भूकम्पपीडितका ५८ हजार ६५६ घरको निर्माण सम्पन्न
काठमाडौ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ५८ हजार ६५६ घरको निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार, निर्माणाधीन घरको सङ्ख्या एक लाख ४२ हजार ८६३ रहेका छन् । निजी आवास पुनःनिर्माणको तथ्याङ्क अद्यावधिक गर्ने निकाय शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईको साेमबार दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा निर्माण सम्पन्न र निर्माणाधीन घरको सङ्ख्या २ लाख १ हजार ५१९ पुगेको छ । दशैँ–तिहारका कारण निर्माण सम्पन्न र निर्माणाधीन घरको सङ्ख्या प्राधिकरणको सूचना प्रणालीमा समाविष्ट हुन बाँकी रहेका कारण यो तथ्याङ्क अझै बढ्ने प्राधिकरणका इञ्जिनियर प्रवीण आचार्यले जानकारी दिए । प्राधिकरणले निजी आवास अनुदानका लागि समय सीमा निर्धारण गरेपछि घर बन्ने प्रक्रिया तीव्र भएको छ । “जिल्लास्थित कार्यालय, जिल्ला कार्यान्वयन एकाई र स्थलगत अध्ययनबाट आगामी पुस मसान्तसम्ममा निर्माण सम्पन्न र निर्माणधीन घरको सङ्ख्या तीन लाख ५० हजार पुग्ने देखिएको छ”, उहाँले भने । प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको पछिल्लो बैठकको निर्णयानुसार प्राधिकरणले पहिलो किस्ता लिइसकेका लाभग्राहीले आगामी पुस समान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने समय तालिका निर्धारण गरेको छ । अहिलेसम्म प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकमा सबैभन्दा धेरै १८ हजार ८७२ घर निर्माणाधीन अवस्थामा छन् भने ६हजार १७५ घर निर्माण सम्पन्न भइसकेका छन् । जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न कतिपय घरको प्राविधिक निरीक्षण गरेर तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ । तिहारपछि उक्त तथ्याङ्क सूचना प्रणालीमा दर्ता भएपछि यो सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने प्राधिकरणले जनाएको छ । समन्वय अभावका कारण किस्ता वितरणमा ढिलाइ लाभग्राहीलाई घर निर्माणका लागि रकम अभाव नहोस् भनी प्राधिकरणले अग्रिम रुपमा बजेट जिल्ला पठाए पनि कोष तथा लेखा नियन्त्रक कार्यालय र बैंकहरुको समन्वयको अभावमा अनुदान रकम वितरणमा तीव्रता आउन सकेको छैन । प्राधिकरणले रु ५३ अर्ब बजेट अनुदान किस्ता वितरणका लागि भूकम्प प्रभावित जिल्लामा पठाएको छ । प्रक्रियागत झञ्झट र जिल्लास्थित निकाय बीचको आपसी समन्वयमा देखिएको कमजोरीका कारण रकम वितरणमा ढिलाइ भएको हो । प्राधिकरणले नतिजामुखी भएर लाभग्राहीलाई जतिसक्दो छिटो अनुदान किस्ता वितरण गर्न जिल्लाका सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ता पाउनका लागि एक लाख चार हजार ७४२ लाभग्राहीले निवेदन दिएका छन् । यसमध्ये ९३ हजार ३०५ लाभग्राहीको निवेदन प्रमाणीकरण भइसकेको इञ्जिनियर आचार्यले बताए। रासस
माछापुच्छ्रे बैंकको नायब महाप्रबन्धकमा सन्तोष कोइराला र अर्जुन थापा
काठमाडौं । माछापुच्छ्रे बैंकको नायब महाप्रबन्धक (डिजिएम)मा सन्तोष कोइराला तथा अर्जुन थापा बढुवा भएका छन् । बैंकको संचालक समितीको बैठकले गत असोज ८ गतेदेखि लागु हुने गरी कोइराला र थापालाई सहायक महाप्रबन्धक(एजिएम) बाट डिजिएममा बढुवा गरेको हो । कोइरालाले सन २००० बाट बैंक अफ काठमाडौंबाट बैंकिङ करियर शुरु गरेका थिए भने सानिमा बैंक हुँदै साढे चार वर्ष अघि माछापुच्छ्रे बैंक प्रवेश गरेका थिए । कोइरालाले बैंकमा निक्षेप परिचालन, कर्जा लगानी, संचालन लगाएत विभिन्न क्षेत्रमा अनुभव तथा दक्षता हासिल गरेका छन् । त्यसैगरी, थापाले तत्कालिन ग्रिण्ड्लेज बैंकबाट सन १९९२ बाट करियर शुरु गरेका थिए भने माछापुच्छ्रे बैंकमा स्थापना काल देखि नै आबद्ध थिए । थापाको कर्जा लगानी, रिस्क म्यानेजमेन्ट लगाएत विभिन्न क्षेत्रमा अनुभव तथा दक्षता रहेको छ । थापाले यसै बैंकको पोखरा क्षेत्रको क्षेत्रीय प्रबन्धकको रुपमा समेत काम गरेका थिए । कोइरालालाई हाल बैंकको सम्पूर्ण ’बिजिनेस’ तथा थापालाई बैंकको ’संचालन’ हेर्ने जम्मेवारी पनि दिईएको छ ।
बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले बुधबार ५ अर्ब उठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले फेरी बजारबाट ५ अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले आउदो बुधबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम रिभर्स रिपोमार्फत उठाउन लागेको हो । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । राष्ट्र बैंककाअनुसार बैकिङ प्रणालीमा अझै ४२ अर्ब रुपैयाँ बढी तरलता रहेको छ । एक साताका लागि प्रशोचन गरिएको तरलता कात्तिक ८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । यसअघि ३० दिने निक्षेप संकलन उपकरणमार्फत ४ पटक बजारबाट १६ अर्ब रुपैयाँ उठाइ सकेको छ । रिभर्स रिपोको ब्याज दर बोलकबोलबाट निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । बजारमा पर्याप्त तरलता भएपछि बैंकले कर्जा र निक्षेपको ब्याज दर घटाएका छन् । कर्जाको ब्याज दर न्युनतम् १० देखि बढीमा १२ प्रतिशतसम्म छ । यस्तै मुद्धती निक्षेपको ब्याज दर पनि घटेर ६ प्रतिशत भन्दा तल झरेको बैकर्सले बताएका छन् ।
८८ सुन काण्डमा काँग्रेसका नेता मानबहादुर तामाङ पक्राउ
काठमाडौं । ८८ किलो सुन काण्डको नाइकेमा नेपाल काँग्रसका नेता परेका छन् । अवैध रुपमा सुनको कारोबारीमा मुख्य भूमिका रहेको खुलेपछि रसुवाको क्षेत्र नम्बर १ ख बाट कांग्रेसको तर्फबाट प्रदेश सभाको निर्वाचनमा समानुपातिक सिफारिसमा परेका मानबहादुर तामाङ पक्राउ परेका हुन् । नेपाल प्रहरीको महानगरीय प्रहरी महाशाखाको टोलीले तामाङलाई सोमबार राजधानीको स्वयम्भूबाट पक्राउ गरेको हो । तामाङ नेपाल–चीन केरुङ्ग व्यापार संघका अध्यक्ष समेत हुन् । ८८ किलो सुनको नेपालतर्फ पास गराउने जिम्मा पनि उनकै भएको अनुसन्धानबाट खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई हिरासतमा राखी महाशाखाले थप अनुसन्धान अघि बढाएको छ ।
सम्झौताअनुसार काम नगर्ने ५ वटा कम्पनी कालो सुचिमा
काठमाडौं । सार्वजनीक खरिद अनुगमन कार्यालयले ५ वटा कम्पनीलाई कालो सुचिमा राखेको छ । सम्बन्धित संस्थाको शिफारिसमा खरिद अनुगमन कार्यलयले कालो सुचीमा राखेको हो । कालो सुचिमा परेका कम्पनीले सार्वजनीक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ । कालो सुचिमा पर्ने स्वर्गद्धारी सेक्युरिटी सर्भिसेज, एनईएस इन्टरप्राइजेज र अजम्बर÷शिवराज कन्ट्रक्सन रहेका छन् । स्वर्गद्धारीलाई नेपाल टेलिकमले कार्वाहीका लागि शिफारिश गरेपछि अनुगमन कार्यलयले ३ वर्षका लागि कालो सुचिमा राखेको हो । यस्तै एनईएस इन्टरप्राइजेजलाई नेपाली सेनाको २६ नम्बर, ६ नम्बर र ९ नम्बर बाहिनी अडडाले शिफारिश गरेपछि अनुगमन कार्यलयले कालो सुचिमा राखेको हो । यस्तै अजम्बरलाई जिल्ला प्रहरी कार्यलय वीरगञ्जको शिफारिशमा कालो सुचिमा परेका हुन् । कालो सुचिमा परेका कुनै पनि संस्थाले सरकारी बोलपत्रमा भाग लिन पाउदैनन् ।
१५४ कम्पनीको सेयर मूल्यमा वृद्धि, यी हुन् सोमबार कमाउने १० उत्कृष्ट कम्पनी
काठमाडौं । लामो समय पछि नेप्से परिसूचक उच्च अंकले बढेको छ । ४६ अंकले बढेको सोमबारको बजारमा १६३ कम्पनीको सेयर कारोबार भएको थियो । सो मध्ये १५४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी ९ कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । कमाउने १० उत्कृष्ट कम्पनी सोमबार तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ रहेको छ । त्यसैगरी, बेष्ट फाइनान्स कम्पनीको सेयर मूल्य ९.३५ प्रतिशत र एनबी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.१८ प्रतिशतले बढेको छ । सोमबार एनबी इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२०१ रुपैयाँ रहेको छ । त्यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, मिसन डेभलपमेन्ट बैंक र अरुण फाइनान्सका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । सोमबार गुमाउने ९ कम्पनी बजारमा सबैभन्दा बढी बिशाल बजार कम्पनीको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।
एक महिनामै राजश्व छल्ने ६१५ व्यवसायीलाई कारवाही
काठमाडौं । एक महिनाकै अन्तरमा ६१५ जना व्यवसायी कारवाहीमा परेका छन् । आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत गरेको बजार अनुगमनका क्रममा कर छल्ने ६१५ व्यवसायीमाथी कारवाही गरिएको हो । विभागले ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि बजार अनुगमन शुरु गरेको थियो । ती सबै कार्यालयले ३/३ वटा टोली परिचालन गरेको थियो । भदौ २७ देखि हालसम्म कारोवार स्थलमै गरिएको आकस्मिक अनुगमनमा ४४२ टोलीबाट ३९०५ वटा करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ६१५ करदातालाई प्रचलित कानुन बमोजिम जरिवाना तथा अन्य कानुनी कारवाही गरिएको हो । ६ सय १५ करदाताबाट ३८ लाख ४८ हजार जरिवाना समेत गरिएको थियो । २१ वटा करदाताबाट थप कागजपत्र माग गरी अनुसन्धान भइरहेको छ । अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ । अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरेको हो । अनुगमनका क्रममा कर अधिकृत नेतृत्वको टोलीले व्यवसायीहरुलाई कार्यस्थलमा नै करदाता शिक्षा प्रदान गर्नुका साथै कर कानुनको पालना गर्न सुझाव समेत दिएको छ । कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारवाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुलाई थप अनुसन्धानका लागि खरीद विक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ ।
नेप्से ४६ अंकले उकालो, बीमा समूहले उचाल्यो बजार
काठमाडौं । सोमबारको नेप्से परिसूचक ४६ दशमलब ६२ अंकले उकालो लागेर १५६४ अंकमा पुगेको छ । बजारमा ६० करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६३ कम्पनीको १४ लाख ५६ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी बैंक अफ काठमाण्डूको सेयर कारोबार भएको छ । सो दिन यस बैंकको १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ रहेको छ । सोमबारको बजारलाई बीमा समूहले उचालेको छ । सो दिन बीमा समूहको परिसूचक २६४.७५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ७८, विकास बैंक ५७, हाइड्रोपावर ५२ र बैंकिङ समूह ४८ अंकले उकालो लागेका छन् । त्यसैगरी, फाइनान्स र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने ट्रेडिङ् समूहको परिसूचक ४ अंकले ओरालो लागेको छ ।