२०८१ पुष ११ गते १६:३६ विकासन्युज
काठमाडौं । चिनियाँ ब्याट्री कम्पनी सीएटीएलले विद्युतीय सवारीसाधन (ईभी) को चेसिस लन्च गरेको छ ।
उक्त चेसिस १२० किमी/घन्टाको रफ्तारमा गुड्दा पनि आगो तथा विष्फोटनको कुनै जोखिम नरहेको कम्पनीले जनाएको छ । यसले सुरक्षालाई प्रमुख बिक्री बिन्दुको रूपमा लिने जनाइएको छ ।
सीएटीएल संसारको सबैभन्दा ठूलो इलेक्ट्रिक ब्याट्री निर्माता कम्पनी हो ।
चेसिसमा रहेको ब्याट्री एक पटक फूल चार्ज गर्दा करिब १ हजार किलोमिटर चल्न सक्ने कम्पनीले जनाएको छ ।
चीनमा सुरक्षाको परीक्षण गति सामान्यतया ५६ किमी प्रति घन्टा हो । तर चेसिस १२० किमी/घन्टाको रफ्तारमा कुद्दा पनि यसमा कुनै समस्या नहुने सीएटीएल प्रमुख निर्माण अधिकारी नी जुनले जानकारी दिए ।
‘कुनै पनि नयाँ ऊर्जा वाहन (एनईभी) १२० किलोमिटर पर हावरमा गाडी दाैडाउँदा हुने क्षतिलाई चुनौती दिने साहस गरेको पहिला कुनै उदाहरण थिएन,’ उनले भने ।
सीएटीएलका अध्यक्ष रोबिन जेङको चिनियाँ ब्याट्री कम्पनीलाई थप विकासतर्फ धकेल्ने महत्त्वाकांक्षाका लागि चेसिस महत्त्वपूर्ण छ । यसबाहेक, सीएटीएलले माइक्रो पावर ग्रिडहरू पनि खोजिरहेको छ र ब्याट्री स्वापिङ सेवा निर्माण गरिरहेको छ ।
ब्याट्री मार्केट ट्र्याकर एसएनई रिसर्चका अनुसार ईभी ब्याट्रीहरूमा सीएटीएलको विश्वव्यापी बजार हिस्सा लगभग ३७ प्रतिशत छ ।
कम्पनीले नयाँ ईभी प्लेटफर्म ‘पान्शी’ (चिनियाँमा ‘बेडरक’)लाई प्रिमियम गाडी निर्माताहरूलाई बेच्ने लक्ष्य राखेको छ । यसले विकास प्रक्रियालाई तीव्र बनाउने र लागत घटाउने प्रयास गर्नेछ ।
होन्डासँगको मर्जरले निसान ‘नरसंहार’ को शिकार हुनसक्ने
Copyright © 2025 Bikash Media Pvt. Ltd.