लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मुलले लिए शपथ

  २०७९ असार २९ गते १७:३८     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष पदमा पुन निर्वाचित भएका मुलले आजै अर्थात असार २९ गते नै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शपथ लिएका हुन् ।

इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी ४ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गराएको थियो । जसमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि-लुम्बिनी बिकास बैंक लि) रहेका छन् ।

त्यसपछि बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कूल ४ सञ्चालकमध्ये मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गराउने निर्णय गरेको हो ।

सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.