महालक्ष्मी विकास बैंकले घोषणा गर्यो ५ वर्षयताकै उच्च लाभांश

  २०७८ मंसिर १३ गते १०:३६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश ५ वर्ष यताकै उच्च हो । विकास बैंकले आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ को अवधिमा न्यूनतम ८ र अधिकतम १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी ३ अर्ब ३४ करोड रुपैयाँ छ । २० प्रतिशत बोनस सेयर पारित पश्चात संस्थाको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.