काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तर आवद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।
स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकद्वारा २०७८ माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक लाई अन्तर आवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।
यस सम्झौता पश्चात फर्स्ट पे क्यूआरको सुविधा लिएका विभिन्न व्यापारव्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिँदै आएका व्यापार–व्यवसायले फर्स्ट पे नेटवर्कमा आवद्ध ग्राहकहरु मार्फत पनि भुक्तानी लिन मिल्ने भएको छ ।