होण्डा ग्राजिया अब बीएसभीआईको दुई मोडलमा, यस्तो छ विशेषता र मूल्य

  २०७८ साउन ३ गते १९:२२     विकासन्युज

काठमाडौं । नेपाली बजारमा होण्डा ग्राजियाको बीएसभीआई मोडल लञ्च भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आज (साउन ३ गते) देखि उक्त मोडल लञ्च गरेको हो ।

आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सीसी नयाँ बीएसभीआई मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि-डिफाइन गरिएको छ ।

१५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचर अन्तर्गत ग्राहकले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिनेछ ।

होण्डाको पीजीएम-एफआई (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजी प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ । ग्राजियाको यस नयाँ बीएसभीआई डीएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आईडलिङ्ग स्टप रहेको छ भने नयाँ बीएसभीआई एसटीडी मोडलमा इन्जिन स्टार्ट तथा स्टप स्वीच रहेको छ ।

यसका साथै यो स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसीजी सहितको साइलेन्ट स्टार्ट, ईएसपी टेक्नोलोजीको साथ एचईटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेको छ ।

नेपाली बजारमा ग्राजिया बीएसभीआई डीआरएस मोडलको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ रहेको र ग्राजिया बीएसभीआई डीएसएस मोडलको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.