इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल रनिङ कार्यक्रम घोषणा

  २०८१ वैशाख २७ गते १५:५४     विकासन्युज

काठमाडौं । इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल सुरु भएको छ । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो । मे २ देखि सेप्टेम्बर २५ (वैशाख २० गतेदेखि असोज ९ गते) सम्म चल्ने यो रनिङ प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिनका लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन हो ।

कार्यक्रमले प्रमुख आठ स्थानहरूः काठमाडौं (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग ४५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ । यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ र दर्तापछि प्रत्येक सहभागीको लागि तालिका निर्धारित गरिनेछ ।

कम्पनीका अनुसार योरपेस किप फिट सर्किट नेपाल सहभागीहरूमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्न विशेष गरी बालबालिका र धावकहरूलाई लक्षित गरी डिजाइन गरिएको पहल हो । यो निःशुल्क तालिम कार्यक्रमले समुदायभित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढावा दिदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन मानिसहरूलाई उत्प्रेरित गर्ने लक्ष्य राखिएकाे छ ।

यो कार्यक्रमले सहभागीहरूलाई दौड प्रशिक्षण र समर्थन प्रदान गरेर शारीरिक र मानसिक रूपमा आफूलाई विकास गर्नुका साथै व्यक्तिगत कल्याणका लागि होस् वा खेलकुदमा करियर बनाउनका लागि सशक्त बनाउने प्रयास गर्नेछ । ‘योरपेस किप फिट सर्किट नेपाल’ तालिम सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध रहेकाे इन्ड्राइभले जनाएकाे  छ ।

कार्यक्रमको एक भागको रूपमा सहभागीहरूले ब्रान्डेड टी–शर्ट पनि प्राप्त गर्नेछन् । प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६औं काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.