होण्डा कारमा फेस्टिभल अफर: हरेक १५ दिनमा साढे तीन लाख जित्ने मौका

  २०७८ असोज १२ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘होण्डाको फेस्टिभ बोनानजा’ ल्याएको छ ।

यस अवसरमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले साढे ३ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.