एशोसियट उपाध्यक्षमा जोत्सनाको प्रवेश, साहिल अग्रवाल रेसबाहिर

  २०७९ फागुन २४ गते १०:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएट उपाध्यक्षमा जोत्सना श्रेष्ठको प्रवेश भएको छ । सोही पदमा आंकाक्षी शाहिल अग्रवाल भने प्रतिस्प्रर्धाबाट बाहिरिएका छन् ।

एशोसिएट उपाध्यक्षमा यसअघि भरतराज आचार्य र शाहिल अग्रवालले आकांक्षा व्यक्त गर्दै आएका थिए । अग्रवालले निजी कारण जनाउँदै उपाध्यक्षमा उम्मेदवारी दिन अनिक्षा प्रकट गरेको स्रोतले बतायो ।

उम्मेदवार नबन्नुमा उनले दुईटा कारण देखाउने गरेका छन् । पहिलो, आफ्नै स्वास्थ्यमा केही समस्या छ । दोस्रो, आर्थिक संकट गहिरिदै गएकोले निजी व्यवसायमा बढी ध्यान दिनुपर्ने भएको छ ।

जोत्सना श्रेष्ठले एशोसिएट समूहको उपाध्यक्षमा उम्मेदारी दिने तयारी गरिरहेको विकासन्युजलाई बताइन् । ‘महासंघको कार्यसमितिमा तीन पटक निर्वाचिन भएर काम गरेकी छु । एक पटक जेम्स एण्ड ज्वाइलरी कमिटिको सभापति र दुई पटक पर्यटन तथा हवाई यातायात समितिको सभापति भएर महासंघमा सक्रिय भूमिका खेलेकी छु । यस पटक एशोसिएट तर्फको उपाध्यक्षमा मेरो उम्मेदवारी रहन्छ’ उनले भनिन् ।

महासंघमा एशोसिएट सदस्यहरुले प्रोक्सी मार्फत भोट गर्ने अभ्यास छ । महासंघमा १७५२ एशोसिएट सदस्य छन् । करिव ६ सय प्रोक्सी संकलन गर्नेले निर्वाचन जित्ने सम्भावना हुन्छ । ‘मैले कम्फर्टएवल प्रोक्सी संकलन गरेको छु । चुनाव जितिन्छ’ उनले दावी गरिन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उनीहरु मध्ये कुन समूहबाट उम्मेदवार बन्ने भन्नेमा अन्तिम निणर्य नभएको जोत्सनाले बताइन् । ‘मलाई अन्जनजीले पनि प्रस्ताव गर्नुभएको छ । अरुसँग पनि कुरा भैराखेको छ । एउटा टिममा त बस्नै पर्छ । तीन/चार दिनमा टुङ्गो लाग्छ’ उनले भनिन् ।

भरतराज आचार्य उमेशलाल श्रेष्ठको टिमबाट एशोसिएट उपाध्यक्षमा उठ्ने बताइएको छ । तर आचार्यले आफू सर्बसहमतिको पक्षमा लागेको र आफू सबैको साझा उम्मेदवार भएको बताउँदै आएका छन् ।

दिनेश श्रेष्ठ उमेशलालको समूहबाट पुनः उपाध्यक्षमा लड्दै, नेतृत्व निर्विरोध गराउने ढकालको प्रतिवद्धता

महासंघको निर्वाचनमा निर्णायक बन्दै रामचन्द्र संघाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.