नबिल बैंकका ग्राहकले ‘हेयर एण्ड शान्ति’ बाट सेवा लिँदा छुट पाउने

  २०८० फागुन ५ गते १०:२५     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनले उपलब्ध गराउने सेवामा आकर्षक छुट पाउने भएका छन् ।

ग्राहकलाई छुट उपलब्ध गराउन बैंक र हेयर एण्ड शान्ति युनिसेक्स सैलुनबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्ति सैलुनकी सञ्चालिका विनिता बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिटी कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यलगायत सम्पूर्ण सेवामा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.