नेपाल भोली स्कटल्याण्डसँग भिड्दै, के इतिहास रोकिएला ?
काठमाडौं । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपाली क्रिकटको इतिहासमा नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको छ । स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराइसकेको छ । नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ । समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बावे रनरेटको आधारमा दोस्रो स्थानमा छ । दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एक÷एक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । दुवै टोली अंकविहीन छन् ।
हेर्नुहोस्, आरम्भ माइक्रोफाइनान्सको सेयर कसले कति कित्ता पाए ?
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १५ गतेदेखि २१ गतेसम्म निष्काशन गरेको आईपीओेको बुधबार बाँडफाँड भएको छ । कुल एक लाख ८६ हजार ३८ आवेदक मध्ये २७ हजार ४८ जनाले मात्र १० कित्ता सेयर पाएका छन् । (कसले कति कित्ता पाए ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस्) कुल आवेदन परेको मध्ये ३८५ जनाको आवेदन रद्द भएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ जारी गरेको थियो । उक्त आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुगेको छ ।
रुकुमको दुर्गम बस्तीमा एनएमबि माइक्रोफाइनान्सको वित्तीय साक्षरता तालिम
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले दुर्गम क्षेत्रका समुदायमा बैंकिङ्ग शिक्षा प्रदान गर्ने उद्देश्यले रुकुमको खोलागाऊँ र झुल्नेटा उपशाखा कार्यालय अन्तर्गत वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । संस्थाले वित्तीय पहुँचबाट बञ्चित समुदायका १४० जना सहभागीहरुलाई समेटेर २ दिने वित्तीय साक्षारता सम्बन्धी तालिम प्रदान गरेको थियो । वित्तीय संस्थाले लघुवित्त कार्यक्रमका साथसाथै सदस्यहरुलाई उद्यमशील बनाउनको लागि क्षमता अभिवृद्धिका तालिम, सीप विकास तालिम र वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गर्ने शिलशिलामा उक्त तालिमको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले बचत किन गर्ने, कसरी बचत गर्न सकिने रहेछ भन्ने कुरा जान्न पाएको प्रतिक्रिया दिए । आजको सानो सानो बचतले पनि भविष्यमा ठुलो काम गर्न सकिने कुरा सिक्न पाएको कुरा व्यक्त गरे । उक्त कार्यक्रममा सहभागीहरुले गाउँ ठाउँमै केही गर्छु भन्ने आँट भएका तर लगानी गर्न पैसा नभएका समुदायहरुलाई बिना धितो कर्जा उपलब्ध गराउने र मासिक रुपमा वचत र किस्ता संकलन गर्न घरदैलोमै कर्मचारीहरु आउने भएकोले काम गर्न धेरै सजिलो भएको प्रतिक्रिया दिएका छन् । २ दिनसम्म संचालन भएको उक्त तालिममा बचतको अर्थ, बचतको महत्व, वचत गर्ने उपायहरु, कर्जाको महत्व, कर्जा लिएर कसरी ब्यवसाय गर्ने र बढी भन्दा बढी फाइदा लिने उपायहरु समेटिएको थियो । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुले के कस्ता सेवा सुविधाहरु प्रदान गर्दछन् भन्ने कुराको जानकारीका साथै बीमा र बिप्रषणको बारेमा जानकारी गराईएको थियो ।
सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट नेपाल इन्स्योरेन्सको निर्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा निर्जीवनबीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल ६७ वटा शाखा, ६५ वटा एटीएम काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
नेप्से १८ अंकले उकालो लाग्दा तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सो दिन कारोबार खुलेदेखि नै उकालो लागेको बजार अन्तिममा १८ अंकले बढेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १८.६९ अंकले उकालो लागेर १३१५ दशलमब १३ अंकमा पुगेको छ । बजारमा कुल १५८ कम्पनीको ४२ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख १५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंकको २ करोड २२ लाख, सानिमा बैंकको १ करोड ८६ र स्ट्याण्डार्ड चार्टर्ड बैंकको १ करोड २१ लख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । सो मध्ये सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, हिमालयन डिष्टीलरी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः ९.९४ र ९.७४ प्रतिशत कमाएका छन् । त्यसैगरी राधी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि अघिल्लो दिनको तुलनामा ८.६६ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै, उत्पादनमूलक बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६१ अंकले बढेको छ । उत्पादनमूलक समूह सामान्य २.३९ अंकले अाेरालाे लागेकाे छ ।
उपत्यकाको फोहोर उठाउन २१९ रुपैंया, प्राकृतिक ग्याँससहित ५ मेगावट विद्युत उत्पादन गर्ने
काठमाडौं । नेपवेस्ट प्राइभेट लिमिटेडले उपत्यकाको फोहोर मैला व्यवस्थापन गर्न प्रतिपरिवार २१९ रुपैंयामा उठाउने भएको छ । लगानी बोर्ड र नेपवेस्टबिच पीडीए फाइलमा हस्तारक्षर भएपछि फोहोर उठाउने सहमति भएको हो । बुधबार सहमति पत्रमा लगानी बोर्डका प्रमुख महाप्रसाद अधिकारी र नेपवेस्ट प्राइभेट लिमिटेडकी संगिता श्रेष्ठबिच हस्तक्षर भएको हो । पीडीए फाइलमा हस्ताक्षर गर्दै लगानी बोर्डका प्रमुख अधिकारीले लामो समयको कामपछि अब काठमाडौं उपत्याकाको वातावरण स्वच्छ हुने बेला आएको बताए । ‘उपत्यकामा धेरै स्थानीय सरकार रहेका छन्, सबैको राय लिन अब २ महिना लाग्छ, त्यसपछि फाइनल पत्रमा हस्ताक्षर गरी काम अघि बढ्छ, यसमा कुनैपनि निकायले कार्य सम्पादनमा ढिलाई गर्नु हुदैन’, अधिकारीले भने । सहमतिबाट आफ्नो कम्पनी खुशि रहेको बताउदै नेपवेस्टका अध्यक्ष श्रेष्ठले अब काम छिट्टै अगाडी बढ्ने बताए । सहमति अनुसार उपत्यकाबासीले अब प्रति घरपरिवार २१९ रुपैंया मासिक नेपवेस्टलाई तिर्नुपर्ने हुन्छ भने वार्षिक रुपमा २६२८ रुपैंया बुझाउनु पर्ने हुन्छ । फोहोर उठाउन नेपवेस्ट उपत्याकाबासीको घर-घरमा आउनेछ । फाइनल पत्रमा हस्ताक्षर भएपछि नेपवेस्टलाई प्रतिघर लाग्ने रकम उठाउने अधिकार हनेछ । घरपरिवारको निर्धारण तथ्यांक विभागले गरेअनुसार हुने परामर्शदाता आसिस गजुरेलले बताए । कुहिने र नकुहिने फोहोर मैला विभाजन गरी लिमिटेडले कम्पोष्ट मल, पेट्रोल, डिजल, ५ मेगावटसम्म विद्युत र प्राकृतिक ग्याँस उत्पादन गर्नेछ । यस कार्यक्रम अन्तर्गत काठमाडौं महानगर, दक्षिकाली नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन कागेश्वरी मनहरा नगरपालिका र शंखरापुर नगरपालिका रहेका छन् । नेपवेस्टले यो कार्यक्रम गर्न ५० मिलियन अमेरिकन डलर खर्च लाग्ने बताएको छ । कार्यक्रम सुरु भएको २० वर्षपछि कम्पनीले फोहोरमैला व्यवस्थापन कार्यक्रम नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।
निष्काशन बन्द भएको ३७ घण्टामै आरम्भको सेयर बाँडफाँड, २७ हजारले पाए १० कित्ता
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपीओ निष्काशन बन्द भएको ३७ घण्टामै सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार कुल आवेदक मध्ये २७ हजार ४८ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । उक्त आईपीओमा कुल १ लाख ८६ हजार ३८ जना आवेदकले १ करोड १८ लाख ७८ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए । यस मध्ये २६ करोड १४ हजार ८८० कित्ता सेयर खरिदका लागि २६ करोड १४ लाख ८८ हजार बराबरको ४३ हजार ४५६ वटा आवेदन मेरो सेयर मार्फत प्राप्त भएको हो । यसमध्ये एक भन्दा बढी डिम्याट खाता प्रयोग गरी आवेदन गरिएका ३८५ वटा आवेदन रद्ध भएका छन् । यसमा ४३.८३ प्रतिशत बढी आवेदन परेको छ । सेन्ट्रलाइज्ड आस्वा अर्थात सी आस्वा प्रणाली सुरु भएपछि निष्काशन बन्द भएकाे छाेटाे अवधिमै सेयर बाँडफाँड भएकाे हाे । कम्पनीको गत सोमबार अर्थात फागुन २१ गते आईपीओको निष्काशन बन्द भएको थियो । भारतमा भन्दा चाँडोः कार्की कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले भारतमा भन्दा पनि चाँडो सेयर बाँडफाँड को इतिहास रचेको बताए । भारतमा निष्काशन बन्द भएको ६ दिनभित्र सेयर बाँडफाँड गर्ने प्रचलन रहेको तर नेपालमा ३७ घण्टामै बाडफाँट गरेर इतिहास रचेको दावी उनको थियो । सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले पनि प्राथमिक सेयरको आवेदन र बाँडफाँडमा नजिर स्थापित गरेको दावी गरेका थिए ।
काँग्रेस नेत्री राईद्धारा राष्ट्रपतिमा उम्मेदवारी
काठमाडौं । नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छन्। यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनका प्रस्तावकमा सांसद यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले छन् । उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नेत्री राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएको बताइन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । काँग्रेसको आजै बसेको केन्द्रीय कार्यसमिति बैठकले उनलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेत्री राईको उम्मेदवारी मनोनयनका क्रममा पार्टीका तर्फबाट महामन्त्री डा शशाङ्क कोइराला, नेता डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए । सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री डा कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गरेका नाम अनुमोदन नगरेर स्वतन्त्र भूमिका निर्वाह नगरेको आरोप लगाए । महामन्त्री डा कोइरालाले राष्ट्रपति भण्डारीको भूमिका स्वतन्त्रभन्दा पनि पार्टी विशेषतिर ढल्किएको देखिएकाले उनीविरुद्ध आफ्नो पार्टीले उम्मेदवारी दिएको स्पष्ट पारेका छन्। नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ । रासस