नेप्सेमा लाग्यो सर्किट ब्रेक, सेयर कारोबार स्थगित

<p>काठमाडौं । नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेपछि बजारमा सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको दुई घण्टा नबित्दै परिसूचक ५.०१ प्रतिशतले बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । यससँगै ४० मिनेटको लागि सेयर कारोबार बन्द भएको छ । दिउँसो १२ बजेर ३८ मिनेट जाँदा  परिसूचक ५।०१ प्रतिशतले बढेको हो । यससँगै अब १ बजेर १८ मिनेट [&hellip;]</p>

काठमाडौं । नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेपछि बजारमा सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको दुई घण्टा नबित्दै परिसूचक ५.०१ प्रतिशतले बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो ।

यससँगै ४० मिनेटको लागि सेयर कारोबार बन्द भएको छ । दिउँसो १२ बजेर ३८ मिनेट जाँदा  परिसूचक ५।०१ प्रतिशतले बढेको हो । यससँगै अब १ बजेर १८ मिनेट पछि सेयर कारोबार पुनः सुचारू हुने छ ।

यो अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो अवधिमा नेपाल केडिट एण्ड कमर्शियल (एनसीसी)बैंक र माउन्टेन इनर्जी बाहेक बाँकी कम्पनीको सेयर मूल्य बढेको छ । मूल्य बढ्नेमा २० वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

यस्तो छ सर्किट ब्रेकको व्यवस्था

नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोबार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म सर्किट ब्रेक लाग्ने छ । यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोवार स्थगित गर्ने व्यवस्था रहेको छ ।

Share News