विकासन्युज प्रभावः टीभीएसले ग्राहकको समस्या समाधान गर्यो

  २०८१ वैशाख २ गते १३:४०     विकासन्युज

काठमाडौं । टीभीएस राइडर किनेर समस्यामा परेका प्रकाश श्रेष्ठको गुनासो समेटेर विकासन्युजमा समाचार प्रकाशित भएपछि कम्पनीले उनको समस्या समाधानमा सहयोग गरेको छ ।

टीभीएसका ग्राहक श्रेष्ठले विकासन्युजमा समाचार प्रकाशित भएपछि आफ्नो समस्या कम्पनीले सुनेको बताए ।

‘कम्पनीले वाइक मर्मत गरिदियो । मर्मत अवधिमा अर्को वाइकको व्यवस्था पनि गरिदियो’ श्रेष्ठले भने-‘मर्मतपछि वाइक राम्रोसँग चलिरहेको छ । प्रर्फमेन्स राम्रो दिएको छ ।’

उनले गत जनवरीमा टीभीएसको जमल सोरूमबाट नयाँ मोटरसाइकल खरिद गरेका थिए । २ लाख ६६ हजार ५ सय रुपैयाँमा टीभीएस राइडर १२५ मोडलको मोटरसाइकल खरिद गरेको एक सातामा नै समस्या आएको थियो ।

त्यस समस्याका विषयमा कम्पनीका विभिन्न व्यक्तिसँग कुरा गर्दा सुनुवाई नभएको तर विकासन्युजमा समाचार प्रकाशित भएपछि कम्पनीले समस्या सम्बोधन गरेको उनले बताए ।

बाइकमा स्टार्ट नहुने समस्या थियो तर मर्मतपछि अहिले समस्या नदेखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.