भृकुटीमण्डपमा विशेष छुटको व्यवस्थासहित जुत्ता चप्पल मेला सञ्चालनमा, ३० बढी ब्राण्डको सहभागिता

  २०८० पुष १७ गते ११:०९     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा जाडोलाई लक्षित गर्दै जुत्ता चप्पल मेला सञ्चालन भइरहेको छ । स्वदेशी ११ वटा कम्पनीको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो ।

आयोजक गंगा श्रेष्ठले विशेष छुटको व्यवस्थासहित मेलामा जुत्ता चप्पल बिक्री भइरहेको जानकारी दिए । उनका अनुसार ‘जाडोको बेला भृकुटीमण्डपमा जुत्ता मेला’ भन्ने नारा सहित मेलाको आयोजना भइरहेको छ ।

मेलामा नयाँ/नयाँ मोडलका र विशेष गरी जाडो लक्षित जुत्ता चप्पल उपलब्ध रहेको श्रेष्ठले बताए । मेलामा ग्राहकले जुत्ता चप्पलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको बताइएको छ ।

श्रेष्ठले मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै ६ हजार मोडलका जुत्ता चप्पल उपलब्ध रहेको बताउँदै  महिला, पुरुष, बालबालिका लगायत सबैका लागि उपयुक्त हुने जुत्ता चप्पल मेलामा उपलब्ध रहेको बताए ।

मेलामा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड, वान वर्ल्ड, भेनस सुज, प्राइड स्वदेशी, आइडल सुज, हिमानी सुज, बोस सुज, फुट स्टेप सुजको सहभागिता छ । एकै ठाउँमा धेरै प्रकारका जुत्ता चप्पल उपलब्ध हुँदा ग्राहकले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्ने आयोजक टिमको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.