बीमा कम्पनीहरुको पुँजी वृद्धि गरिँदै

  २०७८ मंसिर १४ गते ११:२५     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुको ध्यान पुँजी वृद्धिमा गएको छ । बीमा समिति पनि कम्पनीहरुको पुँजी वृद्धि गराउने रणनीति लिँदै छ । त्यस्तै बीमा कम्पनीहरु पनि विभिन्न प्रक्रियाबाट पुँजी वृद्धिको तयारीमा जुटेका छन् ।

बीमा समितिले दोब्बर पुँजीको सीमामा राखेर नयाँ बीमा कम्पनीको लाइसेन्स खुला गर्न लागेको छ । निर्जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम २ अर्ब पुँजी तोकेर नयाँ कम्पनीको लाइसेन्स खुला गर्ने तयारीमा बीमा समिति रहेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीको लागि पनि ४ वा ५ अर्ब चुक्ता पुँजीको मापदण्ड बनाउने बारे छलफल चलाएको छ । २०६५ सालमा बीमा समितिले बनाएको मस्यौदामा पनि निर्जीवन बीमा कम्पनीको लागि २ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि ५ अर्ब चुक्ता पुँजीको प्रस्ताव गरिएको थियो ।

‘बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्नै पर्छ’ समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले भने- ‘पुराना कम्पनीहरु मर्जरमा जाउन् भनेर बीमा समितिले प्रेरित गरेको हो । तर मानेनन् । अब हामी पुँजी वृद्धिको माध्यमबाट मर्जमा जान दवाव सिर्जना गर्छौं ।’

नयाँ कम्पनीहरुको लागि भने शुरुमा नै न्यूनतम पुँजी वृद्धि गरिने उनले बताए ।

सञ्चालनमा रहेका बीमा कम्पनीहरुले बजार सानो भएको भन्दै नयाँ कम्पनी थप्न नहुनेमा जोड दिँदै आएका छन् । तर अध्यक्ष सिलवाल बीमा बजार विस्तारको लागि, बीमाको पहुँच वृद्धिको लागि नयाँ बीमा कम्पनी आवश्यक भएको बताउँछन् ।

‘बीमाको पहुँच २६ प्रतिशत मात्र छन् । ग्रामिण क्षेत्रमा बीमा कम्पनीहरु गएनन् । लघुबीमा पनि हुन सकेन’ सिलवालले भने- ‘बजार विस्तार गर्न र ठूलो जोखिम बहन गर्नको लागि प्रयाप्त पूँजीसहितको बलिया कम्पनी आवश्यक छ ।’

बीमा समितिले पुँजी वृद्धि गर्न दवाव दिन लागेको सन्देश बीमकहरुले पनि पाइसकेका छन् । त्यसैले सञ्चालनमा रहेको कम्पनीहरुले यस वर्षको साधारणसभामा पुँजी वृद्धिको प्रस्ताव लैजाने भएका छन् ।

धेरै नाफा भएका कम्पनीहरु बोनस सेयर वितरण गरेर पुँजी वृद्धिको तयारीमा छन् भने सबै कम्पनीहरुले हकप्रद सेयर निष्काशनको तयारी गरिरहेका छन् । हाल जीवन बीमा कम्पनीहरुको पुँजी १८ करोड रूपैयाँदेखि ७ अर्ब १९ करोड रुपैयाँसम्म छ भने निर्जीवन बीमा कम्पनीहरुको पुँजी २६ करोड रूपैयाँदेखि १ अर्ब ७५ करोड रुपैयाँसम्म रहेको छ ।

चुक्ता पुँजी कसको कति छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.