एसियन कंक्रिटोको नेपाल यात्राः १५० करोडको लगानी, जर्मनीबाटै निगरानी

  २०७८ भदौ १६ गते १६:२०     विकासन्युज

काठमाडौं । पुराना निर्माणजन्य सामग्रीलाई पन्छाउँदै बजारमा नयाँ प्रविधिमार्फत सामग्री उत्पादन गर्ने कम्पनीमध्ये एक हो, एसियन कंक्रिटो ।

जर्मन प्रविधिको प्रयोगमार्फत ३० भन्दा बढी निमार्णजन्य सामग्री उत्पादन गर्दै आएको एसियन कंक्रिटो कम्पनी गुणस्तर प्रमाणित गर्ने पहिलो कम्पनी बनेको छ ।

निमार्णजन्य सामग्रीहरु उत्पादन गर्दै आएका धेरै कम्पनी भएपनि यसअघि कसैले पनि गुणस्तर प्रमाणित गरेका थिएनन् । गुणस्तर प्रमाणित नहुँदा निर्माण सामग्रीको गुणस्तरमा प्रश्न उठेपछि कम्पनीकै संक्रियतामा नापतौल तथा गुणस्तर विभागले गुणस्तर मापदण्ड बनाएको थियो ।

गुणस्तर प्रमाणित गर्ने पहिलो कम्पनी

निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर (एनएस) पाएको छ । सो कम्पनीले उत्पादन गर्ने सामग्रीमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो उत्पादन बनेको हो ।

उद्योगले गत वैशाख ७ गते विभागबाट एनएस पाएको कम्पनीका अध्यक्ष मनिष रुङ्गटाले जानकारी दिए । उनका अनुसार विभागबाट एनएस पाएसँगै सरकारले बनाएको मापदण्ड अनुसार उत्पादनको गुणस्तर कायम गरिएको छ ।

उद्योगले नेपाली उत्पादन पनि विश्वस्तरीय हुनुपर्छ भनेर विभागलाई गुणस्तरको मापदण्ड बनाउन अनुरोध गरेको थियो । उद्योगीको अनुरोधका आधारमा विभागले मापदण्ड बनाएर गुणस्तर प्रमाणित गरेको थियो ।

कम्पनीबाट उत्पादित सामग्री वातावरणमैत्री, बलियो हुँदाहुँदै पनि नेपाल गुणस्तर नपाएकाले बजारीकरणमा समस्या भएको थियो । एनएस प्राप्त गरेपछि आफ्ना उत्पादनलाई बजारमा लैजान थप सहज भएको उनको भनाई छ ।

एसियन कंक्रिटोबाट उत्पादित हरेक सामग्री अब नेपाल गुणस्तर मापदण्ड अनुसार हुने छन् । जर्मनीबाट मेसिनसहित प्रविधि ल्याएर बनाइएका सामग्री अन्य उद्योगको भन्दा कयौं गुणा बलियो र टिकाउ हुने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले कंक्रिटका इन्टरलक पेभर, कर्बस्ट्रोन, कंक्रिट ट्रायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, स्ल्याब, ड्रेनलगायतका ३० प्रकारका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।

१५० करोडको लगानी

एसियन कक्रिटो प्रालिको स्थापना सन् २०१७ भएको थियो । यसले सन् २०१८ देखि अन्तर्राष्ट्रियस्तरका कंक्रिटका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।

नवलपरासीको रामग्राम नगरपालिकाको हाक्यू क्षेत्रको करिब सात बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा १५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ ।

उक्त उद्योगमा मनिष रुंगटा, गौरब अग्रवाल, राजेश अग्रवाल, अनिल जाटिया र मनोज केडियाको मुख्य लगानी रहेको छ ।

यसअघि युरोपेली र भारतीय मापदण्ड अनुसार मात्र निर्माणजन्य सामाग्री उत्पादन गर्दै आएको कम्पनीले अब नेपाली मापदण्डमा समेत निर्माण गर्न सुरु गरेको बताएको छ ।

गौरवका आयोजनामा प्रयोग

एसियन कंक्रिटोले उत्पादन गरेको निर्माण सामग्रीहरु राष्ट्रिय गौरवका आयोजनादेखि फुटपाथमा समेत प्रयोग हुन थालेको छ । हाल विश्व बैंकको सहयोगमा चोभारमा निर्माण भइरहेको सुक्खा बन्दरगाहमा समेत एसियन कंक्रिटोले उत्पादन गरेको इन्टरब्लक प्रयोग गरिएको संचालक मनोज केडिया बताउँछन् ।

उनका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पथैलिया–विरगन्ज ६ लेनको सडक, बारा पर्सा जनता आवास, लुम्बिनी विकास समिति, इटहरी विराटनगर ६ लेन सडक परियोजना, मदन भण्डारी लोकमार्ग, सिभिल हस्पिटल काठमाडौं, अम्ब्रेला स्ट्रिट भरतपुर, पोखराको चिप्लेढुङगा, बिपीचोक, लेकसाइडको शान्तिनगरमा प्रयोग गरिएको छ ।

यस्तै काठमाडौं र ललितपुर महानरपालिकाले पुटपाथमा समेत एसियन कंक्रिटले उत्पादन गरेको सामग्री प्रयोग गरेका छन् । कम्पनीबाट अन्तर्राष्ट्रियस्तरको सामग्री उत्पादन भएकाले ठूला आयोजनामा प्रयोग हुँदै आएको उनको बुझाई छ ।

‘नयाँ कन्सेष्टमा हामीले जर्मन प्रविधिको प्रयोग गरी निर्माणजन्य सामग्री उत्पादन सुरु गरेका हौँ । सुरुका केही दिनमा हामीलाई समस्या थियौ, विस्तारै हाम्रा सामग्रीको माग उच्च रहेको छ, अहिलेसम्म हामी नोक्सानीमा नै छौँ । मागमा बृद्धि सगैँ नोक्सानी घट्ने आशामा छौं,’ उनले भने ।

वाटर हार्वेस्टिङका लागि उपयोगी

कम्पनीले उत्पादन गरेका निर्माणजन्य सामग्री ४० प्रतिशतसम्म वाटर हार्वेस्टिङ हुने गरेको छ ।

पछिल्लो समय ढलान, पिच सडकले पानी हार्वेस्टिंग गर्न सक्दैनन् । आकाशबाट परेको पानी हार्वेस्टिङ नहुँदा पिच गरिएको सडक छिट्टै भत्कने गरेको छ ।

‘हामीले उत्पादन गरेका सामग्री वाटर हार्वेस्टिङ हुँदा जमिनको सिञ्चित सगैँ टिकाउ पनि हुने अनुमान गरेका छौँ’, अध्यक्ष रुङ्गटाले भने, ‘वाटर हर्वाेस्टिङ सँगै उद्योगबाट उत्पादन भएका वस्तु वातवारणमैत्री छ ।’

प्लान्टको अनुगमन जर्मनीबाटै

एसियन कंक्रिटो पूर्णरुपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो । विश्वमा नै ब्लक उत्पादन गर्ने कम्पनीभित्र पर्ने मासाबाट एसियन कंक्रिटोले प्रविधि ल्याएर निर्माणजन्य सामग्री उत्पादन सुरु गरेको हो ।

‘लामो समयको अध्ययनपछि जर्मन प्रविधिको बारेमा बुझ्न जर्मनी नै गएका थियौं, नेपाली उद्योगलाई प्लान्ट दिन कम्पनीले अस्वीकार गर्यो । लामो समयको प्रयासपछि जर्मन कम्पनीले नै निगरानी गर्ने शर्तमा प्लान्ट नेपाल ल्याउने अनुमति पायौं, हामीले ३६ वटा क्यामरा राखेका छौँ । हरेक दिन हाम्रो गतिविधि जर्मन कम्पनीले नै निगरानी गर्ने गरेका छ । हामीले काम गर्दै जादा केही गल्ती गर्र्याे भने उताबाट जानकारी आइहाल्छ । त्यही भएर हामीले हाम्रीले उत्पादन गरेका सामग्री शतप्रतिशत गुणस्तरीय छ भनेका हौ,’ उनले भने ।

सम्बन्धित समाचार

सरकारले बनाउने पूर्वाधारमा ९० प्रतिशत एसियन कंक्रिटो प्रयोग

एसियन कंक्रिटोले पायो गुणस्तर चिन्ह, निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योगमध्येकै पहिलो बन्न सफल

टेकुमा खुल्यो एसियन कंक्रिटो प्रालिको ‘एक्सपिरियन्स सेन्टर’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.