको हुुन्छ । यी शाश्वत विषयहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट फैलिएको महामारीले उजागर गर्दै छ । मानिसको जीवनदायिनी एवम् सञ्जीवनी भनेकै प्रकृति हुन् । प्रकृतिको दोहन गरेर चीरहरण गरी आफ्ना स्वार्थ पुरा गर्ने अभीष्ट राख्न खोज्नेहरुलाई प्रकृतिले नै सजाय दिन्छ भन्ने शाश्वत सत्यको बोध गराएको छ । रोगबाट बच्न व्यक्तिगत सरसफाईका मुख धुने, हात धुने, राम्ररी पकाएर खाने , भिडभाडमा संलग्न नहुने, रोगले छोइहालेमा स्वास्थ्य परीक्षण गराउने लगायतका हाम्रा पिता पुर्खादेखिका स्थापित असल चालचनबाट पनि हामीले नयाँ परिवेशमा सिक्नु र व्यवहारमा आत्मसात् गर्नु बुद्धिमानी होला । सुन फलाउन सकिने हाम्रा खेतबारी तथा जडीबुटीहरु अलपत्र बाँझो छोडेर भाषा समेत नबुझिने तातो हावा भएको परदेशमा रेमिटेन्सको लोभले काम खोज्ने मनोबृत्ति बोकेका नेपाली युवावर्गलाई आफ्ना परिवारका साथ स्वदेशको माटोमा नयाँ ज्ञान, सिप, प्रविधि र श्रमको उपयोग गरी विकल्पहरुको खोजी गर्ने नवीनतम् अवसर सिर्जना हुर्दैछ । राजनीतिक दर्शनको नारामा दुःखी गरिबको नाममा भजन–किर्तन गर्ने र राज्यशाक्तिको भोग गर्ने राजनीतिक दल वा शाक्ति केन्द्रहरुले पनि यस महामारीबाट जनएकताविना केही गर्न नसकिने हुनाले राष्ट्र र राष्ट्रिय जनएकताको महत्व बोध गर्दै जानु नै बुद्धिमानी देखिन्छ । रोगले बचेका जनताहरुलाई भोकले मर्ने अर्को दीर्घकालीन महामारीको उच्च जोखिमबाट जोगाउन सम्पूर्ण बेरोजगार श्रमजीवी वर्गलाई खेतीपाती, पशुपालन र औद्योगीकरणमा संलग्न गराई जनताहरुलाई सेवा र टेवा दिने कार्यमा अवसरको उपयोग गर्नु नै सबैको प्रमुख दायित्व देखिन्छ । यसैमा हाम्रो भविष्य सुरक्षित हुन सक्ला । कोञ्ज्योसोम गाउँपालिका-३, ललितपुर

हतियार र सम्पत्ति भन्दा एक मुठ्ठी सास ठूलाे

जनवरीको सुरुवाती आवस्थामा सुनिएको कोरोना भाइरस चीनमा रहुन्जेल खासै त्रासको विषय थिएन । खाना खाने बेलामा साथीहरु माझ एउटा नयाँ शीर्षक भने थपिएको थियो । अमेरिकी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय साथीहरुसंग अध्ययनरत भएको हुदाँ घरमा बसेको भन्दा अलि छिट्टै समाचार चाहिँ पुग्दो नै रहेछ, अनि बढी चासोको विषय पनि बन्न पुग्दो रहेछ । विस्तारै चीनको वुहानमा निस्किएको भाइरसले चीनलाई हल्लाउन थालेपछि चिनियाँ साथीहरु केही बिचलित हुन थाले । आफूसँगै बसेर खान खाएको चिनियाँ साथीले आफ्नो आमा बुबा घरबाट ननिस्किएको एक महिना भएको बताउँदा भने आफ्नै मान्छेलाई गाह्रो भए झैँ महशुस भयो र अनि बल्ल महामारीले आफ्नो वरपर छोएको अनुभव भयो । आजको मितिमा यो भाइरसले संसार भरि तहल्का नै मच्चाएको छ । हाम्रो मुलुकमा संक्रमण विस्तारसँगै भयावह वातवरण सिर्जना भएको छ । विश्वभर संक्रमित र मृतककाे संख्याबारे समाचार सुन्दा  जिउ नै सिरिङ्ग भएर आउछ । कसैले आफ्नो घरपरिवारका सदस्य गुमएका छन्, कसैले छरछिमेक गुमाएका छन् त कसैले राष्ट्रका प्रमुख व्यक्तित्वहरु गुमाएका छन् । सारा संसारलाई नै अहिले सोकाकुल परेको यो भाइरसले फेब्रुअरीको आधाआधीसम्म भने हाम्रो विश्वविद्यालयलाई खासै प्रभाव पारेको थिएन । तर फेब्रुअरीको अन्त्यसंगै इटालीको रोममा केहि समाएको लागि पढ्न गएका हाम्रो विश्वविद्यालयका विद्यार्थीहरु तत्कालको शैक्षिक सत्र नै पुरा नगरी अमेरिका फर्कनु पर्यो र हाम्रो विद्यालयले प्रवेश निषेध गर्दा घर गएर थन्किनु परेको समाचार सुन्नमा आयो । आफूले चीनेको साथीहरुलाई महामारीले प्रभाव पारेको थाहा पाएपछि त यो मनलाई त्रसित हुन कति नै बेर लाग्दो रहेछ र ?  चार पाँच दिन अघिसम्म चीनको समस्या लागेको यो भाइरस अभ बिस्तारै साउथ कोरिया, इटाली, इरान, जर्मनी हुदै अमेरिका सम्मै पुगेको थियो । अमेरिकामा निकै चर्चा बढेपछि चीनको छिमेक मै रहेको हाम्रो नेपालमा झन् यसले के कस्तो दुविधा ल्याएको छ त जान्न मन लग्यो । घरमा फोन गरेर बाबा आमालाई यस्ले दैनिकी जीबनमा पारेको कठिनाई बारे सोधे । सामन्य दिनचर्यालाई रोगले त्यति बेलासम्म खासै नछोएको भए तापनि वुहानमा रहेका नेपाली बिद्यार्थीलाई नेपाल सरकारले उद्दार गरेसंगै यो रोग नेपाली जनसमुदायमा चर्चा को बिषय चाहिँ बनेको थाहा पाएँ । नेपाल सरकारको सो व्वस्थित उद्दार कार्य, चौधौ दिनसम्मको क्वारेन्टिन निरीक्षण र विद्यार्थीहरुलाई गरिएको सहज व्यवस्था बारे सुन्न पाहुँदा निकै गर्व पनि लगेर आयो । लेखक फेब्रुअरीको अन्त्यसंगै विश्वभर कोभिड १९ नामक भाइरसको संक्रमण र मृत्युदर घातिय रुपमा बढ्न थाल्यो । एघार मार्चको दिन विश्व स्वास्थ्य संगठनले कोभिड १९ लाई विश्व महामारी घोषणा गरेसंगै सारा वातावरणमा डर र त्रासको माहोल छायो । विश्वविद्यालयमा भने ठ्याक्कै सधै चलिआएको शैक्षिक सत्रको बीचमा दिइने एक हप्ते बिदा चलिरहेको थियो । अब अमेरिकाको विभिन्न राज्यमा छरिएका विद्यार्थीहरुलाई एकै ठाउँमा बोलाएर आध्यापन पुनर्संचालन गर्ने स्थिति नै रहेन । यस्तो स्थितिमा अन्तर्राष्ट्रिय विद्यार्थी हुँदा र आफ्नो क्याम्पस बाहेक अन्त खासै जाने ठाउँ नहुँदा चाहिँ अलिक बढी नै तानव महशुस हुँदोरहेछ । चटक्क घर जाऊ, फेरी क्याम्पस पुनर्संचालन हुने हो कि भन्ने डर, घर नजाउ त कतै यो अनिश्चिततामा अलपत्र परिने हो कि भन्ने डर । त्यतिकैको अलमल, अन्योल, अनिश्चितता र प्रशासनिक निर्णयको पर्खाईमा २/४ दिनहरु बिते । तत्कालीन परिस्थितिलाई मूल्यांकन गर्दै विश्वविद्यालयले बाँकिको शैक्षिक सत्र अनलाइन गर्ने निर्णय लियो । सो समाचारका साथै दिमागमा अनेकौ तरङ्गहरुका कुस्ती सुरु भए, अनेकौ विचारहरु तराजुमा जोखिए । घर जाने भन्ने बित्तिकै हवाई टिकट सस्तो छैन, सारा संसारमा रोग फैलिएको बेला बाहिर हिड्न डर नै छ, २४ घण्टा भन्दा कम समाए लाग्ने जहाज पाइदैन र बाटोमा कतै रोग समातेर घर पो लाने होकि भन्ने जोखिम पनि विचार गर्नै पर्यो । त्यस्ता त्यस्ता विचारहरुले मन गरुङ्गो भएको अवस्थामा नेपालले मार्च २० देखि अन्तराष्ट्रिय विमानमाथि रोक लगाउने खबर पाए । अनेकौ विचारहरुको कुस्तिले थाकिसकेको हुँदा धेरै नसोची अमेरिकामा अलपत्र पर्नुभन्दा घरै जान ठिक लाग्यो र सोहि दिन टिकट काटी चार घण्टामै कोठामा रहेको सबै समान प्याक गरि म एरपोर्ट तर्फ लागे । कोठामा बस्दा धरी मन आत्तिएर छिनछिनमा साबुन पानीले हात धुन मन लाग्ने मलाई अब २६ घण्टाको लामो यात्रा गर्नु थियो । एयरपोर्टमा पुगेपछि कोहि मानिसको नजिक नपर्न र कोहिसँग बोल्न परिहाले कम्तिमा पनि एक मिटरको दूरी कायम गरेर मात्र बोल्न बडो सतर्कता अपनाएँ । विमान चडेपछि पनि आफ्नो सिट, सिट अगाडी रहेको तक्ता लगायत अरु आवश्यकमा आउने सामग्रीलाई आफूसँग भएको स्यानिटाइजर लगाएर सफा गरे । मेरो छेउमा मास्क लगाएर बसेकी यात्रीले पनि आफ्नो रुमालमा स्यानिटाइजर हालेर पुछ्दै थिइन् र हामी दुवैले एक अर्कालाई हेरेर यात्रामा आएको असहजताको भाव साटासाट गर्यौ । पहिलो विमानबाट झरेपछि इस्तानबुलमा आठ घण्टा कुर्नुपर्ने थियो । त्यो आठ घण्टा पनि कसैको सम्पर्कमा नआउन अति नै चनाखो भई बसे । करिब ६ घण्टा पछि नेपाल आउने विमानको गेटतर्फ लागे । गेटतिर जाँदा फ्याट्ट फुट्ट नेपाली आवाज सुनिन थाल्यो । त्यहाँ विमानको टर्मिनलमा पुग्दा त नेपाल नै पुगे झैँ भयो । विभिन्न देशबाट आएका नेपालीहरुको जमात नै भेटियो । त्यो विमानमा सायदै नेपाली बाहेक अरु कोही थिए होला जस्तो लाग्यो । नेपालीहरु कोही हाँसो ठट्टा गर्दै बसेका, कोही आफ्ना छोराछोरी सँगको बसोबासका कथा सुनाइरहेका, कोही भाइरस कै महामारीका विषयमा टिकाटिप्पणी गरिहहेका त कोहि घर फर्कदाको उत्साहले आनन्दित बसेका नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुलाई देख्दा निकै आत्मियता पलाएर आयो । आत्मियता छँदाछँदै पनि विभिन्न देशबाट आएका त्यी यात्रुहरुसँग बोल्नु त्यति उचित लागेन । बरु अलिकत पर गएर बसे । त्यहाँ नेपालीका त्यतिका हुल देखेर विमान भरी विभिन्न विचारहरु उठ्न थाले । अधिकांश नेपालीहरु पढाई, रोजगारी तथा भेटघाटको शिलशिलामा विदेशिएका छन् । महामारीका कारण ती विदेशिएका नेपालीहरुको नेपाल आउने क्रम बढ्दो छ । यतिका सङ्ख्यामा हामी नेपालीहरु हरेक दिन नेपाल ओहिरो लागेकै होलाऊ । यी नेपालीहरु पुनः देशको विभिन्न भागमा फैलने नै छन् । त्यस्तो अवस्थामा नेपालमा यो भाइरस फैलने सम्भावना चरम शिखरमा पुगेको देखे । विमानबाट ओर्लेपछि नेपाल सरकारद्वारा जारी गरिएको एउटा फारम बुझाउन पर्ने थियो, जसमा आफूलाई रोगको लक्षण नदेखिएको र आफू १४ दिन क्वारेन्टिनमा बस्ने कुरा उल्लेख गर्नुपर्ने थियो । तर कतिले त्यो फारम नै ल्याउन छुटाए त कतिले फारम भरेर पनि पेश गर्ने ठाउँ पत्तो लाएनन् । त्यस्तो फितलो कार्यले के यो रोग फैलन नदेला त भन्ने शंका लामो समयसम्म मनमा गडिरह्यो । आत्मियता छँदाछँदै पनि विभिन्न देशबाट आएका त्यी यात्रुहरुसँग बोल्नु त्यति उचित लागेन । बरु अलिकत पर गएर बसे । त्यहाँ नेपालीका त्यतिका हुल देखेर विमान भरी विभिन्न विचारहरु उठ्न थाले । अधिकांश नेपालीहरु पढाई, रोजगारी तथा भेटघाटको शिलशिलामा विदेशिएका छन् । महामारीका कारण ती विदेशिएका नेपालीहरुको नेपाल आउने क्रम बढ्दो छ । यी नेपालीहरु पुनः देशको विभिन्न भागमा फैलने नै छन् । त्यस्तो अवस्थामा नेपालमा यो भाइरस फैलने सम्भावना चरम शिखरमा पुगेको देखे । निकै जोगिने प्रयास गर्दै आएको म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान क्षेत्रको दृश्यले एकै छिन सातो नै लियो । नेपालमा केबल एक व्यक्तिमा मात्र लागेको र त्यो पनि निको भैसकेको अवस्थामा यस महामारीलाई हामी नेपालीहरुले त्यति गम्भीर रुपमा लिएको मानिन । बहिरबाट आएको म केही लिएर आएको छु भने अरुलाई सर्न सक्ने डरले सकेको दुरी बनाउने कोशिस गरे तर विमानस्थलको घन्चमंचले मलाई धकल्यो नै । जसोतसो जोगिँदै जोगाउँदै म आफ्नो घर चितवन पुगे । घर पुगेर मात्र मनमा शान्ति नहुँदो रहेछ । झन् आफूले घर परिवारलाई रोग सार्ने होकी भन्ने डरले सतायो । आफ्नो कोठामा नै बसिराख्ने, आफ्नो समान आफै सफा गर्ने र घर परिवारका सदस्यसँग घुलमिल पनि नहुने गरेँ। म आएको केही दिनपछि नै नेपालमा लकडाउन सुरु भयो । तर अधिकांश नेपाली जनता अशिक्षित भएको र कोरोनालाई गम्भिरताका साथ नलिएको कारण लकडाउन पनि खासै राम्ररी पालना भएको समाचार सुन्न पाइएन । एकातिर अशिक्षित वर्गलाई लकडाउनको महत्तो बुझाउन गाह्रो भएको र अर्कोतिर दिनहुँ ज्याला मजदुरी गरेर खाने निम्नवर्गीय नेपालीलाई राहत पुर्याउन नसकेको स्थितिमा यो महामारी रोक्न सरकारलाई हम्मे हम्मे नै पर्ने देखिन्छ । अझ यसमाथि पनि स्वास्थ्य सुविधाको कमी, अस्पतालमा जाँचपड्ताल र सामग्रीको कमी, अनि निजी अस्पतालहरुले हात उठाएको अवस्थामा यदि यो सङ्क्रमणले उग्ररुप लिएको खण्डमा यसलाई व्यवस्थित गर्न नेपाललाई चुनौतिपूर्ण नै देख्दछु । १४ दिनसम्म कुनै पनि लक्षण बिना बस्न सक्ने यो भाइरसलाई रोक्ने एक मुख्य उपाय नै जतिसक्दो धेरै मात्रमा जाँचपड्ताल गर्नु हो तर विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र हुनाले परिक्षणले गति लिन सकेको छैन । यति मात्रै नभएर अहिले मुख्य रुपमा भारतमा सङ्क्रमित सङ्ख्या बढ्दो छ र खुला सीमाना भएको हुँदा लकडाउनलाई अटेर गरी भारतीय सीमानाबाट जबर्जस्ती छिर्ने, क्वारेन्टिनमा राखिएकाहरु क्वारेन्टिन छाडेर भाग्ने जस्ता स्वभावले अझ त्रासको वातावरण सिर्जना गरेको छ । यस्तो प्रवृत्ति पछि बिस्फोटको रुपमा नदेखिएला भन्न सकिन्न । अरु जे जस्तो भएपनि पछिल्लो समयमा स्थानीय तहमा गरिएका कार्यहरु मलाई प्रशंसनीय नै लगे । म १४ दिन स्वतः क्वारेन्टिनमा रहुन्जेल वडा कार्यालयका अध्यक्ष र स्थानीय प्रहरी दिनहुँ निरीक्षण गर्न आउने, कुनै लक्षणहरु देखापरेको छ छैन सोध्ने, परीक्षण गर्ने जस्ता कार्य देख्दा चाहिँ यसतर्फ केही प्रयास भइराखेको छ है जस्तो लायो । विदेशबाट आएकाहरुको खोजी र निरीक्षण भएको थाहा पाउँदा मात्र पनि कताकता ढुक्क भए झैँ लाग्यो । सबै नागरिकहरु आफै सचेत भइ लकडाउनको राम्रो पालना गरी घरभित्रै बसेको समाचार सुन्न पाए अझै कति ढुक्क हुने थियो होला । वडाध्यक्ष, प्रहरी इन्चार्ज र स्वस्थ्यकर्मीद्वारा निरीक्षण हुँदै तर लकडाउनको नाम मात्रै जपेर बस्न सक्ने स्थिति पनि हाम्रो छैन । नेपाल एक गरिब विकासोन्मुख राष्ट्र हो । आफ्नो आन्तरिक आम्दानीले प्रसासनिक खर्च धानिन हम्मे पर्ने हाम्रो मुलुकमा निर्माणका कार्य योजनाका लागि वैदेशिक लगानीको आवश्यकता त पर्छ नै । सस्तो व्याज दरमा लगानी गर्दै आएका मुलुकहरुको आर्थिक वृद्धि दर घट्नाले त्यसको असर नेपालको निर्माण कार्यहरुमा पर्न जान्छ । अन्य राष्ट्रहरुको सहयोग घट्नुका साथै रेमिटान्सबाट चल्दै आएको हाम्रो देशमा अधिकांश विदेशीएका नेपालीहरु घर आएर थन्किएपछि त्यसतर्फको आम्दानी पनि खस्किन्छ नै । यसले नेपालमा आर्थिक मन्दी ल्याउने कुरामा कुनै दुई मत नै छैन । नेपालमा मात्र नभईकन यी समस्याहरु नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरु सबैले भोग्ने नै छन् । नेपाल र गरिब राष्ट्रहरुमा मात्र नभएर आर्थिक मन्दीले पुरा संसारलाई नै हल्लाउने छ । विश्व बैंकले गरेको आकलन अनुसार दक्षिण एसियामा मात्र ४० वर्षमा सबभन्दा बडी आर्थिक वृद्धिदर घट्ने सम्भावना देखाएको छ । साथै अन्तराष्ट्रिय मुद्रा कोष बमोजिम “सन् १९३० पछि को सबैभन्दा ठूलो आर्थिक मन्दी यो महामारी ले निम्त्याउने देखिन्छ” । धनी राष्ट्रहरुमा पनि आफ्नै मुलुकमा बेरोजगारी र गरिबका संख्या बढ्ने हुँदा अरुलाई सहयोग गर्न गाह्रै पर्छ । धनी राष्ट्रहरुमा पनि ठप्प परेका ठूला ठूला कल कारखानाले खरबौं नोक्सान गरि आर्थिक वृद्धिदर घट्ने छ । साथै ठप्प व्यापार व्यवसायले पनि त्यसमा प्रतिकूल असर थप्ने नै छ । सारा विश्वको अर्थतन्त्रलाई हल्लाएर तहसनहस पार्ने काम यो महामारीले गर्नेछ । तर गहिराइमा पुगेर सोच्दा यो महामारीले हामीलाई दिएको सन्देश पैसामात्र सबथोक नभई मानवताको महत्त्व बुझाउनु पनि हो । आज धनी गरिब सबैलाई यो रोगले समातेको छ । पैसा हुनेहरु पनि उपचार अभावमा मर्न बाध्य छन् । हातहतियार र पैसा भन्दा प्रकृति नै बलियो पो रहेछ । खै त ठूला ठूला बम बारुदले यसलाई मार्न सकेको ? साँच्चै यो त मानव सव्यतालाई नै प्रकृतितर्फ फर्क भनेर दिएको संकेत त होइन ? यस्ता महामारीको बेलामा एक राष्ट्रले अपनाएको असल नीतिको अबलम्बन अर्को राष्ट्रले गर्ने, जाँच किट लगायत स्वास्थ्य सामग्रीको सहयोग आदानप्रदान गर्ने, राहत अनुदान उपलव्ध गराउने जस्ता कार्यमा भएको थोरै प्रगतिले चाँहि मानवीयता केहि हदसम्म बचेकै रहेछ भन्ने लाग्यो । आखिर मानिसको एक मुट्ठी सास भन्दा ठूलो के नै रहेछ र ? हातहतियार र सम्पतिको लागि होडबाजी होइन, मानव कल्याणका लागि केही गर्नुपर्ने समय हो यो । गहिराइमा पुगेर सोच्दा यो महामारीले हामीलाई दिएको सन्देश पैसामात्र सबथोक नभई मानवताको महत्त्व बुझाउनु पनि हो । आज धनी गरिब सबैलाई यो रोगले समातेको छ । पैसा हुनेहरु पनि उपचार अभावमा मर्न बाध्य छन् । हातहतियार र पैसा भन्दा प्रकृति नै बलियो पो रहेछ । खै त ठूला ठूला बम बारुदले यसलाई मार्न सकेको ? साँच्चै यो त मानव सव्यतालाई नै प्रकृतितर्फ फर्क भनेर दिएको संकेत त होइन ? यो महामारीबाट विश्व समुदायले लिनुपर्ने ती सन्देश सँगसँगै नेपाली सभ्यता र संस्कृतिप्रति मेरो विश्वास अझ दरिलो भएको छ । साँच्चै ‘अतिथि देवो भव’ भन्ने पूर्वीय संस्कृति, दुई हात जोडी गरिने नमस्कार, प्राणी र वनस्पतिको संरक्षण, दान दिने चलन, योग र ध्यान आदिजस्ता हाम्रो परम्परा साँच्चै वैज्ञानिक रहेछ । यी सबै अब पश्चिमाहरुका लागि पनि चाखका विषय बनेका छन् । अन्तर्राष्ट्रिय जगत र पश्चिमा सस्कृतिप्रति आकर्षित हाम्रै नेपालीहरुलाई पनि अब आफ्नै प्यारो सस्कृति र परम्पराको प्रशंसा गरी फर्कने मौका आएको छ । यसले समस्त पूर्वीय सस्कृतिका सारा अनुयायी त्यसमा पनि हामी नेपालीहरुको शिरगर्वले ठाडो भएको छ । कोभिड १९ नामक महामारीले मानव जीवनप्रति राक्षसी रुप प्रदर्शन गरे पनि वातावरणका लागि भने वरदान नै सावित भएको छ । सारा विश्वमा ठप्प भएका कलकारखाना, यातायातका साधनहरु, अनावश्यक भिडभाड र कोलाहलबाट पृथ्वी मुक्त भएकी छिन् । धुलो र धुवाबाट वातावरण सङ्लिने अवसर मिलेको छ । हावा, पानी र माटोमा प्रदूषणको मात्रा घटेको छ । यी सबैका बावजुद दिनदिनै बढ्दो क्रममा रहेको मृत्युको चित्कार, दाहसस्कार गर्न नपाएका लासका चाङ र मलिन मानव अनुहारले भने पक्कै पनि वातावरणलाई पनि सही शान्ति मिलेको छैन होला । वातावरणमा देखिएको जतिसुकै अनुकुलता मूल्यांकन गर्न खोजे पनि यो महामारीले मानव जगतमा भित्राएको त्रास, पीडा र व्याकुलतालाई कसै गरे पनि मेटाउन सकिदैन । भोलिका दिनमा यसको भ्याक्सिन पत्ता लगाए पनि यसले मानव जीवनका विभिन्न क्षेत्रमा पुर्याएको अपुरणीय क्षति भविष्यको लामो समयसम्म रहिरहने छ । प्रथमतः मानिसलाई त्रास मुक्त भै सामान्य जीवनमा फर्कन नै कति समय लाग्ने हो पत्तो छैन । सामान्य जीवनमा फर्केपछि पनि बन्द भएका उद्योग खोल्न, बेरोजगारलाई रोजगार दिन, बन्द व्यवसाय सुचारु गर्न र जनजीवनसंग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बन्दोबस्ती मिलाउने काम कम चुनौतिपूर्ण हुने छैन । यी सारा कुरा समेटेर देशलाई पहिलेको अवस्थामा पुर्याउन पनि अनेकौं महिना र वर्ष लाग्न सक्छ । कतिले आफ्ना छिमेकी र घर परिवार गुमाएका छन् त्यो घाउ भरिन सारा जीवन पनि लाग्न सक्छ । तसर्थ विभिन्न देश र वैज्ञानिकले यस महामारीको उपचार जति चाँडो पत्ता लगाएता पनि यसको असर लामो समय रहिरहने छ । नेपाली सभ्यता र संस्कृतिप्रति मेरो विश्वास अझ दरिलो भएको छ । साँच्चै ‘अतिथि देवो भव’ भन्ने पूर्वीय संस्कृति, दुई हात जोडी गरिने नमस्कार, प्राणी र वनस्पतिको संरक्षण, दान दिने चलन, योग र ध्यान आदिजस्ता हाम्रो परम्परा साँच्चै वैज्ञानिक रहेछ । यी सबै अब पश्चिमाहरुका लागि पनि चाखका विषय बनेका छन् । अन्त्यमा जे होस् अब हामीले विगतको र भविष्यको चिन्ता मात्र नलिई वर्तमान अवस्थामा गर्नुपर्ने कामप्रति सजगता अपनाउनु पर्छ । सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्ने, सामाजिक दूरी कायम राख्ने, घरपरिवार छरछिमेकमा चेतना फैलाउने अनि आवश्यक काम बाहेक घर बाहिर ननिस्किने जस्ता एउटा नागरिकको स्तरबाट गर्न सकिने सरसहयोग पुर्याउने गर्नुपर्दछ । त्यसैगरी सरकारले पनि तत्काल राहत व्यवस्थित गर्ने, संचारसाधनका पहुच आम नागरिकसम्म पुर्याउने, तथा क्वारेन्टिन, आइसोलेशन र रोग पुष्टि भई उपचाररत व्यक्तिहरुलाई आवश्यक सहयोग र निगरानी गर्नु पर्ने देखिन्छ । भावी दिनहरुमा यसबाट पाठ सिकेर पूर्व तयारीमा ध्यान दिने, स्वस्थ्य र शिक्षा क्षेत्रमा प्रशस्त बजेट विनियोजन गरि पूर्वाधार, सामग्री, जनशक्ति जस्ता कुराको पूर्व तयारी गर्ने कुराहरुमा ध्यान पुराउनु अति आवश्यक छ । त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रोजगारीका अवसरहरु पहिल्याई देशको खस्किदो आर्थिक अवस्थालाई उकास्न ठोस कदम चाल्नु पर्ने देखिन्छ । हरेक नागिरकले पनि यो कठिन परिस्थितिमा संयमतापूर्वक आफू बाच्ने र अरुलाई बचाउने कार्यमा सरकारसँग हातेमालो गरेर अगाडी बढ्न सबैसँग अनुरोध छ ।

डामाडोल अर्थतन्त्र र हाम्रो कार्यशैली

चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको मानिएको कोरोना भाइरसले अहिले विश्वमाहामारीको रुप लिइसकेको छ । यसले हामी मानव प्रजाती प्रकृति अगाडी कति नाजुक छौँ भनेर पनि देखाउँछ । यसको पहिलो केस ३१ डिसेम्बर २०१९ वुहानमा देखिएको थियो र नेपालमा पहिलो केस १३ जनवरी २०२० मा देखिएको थियो । पहिलो केस वुहान समुद्री खाना थोक बजारसँग सम्बन्धित थियो र त्यसैले भाइरस जुनोटिक मूल भएको मानिन्छ । यो कोरोना रोगको आधिकारिक रूपमा कोभिड १९ नाम दिइएको छ । कोरोनाभाइरस महामारीले धेरै देशका राजनीतिक प्रणालीहरूलाई असर गरेको छ । यसले विधायकीय गतिविधिहरू निलम्बिन पारेको छ । केही राजनीतिज्ञ एवं उच्च पदस्थ व्यक्तिहरूमा समेत काेराेना संक्रमण भएकाे छ । विभिन्न देशमा भाइरस फैलिने डरले चुनावहरु पनि सार्ने काम हुदैछ । कोरोनाभाइरसको डरले विश्वव्यापी अत्यावश्यक सामानहरू जस्तै रोटी, चामल, तरकारीहरू, टोइलेट पेपर, चाउचाउ र कीटनासक आतंकित भएको छ । यसले विश्वव्यापी व्यक्तिगत सुरक्षात्मक उपकरणको अभाव पनि निम्त्याएको छ । डब्ल्यूएचओको चेतावनी अनुसार यसले स्वास्थ्यकर्मीहरूलाई जोखिममा पार्ने छ । कोरोनाभाइरस महामारीको कारण विश्वव्यापी अवरोधले वातावरण र मौसममा असंख्य असरहरू ल्याएको छ । यात्रामा आएको गम्भिर गिरावटले धेरै क्षेत्रहरूलाई वायु प्रदूषणमा खस्केको अनुभव गरेको छ । चीनमा तालाबन्दी र अन्य उपायहरूले गर्दा कार्बन उत्सर्जन २५ प्रतिशत घटेको छ, जुन वैज्ञानिकले अनुमान गरेको दुई महिनामा कम्तिमा ७७००० जनाको ज्यान बचाइएको छ । यद्यपि यसको प्रकोपले २०२० को संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन स्थगित गर्ने लगायतका वातावरणीय कूटनीति प्रयासलाई पनि अवरोध पुर्याएको छ र यसबाट हुने आर्थिक नतिजाले हरियो उर्जा प्रविधिमा लगानी सुस्त हुने अनुमान गरिएको छ । चिनियाँ मानिसका साथसाथै अन्य एशियालीहरुमा जातीय दुर्व्यवहार र हमलाको स्तर भने बढेको छ । अहिले यसको संक्रमन रोक्न विश्वमा लकडाउन लागु भएको छ जसले गर्दा अर्थतन्त्रलाई नराम्ररी हानी पुर्याएको छ । जस्तै कार्यालय तथा कारखानाहरु सबै ठप्प छन् । विश्वका हुने खाने देशहरु जस्तै अमेरिका, इटलीमा नै ठूलो रुपमा माहामरी फैलिरहेको छ तर दक्षिण कोरियामा भने यो संक्रमन धेरै फैलिन नपाउदै नियन्त्रनमा ल्याइसक्यो । अरु देशहरुले पनि कोरियाली मोडेलको प्रयोग गर्दा रामो हुने थियो । त्यो भने लकडाउन गरेर विदेशबाट आएको व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर फैलिने सम्भावना हटाउने । अमेरिकामा लकडाउन लागु भएको छैन अनि बेलायतमा पनि ढिला गरिएको लकडाउनले गर्दा नै होला त्यहाँ कम समयमा धेरै संक्रमण फैलिएको पाइयो । तर नेपालको अहिले सम्मको अवस्था सोचे जति नाजुक भएको छैन । दोश्रो केस आए लगतै लकडाउन गरेको हुनाले यो माहामारी ठूलो रुपमा फैलिएकाे छैन । सरकारले विद्यालय, कलेज बन्द गर्दै परीक्षाहरु सार्ने र लकडाउन गर्ने निणय गरेकाे छ । सरकारले त्यो निर्णय अलि अगाडि नै गर्नु भएको भए झनै राम्रो हुने थियो । अहिले सरकारले लगाएको लकडाउनलाई जनताले राम्ररी पालना गरिरहेका छन् । सरकारले टेस्टइङ किटको खरिदमा देखिएको अनिमियता जस्ता कार्ये भने जनताहरुकोे नराम्रो नजरमा परेको पाइन्छ । मजदूरहरु तथा निम्न आयहरुका लागि राहत वितरणमा पनि समस्या देखिएको छ । सरकारको सम्पूर्ण काम हेर्ने भए, सरकारले ठिकै काम गरिरहेको छ । कोभिड १९ महामारीको प्रतिक्रियाहरू केवल अन्य सामाजिक र पर्यावरणीय संकटहरूको विस्तार हो । एउटा क्षेत्रको भन्दा बढि अरु क्षेत्रको प्राथमिकतामा ध्यान गएको छ । यो प्राथमिक गतिशिलले कोभिड १९ को लागि विश्वव्यापी प्रतिक्रियाहरू ड्राईभ गर्न ठूलो भूमिका खेलेको छ ।  आर्थिक भविष्य  आर्थिक परिप्रेक्ष्यमा यहाँ चार सम्भावित भविष्यहरू छन् । ती हुन बर्बरवादमा उत्रन, एक मजबूत राज्य पूँजीवाद, कट्टरपन्थी राज्य समाजवाद, र पारस्परिक सहायतामा निर्मित ठूलो सामाजिक रूपान्तरण । यी सबै भविष्यको संस्करणहरू पूर्ण रूपमा सम्भव छन्। कोरोनाभाइरस, जलवायु परिवर्तन जस्तै, आंशिक रूपमा हाम्रो आर्थिक संरचनाको समस्या हो । यो दुबै “वातावरणीय“ वा “प्राकृतिक“ समस्याहरू जस्तो देखिन्छ तर त्यी सामाजिक रूपमा संचालित छन् । हो जलवायु परिवर्तन केहि ग्याँसहरुले गर्दा ताप सोस्नुको कारण हुन्छ तर त्यो एक धेरै ख्रोक्रो विवरण हो । मौसम परिवर्तनलाई वास्तवमै बुझ्नका लागि हामीले सामाजिक कारणहरू बुझ्नु आवश्यक छ जसले गर्दा हामीले ग्यासको उत्सर्जन गर्दछौँ । यसको प्रत्यक्ष कारण भाइरस हो तर यसको प्रभावहरू प्रबन्ध गर्न हामीले मानवीय व्यवहार र यसको फराकिलो आर्थिक प्रसंग बुझ्नु आवश्यक छ । यदि हामीले गैर आवश्यक आर्थिक गतिविधिलाई कम गर्यो भने कोभिड १९ र जलवायु परिवर्तन दुबैलाई सम्हाल्न सजिलो छ । मौसम परिवर्तनका लागि हेर्ने हो भने यदि हामीले कम सामान उत्पादन गर्यौ भने, हाम्राे कम ऊर्जा प्रयोग हुन्छ र कम ग्रीनहाउस ग्यास उत्सर्जन हुन्छ । कोभिड १९ को महामारी विज्ञान द्रुत रूपमा विकसित हुँदैछ तर मूल तर्क यस्तै सरल छ । व्यक्तिहरू एकसाथ हुलमा संक्रमण फैलियो । यो घर, कार्यस्थलहरूमा मानिसहरूले यात्रा गर्दछ । यस हुललाई कम गर्नाले व्यक्तिदेखि व्यक्ति संक्रमण कम र सम्भवत कम केसहरू निम्त्याउने सम्भावना छ । सामान्यतया संकतको यो सामना गर्नका लागि सिद्धान्त सरल छ । सरकारले खर्च गर्छ र खर्च तबसम्म गर्दछ जबसम्म मानिसहरूले उपभोग गर्न र फेरि काम गर्न सुरु गर्दैनन् । लकडाउनले विश्वव्यापी अर्थतन्त्रमा दबाब दिइरहेको छ । हामी गम्भीर मन्दीको सामना गर्दछौं । यस दवावले विश्वका केही नेताहरुले लकडाउनसहज बनाउनका लागि उपायहरु आह्वान गरेको छ । कोभिड १९ ले बजारको बारेमा हाम्रो विश्वासहरू कत्तिको झूट छन् भनेर देखाउछ । विश्वभर सरकारहरूलाई आपूर्ति चेन, सामाजिक हेरचाह र मुख्य रूपमा स्वास्थ्य सेवा जस्ता संवेदनसिल सिस्टमहरु विफल वा ओभरलोड हुने डर छ । यसमा योगदान पुर्याउने धेरै कारकहरू छन् । धेरै व्यक्तिहरू व्यर्थका काम गर्छन्, अांशिक रूपमा व्यर्थको काम गर्छन जसको कारण हामी कोभिड १९ लाई जवाफ दिन असामर्थिय छौं । महामारीमा धेरै त्यस्ता कामहरू आवश्यक छैनन । हाम्रो खराब अवस्थाको बेला पर्याप्त कुञ्जीका कामदारहरू अभाव छन् । नेपालको लागि २०२० अर्थतन्त्र अभिवृद्धिको लागि महत्वपूर्ण वर्ष हुने थियो । पर्यटन वर्षले नेपाली अर्थतन्त्रमा ठूलो उर्जा देखाएको थियो । तर यस्तो माहामारी आएर सरकारले प्रक्षोपन गरेको लक्ष्यबाट नतिजा एकदमै टाढा आउने देखिन्छ । नेपालमा लगभग सम्पूर्ण अर्थतन्त्र पर्यटन व्यवसाय र कृषिसँग जोडिन जान्छ । अब विश्व अर्थतन्त्र नै डामाडोल हुँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्न छ । अहिले नेपालमा मुख्य गरी राहत व्यवस्थापनामा ध्यान दिन सक्नुपर्छ । श्रमिकहरु जो आफ्नो घरबाट धेरै टाढा छन्, उनीहरु सबै भन्दा बढी प्रभावित भएको देखिन्छ । भाईरसले भन्दा पनि भोकै भएर मर्ने अवस्था आउन सक्छ । ऋण लिनेहरुलाई केही समय सम्म भएपनि भुक्तानी गर्न सहुलियतको व्यवस्था अति महत्वपूर्ण हुन जान्छ । लकडाउनमा सबै ठप्प भएको हुनाले खाद्यान्नहरुको वितरण पनि हुन सकिरहेको छैन । अहिले तत्कालका लागि यी समस्याहरु समाधान गर्नुपर्छ । नेपालमा पहिले जस्तै अर्थतन्त्र हुन अली समय लाग्छ किनभने पर्यटनमा केही समय सम्म गिरावट भइरहनेछ । हाम्रो अर्थतन्त्र कति कमजोर छ भनेर २०७२ सालको भूकम्प पछि अहिले फेरी देखियो । त्यो बेला त नेपालले राहत स्वरुप धेरै कुराहरु पाए । तर अहिले विश्व नै यसको चङगुलमा हुँदा राहत खासै पाउने छैनौँ । यो सबैबाट हामीले ठूलो पाठ सिक्नुपर्छ । हामीले चाहिने कुरामा लगानी गरिरहेको छैनौ । यदि विश्वले युद्ध गर्नको सट्टा विकासका कुरा गेरेको भए यस्तो अवस्था कहिले आउने थिएन । विज्ञान र स्वास्थ्यमा हाम्रो ध्यान कहिले गएन । केवल पैसा कसरी बढी कमाउनेमा गयो । यही क्रममा हामीले पृथ्वीलाई अत्यन्त हानी पुर्यौउन थाल्याैं र अझै पुर्याइरहेका छौं । पेट्रोलिएम पदार्थको प्रयोगमा कमी छैन नगरेर होस या पृथ्वीलाई फोहोर गर्दै बसेको भएर होस, जुन थालीमा खान्छौ, त्यही थालीमा प्वाल पारी रहेको छाैं । यो लकडाउन अवधिमा प्रकृतिले आफ्नो पहिलेको रुप लिन थालेको छ । यस्तो सफा हावापानी यो सबै बिरलै हुन पाउछ । अहिले वातावरण हिसाबले पनि हामी मानव सभ्यताले के कुरा गरिराखेका छौं भनेर थाहा पाउने यो सुन्दर अवसर हो । यी परिवर्तनहरूले हामीलाई आशा दिन्छ । तिनीहरूले हामीलाई भविष्यमा धेरै जीवनहरू बचाउने मौका दिन्छन् । यिनीहरूले लामो अवधिको परिवर्तनको सम्भावना संकेत गर्छ जसले हामीलाई खुसी पार्नेछ र जलवायु परिवर्तनसँग जुझ्न मद्दत गर्नेछ तर हामीलाई यहाँ पुग्न किन यति लामो समय लाग्यो ? किन धेरै देशहरू उत्पादन सुस्त हुदा तयार अवस्थामा थिएन ? यसको जवाफ भर्खरको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को रिपोर्टमा छ । उनीहरूसँग सहि “मानसिकता“ थिएन । कोभिड १९ ले धेरै पुरानो र परिचित शत्रुको फिर्ताको चिन्ह देखाउँछ । इतिहास भरमा, भाइरस, ब्याक्टेरिया र परजीवीहरुबाट रोगको कारण भन्दा अरु कुनैले त्यति मानिस मारेको छैन । भूकम्प वा ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपहरू, युद्धहरुबाट मृत्यु हुनेको संख्या नजिक पनि छैन। हामीले अहिले नै कडा कदम चालेर दीर्घकालिन विकासको तरिकामा चलेन भने अबको ५० वर्ष भित्र पृथ्वीमा बाँच्न मिल्ने वातावरण हुने छैन । इन्धनका रुपमा प्रयोग हुने पेट्रोल, डिजेल जस्ता कुरामा कमी ल्याएर सफा इन्धनमा (विद्युत) लगानी गर्नु पर्छ किन भने यसले हानिकारक रसायनहरुको उत्पत्ति गर्दैन । जल, वायु र सौर्य शक्तिमा ध्यान दिनुपर्छ । यो लकडाउनले ठप्प गरेको बेला, विश्वमा नै वातावरणीय हिसाबले राम्रो परिवर्तन भईरहेको छ । नेपालमा पनि अब सबै कार्यहरु विद्युतीय माध्यमबाट गरिनु पर्छ र पेट्रोल, डिजेलका गाडीहरुको संख्या घटाउन पर्छ । हामीले सार्वजनिक स्वास्थ्य प्रणाली बलियो बनाउनु पर्छ । जसरी अमेरिकी सेनालाई दुई मोर्चामा युद्ध लड्नका लागि वित्तीय पोषित बनाइएको छ, त्यसरी नै हाम्रो स्वास्थ्य सेवा प्रणालीहरुमा अर्को महामारीको सामना गर्न उर्जा क्षमता हुनुपर्छ। विशेषज्ञहरू अनुसार महामारीको तयारीमा एउटा निरन्तर चुनौती भनेको स्तब्ध पर्ने र बिर्सने कुरा हो । धेरै जसो राजनीतिज्ञहरूले सार्स वा इबोला जस्ता संकटको लगत्तै आर्थिक सहयोगको प्रतिज्ञा गर्छन् तर ती प्रतिज्ञाहरूलाई सफल हुन दिनैन । अहिले भएको कोरोना भाइरसको सकारात्मक पक्ष पनि छ किनभने यो पृथ्वीले हामी मानव सभ्यतालाई आफ्नो कार्यशैलीबारे सोच्न बाध्य बनाइ दिइएको समय हो । हामीलाई बिरामी पर्दा ज्वरो आएर औषधी खाएको जस्तै पृथ्वीलाई पनि हानी भएकोले मानिसलाई सतर्क रहन दिएको सङ्केत हो । सार्स कोभ १९ (कोभिड १९) धेरै फैलिने भाइरस हो तर यो त्यति घातक भने होइन । यो इबोला भाइरस जतिकै घातक भइदिएको भए के हुन्थ्यो ? हामी मानव जातिले मान्नै पर्छ कि हामीले अहिले जे गर्दैछौं, त्यो कुनै हालतमा पनि दिगो छैन । यो नै समय हो जुन संशाेधनको निम्ति नीति परिवर्तन गर्नु पर्छ । हामीले चुनावमा नेताहरू त्यसलाई जिताउनु पर्छ जसले विज्ञानका कुरा बुझेर नीति निर्माण गर्छ । अनुसन्धान र विकासमा ध्यान दिनु पर्छ । हामीले गरिरहेका कार्यहरूले भने प्रकृतिलाई हानी पुर्याईरहेको छ । अहिले ग्लोबल वार्मिङ्ले समुद्रको सतह बढिरहेको छ, हिउँ पग्लिरहेको छ । के थाहा कुन घातक भाइरस पग्लिरहेको हिउँमा लुकिरहेको छ । यदी हामीले हाम्रो कार्यशैलीमा परिवर्तन गरेन भने निकट भविष्यमा यो भन्दा खतरनाक महामारी आउन सक्छ जसले मानव प्रजातीको अन्त्य गर्ने सामथ्र्य राख्छ। म आशा गर्दछु कि कोभिड १९ को मामलामा त्यस्तो हुने छैन। हामीले यस महामारीबाट बाँच्नका लागि यथासक्दो प्रयास गर्नुपर्दछ जसले यो पक्का गर्छ कि अहिले भएको गल्ती तथा लापर्वाही बिगतमा नै सीमित रहनेछ र भविष्यमा दोहोर्याइने छैन ।

साबुनपानीमा निर्भर चिकित्सा विज्ञान र अबका चुनाैतिहरू

पृष्ठभूमि सन् २०१९ डिसेम्बर ३१ मा चीनको हुवेइ प्रान्तको वुहान शहरबाट भाइरल निमोनियाको रुपमा देखा परेको कारोना भाइरस रोग (कोभिड–१९) आज विश्वभर महामारीको रुपमा फैलिएको छ । शुरुमा यो रोग के हो भन्नेमा बिज्ञहरु र विश्व स्वास्थ्य संगठन नै अनविज्ञ रहेको अवस्थामा जनवरी ७, २०२० मा चीनियाँ बैज्ञानिकहरुले यो रोग पहिले नै पत्ता लागेको कोरोना भाइरस को नयाँ रुप भएको पत्ता लगाए । कोरोना भाइरसको नयाँ रुप भएकोले चीनिया बैज्ञानिकहरुले यसलाई नोबेल कोरोना भाइरस नामाकरण गरे जुन समयमा चीनमा भाइरसबाट संक्रमित हुनेको संख्या ४४ पुगिसकेको थियो । यस भाइरसको बारेमा विस्तृत अध्ययन गरिरहेको चीनले १२ जनवरी, २०२० मा कोरोना भाइरसको जेनेटिक सिक्वेन्स सार्वजनिक गर्दै सो रोग पहिचानको लागि विशिष्ट किटको आविस्कार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्यो । लगतै यस रोगले अन्तर्राष्ट्रिय रुप लिन पुग्यो फलस्वरुप २० जनवरी २०२० सम्म चीनसहित थाइलैण्ड, जापान र दक्षिण कोरिया गरी चार देशमा भाइरसबाट संक्रमित व्यक्ति फेला परेपछि विश्व स्वास्थ्य संगठनले २१ जनवरी २०२० देखि अवस्था प्रतिवेदन (सिचुएसन रिपोर्ट) सार्वजनिक गर्न थाल्यो । भाइरसको संक्रमण देश–महादेश हुँदै नेपाल सहित २६ देशका ४३ हजार भन्दा बढी व्यक्ति संक्रमित भइसकेका र विभिन्न देशहरुले यस भाइरसलाई चिनियाँ भाइरस भनि टिका टिप्पणी गरिरहेको सन्दर्भमा ११ फेब्रुअरी, २०२० मा विश्व स्वास्थ्य संगठनले यो भाइरसको नाम कोभिड–१९ भनि औपचारिक रुपमा नामाकरण गर्यो । कोरोना महामारीको विश्वव्यापी अवस्था कोरोना भाइरसको तिब्र विस्तारसँगै समग्र विश्व नै भाइरसको उच्च जोखिममा रहेको जनाउँदै विश्व स्वास्थ्य संगठनले १० जनवरी २०२० मा ट्राभल एडभाइजरी जारी ग¥यो । त्यस पछि विभिन्न देशहरुले पनि यस्तो ट्राभल एडभाइजरी जारी गरी कतिपय स्थानमा आवागमन प्रतिबन्ध लगाउन शुरु गरे । हाल केही अपवाद र अत्यावश्यक वस्तुको उत्पादन, वितरण तथा सेवाको सञ्चालन बाहेक विश्वभरका सबै व्यपार व्यवसाय बन्द गरिएका छन् । रेल्वे, जल यातायात, सार्बजनिक सवारी लगायत गैर–सैनिक हवाई उडानहरु बन्द गरिएका छन् भने धेरै देशले लकडाउन घोषणा गरी सर्वसाधारणलाई घरबाहिर निस्कन समेत प्रतिबन्ध लगाएका छन् । कोरोना भाइरस विरुद्ध हालसम्म कुनै खोप तथा औषधिको आविष्कार नभएको सन्दर्भमा यस भाइरसबाट बच्ने मूख्य उपायको रुपमा व्यक्ति–व्यक्तिबीचको सामाजिक दुरी कायम गर्न कतिपय सरकारी र गैर–सरकारी सेवाहरु समेत सम्भव भएसम्म घरबाटै गर्न मिल्ने गरी वर्क फ्रम होमको व्यवस्था गरिएको छ । विश्वका २१० देशमा फैलिसकेको यो भाइरसबाट भौगोलिक रुपमा सबैभन्दा बढी अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी लगायतका देशहरु प्रभावित भएका छन् भने अधिकांश युरोपियन राष्ट्रहरु अस्त व्यस्त भएका छन् । यो आलेख तयार पार्दासम्म विश्वभर २३ लाख ५१ हजार व्यक्तिहरु संक्रमित भएका छन् जसमध्ये १ लाख ६१ हजार व्यक्तिको मृत्यु भइसकेको छ भने ६ लाख ६ हजार व्यक्तिहरु उपचार पछि निको भइसकेका छन् । नेपालमा कोरोना महामारीको अवस्था लेखक नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण २५ जनवरी, २०२० मा चीनबाट आएका व्यक्तिमा देखिएको थियो । विश्वभर फैलिएको महामारी नेपालमा समेत भित्रिन सक्ने देखिएकोले नेपाल सरकारबाट गठित “कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति” को २०७६ चैत्र ५ गतेको निर्णयानुसार सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ्ग पुल, मनोरञ्जन तथा डान्स बार, विश्वविद्यालय तथा कलेजहरु, सामुदयिक तथा संस्थागत विद्यालय र बालविकास केन्द्रहरु २०७६ चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरियो । यसको साथै, सञ्चालनको क्रममा रहेका सबै निकाय तथा तहका परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरियो भने सामाजिक साँस्कृतिक कार्यहरु लगायत सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन प्रतिबन्ध लगाइयो । विदेशबाट आउने व्यक्तिहरुबाट भाइरस संक्रमणको जोखिम उच्च देखिएकोले २०७६ चैत्र ७ गते (२० मार्च, २०२०) रातको १२ बजेबाट लागू हुने गरी २०७६ चैत्र ३० गते (१२ अप्रिल, २०२०) सम्म युरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रका सबै मुलुकहरु एवम् टर्की, मलेशिया, दक्षिण कोरिया र जापानबाट आउने र ती देशहरुमा ट्रान्जिट गरी आउने यात्रुहरुलाई आगमन प्रतिबन्ध लगाउने सम्बन्धमा ट्राभल एडभाइजरी जारी गरियो । यस लगतै २०७६ चैत्र ९ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार २०७६ चैत्र ११ गतेदेखि १ हप्ताको लागि अत्यावश्यक वस्तुको उत्पादन, वितरण र ढुवानी तथा सेवा सञ्चालन बाहेक नेपाल भर लकडाउन घोषणा गरी नेपालको अन्तर्राष्ट्रिय सीमानाकाहरुबाट हुने आवागमन समेत स्थगन गरियो । पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएको करिब २ महिनापछि अर्थात २४ मार्च, २०२० मा नेपालमा दोस्रो संक्रमित व्यक्ति फेला परे । लकडाउनको अवधिमा क्वारेन्टाइन र आइसोलेसनमा राखिएका व्यक्तिहरुको परीक्षणको क्रममा २०७६ चैत्र २३ (५ अप्रिल, २०२०) मा स्थानिय रुपमा संक्रमित व्यक्ति भेटिएसँगै नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गर्यो । त्यसपछि पटक पटक गरी देशभर लागू गरिएको लकडाउनकाे अवधि लम्ब्याइएकाे छ । यसका साथै, सबै प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायिक हवाई उडानहरुलाई  पनि स्थगन गरिएको छ भने विश्वविद्यालय, कलेज तथा विद्यालयहरु र विभिन्न निकायका परीक्षा कार्यक्रमहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् । संक्रमितको संख्या बढेसँगै आवागमनमा थप कडाई गरिएको छ भने परीक्षणको दायरालाई पनि फराकिलो बनाइएको छ । पहिले पोलिमरेज चेन रियाक्सन (पिसिआर) विधिबाट मात्र परीक्षण गर्ने गरिएकोमा हाल द्रुत गतिको र्यापिड डाइगोनोष्टिक टेष्ट (आरडिटि) विधिबाट समेत परीक्षण गरिएको छ । त्यस्तै, पिसिआर विधिबाट गरिने परीक्षण केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र भइरहेकोमा त्यसको दायरा विस्तार गरी देशभर हाल १३ वटा प्रयोगशाला मार्फत पिसिआर विधिबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ भने संक्रमित व्यक्तिको उपचारको लागि २५ वटा अस्पताललाई कोरोना विशेष हब अस्पतालको रुपमा तोकिएको छ । यसको साथै, कोरोनाको शंकास्पद व्यक्ति भेटिएमा तुरुन्त अस्पताल पुर्याउन सबै जिल्ला, प्रदेश र केन्द्रमा एम्बुलेन्स, चिकित्सक र सुरक्षाकर्मी सहितको डेडिकेटेड टिम चौबिसै घण्टा तैनाथ गरिएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि स्रोत जुटाउने उद्देश्यले नेपाल सरकारले रु. ५० करोड जम्मा गरी स्थापना गरेको केन्द्रीय राहत कोषमा २०७७ बैशाख ५ गतेसम्म रु. २ अर्ब ७ करोड ४६ लाख रकम जम्मा भइसकेको छ भने राहत रकम जम्मा हुने क्रम जारी रहेको छ । त्यस्तै विभिन्न प्रदेश र स्थानीय तहहरुले पनि आ–आफ्नो स्तरमा यस्तो कोष स्थापना गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ८ हजार ८१ व्यक्तिको पिसिआर विधिबाट कोभिड–१९ को परीक्षण गरिएकोमा ३१ जना संक्रमित भएको पाइएको छ । जसमध्ये ४ जना उपचारपछि निको भइसकेका छन्, २७ जना संक्रमितको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने कुनै पनि व्यक्तिको यो रोगका कारण मृत्यू भएको छैन । आरडिटि परीक्षणलाई समेत समावेश गर्दा नेपालमा हालसम्म कुल २८ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ । कोरोना महामारीबाट बच्ने उपायहरु विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुनाले संक्रमित व्यक्ति र यसको लक्षण देखिएका शंकास्पद व्यक्तिबाट टाढा रहनु नै यसबाट बच्ने मूख्य उपाय हो । विज्ञहरुका अनुसार यो रोग चमेरो, बिरालो, कुकुर लगायतबाट समेत सर्ने सम्भावना देखिएकोले यो रोगबाट बच्न यस्ता पशुपंक्षीबाट समेत टाढा रहनु पर्दछ । यो रोग विरुद्ध हालसम्म कुनै खोप वा औषधिको विकास भैसकेको छैन । तसर्थ, यस विषम परिस्थितिमा महामारीबाट बच्नको लागि नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्न र व्यक्ति व्यक्ति बिचको सामाजिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । विश्व स्वस्थ्य संगठनको मापदण्ड बमोजिम एक देश वा स्थान बाट अर्को देश वा स्थानमा यात्रा गर्ने यात्रुहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु यो रोग फैलिनबाट रोक्ने महत्वपूर्ण उपाय हो । शरीरमा रोग प्रतिरोधात्मक शक्तिको विकास गर्नु पनि रोगबाट बच्ने उपाय भएकोले नियमित रुपमा स्वच्छ तथा पौष्टिक आहार सेवन गर्ने र नियमित योग तथा व्यायम गर्न आवश्यक हुन्छ । यसको साथै, संक्रमण हुनबाट बच्नको लागि सरकारले जारी गरेको जनस्वास्थ्य सम्बन्धी निर्देशनको पालना गर्ने, लकडाउनको समयमा अनावश्यक रुपमा घरबाहिर ननिस्कने, अत्यावश्यक कामको लागि घरबाहिर जानु परेमा मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै सामाजिक दुरी कायम गर्नुपर्दछ । कोरोना महामारीले विश्व समुदायमा ल्याएका चुनौतिहरु विज्ञान र प्रविधिको विकासले संतृप्त भएको र जस्तोसुकै परिकल्पनालाई पनि वास्तविकतामा बदल्न सफल भएको विश्व मानव समुदाय आज कोरोना महामारीको अगाडि निरिह सावित भएको छ । कोरोना विरुद्धको औषधि तथा खोप विकासको लागि ६० भन्दा बढी देशका वैज्ञानिकहरु रात दिन अनुसन्धानमा लागि परेका छन् तर अहिलेसम्मको प्रयास जंगलको रुवाई मात्र भएको छ । तथापि, यसमा केहि प्रगति नभएको भने होइन । केही देशले खोपको विकास गरिएको र मानवीय परीक्षण भइरहेको बताइरहेता पनि पूर्ण सफल भने भइसकेका छैनन् । तसर्थ, महामारीको तिब्र विस्तार भइरहेको र औषधिको विकास नभएको यस्तो संक्रमणकालीन समयमा कोरोना भाइरसले विश्व समुदायमा सिर्जना गरेका चुनौतिहरुलाई निम्न दुई पक्षमा विश्लेषण गर्नु उपयुक्त हुने देखिन्छ । (क) मानवीय चुनौतिहरु कोरोना महामारीले गर्दा आज विश्व मानव समुदाय इतिहाँसकै सकटपूर्ण अवस्थामा बाँचिरहेको  छ । संक्रमणको जोखिम उच्च हुने हुनाले संक्रमित व्यक्तिले समयमै उपचार नपाउने सम्भावना पनि उत्तिकै छ । अझ संक्रमित व्यक्तिलाई छुट्टै आइसोलेसनमा राख्नुपर्ने हुनाले संक्रमित व्यक्ति रोगसँगै मानसिक तनावले बढी पीडित भएका छन् । रोगको संक्रमण रोक्नको लागि विश्वभर नै लकडाउन लागू गरिएका छ जसले गर्दा कतिपय मानिसहरु बीचबाटोमै अलपत्र परेका छन् भने कतिपय अर्को मुलुकमा रोकिन बाध्य भएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने सर्वहारा मजदुर वर्गको रोजीरोटी खोसिएको छ जसले गर्दा गरीब तथा मजदूर वर्ग रोगले भन्दा पनि भोकले मर्ने सम्भावना देखिएको छ । महामारीका कारण गरिएको लकडाउनले उत्पादन र वितरणमा समस्या आएको छ भने विश्वभर आपूर्ति श्रृखला अवरुद्ध भएको छ । जसकारण दैनिक उपभोग्य वस्तुको व्यवस्थापन समेत चिन्ताको विषय बनेको छ । महामारीबाट संक्रमित हुनेको संख्या बढ्दै जाँदा विश्वभरका अस्पतालका बेडहरु भरिन गई थप संक्रमितले उपचार पाउने सम्भावना समेत न्यून हुँदै गएको छ । विश्वभर नै महामारीको उस्तै अवस्था रहेकोले औषधि लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भएका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा समेत संक्रमणको उच्च जोखिम देखिएको छ । विज्ञहरुका अनुसार यो रोगबाट बृद्ध–बृद्धा, दीर्घरोगीहरु जस्तैः मधुमेह, उच्च रक्तचाप, दम आदिका बिरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले यस्ता बिरामीहरुको जीवन रक्षा थप चुनौतिपूर्ण बन्दै गएको छ । (ख) आर्थिक चुनौतिहरु कोरोना महामारीको तिब्र विस्तार रोक्न लागू गरिएको लकडाउनको कारण विश्वभरका कलकारखाना, व्यापार व्यवसाय लगायत सम्पूर्ण आर्थिक गतिविधिहरु बन्द प्रायः भएका छन् । विश्वभरका शेयर बजारमा उच्च अंकले गिरावट आएको छ भने कच्चा तेलको मूल्य दुई दशक यताकै न्यून बिन्दुमा झरेको छ । विश्व अर्थतन्त्रको आपूर्ति श्रृखला अवरुद्ध भएको छ भने समग्र माग (एग्रिगेट डिमाण्ड) तथा आपूर्तिमा समेत आकस्मिक झट्का लागेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा सन् २०२० अप्रिलमा प्रकाशित वल्ड इकोनोमिक आउटलुक अनुसार कोरोना महामारीबाट सिर्जित परिस्थितिका कारण विश्व अर्थतन्त्र सन् १९०८ को आर्थिक मन्दी भन्दा पनि खराब अवस्थामा पुगेको छ भने सन् २०२० मा ३ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरिएको छ । कोषका अनुसार सन् २०२० मा विकसित अर्थतन्त्र ६.१ प्रतिशतले र विकासशील तथा उदाउँदा अर्थतन्त्र १.० प्रतिशतले संकुचन हुने अनुमान गरिएको छ । त्यस्तै, विश्वको सबैभन्दा ठूलो अमेरिकी अर्थतन्त्र ५.९ प्रतिशतले र समग्र युरो क्षेत्रको अर्थतन्त्र ७.५ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरिएको छ । यद्यपि, एशियाका दुई ठूला भारत र चीनको अर्थतन्त्र भने क्रमशः १.२ र १.९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले कोरोना महामारीका कारण सन् २०२० मा विश्वभर १९ करोड ५० लाख पूर्णकालीन रोजगारी गुम्न सक्ने जनाएको छ । संयुक्त राष्ट्र संघीय विश्वविद्यालयले हालै प्रकाशन गरेको एक अध्यययन अनुसार कोरोना महामारीका कारण विश्वमा कुल जनसंख्याको ८ प्रतिशत वा ४० देखि ६० करोड थप जनसंख्या गरीबीको रेखामुनि पर्न सक्ने देखिएको छ भने सन् २०३० सम्म हाँसिल गर्ने भनिएको दिगो विकासका लक्ष्यहरु मध्ये “गरीबीको अन्त्य” र “शुन्य भोकमरी” प्राप्त गर्न समेत चुनौति हुने देखिन्छ । विश्व खाद्य संगठनका अनुसार सन् २०१४ मा अफ्रिकी राष्ट्रहरुमा महामारीको रुपमा फैलिएको इबोला भाइरसका कारण अफ्रिकी राष्ट्रहरुमा ४७ प्रतिशत खेतीयोग्य जमिन बाँझो रहन गई खाद्य संकट देखिएको थियो । तसर्थ, कोरोना महामारी अझै बढ्दै गएमा सन् २०२० मा समत विश्वभर खाद्य संकट आउन सक्ने, खाद्यान्नको मूल्यमा वृद्धि हुने र गरीबीको रेखामुनि रहेका जनसंख्यामा खाद्य पहुँचमा समेत गम्भिर असर पर्ने संगठनले जनाएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले कोरोना महामारीका कारण सन् २०२० मा विश्वभर १९ करोड ५० लाख पूर्णकालीन रोजगारी गुम्न सक्ने जनाएको छ । संयुक्त राष्ट्र संघीय विश्वविद्यालयले हालै प्रकाशन गरेको एक अध्यययन अनुसार कोरोना महामारीका कारण विश्वमा कुल जनसंख्याको ८ प्रतिशत वा ४० देखि ६० करोड थप जनसंख्या गरीबीको रेखामुनि पर्न सक्ने देखिएको छ भने सन् २०३० सम्म हाँसिल गर्ने भनिएको दिगो विकासका लक्ष्यहरु मध्ये “गरीबीको अन्त्य” र “शुन्य भोकमरी” प्राप्त गर्न समेत चुनौति हुने देखिन्छ । राष्ट्र संघीय विश्व पर्यटन संगठनका अनुसार कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय पर्यटन आगमन २० देखि ३० प्रतिशतले कमि आउने र पर्यटन आय ३०० देखि ४५० अर्ब डलरले संकुचन हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका अनुसार सन् २०२० मा अन्तर्राष्ट्रिय हवाई यात्रुहरुको संख्यामा ५० देखि ६० करोडले कमि आउने र एयरलाइन्स कम्पनीहरुलाई ११२ देखि १३५ अर्ब डलर सञ्चालन नोक्सानी हुने अनुमान गरिएको छ । कोरोना महामारीले नेपालमा ल्याएका चुनौतिहरु (क) मानवीय चुनौतिहरु कोरोना महामारीका कारण नेपालमा हालसम्म कुनै मानवीय क्षति त भएको छैन तर यसले अन्तर्राष्ट्रिय समुदायमा पुर्याएको क्षतिलाई विश्लेशण गर्दा नेपाल पनि त्यस्तो जोखिमबाट मुक्त भने छैन । स्वास्थ्य मन्त्रालयका अनुसार बैशाख ७ गतेसम्म नेपालमा ३१ जना संक्रमित भएकोमा ४ जना निको भइसकेका छन् भने अन्य संक्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेकाले मानवीय क्षति हुने सम्भावना न्यून छ । लकडाउन जारी रहेको र परीक्षणलाई तिब्रता दिइएका कारण सम्भावित महामारी निम्तिन सक्ने सम्भावना पनि न्यून छ । यद्यपि, लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र गरीब परिवारको दैनिकी भने कष्टकर बन्दै गएको छ । विशेष गरी शहरी क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको रोजगारी गुमेको र खर्चको अभाव भई खान समेत नपाउने अवस्था सिर्जना भएकोले शहरी क्षेत्रका कतिपय मजदुरहरु लकडाउनको बाबजुत पनि पैदल हिडेर गाँउ फर्कन बाध्य भएका छन् । (ख) आर्थिक चुनौतिहरु नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेसँगै होटल तथा पर्यटन सम्बद्ध क्षेत्रमा व्यवसायीले ठूलो लगानी गरेका थिए । तर २०२० को पूवाद्र्धसँगै छिमेकी चीनमा कोरोनाको संक्रमण देखिएपछि विश्वव्यापी रुपमा पर्यटकको आगमनमा कमि आयो भने नेपालमा पनि त्यसको असर प¥यो । जसका कारण नेपालको होटल तथा पर्यटन क्षेत्र सन् २०२० को शुरुदेखि नै व्यवसाय विहिन बन्न पुगेको छ भने पर्यटन वर्षलाई लक्षित गरी गरिएको होटल तथा पर्यटन क्षेत्रको अर्बौको लगानी खेर जाने निश्चित प्रायः भएको छ । सम्भावित महामारीबाट बचाउन नेपाल सरकारले देशभर लागू गरेको लकडाउनका कारण अत्यावश्यक बाहेक सबै व्यापार व्यवसाय, कलकारखाना, उद्योगधन्दा बन्द भएका छन् । यसरी दैनिक आर्थिक गतिविधि बन्द हुँदा व्यवसायी तथा मजदुरको अर्बौंको आम्दानी गुमेको छ । यसबाट अर्थतन्त्रमा करिब ३ प्रतिशतको योगदान गर्ने पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ भने १४.४ प्रतिशतको योगदान गर्ने थोक तथा खुद्रा व्यापार क्षेत्र बढी प्रभावित भएको दोस्रो क्षेत्र हो । त्यस्तै, निर्माण क्षेत्र ७.८ प्रतिशत, रियल स्टेट क्षेत्र ११.५ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्र ७.२ प्रतिशत समेत प्रभावित हुने देखिएको छ भने यी सबैको असर ६.३ प्रतिशत योगदान रहेको वित्तीय क्षेत्रमा पर्नेछ । लकडाउनको कारण कतिपय नष्ट हुने खालका कृषियोग्य उत्पादनको बजारीकारण गर्न नसकिएको र मागमा समेत कमि आएका कारण अर्थतन्त्रमा २७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्र समेत प्रभावित हुने देखिन्छ । आर्थिक शिथिलतासँगै सरकारको राजस्व आम्दानी तथा विकास निर्माण लगायतमा हुने खर्चमा समेत उल्लेख्य कमि आई आर्थिक मन्दी हुने देखिन्छ । विश्व बैंकका अनुसार सन् २०२० मा नेपालको अर्थतन्त्र १.५ देखि २.८ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण गरेको छ भने अन्तर्राष्ट्रिय मुद्राकोषले आर्थिक वृद्धिदर २.५ प्रतिशतमा सीमित हुने जनाएको छ । कोरोना महामारीका कारण वातावरण र जीवजगतमा पर्ने असर विश्व मानव समुदायले महाविपत्तिको सामना गर्नुपरे पनि वातावरणमा भने यसले सकरात्मक प्रभाव परेको देखिन्छ । कलकारखाना, उद्योगधन्दा, उत्पादन, सवारी साधन लगायत वायु प्रदुषण गर्ने क्रियाकलाप प्रायः ठप्प भएका कारण विश्वभरको वायुको गुणस्तरमा सुधार आएको छ । अमेरिकाको वायु प्रदुषणमा ५० प्रतिशतले कमि आएको छ भने कार्बन उत्सर्जन समेत १० प्रतिशतसम्मले कमि आएको छ । चीनको कार्बन उत्सर्जनमा २५ प्रतिशतले कमि आएको छ भने वायुको गुणस्तरमा ११.४ प्रतिशतले सुधार आएको छ । (क) वातावरणमा पर्ने असरहरु महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व मानव समुदायले महाविपत्तिको सामना गर्नुपरे पनि वातावरणमा भने यसले सकरात्मक प्रभाव परेको देखिन्छ । कलकारखाना, उद्योगधन्दा, उत्पादन, सवारी साधन लगायत वायु प्रदुषण गर्ने क्रियाकलाप प्रायः ठप्प भएका कारण विश्वभरको वायुको गुणस्तरमा सुधार आएको छ । कोलम्बिया विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार अमेरिकाको वायु प्रदुषणमा ५० प्रतिशतले कमि आएको छ भने कार्बन उत्सर्जन समेत १० प्रतिशतसम्मले कमि आएको छ । कार्बन ब्रिफका अनुसार चीनको कार्बन उत्सर्जनमा २५ प्रतिशतले कमि आएको छ भने वायुको गुणस्तरमा ११.४ प्रतिशतले सुधार आएको छ । त्यस्तै इटली, स्पेन र बेलायतमा पनि हानिकारक ग्याँस नाइट्रोजन डाइअक्साइडको उत्सर्जनमा उल्लेख्य कमि आएको छ । बैज्ञानिकहरुका अनुसार खिइदै गएको वायुमण्डलको ओजोन तह विश्वभर गरिएको लकडाउनको कारण पुरिदै गएको छ । यसको साथै, मानवीय आवागमन बन्द भएका कारण बाटो, मन्दिर, खेलमैदान लगायतका सार्वजनिक स्थलहरु प्राकृतिक रुपमा निर्मलीकरण भएका छन् । (ख) जीवजगतमा पर्ने असरहरु कोरोना महामारी रोक्न गरिएको लकडाउनका कारण मानव वस्तीसँग समिप्य रहने कतिपय जीवजन्तुमा नकरात्मक असर परेको छ । मानिसले फालेको फोहोर खानेकुराहरु खाएर हुर्कने कुकुर, बिरालो, बाँदर र चराचुरुङ्गीहरु मानिस घरबाहिर निस्कन प्रतिबन्ध लगाइएका कारण प्रतिकुल असर पर्ने देखिन्छ भने यसको विपरित जंगली जीवजन्तु तथा जनावरहरुको अनावश्यक गैरकानूनी शीकार तथा मानवीय हस्तक्षेपमा कमि आई समग्र पर्यावरणीय सन्तुलनमा मिश्रित प्रभाव पर्ने देखन्छ । कोरोना महामारीका कारण मानव सभ्यता र संस्कृतिमा पर्ने असर (क) सभ्यता विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस जंगली जनावरबाट मानिसमा सरेको आशंका गरिएको गर्दै जंगली जनावरको मासु सेवन गर्न प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएको छ । चीनमा गरिएको परीक्षणमा कुकुर, बिरालो, चमेरो, सर्प लगायतमा कोरोना भाइरस भेटिएकोले पनि यो तर्कमा बल पुगेको छ । त्यस्तै कोरोना महामारीको समयमा मासु तथा मासुजन्य पदार्थको सेवन नगर्न पनि विश्व स्वास्थ्य संगठनले सुझाव दिएको कारण विश्व समुदायले आफ्नो खाद्य व्यवहार तथा सभ्यतामा परिवर्तन गरी शाकाहारी हुने बलियो सम्भावना देखिन्छ । हाल विश्वको कुल जनसंख्यामा करिब १० प्रतिशत शाकाहारी भएको अनुमान छ । (ख) सँस्कृति कोरोना महामारीका कारण सम्पूर्ण मानव समुदाय घरभित्र नै सीमित हुनु परेको कारण साँस्कृतिक रुपमा मनाउनुपर्ने चाडपर्वहरु पनि ओजेलमा परेका छन् । समयमा चाडपर्वहरु मनाउन नपाउने तथा आवश्यक संख्यामा मानिसहरु भेला हुन नहुने कारण भोलिका दिनहरुमा चाडपर्वहरुको महत्व र औचित्य पनि न्यून हुने सम्भावना रहेको छ । त्यस्तै, विवाह, मृत्यूसंस्कार, भोजभतेर, उत्सव लगायतका सामाजिक कार्यहरु समेतमा धेरै मानिसहरु भेला हुन प्रतिबन्ध लगाइएकोले अबका दिनहरुमा यसले स्वभाविक रुपमा यस्तो भिडभाड कम गरी अनावश्यक तडक–भडक देखाउने व्यवहारमा कमि आउने देखिन्छ । कोरोना महामारीले विश्वलाई दिएको सन्देश २१ औ शताब्दीमा विश्व मानव समुदायको अगाडि आएको सबैभन्दा ठूलो कुनै चुनौति छ भने त्यो कोरोना महामारी नै हो । शक्ति, स्रोत र प्रविधिले सम्पन्न राष्ट्रहरु पनि कोरोना महामारीमा निरीह बनेका छन् । अनुसन्धानबाट लाखौं करोडौं अन्वेषण गरिसकेका विश्वका बैज्ञानिकहरुलाई कोरोना भाइरस टाउको दुखाईको विषय बनेको छ । सबै विज्ञानलाई छोडेर परम्परागत छोइछिटोमा फर्कनु परेको छ भने विश्वको सबैभन्दा उत्कृष्ट र शुन्य त्रुटि रहेको चिकित्सा विज्ञान जनस्वास्थ्यको सामान्य स्वास्थ्य विधि साबुन पानीले हात धुनेमा सीमित बनेको छ । समय परिवर्तनशील छ, हिजोको उपलब्धीले आजको आवश्यकता पूरा भएन भने आजको उपलब्धीले पनि भोलिको आवश्यकता पूरा गर्न सक्दैन । त्यसैले भोलिका दिनहरुमा आउन सक्ने मानवीय विपत्तीसँग जुध्न अझै धेरै गर्नु छ । हाम्रो बिचार, व्यवहार र काममा परिवर्तन गर्नु छ । अझै धेरै अध्ययन र अनुसन्धान गर्न जरुरी छ । आजका बैज्ञानिक उपलब्धी संतृप्त होइन त्यसैले यसमा अझै नयाँ ज्ञान र उपलब्धी घोल्नु छ । आजका बैज्ञानिक उपलब्धी र विकासमा असन्तुष्ट हुनुपर्दछ किनकी विकासको निमित्त असन्तुष्ट हुनु नै विकास हो । (लेखक नेपाल राष्ट्र बैंकमा  सहायक निर्देशक हुन् र लेखका व्यक्त विचार व्यक्तिगत हुन् ) [email protected]

रानी माहुरीहरु

आत्मा, मन, दृष्टिकोण सबै तिम्रा गलत रहेछन् । निर्दयी रहेछन् । कठोर रहेछन् । पापी रहेछन् । मुटु नभएको दिल बोकेर, कुरुता साम्राज्यमा शासन गरेको तिमी, मानवीय साम्राज्यमा पाइला सार्दा, तिम्रा खुट्टा कत्ति पनि कामेनन्, तिम्रा भावनाले कुनै पश्न खडा गरेनन्, गरुन पनि कसरी, हिजो रुदै बिहानीको सत्कार गर्ने बालक, आज खोकीले बिहानीको स्वागत सत्कार गरिरहेको छ । सधैँ मायाले चुम्बन गर्ने बुढी आम्मैका ओठ, निधारको तातोपन हिजो भन्दा अली बेसी महसुस गरिरहेका छन् । हजारौँ माइल परसम्म बनचर्ने सोचाइका माहुरीहरु, आजकाल काठेघारको सानो दुलो मै, अनीकाल र भोकमरीका कहानी बाचन गरिरहेका छन् । महामारीकाे मन्त्र उच्चारण गरिरहेका छन् । हाइड्रोजन बम, एट्मबम, मौंन छन् भन्ने थाहा पाएर , तिमी कतै रमाइरहेका त, छैनौ नि ? तिमीलाई के थाहा ? खतराका राता बत्तिले तिम्रो साम्राज्यमा दीपावली मनाउन थालिसकेको । अमेरिका, इटली, रुस, स्पेन तहसनहस गरेको, तिम्रो शत्रको प्रतिउत्तर, स्यानिटाइजर, माक्स र लकडाउनले दिएको । सौर्यमण्डलको बगैंचामा डुलेर मह बटुल्ने गरेको माहुरी तिमीमाथि हाबी हुनलाई कति समय लाग्ला र ? तिमीले ह्वात्तै गिराएको अर्थतन्त्र महले पुरा गर्न सक्दैन, भन्ठानेछौ ? मानिसको छापो हालेर, अस्पतालमा धान उत्पादन गर्ने सार्स-१ को सपना तिमीलाई फलामका चिउरा चपाएजस्तो हुनेछ । तिमी कहिल्यै अरिङगाल,माकुरो या कमिला कुनै पनि बन्न सक्दैनौ । दुलोमा बसेर तिम्रो भबिष्यको जिम्मेवारी बहन गरेका रानी माहुरीहरु (डाक्टर, नर्स, बैज्ञानिक राज्य….), आफ्ना सन्तानलाई सम्झाउछन्, हामी सम्झौतामा बन्धित कैदी हौँ । प्रयासमा प्रेरित आशावादी हौँ । विजयको पर्खाइमा बसेका बिजेता हौँ ।

मानवीय अस्तित्व विरुद्धकाे काँडेतार र नेपालले अबलम्बन गर्नुपर्ने बाटाे

  विषय प्रबेश मानवीय अस्तित्वबिरुद्ध बल्झिएका अनेक काँडेतारहरुलाई ज्ञान, विज्ञान, वुद्धि र विवेकले सहजै पन्छाउँदै अगाडि बढिरहेको मानव समुदाय आज कोरोना महामारीको भयाभह असरबाट गुज्रिरहेको छ । कुनै पनि रोगव्याधी नियन्त्रणको दायराबाट बाहिर गई धेरै स्थानमा वा देशमा तीब्र रुपमा फैलिएर धेरै मानिसहरु नराम्ररी प्रभावित भएको वा धेरैको ज्यान गएको अवस्था नैं महामारी हो । पछिल्लो समयमा चीनको वुहान प्रान्तमा सन् २०१९ को अन्त्यतिर फेला परेको कोरोना भाइरसको नयाँ प्रजाति सार्स कोभ–२ को मानवीय आक्रमणबाट उत्पन्न भएको रोग कोभिड– १९ ले विश्वव्यापीकरणसँगै विश्वका लाखौं लाख मानिसहरुमा फैलिई थुप्रै मानिसहरुको ज्यान लिएर विश्वव्यापी महामारीको अवस्था सिर्जना गरेको छ, जसलाई नैं हामीले कोरोना महामारी भन्ने गरेका छौं । कुनै पनि महामारीले प्रभावित समुदायको पुनर्संरचना गर्ने भएकोले यस महामारी पश्चात् समस्त विश्व कसरी अगाडि बढ्ला भन्ने विषय यतिखेर विश्वभरका आम जनमानसमा चासो र चिन्ताको विषय बनेको सन्दर्भमा कमजोर अर्थतन्त्रसहित अतिकम विकसित मुलुकको रुपमा रहेको हाम्रो देश नेपालको भविष्य अब कस्तो होला र कस्तो बनाउन सकिएला भन्ने विषय हामी सम्पूर्ण नेपालीहरुको लागि महत्वपूर्ण विषय बन्न पुगेकोले हाम्रो भविष्यको रुपमा यहाँ नेपालको भविष्यलाई लिनु सान्दर्भिक देखिन्छ । विश्वको समग्र अवस्था कोरोना महामारीले गर्दा आज विश्वभर सिङ्गो मानव समुदाय डगमगाएको छ । यस महामारीको कारण आज विश्वमा हरेक दिन हज्जारौं मानिसहरुले ज्यान गुमाउने गरेका छन् । लाखौं लाख मानिसहरु कोरोना भाइरसबाट संक्रमित बनेर आइसोलेसनमा छटपटाईरहेका छन् । सन् २०२० को अप्रिल १८ सम्म विश्वमा करिब तेइस लाख मानिसहरु कोरोनाबाट संक्रमित बनेको देखिन्छ भने तीमध्ये करिब एक लाख साठी हजारले ज्यान गुमाएको र करिब छ लाख मानिसहरु उपचारपछि निको भएको देखिन्छ । महामारीसँगै यतिखेर विश्वमा अरबौं/खरबौं रकमको लगानीमा स्थापित उद्योगधन्दाहरुको उत्पादन ठप्प भएको अवस्था छ । कैयौं मानिसहरुका आय आर्जनका बाटाहरु बन्द भएका छन् । व्यापारिक मार्ग साँघुरिएको छ । विश्वव्यापी आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । सुनौलो भविष्य बोकेर विद्यालय जाने बालबालिकाहरुको अध्ययनमा व्यवधान खडा भएको छ । खेलकुद जगतको महाकुम्भ पर धकेलिएको छ । सम्पूर्ण मानिसहरु गुप्तबासको कोठरीमा धकेलिएका छन् । विज्ञान र प्रविधिको चमत्कार यतिखेर विवशताको मैदानमा तड्पिंदै छ । विश्वको अति वैभवशाली राष्ट्र अमेरिका आज कोरोना महामारीको कारण कठिनाई र चित्कारको भूमरीमा परेको छ । त्यहाँको अर्थतन्त्रमा ठूलो विचलन पैदा भएको छ । यूरोपका विकसित मुलुकहरु फ्रान्स, स्पेन, बेलायत, इटाली, जर्मनी, स्वीटजरल्याण्ड आदि समेत सोही अवस्थाबाट गुज्रिरहेका छन् । विश्वव्यापीकरणको वर्तमान अवस्थाले गर्दा लगभग विश्वका सबै देशहरुमा फैलिइसकेको कोरोना महामारीबाट आज हाम्रो देश नेपाल पनि नराम्रोसँग प्रभावित बन्न पुगेको छ । नेपालको अवस्था लेखक नेपालमा सर्वप्रथम सन् २०२० को जनवरी २४ मा काठमाडौंमा एकजना व्यक्तिमा यो भाइरस देखिएको थियो । त्यसपछि तुरुन्तै नेपाल सरकारले अन्तराष्ट्रिय उडानलाई सीमित गर्दै छिमेकी मुलुक भारतसँगको सीमानाकामा कडाइ गरेर विदेशबाट आउने सबै मानिसहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्दै चेक जाँच गर्ने लगायतका प्रभावकारी कदम चालेको भए यहाँ शायद अहिलेको अवस्था आउने थिएन होला । तर त्यसो हुन नसकेपछि त्यसको करिब दुई महिनापछि अर्को व्यक्तिमा कोरोना पोजिटिभ देखियो र सरकारले त्यसपछि मात्र लकडाउन तथा अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगायतको कदम चाल्यो । तर त्यतिखेरसम्म विदेशबाट धेरै व्यक्तिहरु नेपालमा कोरोना लिएर आइसकेको अवस्था रहेछ । हाल नेपाल सरकारले मुलुकभर लकडाउन गरि कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत विदेशबाट नेपाल आएका तथा कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्दै ती व्यक्तिहरुलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राख्दै मुलुकका विभिन्न स्थानमा प्रयोगशालाहरु स्थापना गरि कोरोना परीक्षणलाई तीब्र बनाएको छ । यस क्रममा वि.सं. २०७७ साल बैशाखको पहिलो सातासम्म नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ३१ पुगेको छ भने तीमध्ये ४ जना व्यक्ति संक्रमणबाट मुक्त भइसकेको देखिन्छ । छिमेकी मुलुक भारतसँगको सीमानाबाट अझैं पनि धेरै मानिसहरु लुकीछिपी नेपाल आउने गरेको हुँदा यस अवस्थाले थप जोखिम निम्त्याएको छ । कोरोना महामारीको कारण हाल नेपालमा जताततै त्रासमय वातावरण देखिएको छ । कोरोनाको आशंकामा ज्वरो तथा रुघाखोकीसहितका अन्य विरामीले पनि आइसोलेसनमा ज्यान गुमाएका छन् । स्कुल तथा क्याम्पसहरुमा पठनपाठन ठप्प भएको छ । मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ । मुलुकको आम्दानीको एक प्रमुख पक्ष पर्यटन व्यवसाय ठप्प छ । नेपाल भ्रमण वर्ष २०२० लाई रद्द गरिएको छ । मानिसको भविष्य कोर्ने विभिन्न प्रतियोगितात्मक परीक्षाहरु स्थगित गरिएका छन् । मुलुकको विकास निर्माणका कामहरु बन्द भएका छन् । मानिसहरुको दैनिकी फेरिएको छ । वैदेशिक रोजगारको लागि विदेशमा गएका नेपालीहरु उतै बेरोजगार बनेका छन्, जसले गर्दा मुलुकको अर्थतन्त्रको प्रमुख पक्ष विप्रेषण रोकिएको छ । गरीब तथा मजदूर वर्गहरु खान लाउन नपाएर भोक भोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । मानिसहरुको डर र त्राससँगै मानिस मानिसबीचको सामीप्यता हटेको छ । विभिन्न मेला पर्व समारोह आदिमा मानिस जम्मा भएर रमाईलो गर्ने चलनमा तुषारापात भएको छ । जसले गर्दा हाम्रो सामाजिक मूल्य मान्यतामा प्रतिकूल प्रभाव पर्दै मानवीय सम्बन्धमा समेत रुपान्तरण आउन थालेको छ । मानिसको पहिचान अब सामाजिक प्राणीबाट समेत रुपान्तरण हुन लागेको महसुस यतिखेर गर्न सकिन्छ । कैयौं मानिसहरुका आय आर्जनका बाटाहरु बन्द भएका छन् । व्यापारिक मार्ग साँघुरिएको छ । विश्वव्यापी आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । सुनौलो भविष्य बोकेर विद्यालय जाने बालबालिकाहरुको अध्ययनमा व्यवधान खडा भएको छ । खेलकुद जगतको महाकुम्भ पर धकेलिएको छ । सम्पूर्ण मानिसहरु गुप्तबासको कोठरीमा धकेलिएका छन् । विज्ञान र प्रविधिको चमत्कार यतिखेर विवशताको मैदानमा तड्पिंदै छ । महामारीको सकारात्मक प्रभाव यो भयाभह अवस्थाले सम्पूर्ण मानवजातिलाई विभिन्न सन्देशहरु पनि दिएको छ । मानिसको जीवनशैलीमा हुने रुपान्तरणको एक प्रमुख कारक तत्वको रुपमा महामारीलाई लिने गरिन्छ । अहिलेको यो कोरोना महामारीले मानिसलाई सरसफाईमा विशेष ध्यान दिनुपर्ने कुरालाई सिकाएको छ । त्यसैगरी विश्व सबैको साझा घर भएकोले मानिसहरु सबै भावनात्मक रुपमा एकजुट हुनुपर्ने, मानवीय अस्तित्व बचाईराख्न मानिसहरु समय र अवस्था अनुसार संघर्ष गर्न सक्नुपर्ने, संसारभर रहेका मानिसहरु समान भएकोले एकले अर्काको राय, सल्लाह, सुझाव आदिलाई सकारात्मक तरिकाले अबलम्बन गर्दै मानिसले शक्ति तथा क्षमताको घमण्ड गर्न नहुने कुरा हामी सबैलाई यो महामारीले सिकाएको छ । यो महामारीको कारण सबै मानिसहरुले जीवन दर्शनलाई उचित तरिकाले बुझेका छन् । मानिसहरु देशप्रेमको भावनाले ओतप्रोत भएका छन् । महामारीलाई नियन्त्रणमा लिन विश्वका धेरै देशमा गरिएको लक डाउनको कारण वायुमण्डलीय प्रदूषणमा उल्लेख्य मात्रामा कमी आएको छ । विश्व समुदाय तथा नेपालका चुनौतिहरु हाल कोरोना महामारी विश्वमा दिन प्रतिदिन झन झन तीब्र रुपमा फैलिइरहेको छ । यसको फैलावटको बढ्दो दर र यसको कारणबाट भएको मानवीय मृत्युदरलाई तलको ग्राफमा देखाइएको छ । यस चित्रलाई विश्लेषण गर्दा शुरुमा कछुवाको गतिमा बढिरहेको यो महामारी हाल खरायोको गतिभन्दा पनि बढी तीब्र गतिमा फैलिइरहेको महसुस गर्न सकिन्छ । जसले गर्दा यो महामारीविरुद्धको भ्याक्सिन पत्ता नलागेसम्म यसलाई रोकथाम गर्नु निकै कठिन हुने देखिन्छ । त्यसैले यस महामारीविरुद्धको भ्याक्सिन पत्ता लगाई जतिसक्यो चाँडो महामारीलाई रोकथाम गर्नु यतिखेरको विश्व समुदायमाझ ठूलो चुनौतिको रुपमा देखिएको छ । भ्याक्सिन पत्ता लाग्ने कुरो अहिले नैं ठोकुवा गरेर भन्न नसकिने भएकोले यतिखेर विश्वभरका आम मानव समुदायले विभिन्न प्रवर्वद्धनात्मक र निरोधात्मक उपायहरु अबलम्बन गरेर यो महामारीलाई थप फैलिन नदिनु नैैं यस महामारीलाई नियन्त्रण गर्ने एक प्रभावकारी उपाय हो । तर विभिन्न उपायहरु अबलम्बन गर्दा गर्दै पनि यो महामारीको गति झन झन तीब्र हुँदा यतिखेर समस्त विश्वले लक डाउन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षण विधिलाई थप प्रभावकारी बनाई यो महामारीलाई नियन्त्रणमा राख्नु अर्को चुनौति बनेको छ । त्यसैगरि महामारीको कारण विश्वमा अर्थतन्त्र निरन्तर खस्कँदै गइराखेको हुँदा खस्किंदो अर्थव्यबस्थालाई माथि उकास्नु पनि समस्त विश्वका लागि अर्को चुनौति देखिएको छ । समस्त विश्वका चुनौतिहरु नैं यतिखेर नेपालका पनि चुनौतिहरु हुन् । यो महामारी छिट्टै नियन्त्रणमा आउने संकेत नदेखिएको यस परिवेशमा नेपालजस्ता गरीब देशहरुमा यस महामारीबाट गरीब तथा विपन्न वर्गहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएकोले महामारी नियन्त्रणको लागि गरिएको लक डाउन सँगै यो महामारी नियन्त्रणमा नआउन्जेल गरीब तथा विपन्न वर्गलाई उचित राहत दिनु र जनताका लागि आधारभूत आवश्यकताहरु पूर्ति हुने वातावरण बनाउनु नेपालको लागि अर्को एक विषेश चुनौति बनेको छ । नेपालको अबको बाटो यसरी कोरोना महामारीको भयाभह असर तथा सन्देशसँगै हाम्रो मुलुकको भविष्य कता जाने हो भन्ने कुरा अन्यौलमा परेको देखिन्छ । यो महामारीले कतिसम्म असर गर्ला अहिले नैं एकिन गरेर भन्न सकिने अवस्था छैन् । महामारीको अवस्था अन्त्य भएपछि अहिलेको महामारीबाट पाठ सिक्दै नयाँ ढंगबाट अगाडि बढ्नुको विकल्प छैन् । यतिखेर मुलुकको अवको मार्गबारे चर्चा गर्नुपर्दा सर्वप्रथम यो महामारीलाई जतिसक्यो चाँडो अन्त्य गर्न प्रयास गर्नु जरुरी देखिन्छ । हालसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लागि नसकेकोले यस अवस्थामा निरोधात्मक र प्रवर्द्धनात्मक उपायहरु अवलम्बन गरेर यो महामारीलाई थप फैलन नदिने र संक्रमित व्यक्तिको उचित उपचार र निगरानी राख्नु जरुरी हुन्छ । यसका लागि लकडाउन तथा अन्तराष्ट्रिय उडानमा केही समयको लागि प्रतिबन्ध लगाई कन्ट्याक्ट ट्रेसिङ अन्तर्गतका कार्यहरु गर्दै मुलुकभर विभिन्न स्थानमा प्रयोगशालाहरु तथा क्वारेन्टाइन र आइसोलेसन ब्लकको स्थापना गरेर मानिसमा कोरोना संक्रमणको परीक्षणलाई तीब्र बनाउनु जरुरी हुन्छ । परीक्षण कार्यमा विश्वसनीय परीक्षणको दायरालाई सकेसम्म बढाउनु जरुरी हुन्छ । यसमा मानिस आंफै पनि सचेत र सजग हुनु जरुरी हुन्छ । तोकिएको समयमा विदेशबाट आएको व्यक्ति आंफै क्वारेन्टाइनमा बसेर सरकारको सम्पर्कमा आउने, कोरोना परीक्षण गराउने गरेमा कोरोना संक्रमण थप फैलिन पाउँदैन् । यसका साथै सरसफाईमा उचित ध्यान दिई समय समयमा साबुन पानीले हात धुने, खोक्दा वा हाच्छ्यूँ गर्दा रुमालले मुख छोप्ने, अत्यावश्यक काम नभई घरबाहिर नजाने, जानैपरेमा वा अन्य व्यक्तिको नजिक पर्दा मास्क लगाउने र भीडभाड नगर्ने, सामाजिक दुरी कायम गर्ने लगायतका उपायहरु अवलम्बन गरेर हामीे कोरोना भाइरसको आक्रमणबाट जोगिन सक्दछौं । महामारी रोकथामका कार्यसँगै गर्नुपर्ने अन्य कार्यहरु कोरोना महामारीको रोकथामका विभिन्न कार्यहरुसँगै नेपाल सरकारले गर्नैपर्ने अन्य कामहरुबारे अब चर्चा गरौं । लकडाउनको समय आम नागरिक तथा जनता आफू भएको स्थानबाट बाहिर जान नमिल्ने अवस्था भए पनि सरकारको लागि भने त्यस्तो अवस्था कायम हुनु हुँदैन् । नागरिकको लागि संकटको बेलाको एकमात्र प्रभावकारी साथी सरकार नैं हुने गर्दछ । त्यसैले यस अवस्थामा सरकार सुरक्षित तरिकाले जनताका घर दैलोमा जानु जरुरी हुन्छ । हाल नेपालका गरीब तथा मजदुर वर्गहरु भोक भोकै मर्नुपर्ने अवस्था आएको छ । यस अवस्थामा त्यस्ता वर्गहरुको लागि राहतका कार्यक्रमहरु गर्नु जरुरी हुन्छ । नेपाल सरकारले स्थानीय सरकारमार्फत राहत वितरण गर्दै आएको त छ, तर राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न सकेको छैन। राहत वितरणका लागि मानिसहरुलाई एकै ठाउँमा बोलाएर एकै समयमा वितरण गर्दा झन भीडभाड बढेर कोरोना संक्रमणको थप त्रास सिर्जना भएको अवस्था यतिखेर देखिन्छ । स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले यसलाई आफ्नो क्षेत्रका जनतामध्ये को को वास्तविक रुपमा गरिब र पिछडा वर्गमा पर्दछन्,थाहा हुने भएकोले त्यस्ता जनताको घर दैलोमै पुगेर स्थानीय सरकारले अत्यावश्यक राहत वितरण गर्नुपर्ने देखिन्छ, जसले गर्दा वास्तविक रुपमा गरिब र मजदूर वर्गका मानिसले राहत प्राप्त गर्दछन् । त्यसै गरि यतिखेर अधिकांश नेपाली कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफूलहरु बजार नपाएर त्यतिकै कुहिएर जाने गरेका छन् । यस अवस्थामा स्थानीय सरकारले कृषकको घर दैलोमै गएर कृषकहरुबाट उत्पादित सामाग्रीहरु आफैले खरिद तथा संकलन गर्ने र तिनलाई सुरक्षित तरिकाले निश्चित स्थानमा भण्डारणको ब्यवस्था गरेर उपभोक्ताहरुलाई फोन सम्पर्कको माध्ययमबाट अर्डर गर्न सकिने व्यवस्था मिलाई त्यसरी अर्डर आएपछि उपभोत्ताको घरदैलोमै कृषि उपज उपलब्ध गराईदिने प्रबन्ध गर्नु आवश्यक देखिन्छ । यसरी यतिखेर नेपालमै उत्पादित कृषि उपजको विक्री वितरण स्थानीय सरकारले गर्दा मुलुकको कूल गार्हस्थ उत्पादनमा अन्य क्षेत्रको योगदान कम भएपनि कृषि क्षेत्रले गरेको योगदानमा भने कुनै कमी आउँदैन् । झन यसबाट आम नागरिकको सरकारप्रतिकोे विश्वसनीयतामा अभिवृद्धि र संघीयताको समेत वास्तविक अभ्यास हुन जाने देखिन्छ । त्यसैगरि यस महामारीको समयमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा लिएर कुनै व्यवसायमा हालसालै मात्र आवद्ध भएका व्यक्तिको व्यवसाय पनि धरासायी हुने अवस्था आएको छ । यस अवस्थामा क्रणीहरुले तिर्नुपर्ने व्याज निश्चित समयसम्म छुट गरी उनीहरुलाई विस्तारै सुरक्षित तरिकाले व्यवसायमा संग्लग्न हुने वातावरण तयार गर्नु जरुरी हुन्छ । त्यसैगरि दूर सञ्चारका माध्यमहरुमध्ये टेलिफोन तथा मोबाइल फोन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पनि ग्राहकको लागि सापटी वा निश्चित अवधिसम्मको निशुल्क फोन/इन्टरनेट सेवा उपलब्ध गराउनु आवश्यक हुन्छ । यी सबै कार्यका लागि सरकारले उचित कानूनी व्यवस्था गर्नु जरुरी हुन्छ । लक डाउनको समय लामो भएमा विद्यार्थीहरुको अध्ययनमा पनि व्यवधान खडा हुने भएकोले यसो हुन नदिन विभिन्न तहका विद्यार्थीहरुको अध्ययनलाई अनलाईनमा आधारित बनाउनु जरुरी छ । हाल नेपालमा करिब ५६ प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुगेको हुँदा अनलाईन अध्ययनबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने देखिन्छ । त्यसैगरी यतिखेर होम डेलिभरी सहितको अनलाईन व्यापारलाई पनि बढाउनु आवश्यक छ । कोरोना महामारीको अहिलेको विश्वव्यापी अवस्था हेर्दा यो महामारी छिट्टै रोकिने सम्भावना नभएकोले यस अवस्थामा सरकारले सुरक्षित बनेर नागरिकका न्यूनतम आधारभूत आवश्यकताहरु पूर्ति हुने व्यवस्था गर्न आवश्यक वातावरण तयार गनुपर्ने देखिन्छ । यसका लागि सरकारले कृषकहरुलाई सुरक्षित तरिकाले कृषि कर्ममा संग्लग्न गराउन सक्छ । कृषकहरुलाई विभिन्न आधुनिक औजार तथा उपकरणहरुको व्यबस्था गरेमा थोरै जनशक्तिले सुरक्षित तरिकाबाट धेरै उत्पादन गर्न सक्दछन् । लक डाउनको समय लामो भएमा विद्यार्थीहरुको अध्ययनमा पनि व्यवधान खडा हुने भएकोले यसो हुन नदिन विभिन्न तहका विद्यार्थीहरुको अध्ययनलाई अनलाईनमा आधारित बनाउनु जरुरी छ । हाल नेपालमा करिब ५६ प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुगेको हुँदा अनलाईन अध्ययनबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने देखिन्छ । त्यसैगरी यतिखेर होम डेलिभरी सहितको अनलाईन व्यापारलाई पनि बढाउनु आवश्यक छ । महामारी पूर्णरुपमा नियन्त्रणमा आइसकेपछिको बाटो यो महामारी पूर्णरुपमा नियन्त्रणमा आईसकेपछि सर्वप्रथम महामारीले तहसनहस पारेको अर्थव्यबस्थाको पुनर्संरचनातिर लाग्नु आवश्यक हुन्छ । वैदेशिक रोजगारीको सन्दर्भमा अहिले “अर्काको भर, उत्ताना पर” भन्ने नेपाली उखान चरितार्थ भएको हुँदा भावी दिनहरुमा जतिसक्यो चाँडो वैदेशिक रोजगारीको विडम्बनालाई अन्त्य गरेर स्वदेशमै रोजगारीका व्यापक अवसरहरु सिर्जना गर्नु अति आवश्यक छ । यसका लागि महामारी पूर्णरुपमा नियन्त्रणमा आईसकेपछि नागरिक तथा सरकार मिलेर हाम्रो मुलुकको भविष्यलाई देहायबमोजिमको बाटोमा लैजानु जरुरी देखिन्छ । १) कृषि क्षेत्रको विकास बहुसंख्यक नेपालीहरु कृषि पेशामा आबद्ध छन्, तर विडम्बना, यो क्षेत्रको उत्पादकत्व अति न्यून भई यहींको उत्पादनले नपुगेर बार्षिक करिब १३ अरब बराबरको चामलमात्र तथा बार्षिक करिब २ खरब बराबरको कृषिजन्य बस्तुको आयात नेपालले गरिराखेकोले अवस्था छ । अधिकांश भागमा खेतीयोग्य जमिनहरु बाँझै छन् । तराइका थुप्रै खेतीयोग्य जमिनहरु बस्तीमा परिणत भइरहेका छन् । बहुसंख्यक नेपालीहरु आश्रित रहेको कृषि क्षेत्रको विविधीकरण, व्यावसायिकरण र आधुनिकीकरण गर्न सकियो भने कृषि पेशाको उत्पादकत्व बढ्न गई कृषिजन्य बस्तुको आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन हुने तथा कृषि पेशामा सबैको आकर्षण बढ्न जाने र रोजगारीको अवसरमा वृद्धि भई आर्थिक समृद्धिको ढोका खुल्ने देखिन्छ । यसका लागि हामीले मुलुकभर विभिन्न ठाउँको माटो परीक्षण गर्दै त्यस्तो ठाउँमा उब्जाउयोग्य विविध बालीको आधुनिक प्रविधि तथा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नका लागि तथा कृषियोग्य जमिनमा बस्ती विकास नगरेर व्यावसायिक कृषि गर्नका लागि उचित कानुनी व्यबस्था गर्नु जरुरी छ । त्यसैगरी हामीले विकासको एक महत्वपूर्ण पक्ष कृषि कसरी हुन सक्छ भन्ने सम्बन्धमा विश्व बैंकले सन् २००८ मा प्रकाशित गरेकोे विश्व विकास प्रतिवेदनमा उल्लेख गरेको ढाँचालाई आधार लिंदै कृषि विकासको मार्गमा अगाडि बढ्न सक्छौं, जुन ढाँचालाई तलको चित्र २ मा देखाईएको छ । कृषि विकासको पोलिसी डाइमण्ड   यस चित्रलाई उक्त प्रतिवेदनले पोलिसी डाइमण्ड भनेर भनेको छ । यसको मुख्य आशय कृषिलाई विकासको प्रमुख माध्यम बनाउन कुनै पनि देशको सरकारले उचित आर्थिक, राजनीतिक तथा सामाजिक वातावरण तयार गरी कृषि विकासको कामलाई विभिन्न चार भागमा बाँडेर हरेक कामलाई सफल बनाउन उचित नीतिगत व्यबस्था गर्नुपर्ने रहेको छ । अब उक्त उल्लेखित चार भागमा गर्नुपर्ने कामबारे चर्चा गरौं । कृषिलाई व्यावसायिक तवरले सफल बनाउन सर्वप्रथम कृषि उत्पादन गर्नेहरुको लागि बजार पँहुच बढाउनु जरुरी हुन्छ । कृषि कर्ममा संग्लग्न भयो, तर उत्पादित सामानको बजारमा पँहुच छैन् भने त्यसको केही अर्थ रहँदैन् । नेपालको सन्दर्भमा हेर्दा हुम्ला, जुम्ला लगायत विभिन्न ठाउँमा उत्पादन हुने फलफूल तथा तरकारीको सोझै बजार पँहुच छैन् । त्यसैले उत्पादित सामानको स्थानीय तहमै संकलन र भण्डारणको व्यबस्था गर्ने र आवश्यकताअनुसार स्थानीय मूल्य समेत तोक्न सरकारले उचित नीतिगत प्रबन्ध गर्नु जरुरी हुन्छ । त्यसैगरी यस प्रतिवेदनमा प्रभावकारी भ्याल्यू चेनको स्थापना गर्नुपर्ने कुरालाई औंल्याइएको छ । भ्याल्यू चेन भनेको एउटा पूर्ण बस्तु उत्पादनको लागि विभिन्न उप केन्द्रहरुमा उप उत्पादन गर्ने व्यबस्था गर्ने र सबैलाई एकै ठाउँमा ल्याई पूर्ण रुपको बस्तु बनाउने कुरासँग सम्बन्धित छ । आज विश्वका ठूला – ठूला बहुराष्ट्रिय कम्पनीहरुले यही तरिका अपनाएर न्यून मुल्यमा अधिकतम उत्पादन गर्ने गरेका छन् । कृषि प्रणालीमा पनि यो तरिकाको प्रयोग गर्दा उत्पादनमा राम्रो प्रभाव पर्दछ । प्रभावकारी भ्याल्यू चेनको व्यबस्थापछि साना–साना किसानहरुको काम न्यून लागतमा अधिकतम उत्पादनमुखी बनाउनमा सहजता आउँछ, जसलाई माथिको चित्रको दोस्रो भागमा देखाइएको छ । त्यसैगरी तेस्रो भागमा निर्वाहमुखी कृषि प्रणालीमा सुधार गरी जीवीका उकास्ने कुरालाई दर्शाइएको छ । यसका लागि कृषकहरुलाई विभिन्न उन्नत बींउ, बीजन, मल इत्यादिको व्यबस्था गर्ने र नयाँ नयाँ प्रविधिलाई कृषि क्षेत्रमा प्रयोग गर्न कृषकहरुलाई प्रोत्साहन गरी कृषिलाई व्यावसायिक बनाउनु जरुरी हुन्छ । त्यसैगरी चौंथो भाग रोजगारी बढाउने कुरासँग सम्बन्धित छ । कृषकहरुको सीप विकास गर्दै कृषिमा संग्लग्न परिवारका हरेक सदस्यको सीमान्त उत्पादकत्वलाई ध्यानमा राखि कृषिमा बढी भएको जनशक्तिलाई ग्रामीण कृषिसँग सम्बन्धित अन्य क्षेत्र जस्तै कृषिजन्य उद्योग, व्यापार आदिमा संग्लग्न गराई हरेक व्यक्तिको आयस्तरमा वृद्धि गर्न सकिने कुरा यस चरणमा पर्दछ । यी चारओटै चरणको सफलतापछि गरीबी विनाको व्यावसायिक कृषि तथा अन्य आम्दानीमुलक व्यवसायको बढोत्तरी भई मुलुकको चौतर्फी विकासको ढोका खुल्छ । त्यसैले नेपालको समग्र विकासको लागि शुरुमा गर्नुपर्ने काम भनेकै कृषि क्षेत्रको विविधीकरण, व्यावसायिकरण र आधुनिकीकरण हो । यसो गर्न सकियो भने नेपालको लागि देखिएकोे वैदेशिक रोजगारीको विडम्बनालाई समेत अन्त्य गर्न सकिन्छ । २) गैर कृषि क्षेत्रको विकास माथि उल्लेख गरिएझैं हामीले कृषि क्षेत्रको विकास गरिसकेपछि नागरिकको आयस्तरमा उल्लेख्य मात्रामा सुधार भएमा उनीहरुले विस्तारै आफ्नो आम्दानीको स्तरअनुसार अन्य क्षेत्रहरु जस्तै मझौला तथा ठूला उद्योग आदिमा लगानी गरेर त्यसबाट थप आय आर्जन तथा ज्ञान हासिल गर्दछन् । त्यसपछि मुलुकको राजस्वमा समेत वृद्धि हुँदै क्रमिक रुपमा विकासका गतिविधिहरु बढ्दै जान्छन् । यस क्रममा सरकारले विभिन्न पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्दै नागरिकलाई पनि त्यस्ता क्षेत्रमा लगानी गर्न उचित प्रोत्साहन गर्नु जरुरी हुन्छ । गैर कृषि क्षेत्रको विकास अन्तर्गत मुख्य रुपमा जलविद्युत क्षेत्रको विकासमा सरकारको पहिलो प्राथमिकता हुनु जरुरी देखिन्छ । हाल प्रस्तावित ठूला जलविद्युत आयोजनालाई जतिसक्यो चाँडो शुरु गरेर सम्पन्न गर्न सकेमा विद्युत व्यापार गरी मुलुकको अर्थतन्त्र समृद्ध हुन जाने देखिन्छ । त्यसैगरि सरकारले पर्या पर्यटन, साहसिक पर्यटन जस्ता पर्यटकीय सम्भावनालाई भरपूर उपयोग गर्दै विभिन्न उद्योगधन्दाहरुमा स्वदेशी तथा विदेशी लगानीलाई उचित स्थान दिनु जरुरी हुन्छ जसले नेपालको समग्र विकासको सम्भावित चेन गर्दा अहिले तहसनहस भएको अर्थतन्त्रको उचित विकास हुन सक्छ र अर्थतन्त्र नैं समग्र विकासको आधारशीला भएकोले अर्थतन्त्रको विकास भएमा सहज रुपमा सार्वजनिक सेवामा प्रभावकारीता आई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, यातायात, सञ्चार, प्रविधि लगायतका क्षेत्रको विकास भई मुलुकको सर्वाङ्गीन विकासमा उल्लेख्य योगदन हुन्छ, जसलाई सँगैको चित्रमा देखाइएको छ । निष्कर्ष  भनिन्छ, विपत्ति बाजा बजाएर आउँदैन् । अब भविष्यमा अहिलेको जस्तो महामारी फेरि जतिखेर पनि आउनसक्ने सम्भावनालाई ध्यान दिंदै अव सरकारले मुलुकमा इमेल, इन्टरनेटको पँहुच सम्पूर्ण भू–भागमा पु¥याएर शिक्षा प्रणालीलाई अनलाइनमा आधारित बनाउँदै जान र अनलाइन व्यापारको विकास र विस्तार गर्न उचित कानुनी तथा नीतिगत व्यबस्था गर्नु आवश्यक छ । त्यसैगरी सूचना तथा सञ्चार प्रविधिको उचित विकास गर्दै विद्युतिय शासनको मान्यताअनुरुप सार्वजनिक सेवाहरुलाई अनलाईनमा आधारित बनाउँदै जानु जरुरी छ । यसो गर्न सकियो भने भविष्यमा यस्तै खालको महामारी आएमा जीवन निर्वाहलाई सहज बनाउन सकिन्छ । यो सँगै अवको भविष्यको समृद्धिको ढोकाको रुपमा रहेको कृषि क्षेत्रको विकास र समृद्ध नेपाली अर्थतन्त्रको मार्गको रुपमा रहेको जलविद्युतको विकास गर्दै मुलुकको सर्वाङ्गीन विकास गर्न सकिने भएकोले यसतर्फ अगाडि बढ्नु अपरिहार्य देखिन्छ । [email protected]