ज्योति लाईफको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?

  २०७७ चैत २४ गते १४:२७     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको २ करोड २० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २४ गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर बुधबार (चैत २५ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘जेएलआई’ दिइएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १२०.२९ रुपैयाँ र अधिकतम ३६०.८७ रुपैयाँ तोकेको छ ।

साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको बबरमहलस्थित एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.