लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

  २०७८ कार्तिक २५ गते १०:३५     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कार्त्तिक २५ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद (कर समेत) गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

बैंकले आघिल्लो वर्ष पनि ११.५ प्रतिशत बोनस सेयर नै वितरण गरेको थियो । तर गत वर्षको तुलनामा बैंकले बोनसदर घटाएको छ भने नगद लाभांशदर भने बढाएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीलाई ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.