कोरोना बीमा गर्नेले अब पैसा नपाउने, उपचार खर्च भनेर सरकारले लिने

काठमाडौं । कोरोना बीमाको रकम अब बीमितले  नपाउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिरहेको भएपनि अबदेखि भने कोरोना बीमा रकमबाट उपचार खर्च कटाउन लागिएको हो । कोरोना बीमा गर्नेहरुको बिमांक रकमबाट उपचार खर्च कटाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बताए । यसअघि संक्रमण परीक्षणदेखि उपचारसम्मको सबै खर्च सरकारले व्यहोर्दै आएको थियो । संक्रमण पुष्टी भएका व्यक्तिहरुले कोभिड–१९ को उपचारको लागि खर्च गर्नु परेको थिएन । बीमा समितिको पहलमा ल्याइएको कोरोना बीमामा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टी हुने वित्तिकै दाबी भुक्तानी पाइने व्यवस्था छ । यसअघिसम्म यस्तो दाबी भुक्तानी बिमितले नै पाउदै आएका थिए । कोरोना बीमामा सुरुमा १ लाख र ५० हजार रुपैयाँ बिमांकको ल्याइएको भएपनि पछि संशोधन गरेर १ लाख रुपैयाँ बिमांकको मात्रै गर्न पाइने व्यवस्था मिलाइएको थियो । अहिलेसम्म १४ लाखभन्दा बढीले कोरोना बीमा गरिसकेका छन् । एक लाख रुपैयाँ बिमांकको कोरोना बीमाको लागि समितिले सामुहिक रुपमा ६ सय रुपैयाँ र व्यक्तिगत रुपमा १ हजार रुपैयाँ बीमा शुल्क तोकेको थियो । कोरोना बीमाबाट ८० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन भएको छ । कोरोना बीमाका दाबी धेरै पर्ने देखिएको भन्दै केही समयदेखि दाबी भुक्तानीमा समस्या सिर्जना भएको थियो । यो बीमाको पुनर्बीमा भएको छैन । समितिले पुल मार्फत यस्तो बीमाको दाबी भुक्तानीको व्यवस्था मिलाएको छ । समितिले मिलाएको व्यवस्था अनुसार पहिलो १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी २० वटा निर्जीवन बीमा कम्पनीले दामासाही रुपमा तिर्ने भनिएको छ । त्यसपछिको १ अर्ब रुपैयाँ दाबी नेपाल पुनर्बीमा कम्पनीले तिर्ने व्यवस्था मिलाइएको छ भने त्यसपछिको ५० करोड रुपैयाँ बीमा कम्पनीहरुमा रहेको महाविपत्ति कोषको रकमबाट तिर्ने भनिएको छ । त्यसपछिको १ अर्ब रुपैयाँ बीमा समितिले आफ्नो विभिन्न कोषमा रहेको रकमबाट तिर्ने र सोभन्दा बढी दायित्व सिर्जना भएमा नेपाल सरकारले तिर्ने भनिएको छ । सम्बन्धित सामग्री बीमा उद्योगलाई कोरोना दशाः सामाजिक क्षेत्रमा साढे ३ अर्ब खर्च गर्न लाग्दा पनि अबगालको भारी !

नेपालको पहिलो इन्सूरेन्स सम्बन्धी अनुसन्धानमूलक जर्नल प्रकाशित

काठमाडौं । नेपालको पहिलो इन्सूरेन्स सम्बन्धी अनुसन्धानमूलक जर्नल नेप्लीज जर्नल अफ इन्सुरेन्स एण्ड सोसल सेक्युरिटीको दोश्रो अंक हालसालै प्रकाशन भएको छ । हरेक वर्ष प्रकाशन हुने यस जर्नल  सन्  २०१८  र  २०१९  प्रकाशन  भएको हो  भने  आगामी  अंक  २०२०  पनि यसै वर्ष प्रकाशन हुन गइरहेको छ । यसको सम्पादक मण्डलमा नेपाल, भारत र युरोपका प्राध्यापक छन् भने सल्लाहकार बोर्डमा अमेरिका, चीन, दक्षिण कोरिया तथा भारतका बीमा क्षेत्रका विज्ञ रहेका छन् । यस अंकमा ७ वटा लेखहरु रहेका छन् जसमा अमेरिकी प्रोफसरको एक्चुरी र रिटायरमेन्ट बेनिफिट सम्बन्धी, दुई लेख सामाजिक स्वास्थ्य बीमा सम्बन्धी, चार लेख नेपालको बीमा बजार, ग्राहकको अवधारणा र बैंकको बैकसुरेन्स सम्बन्धी धारणासंग सम्बन्धित रहेका छन् । यस जर्नलको उद्देश्य नेपालको बीमा बजारको बारेमा अन्तर्राष्टिय स्तरमा जानकारी दिने, नेपालका र विदेशका बीमा अनुसन्धानकर्ताहरुबीच अपासमा बीमा ज्ञानको आदनप्रदान गर्ने, नेपाली अनुसन्धानकर्ताहरुलाई बीमाको बारेमा अध्ययनका लागि अभिप्रेरित गर्ने बीमाका सरोकारवालाहरुलाई परिष्कृत ज्ञान उपलब्ध गराउने रहेको छ । यस  जर्नलको  सम्पादक  मण्डलका  प्रमुख  सम्पादक  प्राडा  फत्तबहादुर  केसी, प्रबन्ध सम्पादकमा डा. रविन्द्र घिमिरे छन् भने सदस्यहरुमा अर्मेनियन स्टेट युनिभर्सिटि, बिरला इन्स्टीच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी र नेशनल इन्सुरेन्स एकेडेमीका  प्राध्यापकहरु छन् । जर्नललाई सर्वसाधारण सबैले निःशूल्क अध्ययन गर्न सजिलो होस् भनि नेपाल इन्सुरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसियसनको वेभ पेज (https://nirma.com.np/journal-njiss/) र नेपजोलको वेभपेज (https://www.nepjol.info/index.php/njiss) बाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको प्रबन्ध सम्पादक डा. घिमिरेले जानकारी दिए ।

युनाइटेड इन्स्योरेन्सले आव २०७५/७६ को लाभांश नदिने

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । साथै, बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम एनएफआरएस बमोजिमको वित्तीय विवरणहरू पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लाे आर्थिक वर्ष २०७४/७५ काे नाफाबाट पनि सेयरधनीलाई लाभांश वितरण गरेकाे थिएन ।